कविता : चेतना

~विजय महर्जन ‘श्रीजय’~Bijay Maharjan

।। अनुभूती १ ।।
निष्पट अन्धकार चिर्दै
अनन्त उज्यालो छर्दै
निरन्तर आफू जल्दै
हावाहुरी झेल्दै
छोटिदो आयूसँग
पालाको दियोको,
अनवरत जीवन संघर्ष।

।। अनुभूती २ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बीरानो

~दिपक अधिकारि~

सोर्गकि अप्सरापो हौ कि तिमी भनि,
दुर्बिनलिई हेरुँ-हेरुँ लाग्यो मलाई पनि,
बुढेसकालका आँखा मेरा बादल लागे सरी,
ढाकिईछौ तुँवालोमा देखुँ कसो गरी?

देख्छु म त चारैतिर ईट्टा थुप्रो जस्तो,
पहिले-पहिले हेर्दा चाँही थिएन नि यस्तो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : इच्छा आपूर्तिको विकल्पमा

~राम अप्रिय~ram-apriya

– हामी बुढाबुढीवीच फोनमा गफ प्रायः हप्तामा एकचोटि हुन्थ्यो ।

– हिजो मात्रै सुखदुःखका कुरा गरेर एकहप्ताको लागि बिदा भएका थियौ ।

– तर आज बिहानै अचानक बुढीको फोन आयो । Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : मसित प्रेम नगरे हुन्छ

~उषा शेरचन~

तिम्रो मनको संकुचित आकाशभित्र
-मेरो प्रेमको बिशालता अटाउनै सकेन
तिम्रो अहंकारको क्षितिजभित्र
-मेरो प्रेमको लहरा फैलनै सकेन

खिया लागेका तिम्रा सोचाइहरु
-प्रदुषित भएर जताततै
-ह्वास्स ह्वास्स गनाइरहन्छ

सुगा रटाइका तिम्रा पुनरास्वरहरु
-काँडे झार भएर जताततै
-च्वास्स च्वास्स बिझाइरहन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : रिसाइदेऊ न बिन्ती

~कृष्णहरि बराल~Krishnahari Baral

मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती
रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती

गुलाबी ती गालाभरि अँझ लाली छाओस्
आँखाभरि जवानीको नशा सल्बलाओस् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : फूलसँग डर लाग्छ

~घनेन्द्र ओझा~ghanendra-ojha

फूलसँग डर लाग्छ
काँडाको नै भर लाग्छ ।

यस्तो किन हुन्छ भन
तिमीमै नजर लाग्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : हिरो

~मुकुन्द आचार्य~

काठमाडौंको चिसोमा जाँड नखाने त कमै पाइन्छन् । तर जाँड खाएर भाँडभैलो गर्ने पनि कमै हुन्छन् । भातको माँडको साटो जाँड खाने साहसी गोर्खाली पनि कम्ता हुँदैनन् ।

बिहानैदेखि टिल्ल भएर फतफताइरहने एउटा यस्तै चरित्र हाम्रो समाजमा ‘ट्वाँके’ को नामले सुपरिचित छ । यस्तो व्यक्तिसँग बोल्न पनि डरै लाग्छ । कतिखेर जाँडको सुरमा त्यसले के गर्छ– क्यै भन्नै, बुझ्नै गार्‍हो । त्यसैले यस्तालाई म परैबाट नमस्कार गरेर बाटो काटेर हिंड्ने गर्छु । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : गीतकारका रूपमा पुरण गिरी

~ नवीन पौड्याल~

१. आमुख :

साहित्यमा कविता विधा सबैभन्दा लोकप्रिय र बहुप्रायोगिक देखिन्छ। एक हरफेदेखि लिएर लाखौं हरफसम्मका कवितात्मक स्वरूप पाइन्छन्। कविताका विविध ढाँचा, तरिका र प्रयोगबाट लेखिने गरिन्छ। कविता एउटा ठुलो विधा हो भने हाइकु, गीत, खण्डकाव्य, महाकाव्य, गजल आदि उपविधाका रूपमा रहेका छन्। कविता विधाभित्रको एउटा उपविधाका रूपमा रहेको गीत खुबै लोकप्रिय देखिन्छ। यो कोमल अनुभूतिहरूका लयात्मक अभिव्यक्ति हो। साहित्यमा रूचि नराख्ने व्यक्तिहरूसमेत गीतमा झुम्ने गर्छन्। गीतका तीन गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् औ यी तीनै कुराहरूको कुशल र सफल संयोजनाबाट मात्र असल गीतको निर्माण हुन्छ। गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ। गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ। यहाँ गीतको गायन र वाद्य-वादन पक्षलाई नछोई लेखन पक्षमाथि मात्र अध्ययन प्रस्तुत गरिन्छ।

२. गीत लेखन र पुरण गिरी : Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : रिठ्ठे झाँक्री

~सूर्य सुवेदी~

रिठ्ठे झाँक्री निकै नामी झाँक्री हुन् । यी झँक्रीलाई धामीराख्न यिनको घरगाउँबाट मात्र होइन एकडेढ दिनको टाढाबाट पनि मानिसहरू लिन आउँछन् । रिठ्ठेको नाम रितबहादुर भएतापनि रिठ्ठे झाँक्री नै उनको परिचय बोकेको शब्द हो ।

रिठ्ठे झाँक्रीका घरमा कालो बोको, काला कुखुरा र काला परेवाका बच्चाहरूको मासु प्रायः टुटदैन । प्रायः उनी आफूले धामी बस्ने ठाउँमा भरसक कालो बोको वा कालो कम्वर पाठी -बोको नलागिसकेको) सो जुटाउन नसके कालो कुखुराको भाले वा पोथी वा काला परेवाका बच्चा पूजा गर्न सिफारिस गर्छन् । उनी शिकारी मन्छाउन, बोक्सी तर्काउन, भूतप्रेत र डाइनी मन्छाउन, मोचमार्न र मसान भगाउन निकै नामी मानिन्छन् ।

रिठ्ठे झाँक्री गाउँठाउँका अनपढ र अन्धविश्वासी आइमाइहरू बीच जान्ने नामले निकै कहलिएका झाँक्री हुन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कहिले माया

~दिलिप योन्जन~Dilip Yonjan

कहिले माया घाम जस्तो
कहिले माया पानी
हासी खुसी बिताउ हामी
एक बारको जिन्दागानी।

दुख साटे सुख मिल्छ
जिबन भरी पल-पल
मरे पनि अमर हुन्छ
हाम्रो माया हरपल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भूतलाई झटारो

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

प्रकृतिले जब व्यङ्ग्य रेखिन्
चेहरा तिनका बने
नेपालीको भान लेखिन्
बान् भो हाम्रो भने ।
सब गधाले खुशले ऐंके
भ्यागुताले गाए कें कें
भो भुजङ्गजाति प्रसन्न
मातृभूका पुष्प रोए
धन्य तिनको जन्म धन्य

(हुन त केवल शुक्र-कीरा!) Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ताराहरूको सहर

~सुवास खनाल~subash-khanal

बर्खास्त
बादशाहको भग्नावशेष दरबार
त्यो नजिक आकाश छोेऊँझैँ
उभिरहेको क्रान्तिकारी नेताको आवासगृह
आवासगृहअघि आँसुको मोलमलाई
र पसिनाको किनबेच झेलिरहेका
सर्वसाधारण
सहरको एक कुनोमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के पायँ ?आखीर गुमाए

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

तिमीलाई छुन खोजे, तिमीलाई रोक्न खोजे
तर म चेतना सुन्य भए
पर्दा उचालेर हेरे घाम चियाईरहेछ, मुस्कुराईरहेछ
तर राफको म मा असर परेन, म स्तब्ध भए ।

तिम्रो झुकेको नजर लाई उठाएर मैले के गरे ?
म बिलीन भए, केबल उद्दार गरे, सानो प्रयास
समाए, कसेर समाए झन् बलिष्ठ संग
फुत्कीएला भन्ने डर भएन, न त्रास, न संत्रास । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

केस्रा : अहं

~रुमानी राई~rumani-rai

मान्छे ठूलो हुँदैन पदले
र,हुंदैन उसको कदले

स्वांग नपार मै हुँ ठानेर
पदको सान अनि मदले Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

सूत्रकथा : नातासम्बन्ध

~कुमार काफ्ले~kumar-kafle

-पहिलो भेटमा उनीहरू एकअर्कालाई दाजु बहिनी भनेर सम्बोधन गर्छन्।

-बिस्तारै दाजु बहिनी एकापसमा सहयोगी,सहृदयी र नजिक बन्दै जान्छन्।

-बहिनीले रक्षाबन्धनमा राखी र तिहारमा टीका लगाईदिन्छिन्। Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : नेपाली उपन्यासमा नवीन प्रयोग

~हरि अधिकारी~book-cover-mohanraj-sharma-salijo-upanyas

आफ्नो लेखनमा नयाँनयाँ प्रयोग गर्न रुचाउने मोहनराज शर्माले रचेको उपन्यास “सलिजो” कथावस्तुका दृष्टिले नौलो त छँदैछ, कथा कहने शैली र यसमा प्रयुक्त स्वैरकल्पनाको प्रचुरताका कारण पनि अनौठो बन्न पुगेको छ । झन्डै ५० वर्षपहिलेदेखि साहित्यको अनवरत साधना गर्दै आएका मोहनराज जीवन र जगत्लाई गहिरो अन्तरदृष्टिका साथ पर्गेलेर क्लासिक्सको कोटीमा राख्न मिल्ने कालजयी कृतिको सिर्जना गर्ने कु श्रेणीका लेखक होइनन् । उनको समग्र साहित्यको अध्ययन गर्दा थाहा हुन्छ, उनमा प्रयोगशीलता पर्याप्त मात्रामा छ, नेपाली भाषाको सौन्दर्य र माधुर्यलाई आफ्ना रचनामार्फत उद्भाषित गर्ने कला पनि छ र समाजमा रहेका गम्भीर प्रकृतिका समस्याहरूको उठान गर्ने दायित्वबोध पनि छ । तर, किन हो, यिनको साहित्यमा एक प्रकारको हलुकापन पाइन्छ, यिनले सिर्जना गर्ने साहित्यिक परिवेशमा विश्वसनीयता पाइँदैन, पात्रहरूको मनोलोक पनि कृत्रिमजस्तो लाग्छ, सबै कुरा एकदमै सतही र अगम्भीरजस्तो । शर्माको नवीनतम् कृति सलिजो पनि यी Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : नैतिकविहीन सम्बन्ध र आन्दोलन

~तिवारी ‘जेठा’ बिपिन~

हे मेरो,
प्राण प्यारी,
मैले तिमीलाई,
कसम दिएको थिए,
आकाशको तारा टिपेर,
तिम्रो कालो केशमा,
सिउरी दिन्छु,
सुनको बिस्कुट खुवाउछु, भनेर !!
तर, आज तिमी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : जब रुन्छ ….

~कुन्दन काफ्ले~

प्यार जब रुन्छ , गीत बन्छ ।
हार जब रुन्छ , जीत बन्छ ।
खुशी जब रुन्छ , सीत बन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : चल्ला

~राजेन्द्र थापा~Rajendra Thapa

नयाँ नेपाल ल्याइने हल्ला भा’छ
तर सल्ला भा’छैन
पुरानो नेपाल काँ फाल्ने सल्ला भा’छ
तर हल्ला भा’छैन
मेरो देश धेरै पटक ओथारो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मायाको सम्झनामा

~सुबेश घिमिरे~subesh-ghimire

जुनको फींजमा शीतका थोपा
पग्लिएको देख्दा
बिदाईको पल तिम्रा
भिजेका परेली याद आउँछन् ।

पुन् डाँडाबाट झुल्के घाम हेर्दा
वतासले तिम्रो कुन्तल उडाएको;
राँके भञ्ज्याङको चिसो पवनले तिमीलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरूको तोडफोड

~प्रमोद स्नेही~

भएर अन्धभक्त
सुनेर तिम्रो भजन
भ्रमिक शब्दहरूमा सधैं
नतमस्तक भएर
ताली ठोकिरहनुपर्छ भन्ने छैन सरकार … !

बाँधेर पट्टी
जबरजस्ती आँखामा
छेकेर किरण उज्यालोको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम

~विमल निभा~Bimal Niva

तिम्रो शासनको
एउटा कम्युनिष्ट हुँ म
यही हो मेरो सम्पूर्ण परिचय
म प्रेम गर्छु
तिम्री सुन्दरी छोरी प्रजातन्त्रलाई
उनको उर्लंदो जवानीमा
मुग्ध छु म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मिली बस्नु पर्छ

~निर्मला अवस्थी~Nirmala Awasthi_1

पूर्व मेची महाकाली सबै हाम्रै त हो
मिलीजुली बसेदेखि सबै आफ्नै त हो
दिल ठूलो पार्नु पर्छ आफ्नो हुनलाई
भेदभाव गर्नुहुन्न मिली बस्नलाई।

आज तिमी मेरो भन्छौ भोली कस्को हुन्छ
थाहा छैन हिजो कस्को आज अर्कै हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सहिद, उत्सर्ग र औचित्य

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शार्दूलविक्रीडित

के हुन् मानव, जन्तु, सिन्धु,अवनी, आकाशको अर्थ के ?
स्रष्टा-सृष्टि, त्रिकाल, अंशु, रजनी या नाशको अर्थ के ?
के हो न्याय, समाज के समय के अन्याय के गर्व के ?
केके हुन् वलिदानका गुणहरू, उत्सर्गको अर्थ के ?

बत्तीछेउ झुमिन्छ मर्छ पुतली सौन्दर्यको भोकले
एकै झापडमा किचिन्छ भुसुनो टोकाइको झोकले
मर्छन् काल-अकालमा, समरमा, झुन्डेर मर्छन् कति
के सारा मृत जीव नै सहिद हुन् ? लड्ने र मर्ने जति ? Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : तिम्रो आँखाको सागरमा

~यादव खरेल~yadav-kharel

तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ
यो सपनालाई तिमी किनार समाउन देऊ

कति तृष्णा छन् यहाँ प्यासमा डुबेका
कति नदी तिम्रो गहिराइमा डुबेका Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : राष्ट्रियता

~एकदेव अधिकारी~Ek Dev Adhikari

राष्ट्रियता उसको नशा-नशामा रगत बनेर दौडिरहेथ्यो।

देशकै एक प्रतिष्ठित नेताको नजिकको आफन्तको रूपमा उसकै प्रत्यक्ष निगरानीमा ऊ हुर्केको थियो। अझ भनौँ राष्ट्रियताको मामिलामा ऊ साना ठूला सबैलाई सम्झाउन समेत भ्याउँथ्यो।

सीमा मिचाईको बिरोधमा होस् या बुद्ध जन्मभूमीको विषयमा होस् विद्यार्थी नेताको रूपमा उसको नेतृत्वमा युवाहरूको सागर उर्लने गर्थ्यो।

अध्ययनशील भएको कारणले Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सिपाहीहरू

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

खट्छन लौ दिन रातका प्रहरमा आलो र पालो गरी
गोलीका अनि बिन्दुलीहरू सयौँ बाध्छन् पटूकी सरी
त्यो पालो पहरा गरेर जिउने जीवन छ साधा बरू
अर्कै नाम कमाउने छ बिचमा मर्दा सिपाहीहरू ।१।

जो आवेग लिएर आँउछ यता सर्कारको खातिर
रोक्नै पर्छ बरै बिचौँ र बिचमा पर्खाल झै भै स्थिर Continue reading →

Posted in कविता | Tagged | 1 Comment

बहरबद्ध गजल : त्याे जवानीकाे कुरा

~जीवराज बुढाथोकी~

भाे नगर्दा हुन्छ धेर्, त्याे जवानीकाे कुरा ।
रित्तियाे त्याे केगराैं, जिन्दगानीकाे कुरा ।

घाउ हुन्थ्यो छातिमा, संझनामा प्रेमकाे,
रून्छु कल्पी साँझकाे, या विहानीकाे कुरा । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : एउटा यात्रा

~अनन्त लम्साल~Ananta Lamsal

सँधै झैँ आज पनि, मन्दिरलाई एक फन्को मारेर ऊ अथवा अभि, चन्दन निधारमा लेप्न लामबद्ध भयो। काठमाण्डूको महँगीमा ज्यान पाल्ने मेसोमा पूजाका सर्दाम र बेलपत्रको पोको अगाडि राखेर मन्दिर परिसरमा धर्ना बसेका साना ठूला मानव आकृतीहरु टन्नै छन्। पूजारीले निधारमा चन्दन धसिदिएर हत्केलामा एक आचमानी पञ्चामृत तुर्क्याए। पञ्चामृत सुरुप्पऽऽऽ पारेर ऊ सरासर इन्द्रचोक पुग्यो। भैरव मन्दिर अघि फेरि एकपटक झुक्यो र आँखा चिम्म बनायो। चोक वरपर मान्छेको उपस्थिती बिस्तारै बाक्लिँदै छ, बिशेष गरी सडक छेउको पत्रिका बेच्ने ठाउँमा मान्छेहरु भरिएका छन्। थोरै किनेर धेरै फोकटमा पढ्नेहरुको जमातले पत्रिकाको पसल भनाउँदोलाई छपक्कै ढाकेको छ। किलागलको ठुटोलाई दायाँ पार्दै उसले न:घल छिर्ने बाटो पक्र्यो। उसलाई देखेर चिया पसले हात उठाएर ङिच्च हाँस्यो, उसले पनि उसै गर्‍यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः अकथाभित्रको कथा

~निराजनप्रभात लुईटेल~Nirajan Prabhat

कथा एक

यदि समय सोमरस भए म तनतनी पिउँथे होला । समय बलवान रहेछ भाइ सक्दिन, योसँग जोरी खोज्न । म उ बेलादेखि समिप छु समयको तर पनि चिनजान भा छैन । मरुभुमिमा कायल भाछु, के यो मुटु दुख्ने दबाइ छ हजुरसँग ।

म हात बढाउछु, अहँ बोल्दैन समय । हुन त समय आफैँ पनि मलहम हो घाउको । समयको प्रवाहसँगै कोत पर्व भण्डारखाल पर्वको त खाटा बसेको छ यो ०५२ के होर ? सबैले भुल्ने छ त्यो क्रान्ति, त्यो बलिदान । के जीवन सस्तो हुनाले हामी हाम फाल्या हो र त्यो मरणको खेलमा ? के मलाई घर परिवारको माया थिएन र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भलाद्‍मी चोर

~बिटु केसी बराल~Bitu KC Baral

क्रिस्मस भर्खरै सकिएको थियो, व्यापार व्यवसायको मन्दीले ग्वाम्ल्वाङग अँगालो मारेको थियो अमेरिकालार्इ । त्यसो त गर्मी हुने ठाउँ तर जनवरीको जाडोसँग कामिरहेको थियो टेक्सासको हुस्टन शहर । चाँदिका गहनापसल कुरेर बसिरहेकी थी मन्दिरा । घन्टौं भैसकेको थियो ग्राहक नआएको । हार्इ, हार्इ गर्दै बारम्बार घडी हेर्ने बाहेक अर्को विकल्प थिएन उसँग । समय काट्‍न मुश्किल परेको बेला एउटा बडो भलादमी ग्राहक पसल भित्र पस्यो ।उमेरले पैसाठ्ठी नाघिसकेको होला तर प्रभावशाली देखिन्थ्यो उसको व्यक्तित्व । अग्लो कद, ठुला ठुला कैला आँखा गोरोपनमा मिसिएको रातो वर्ण गर्धनसम्म लर्किएका कैला कपाल, समग्रमा गम्भीर तर आकर्षक थियो ऊ । दार्शनिक जस्तो ! गफ सुन्न, गर्न पाए केही चाहिदैन थियो मन्दिरालार्इ । झन् हेर्दै बुद्धीजिबी लाग्ने भलाद्‍मी उसको अगाडि उभिएपछी के चाहीयो र ? मन्दिरालार्इ समय बिताउने यो राम्रो अवसर थियो ग्राहक अनी गफ ।

सामान्य आैपचारिकतापछि ग्राहकलार्इ सोधी उसले – “हाउ क्यान आइ हेल्प यू ? ह्वाट डु यू वान्ट टु सी सर ? आइ लाइक टु सी सम जेम्स स्टोन्स , क्यान यू सो मी ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Addiction

~Keshab Silwal~

Yuyutsu Sharma
The Flowers in their Baskets
The flowers in their baskets
do not smell of crisp books
or rhymes that sing of flowers of freedom.

Pale as pulp of their wiped out eyes Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment