कविता : जति उज्यालो खोजूँ

~ललिता ‘दोषी’~lalita-doshi

जति उज्यालो खोजूँ
त्यति निस्तब्ध रात छ
जति बिर्सिऊँ भन्छु
त्यति विगतको याद छ ।

जति हाँस्न खोजूँ
त्यति दर्द बढ्दैछ
बिर्सिऊँ भन्छु आफूलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कथाकार विश्वेश्वरप्रसाद कोइराला

~मदनमणि दीक्षित~madan-mani-dixit_large_1979bs

सिगमन्ड फ्राइडले मानिसको मनोविश्लेषणको वैज्ञानिक पद्धतिको स्थापना गरे । त्यसमा उनलाई जुङ र एडलरको सहयोग थियो ।

फ्रायडवादको मानसिक विकृतिहरू तथा मानवीय चरित्र र व्यवहारहरू उपचेतन र अवचेतनमा थिचिएर बसेको यौनवृत्ति या यौनआकांक्षाद्वारा निरुपित वा नियन्त्रित हुने गर्छन् भन्ने स्थापना गर्‍यो । यो स्थापना मानव प्रकृतिका एकाङ्की परिभाषामात्र हो ।

यौन उच्छृंखलता, कामुकता वा अतिकामेक्षा सामाजिक वा मानसिक अवस्था हुन् । ती अवस्थाको कारणबारे फ्रायडवादले केही मद्दत पुर्‍याउँछ । तर साहित्यमा यौनलाई ल्याउनु अथवा यौनलाई बढी स्थान दिएर Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

सूत्रकथा : सन्तानको लडाइँ

~कुमार काफ्ले~kumar-kafle

-“आमा तपाईंसँग के छ?”सन्तानले सोधे।

-“मसँग माया,ममता,स्नेह र ऐश्वर्यको खानी छ।”आमाले जवाफ दिइन्।

-के साँच्चै तपाईं भित्र धनसम्पतिको खानी पनि छ? Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : जानुका तीजमा माइत गइनन्

~समीर पाख्रिन~

हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज पर्वमा विकृति, विस·तिहरू भित्रिएका छन् भन्ने टीकाटिप्पणीहरू जताततै सुनिन थालेका छन् । तीज नजिकिंदै जाँदा समाजमा देखिने तडकभडकपूर्ण गतिविधिलगायत विभिन्न नेपाली टिभी च्यानलहरूमा प्रसारण हुने तीज सम्बन्धी गीत नृत्यहरू क्रमश: भड्किलो र व्यावसायिक बन्दै गएको विषयलाई कथाले कटाक्ष गर्न खोजेको छ ।

बर्सेनि हरितालिका तीजको उपलक्ष्यमा माइत जाने जानुका यसपालि माइत गइनन् । तीज आउनु अघिदेखि नै बूढीआमा, बहिनीहरूका लागि कोसेली किन्न हौसिने जानुका यसपल्ट आफ्ना लागि मात्र एकजोर महँगो साडी, ब्लाउज, चुरापोते, टीका आदि सामग्री किनेर बजारबाट घर फर्केकी थिइन् । अफिसबाट फर्केका शिवशड्ढरले जानुकालाई घरैमा देखेपछि आश्चर्य मान्दै सोधेका थिए– “जानु १ तिमी माइत जाने भनेकी हैन ? गइनौ ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पुतलीको पाठ

~केदार शर्मा~

घस्रिनुको गह्रुँगो दुर्गतिबाट आजित भएर
त्यागेर घिनलाग्दा काँडाहरूको अत्याउँदो मोह
र छाडेर हरिया पातहरूको अदम्य भोक
ध्यानमा बस्छ झुसिल्किरो – निश्चल, निर्विकार निकै दिन
अनि बल्ल पलाउँछन् रङ्गीविरङ्गी पखेटाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पिठ्यूँ

~विमल निभा~Bimal Niva

यो मेरो पिठ्यूँ हो
तर केही क्षणपश्चात्
मलाई लाग्छ
यो मेरो होइन
कुनै अर्कैको पिठ्यूँ हो
जो निहुरिएको छ धुलामा एकनासले
आगोको प्रचण्ड रापछेउ खडा छ
भास्सिएको छ हिलोमा सर्वाङ्ग
र खनिरहेछ बाटो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मार्तोल

~बिमल गुरुङ~bimal-gurung

मैले आँखबाट बगाएको नदी त्यसै बगेको छैन
मेरो कलेजो टुक्रा-टुक्रा छिनिएको मैले बिर्सेको छैन
के गरेन त्यसले?
त्यसले मेरी भाउजूहरुलाई गल्ली-गल्लीमा
नाङ्गो नचाएको थाहा छ
त्यसले मेरी बहिनिहरुलाई ढुँगा हान्दै
स्टुडियोबाट जिस्क्याएको थाहा छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : घोचो

~सुन्दर मानन्धर~Sundar Manandhar

खरानी रङ्को झोला थाप्लोमा भिरेकी, हरियो–कालो मिसिएको प्लास्टिकको झोला हातमा बोकेकी एक वृद्धा परबाट आइन् । मैले बसको झ्यालको सिसा खोलेर पृथ्वीचोक÷लखनचोक वरिपरिको मोटरगाडी, मान्छे र पसलहरु हेरिरहेको थिएँ ।खलासीले बसको चाकमा हातले ड्याम–ड्याम हिर्काउदै स्याङ्जा है स्याङ्जा भन्दै यात्रुहरुलाई आकर्षित गरिरहेका थिए ।बस गुड्ने तरखरमा थियो–
ती वृद्धा बसभित्र छिरिन् । बसका प्रायशः सिटहरु भरिसकेको थियो । यद्यपि केही सिटहरु भने खाली थियो । म बसेको सिटको अर्को नम्बर खाली थियो ।

“यो सिट खाली छ ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म अवसरबादी होइन

~आचार्य प्रभा~acharya Prabha

म,
अवसरबादी र निर्दयी होइन साथी
स्वाभिमानको छात्ती फूलाएर
आफ्नी आमाको काखमा
रमाउन खोज्दा,खोज्दै
अभिमानिहरुको लुछाचुंडिमा
मेरी आमाको छात्ती रुग्ण बन्यो
छोरा,छोरी खेल्ने रमाउने काखमा
निर्दयी लातहरुको परेड बज्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तीजको कोशेली

~विशाल दर्लामी~

प्रिय जीवन साथी
धेरै धेरै माया ¤
गाउँघरमा यति बेला
तीजको चहलपहल
चलिरहेको होला
वरपरका दिदीबहिनीहरु
कस्तो गहना किन्ने
कस्तो साडी किन्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अभागीको तीज

~सजना गुरुङ~Sajana Gurung

चारै तिर तीजको रमझम , हरेक घर परिवारमा भएका दैनिक समस्याहरुलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् ! गीत , गजल मा तीज ! रेडियो , टेलिविजन मा तीज ! जता ततै तीजको लहर छाएको छ !

आज त म पनि साथीहरुसंग किनमेल गर्न जाने योजना बनाएकी थिएँ , उफ ! कसो बिर्सिएना छु ! छिटो छिटो तयार भएर लागे साथीको घर तिर ! साथीको घरको गेट सम्म के पुग्दै थिएँ कति खुशी भए सबै निस्कदै गरेको देखेर ! सबै भएर लाग्यौ महेन्द्र पुल तिर !

“ सुजाता ! तिमी सारी किन्ने कि कुर्ता ? “ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : कहिले यो मन खहरे

~दिनेश अधिकारी~Dinesh Adhikari

कहिले यो मन खहरे कहिले यो मन छहरा
चुलबुले यो मनलाई कसले दिने पहरा
चिठीपत्रमा
सबैलाई यस्तै हो सोह्र सत्रमा

उर्ली उर्ली बग्ने मनलाई मायाजालमा पारूँ जस्तो
ढुकढुक गर्ने मुटु पनि अन्त कतै सारूँ जस्तो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बहिनीलाई तीजको सम्झना

~अनिलकिशोर घिमिरे~

बहिनी,
यसपाली पनि देउरालीको सुन्दर
वगैचामा तिमि एक्लै हुनप¥यो
अवैध धनका विलासी साडीहरू
यत्रतत्र छरिएकै होलान्
सुनको पिंजडा भित्र
चहकिलो संसारमा घरानाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सल्लाझैँ सुसाउँदै

~प्रमोद स्नेही~

जीवनको लय सधैँ
एउटै गतिमा नबग्दो रहेछ ।
मृगतृष्णा बोकेर आँखामा
वर्षौ भयो ।
यो वृद्धआश्रमको आँगनमा
पहार ताप्दै
आफैलाई झूठो आश्वासन दिएर
पर्खिरहेछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना दिदी र नेपाल बन्द

~कमल कुमार~kamal-kumar

थानकोटमाथिको तामाङ बस्तीबाट
एकाविहानै
सम्झना दिदी
मुल सडकतिर फटाफट झरिरहँदा
आमाको सुकेको छाती
अघाउन्जेल चुस्न नपाएको
काखे छोरोको अतृप्त रुवाइ
बाक्लो हुस्सुबीच पातलिँदै जान्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : झरी र उनी..

~राजेश रुम्बा लामा ” अतृप्त “~Rajesh Rumba Lama

झरीमा रुझ्दै, भिज्दै हिड्न मन पराउने मेरो निम्ति आजको सिमसिमे पानी केही थिएन । यद्धपि साथमा रहेका ल्यापटप् र डकुमेन्टहरूको सेफ्टीको लागि गुडिरहेको बाइकलाई सडक किनारमा रोकीराखी नजिकैको भट्टी (खाजा घर) भित्र पसें । नजिकै बिरअस्पताल भएर होला मान्छेको भीड निक्कै बाक्लो देखिन्थ्यो भट्टीमा ।

उसो त कति त मै जस्तो झरी छल्नको निम्ति पनि भट्टीमा ओत लाग्न छिरेका होलान् । जाँड पिएर ढलेको बुढो मान्छे झैं भट्टी कुनामा ढलिरहेको मुढा तानी बसें । यतिनै खेर एक परम सुन्दरीको आगमन भो र कति न पहिले देखि नै परिचित झैं गरी –“दादा हजुर आज टाढै जानु भएको हो?” भनी प्रश्न गरिन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपनाको खोजी गर्नेको गुनासो

~प्रणिका कोयु~pranika-koyu

“सपना देख्दिन म” भन्छन्
अनि सोच्छु “के देख्छौ त?”
“निष्पट्ट अन्धकार” एकले भन्यो
अन्धकारको रंग हुन्छ त! मैले भनें
“कालो त हो नि!” जवाफ आयो
अनि कालो रंग हुन्छ त त्यसै?
बन्न रंग कालो के के हुनुपर्छ? थाहा छ?
“देखें मैले कालो मात्रै
देखिन मैले अरू केही ति रंगमा
त्यसैले भो यो कुरा नगरौं” झर्क्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

आचार्य प्रभाका तीन रुबाईहरु

~आचार्य प्रभा~acharya Prabha

काँधमा हाली हिँड्छु भन्थ्यौ, तिम्रो स्वार्थ हुँदा
ऐले भने जरो काट्छौ, उन्नतिले मार्ग छुँदा
बल्ल मात्र होस खुल्यो, आज सत्य बुझेपछि
आफ्नै मनले धिक्कार्यो है यी आँखाहरु रुँदा !

केकेसम्म खेपाइ भोगें ? स्वार्थीहरुको जमातमा Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

कविता : कुवाको स्वर

~मनोज बोगटी~Manoj Bogati_1

मलाई तिम्रो कुवा मनपर्यो
तिमीले त्यहॉंबाट कराइरहेको पनि मन पर्यो।
मैले मन पराएर तिम्रो कुवा संसार हुँदैन
के गर्छौ
मैले मन पराएर तिम्रो कुवा जीवन हुँदैन।

तिम्रो स्वर पनि राम्रो छ
संगीत पनि राम्रो छ
लय पनि राम्रो छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडा, फूल र मान्छे

~निर्मोही व्यास~Nirmohi Vyas

१
काँडाका बोट आफ्नै छन्, छन् आफ्नै बोट फूलका
देखिन्छ सह–सम्बन्ध पनि उस्तै जतातता
उमे्रकै छन् यहाँ काँडा फूलका बोटमा पनि
फुलेकै छन् यहाँ फूल काँडाका बोटमा पनि

२
यिनको साथ–सान्निध्य उदाहरणयोग्य छ
गुण, आयु भने फेरि सर्वथा विपरीत छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : भोको साँझ

~टेकब कोइराला~Tek B Koirala

विवाह गरेर ल्याएकै भोलिपल्ट धर्माले स्वास्नीलाई चिर्पटले हान्यो । अमूर्त चित्रजस्ता डामहरु पिठ्युँमा मसार्दै स्वास्नी बेस्कन रोई । धेरै बेरसम्म रोइरही । साँझ ढल्केपछि चिसो भुईँमा एउटा फ्याङलो ओछ्याएर त्यहीं ढल्की । त्यो घरमा आज साँझका लागि भात–तिहुनको केही पनि सुरसार देखिएन । त्यही रिसले धर्माले आँखा देखेन । स्वास्नीलाई मज्जासँग भकुर्‍यो । भोको पेट र चुटाइको रन्कोले भुमीलाई निद्रा भने परेन । धर्माचाहिँ साविककै बिछ्यौनामा घुर्न थाल्यो । उसको भने पेट भोको थिएन । साँझपख भट्टीमै चिउरा र आलुचप मनग्ये हसुरेको थियो, ‘दारु’सँग । दारु उसको लागि आधारभूत आवश्यकताभित्रै पर्छ । दिनभरिको कमाइ भट्टीमै सिध्याउँछ । साहुको दोकान बन्द भएको दिन उसको कमाइ पनि बन्द हुन्छ ।

आज त चार/पाँच ट्रिप सिमेन्ट ओसारेपछि दुई सयभन्दा बढी नै हात पारेको थियो । सिमेन्ट ओसार्न मानवगाडा साहुकोमा नै थन्याएर सीधै भट्टीमा पसेको थियो । गोजी गहु्रंगो भएको दिन धर्मा अलि बढी नै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मायाले बाँध तिमी मलाई

~शम्भुजित बास्कोटा~shambhujit-baskota

मायाले बाँध तिमी मलाई
मुटुमा साँच तिमी मलाई
चाँद तिमी नील गगनको
माया हौ तिमी निश्चल मनको
माया

मुहारमा पवित्रताको उज्यालोले छाएको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : हामी है नेपाली

~दिलिप योन्जन~Dilip Yonjan

मेरो भन्नु सगरमाथा, देशको गौरब हो
मेरो साथ धर्ति आकास, सबैको समान हो
चार जात छतिस बर्ण, हामी सबको फुल्बारी
न ठुलो सानो नभेद भाब, हामी है नेपाली।

माछापुच्छ्रे कन्चनजंगा, चादी झै झल-ल
नै मती बाजा थरी२ नाच, देशको पहिचान Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : छतमा उभिएका छन् बा

~जयराज भट्टराई~Jayraj Bhattarai

म,
देउतालाई नचल्ने काम गरेर
पस्छु लुसुक्क छत मुनि ।
रिसाउँदैनन् देउताहरु
किनकि,
छतमा उभिएका छन् बा
देउतातिर फर्किएर उनी
असंख्यपटक जोडिरहन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सपनाकी सुम्निमा……….

~सन्तोष चिमरिया~santosh-chimoriya

दुइ दिनको यात्राले थकित म एउटा बिसाल रूखको फेदमा आइपुगेको रहेछु ।अनि बिश्रामको लागि केहि सुकेका पातहरू ओछ्याएर त्यहि घना जगंल बिचको बिसाल रूखको फेदमा लडेको थिए । अब मेरो शरिर उत्तानो परेको थियो र मेरा आंखाहरू गगनतर्फ थिए । अनि एउटा हात निधारमा राखेर जब म निदाउने उपक्रममा लाग्दै थिए ,ठिक त्यहि रूखमाथीको दृश्य अचानकसगं मेरो आंखामा परेको थियो । एउटि लगभग नग्न आदिबासि युबती त्यहि रूखको हागामा लेपसिएर मलाइ एकोहोरोसंग हेरीरहेकी थिइ । सायद म लुगा लगाएको अचम्मको मान्छेसंग अलि डराएकि पनि थिइ कि !तर त्यो दृश्यले म हत्पत अचानकसित उठेको थिए । तर त्यो जगंली कन्या बडो फुर्ती र साबधानिका साथ अर्को रूखमा हाम्फालेकी थिइ । अनि त्यसरी नै अरू ३-४ बटा रूख छिचोलेर मसंग एउटा सुरक्षित दुरी बनाएकि थिइ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रगतिपथ

~विप्लप प्रतीक~biplav-prateek

म नहुँदै अर्थात् मेरो जन्म नहुँदै
यो संसारमा केके भइसकेथ्यो
असभ्य मानिसहरू सभ्य भइसकेका थिए
ढुङ्गे युगबाट मानिस
वैज्ञानिक युगमा प्रवेश गरिसकेथ्यो
जहाज बनिसकेथ्यो
बिजुली, फोन, बन्दुक, बम बनिसकेथे
मानिसले सयौं युद्ध लडिसकेथ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यौन कथा : म हराएको समयकथा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको गाडीको पाङ्ग्राझैं गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना कथाको महासागरमा समायोजन गर्न गईरहेकी छु ।

काम विशेषले म टेम्पो चढेर न्युरोड जाँदैछु । अफिस टाइम काठमाडौंको सडकमा गाडी जाम हुनु सामान्यजस्तै भइसकेको छ । टेम्पोमा दुई जना नवयुवती, एक जना अधँवैशे महिला, एक जना ड्राइभर, म र चारजना वयस्क केटाहरू छौ – झण्डै बाइस वर्षदेखि पच्चीस वर्षसम्मका ठिटाहरू । गाडी निकै लामो समय Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~सुषमा मानन्धर~Shushma Manandhar

“तेरो बुढा आज पनि त्यही नखरमाउली केटीसंग सुपरमार्केटमा घुम्दै थिए। मैले नदेखे झै गरें। हैन, कति दिन चूप लागेर बस्छेस् – किन केही भन्दिनस् आफना बुढालाईं ?” जुनाकी साथीले उसलाई पीर मान्दै सोध्दै थिई।

नभनेकी कहाँ हो र उसले – हावा नचली पात हल्लिंदैन भन्छन्। शुरु शुरुमा उसका श्रीमान र त्यो केटीको बारेमा गाइगुइँ चल्दा जुनाले सोधेकी पनि हो। कहिले रोएर कुनै बेला घुर्क्याएर खबरदार पनि गरेकी हो उसले यसमा। तर हरेक पटक उसका श्रीमानले जुनाको टाउको छोइ किरिया खान्थे। बाहिर कसैसँग कुनै सम्बन्ध नभएको र कुनै उठबस नगरिएको भनी उसलाई आश्वस्त गर्थे। बिचरी ऊ, विश्वास गर्थी। फेरि सँधैभरि उसले श्रीमानको पछि लागेर साध्य पनि थिएन। साथीभाइहरुले बेला बेलामा उसलाई चलेका हल्ला सुनाएर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : कसोरी….?

~कुन्दन काफ्ले~

पिरतीको गीत म गाउँ कसोरी ?
हरपल,हरदम मन रुवाउँ कसोरी ?
निष्ठूरीका तीर नजर भूलाउँ कसोरी ?
मुमर्mाएका रहरहरु फूलाउँ कसोरी ?

दिन पछिको रात कालो कटाउँ कसोरी ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज

~निर्मला अवस्थी~Nirmala Awasthi_1

“तीजैको रहर आयो बरिलै”
हो,सधै जस्तै बरिलैको भाका बोकेर
चेलीहरुको घरघरमा आएको छ तीज
माइतीको आँगनमा छम् छम् नाच्न
आँतुर छन् चेलीहरु
त्यसैले गाउँ शहर सबैतिर
आएको छ तीज
सुन पसल, चुरा पसल कपडा पसल
जताततै तीजको भीड छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यस्तो बाटो

~गोविन्दप्रसाद आचार्य~

मेरो न्यानो किरण रविको हुन्न, कहिल्यै पुरानो
मायाँ मेरो अमर जगमा हुन्न कैलै विरानो
सोचेजस्तो भर्खर कहाँ जान्छ यो अन्धकार
आऊ नौला गर र भर लौ दिव्य आशा नमार

ताते गर्ने ठम्–ठम् हिँड्न ठेस काहीँ नलागोस्
गर्ने भर्ने रहर हरियो शित पापी नमारोस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : माया

~बिना थिङ तामाङ~Bina Theeng Tamang SUNGAVA

—आमा खै ….अँ…
पुक्क परेका गाला, चिम्सा आँखा, थेप्चो नाक तर फराकिलो निधारकी माया आफ्नो घाँघरको फेर निहुरिएर नियाल्दै भन्छे । यस्तै तीन वर्षकी होलीन् म अनुमान लाउँछु । भर्खरै मैले ल्याईदिएकी घाँघरमा माया पुतली जस्तै देखिएकी छे ।

—माया, माया । खेल्न जाउँ ।
खितिति हाँस्दै एकहुल केटाकेटी आउँछन् र जान्छन् उसरी नै हाँस्दै, मायालाई संगै लिएर ।

म उनिहरु गएको हेर्छु एकपटक अनि फरक्क फर्कन्छु । अगाडी एउटा घर छ । घर के जस्ताको टहरा मात्रै छ । त्यसको ठिक मास्तिर साईनबोर्ड झुण्डिएको छ । लेखिएको छ, ‘पर्वत बाल आश्रम’ र त्यसको ठिक मुनि म देख्छु सविना म्याडम । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment