गीत : आफैलाई खोजीरहेछु

~निश्चल काउचा~Nischal Kaucha

मनको कुना काप्चा आफैलाई खोजीरहेछु !
भेटिन कतै आफ्नै आँखाबाट झरीरहेछु !!

जति झरे पनि साथ दिने एउतै आँशु भो!
खुशी सबै बसाई सरे उदासी नै साथी भो !!
मनको कुना काप्चा आफैलाई खोजीरहेछु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा विनाशकारी युद्धमा

~प्रमोद स्नेही~

तँलाई लाग्ला– म यति कमजोर छु
तेरो अराजक प्रवृत्तिबाट म डराउँछु
तर्सिएर म भाग्नेछु…।

तँलाई त्यो भ्रम नपरोस,
तेरो आतङकबाट म अलिकति पनि डराएको छैन
थोरै पनि बिचलित भएको छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अठोट

~निर्मोही व्यास~Nirmohi Vyas

सिँचेर स्नेह–धारले सिँगार्छु आज यो धरा
तुल्याइदिन्छु प्यारले बसुन्धरा हराभरा
अजस्र सृष्टि–स्रोत भै गरीरहन्छु सिर्जना
उदासमा, निराशमा नवीन भर्छु जीवन

भएर प्राणवायु दिग्दिगन्तमा म डुल्दछु
बनेर फूल प्रीतिका जताततै म फुल्दछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : क्यान्टोनमेन्टमा दुई दिन

~आस्था के.सी.~Aastha KC

कसलाई भेट्न आएको ?

उसको प्रश्नले एक्कासी सपनाबाट ब्युंझिए जस्तै भएँ ।

सेन्ट्रीपोष्टमा नेपाली सेनाको एउटा सिपाही हातमा वन्दुक लिएर यता र उता गरिहेथ्यो । गेट निर उभिएर अर्को सिपाहीले मलाई केरकार गरिहेथ्यो । मनमनै झनक्कै रिस उठेर आए पनि विनम्रता पूर्वक विग्रेड कमाण्डर युगान्तलाई भेटन आएको कुरा उसलाई निवेदन गरें । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : आफ्नै मन

~दिलिप योन्जन~Dilip Yonjan

जे गरे नि नबुझ्ने, कस्तो पापी मन
एक्लै कति बाचु प्रिय, तिमी आफै भन।

साझ बस्दा बिहान हुन्छ, निद लग्यो खैकेले
दुख्दछ मुटु भकानो फुटी, त्यो तिम्रो मायाले Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : रहरै रहरमा

~रवि प्राञ्जल~Ravi Pranjal

बित्यो आधी जीवन रहरै रहरमा ।
चलेकोछ आँधी यो मनको‍ शहरमा ।

यता यो नजरमा छ कुवा जमेको,
सुकेछ कि पानी,उता त्यो नहरमा । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मिथ्याभिमान

~राज आशातीत~raj-ashatit

किन मेरो मरण समय
हर्सोल्लासमय हुंदैन??

मेरो उपस्थितिमा रमाउनेहरु नै
मिथ्या जिन्दगीको माइन्युटमा
हस्ताक्षर गर्न व्यग्र प्रतीक्षीत देख्छु म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : सम्झनामा

~कृष्ण वस्ती~Krishna Wasti_1

सम्झनामा अल्झिएको मनको चाल कस्तो ?
कुइनेटोमा ठोक्किएर घुम्ने छाल जस्तो ।।

नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो ।
वैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो ।। Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

मुक्तक : उस्तै छ

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

सारङ्गे पेट अनि यो रित्तो थाल उस्तै छ
हुत्त्याएर दूरदेश पुर्‍याउने छाल उस्तै छ
साँच्चै जुग फेरिएकै हो त जुगराम काका ? Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य : खगेन्द्र दाजु नमर्नूस् प्लिज

~राजेन्द्र थापा~Rajendra Thapa

गत शनिबारको ‘अक्षर’मा खगेन्द्र संग्रौला दाजुले मेरा ‘खेलौना’ खेल्दा पड्केर हो वा हजारौं हजारपाठकले पढिदिएर, पैसा बर्सियो भनेर हो कि आफू मरेको घोषणा गरेकाले म मर्माहत छु। करिब ३८वर्षअघि यौटा उपन्यास लेखेर लेख्न छाडे पनि अहिले खेलौना लेखेर खगेन्द्र दाजुलाई आत्महत्या गर्न विवश बनाएछु मैले। दाजु मर्ने थाहा भए, यस्तो जिनिस किन लेख्थें र!

दाजु नमर्नूस्। तपाईं मर्नुभयो भने पत्रकारितामुखी साहित्य एक्लै कसरी बाँच्ने? साहित्यमा पत्रकारिता :पत्रकारितामा साहित्यको अविष्कारक दाजुहरूकै कारण साहित्यिक सृजना बन्न पुगेका छन्- लीलामयकफी गफ, लोकल कुखरा खा’ गफ, पसल्नीसित मोबाइल साटिया, कविहरूले रक्सी खा’, भुटनचाख्या, घरको बिरालो मर्या , श्रीमतीले अमेरिकाबाट फोन गरेर के तरकारी खानु भो भनेर सोध्यागफ, छोरी सुत्केरी भा’ गफहरू। Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सुनुवार भाषी कविता : वाःमग्याऽम

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~

ताँऽ मार दुममे ओँदेशो,
’बुँऽबु पापतु देँऽचा ङाना
सरिङामि गस माबा,
माराअ् गारद दाऽइतामै,
ताँ मार दुममे ओँदेशो,
सुइ बेअ्मामै देँऽचा ङानै
सुइ गुरशो माबाअ्निमि, Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

लघुकथा : बौखलाहट

~सन्जीव बंकिम~sanjib-shah-bankim

मोदि जस्तै देखिने आफ्नो कार्यकक्ष मा देखिन्छन् । उनको पि य जस्तै ले नेपाल बाट नेपाल पि यम दाहाल जस्तै देखिने ब्यक्ति को फोन आएको कुरो मोदि जस्तै ब्यक्तिलाई भन्छन् । पि य चिन्तित छन फोन रिसिभ पछि । किनकी दाहाल जस्तो निकै अत्तालियेको हत्तारियेको हुन्छन ।

मोदि जि यहा सबकुछ खतम हो गया ।

क्या हुवा इत्ना घबराये हुवे क्यौ हो ।

क्यौ क्या हुवा ?

आप का सपना सब कुछ बह गया । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : फूल-२

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

बसन्त बहारमा
कलाभरी फूल
आकर्षक फूल
मोहनी फूल
रातो फूल, सेतो फूल
पहेंलो फूल, बैजनी फूल
निलो फूल, कलेजी फूल
सप्तरङ्गी फूल, नौरङ्गी फूल
रङ्गीबिरङ्गी फूल
बहुरङ्गी फूल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी छेउ आउँदा

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

घाम पानीको मारुनी तालमा
देउरालीको काँध माथि
बुइ चढेर
रुझ्दै भिज्दै नाँचीरहेको
बैसालु इन्द्रेणी जस्तो

भर्खर झरीले
पात पत्र माथिको खैरो धुलो धोइदिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र मानिसहरु

~केशब गौतम~

कुनैबेला समय यस्तो थियो

मानीसहरु युद्धका गीत गाउथे
क्रान्तिका लामा लामा भाषणहरु
र मुक्तीका कथाहरु लेख्थे
एउटा अभिष्ट थियो मानिसको ‘मुक्त हुने ‘
र आकाङक्षा थियो संसार जित्ने
सखारै एकहुल मानिसहरु
बस्ती बिउँझाउँदै हिड्थे
दुष्मनहरु ढाल्ने सपनामा रम्थे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उखाने लामा

~प्रकाश आस्था~

‘हैन हे, हस्पिटल नै लानुपर्ने गरी कुटाकुट पो भएछ त।’ थुम्कोका चियापसले शम्सेर दाइले तराजुमा ढक राख्दै मंगलेसामु चासो जाहेर गरे। खासमा कुरो साँध सिमानाको रहेछ। पाखाथोके कान्छो र साँइलोको गत शुक्रबार साँझ खेतको सिमानाको विषयमा हात हालाहालै भयो। देख्नेहरु भन्छन् , ‘दुवैले सकेसम्म एकअर्कालाई भकुरे। साँइलाले त कोदालाको बिँडले नै पो हान्यो रे त।’ पछि सरस्वती ग्राम प्राविका शिक्षक परशुराम यादव आएर छुट्याए रे। मंगले चिया सुरुप्प पार्दै बोल्छ, ‘हो शम्सेर दाइ, मैले पनि देखेको थिए माथी चौताराबाट। बोकाएरै लगेका छन् कान्छो काकालाई आज विहान अस्पताल। शुक्रबार कुटाकुट भाको, आज मंगलबारको दिन भो। केस ‘सिरेस’ होला जस्तो छ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : नैनीतालको हिउँ

~भेषराज रिजाल~

केटौले मस्तिष्कमा अमिट बनेका रहेछन्, छिमेकीले सुनाएका नैनीताल, मसुरी, देहरादून र दिल्ली पुगेका सुन्दर संस्मरणहरू ।

महेन्द्रनगर पुगेको मौकामा नैनीताल नियाल्ने अभिलाषा बोकेर एउटा भारतीय ट्याक्सी लिएर हानिएथ्यौँ युवराज गुरागाईं, हेम अर्याल र म । ट्याक्सी चालक थियो नेपालका कुनै न्यायाधीशको भतिजो हूँ भन्ने एकजना मोटे इण्डियन ।

गड्डाचौकी पार गर्दा हाम्रो पछाडिपट्टि सूर्यले अनुहार उठाउँदै थियो । शायद भनिरहेथ्यो, ‘स्वदेशका सुन्दर ठाउँ हेर्न छाडेर कता ?’ मनमनै भनिरहेथेँ, ‘आइहाल्छु भरे, आफ्नै आमाको न्यानो काखमा । सुन्दर भनिएको Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : नबिर्से नेपाल र नेपालीलाई

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

जॉदैछौ बिदेश जनताको आस्था लिएर जाऊ ।
जॉदैछौ विदेश जनताको भावना लिएर जाऊ ।
ठुला ह«न् देश र जनता शीरमा राखेर जाऊ ।
घातक भएका भ्रमण दृष्टान्त अनेकछन् ।

सत्ताको मोहमा घातक संमmौता नगरी आऊ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पिरती गास्यौ कि के हो

~हेमजङ्ग कार्की~

कापी कलम बोकी राख्यौ, पिरती गास्यौ कि के हो ।
शनिबार नि कलेज जान्छेउ, पिरती गास्यौ कि के हो ।

घरमा पनि छुन छुन गरि, गृह कार्य अल्छि गर्ने
भालेडाक्संगै मख्ख परि राख्यौ, पिरती गास्यौ कि के हो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मैथिली मुक्तक : गाम–घर डूबल

~विनीत ठाकुर~Binit Thakur

नदी–नाला मे चलैय पानि अगम–अथाह
वर्षा सँ भेल जनता केँ जिनगी तवाह
ढहल पहाड़ कतेको Continue reading →

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

कविता : आरोही

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
चढ्, चढ् सेर्पा ! पर्वत बने चढ्नका नै चुनौति !
बढ् बढ् पठ्टा ! युवकहरुको हाँक माग्दो छ धर्ती !
पूरा मान्छे कसरि हुनु हो ? टाकाुरा यो नहाँके !
मानीसैमा प्रगति दिनको उच्चता बोलि डाके !

ख.
थुप्रेका यी तुहिनहरुका स्वर्गचुम्बी उँचाइ
ठाडो बाटो कठिनपथमा ‘आन’ भन्थे तँलाई
लाखौं लाखौं बरस यिनकी मुस्किँदी श्री सुनौला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निद्रा नलागेको रात

~गणेश खड्का~Ganesh Khadka

सुतेपछि राति निदाउन भनेर
निद्रा नै लागेन भने पो फसाद पर्दो हो कसै-कसैलाई
त्यो रातको मुख्य काम पनि त भएन निद्रै नलागेपछि
निद्रा नलागेको रात –
रङ्ग-रङ्ग प्रवृत्तिका मान्छेहरु के गर्दा हुन् ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अबोध बालककको अवसान

~निर्मला अवस्थी~Nirmala Awasthi_1

एउटा खबर भर्खर अखबारमा पढे मैले
आज एउटा ६ बर्षीय अबोध बालकको मृत्यु भएछ
युध्दमा होइन
गाडी दुर्घटना पनि होइन
अपहरण वा पानीमा डुबेर पनि होइन
आफ्नै गुरुको पिटाई खाँदा खादै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना र अनुरोध

~सागर कार्की~Sagar Karki

आफैलाई आश्चर्य लाग्दै थियो, मेरो गाउँ आज भिन्न देखिएको थियो । हिजो सम्म धुलो उड्ने त्यो कच्चि बाटो आज पिच भएको देख्दा पत्यार नै लागेन । गाउँका सबै युवाहरु रोजगारको खोजीमा विदेशीए पछि सुनसान भएको मेरो गाउँ आज ब्यस्त थियो । कच्ची माटोले बनेका घरहरु पक्कि अनि निकै नै आकर्शक भएका थिए । बिकास मामा दुवईबाट फर्केर गाउँमै आधुनीक कुखुरा पालन तथा व्यवसाय पनि थालिसकेछन्, मलाई पत्तै थिएन । कतार छिरेका अर्जुन दाईले त झन् कमल पोखरीमा माछा पालन थालेर धेरै युवाहरुलाई रोजगार पनि दिदै रहेछन् । गाउँ पहिलेको जस्तो बिल्कुलै थिएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : धोखा

~धुस्वां सायमि~dhuswan-sayami

तिमी
दिन्छौ धोखा
सदा मलाई

धोखा खानु
मेरो आदत हो
तर मलाई
चोट लाग्दछ
त्यससमय
जब तिमी दिन्छौ
धोखा
गलत ढङ्गबाट
सही बाटो
तिमी जान्दैनौ कहिल्यै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड गोपाल किरातीलाई मन नपरेको हङकङ

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

कमरेड साईला दाईलाई
हङकङ मन परेनछ
त्यसैले त वमन गरे विष
सार्वजानिक कार्यक्रममा
माननिय मन्त्रि ज्यूवाट
त्यसो नहुनु थियो
तर भैदियो त्यस्तै त्यस्तै

माननिय मन्त्रि ज्यूले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सङ्घर्ष

~हिरण्यकुमारी पाठक~hiranya-kumari-pathak

“हैन बाबू ! तिमीलाई त चिनेकै जस्तो लाग्छ । यस्तो बिरानो देशमा तिमी किन आएको ? तिमी त हाम्रै नेपाली हैन त ?”

“हो नि आण्टी हो । म नेपाली नै हो । मैले पनि तपाईंको एकदमै परिचित अनुहार हेर्दै छु ।”

“हैन तिम्रै घर कोपुण्डोल हैन । तिम्रो बुबा त ठुलै संस्थामा ठूलै पदमा हुनुहुन्छ हैन र ?”

“हो आण्टी हो । आण्टीलाई त सबै थाहा रहेछ । कोपुण्डोलमा हाम्रो दुई दुई ओटा घर छन् । बुबा मामी ठूलठूलै पदमा कार्यरत हुनुहुन्छ तर के गर्नु आफू विदेशिएँ ।” भन्दै हाँस्न थाल्यो तर उसको हाँसोमा रस थिएन माधुर्यता थिएन । यो वार्ता ऊसित अर्थात् सरोजसँग सिङ्गापुरको एउटा स-सानो रेष्टुरेण्टमा भएको हो । त्यति बेला हामी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : यहाँ यस्तै छ

~बुद्धवीर लामा~buddha-bir-lama

यहाँ यस्तै छ, यहाँ यस्तै छ
सबै कुराभन्दा अनि पैसै ठुलो छ

नचिनेको मान्छेभन्दा चिनेको नै काम लाग्छ
चिनेको भन्दा पनि किनेको नै काम लाग्छ
यहाँ यस्तै छ, यहाँ यस्तै छ
सबै कुराभन्दा अनि पैसै ठुलो छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्यारो परेवा र म

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

ए शान्तिका प्रतीक परेवा !
कुनै दिन तिमीले
शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको
हाम्रो सुन्दर यो देश नेपालमा
शान्ति ल्याउन सक्छौं भन्ने विश्वासमा
म नदीभित्र डुबुल्किरहेछु
राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सम्झेर
आँखाबाट आँसु झार्दै
डाको छाडी म रोइरहेको छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रदीप विश्वकर्मा

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

गाउँमा कसैका भाँडा बनाउनुप¥यो भने मान्छेहरू प्रदीपकोमा जान्थे । प्रदीपले साह्रै राम्रा भाँडा बनाउछन् भन्थे गाउँलेहरू ।

एकदिन गाउँका महाजनकोमा वैवाहिक कार्यक्रम थियो । प्रदीपले बनाएकै भाँडाहरूमा जन्तीका लागि भोज पकाइयो । त्यस विवाहमा प्रदीप पनि गएका थिए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

केस्रा : होसियार

~मीना पुमा राई~mina-puma-rai

खै यो कस्तो सरकार
खोजी हिड्छ दरबार

बुद्ध भुमी नेपालमा
मचाएर अत्याचार Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

कविता : हामिले बिताएको दश बर्ष..

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

हेर्न मन लागेको छ ।
अदृश्य चित्रहरु
नकोरीएका चित्रहरु ।
झन अज्ञात आकारहरु
अनी नफस्टाएको भनिएको कारिगरी । ।।१।।

उघे्रको दैलो हेर्न मन छ ।
बर्षैं नखुलेका ढोकाहरु
चुहाउँदैछन् आज नियास्रोले आँशुहरु । ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment