Tag Archives: Bamdev Pandit

कविता : महिमा फूलको

~वामदेव पण्डित~ रोनाष्टोले भनेको हो, केही अगाडि कालमा ।। राँके भूत बताएका, नौलो थियो यथार्थमा ।। भन्यो है उसले हाल, विचित्र फूलको कुरो ।। राम्रो हो तर निक्लेन, लुक्यो गम्भीरको चुरो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्वत्र चर्चा छ यो

~वामदेव पण्डित~ सारा यो वर्तमानको विषय ती लेखेर के साध्य छ ।। नेताबाट बनेर वाक्क दुनियाँ अर्कै दिशा ढल्दछ ।।१।। पाखण्डी गतिले अगाडि बढने नेता भएको हुँदा । पक्कै आउँछ दुर्दशा अब भनी थाहा सबै पाउँदा ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचरो हंस ब्युँझियो

~वामदेव पण्डित~ गए रात निकै नौलो, स्वप्न देखेँ म भन्दछु राजाले पद छोडेर, कसरी कन भन्दछु गद्दीमा बसी खेल्ने रे, हृदयेन्द्र नरेश भई खोपाको देवताजस्तै त्यो तन्त्र लवलेश भई ।।१।। उमेर नपुगेसम्म प्रतिनिधि बनाउने हिमानी एक आमा र जनता तीन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आदर्शको ढाल हो

~वामदेव पण्डित~ सत्सठ्ठी अब छैन त्यो विगत भो ख्वाएर तीता कुरा । अठ्सठ्ठी अब आउँदै छ बलियो देखाउँदै पाखुरा ।। पक्कै आउँछ संविधान रसिलो मिल्ने छ मीठो रस । सारा वर्ग खुसी हुने छ सबको प्यारो मणि पारस ।।१।। हाम्रो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : कसरी तह लगाउने ?

~वामदेव पण्डित~ कता को के कुरा लेखूँ बिचल्ली छ सबैतिर । समायोजनको काम लडाकुको छ अस्थिर ।। अर्धसैनिकको जत्था कार्यकर्ता बनाउने । राजनीतिक संस्था ती कसरी तह लाउने ।।१।। च्याउझैं अब जन्मे है अस्त्रधारी समूहको । औषधि कसरी गर्ने समस्या … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुत्छौ तिमी खाटमा

~वामदेव पण्डित~ चिच्याएर सदा कराउन बढी काङ्गे्रस सज्जन ।। थाले कट्कन सुन्न चाख नलिने, दाहाल सोगर्जन ।। यस्तोभो अब संविधान सहसा बन्दैन हो निश्चय ।। प्यारा बान्धव हो, नराख मनमा आशाहरू सञ्चय ।।१।। के कोतर्न पर्‍यो बुझेर मनले, जानी हलेदो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment