~पिँडालु पण्डित~
मानवबस्तीमा नियमित भइरहेका खैलाबैला, अनेक रङतरङ र उतारचढावका घटनाले उनीहरुमा पनि पलपल चेतना थपिँदो छ । जागरण पलाउँदो छ । प्रत्यक्ष रुपमा भाषा नबुझे पनि मानवीय हाउभाउ, चिच्याहट, भाषणबाजी, नारा, जुलुस, आपसी वैमनस्यता आदि क्रियाकलापको मनोबिज्ञानमार्पmत् उनीहरु आफ्नै किसिमबाट परिस्थितिको आकलन गरिरहेका छन् । यी कुरा बस्तीका मानवले पटक्कै चाल पाएका छैनन् । चाल पाउने हो भने यी आपैmँ चकित पर्ने छन् । हाम्रो जागरण अभियानले यी पशुपन्छीमा पनि यत्रो प्रभाव ! यिनीहरु पनि यत्तिको बुझक्कड !! भनेर तीनछक पर्नेछन् ।
हो, अहिले वनजङ्गलका पशुपन्छीहरुमा पनि एक किसिमको जागरण आएको छ । खैलाबैला सुरु भएको छ । स्वतन्त्रताका कुरा उठेका छन् । आपसी मतभेद र मेलमिलापका कुरा कोट्टिएका छन् । जातीय पहिचानका कुरा छलफलमा छन् । आफ्नै भविष्य र भावी पुस्ताको चिन्ता बढेको छ । मानव भनाउँदाहरुबाट सृष्टिको आदिकालदेखि हुँदै आएको शोषण, अत्याचार, अनादर, असुरक्षा आदिबाट कसरी मुक्ति पाउने भत्रे प्रश्न चर्को रुपमा तेर्सिएको छ उनीहरुका सामु । Continue reading →