~नन्दलाल आचार्य~
पात्रहरू : सूत्रधार, देवराज, गङ्गाप्रसाद र पुष्पराज
(सामान्य घरको बैठककोठा । बस्ने प्रयोजनका लागि टेबल, कुर्सी, डेक्स र बेन्चहरू राखिएका छन् । भित्तामा विश्व प्रसिद्ध राजनीतिज्ञ, कलाकार, साहित्यकार, दार्शनिक एवं धार्मिक व्यक्तित्वका तस्बिरहरू झुन्ड्याइएका छन् । त्यहाँ महामानव गौतम बुद्ध, महाकवि लक्ष्मीप्रसाद देवकोटा, ओशो, माओत्सेतुङ, सेक्सपियर जस्ता व्यक्तित्वका महावाणी पनि लेखिएका छन् । पिर्लिकपिर्लिक पल्टाउन मिल्ने पाटी पनि त्यहाँ राखिएको छ । पाटीका दुवै पाटामा भिन्नभिन्न तस्बिर छन् । अहिले देखिरहेको पाटोमा २५ वर्ष अघिको मानेगाउँ देख्न सकिन्छ । गाउँको बीचमा ठूलो चौडाइ भएको तर खाल्टाखुल्टी परेको बाटो छ । बाटोको उत्तरतिर फराकिलो धानखेत । फाट्टफुट्ट झुप्राझुप्री घर अनि फराकिलो उखडबाखड बाटो । त्यसपछि Continue reading →