कविता : थुईक्क म

~उमेश कुमार घिमिरे~

निराशाको पहाड,
थामिनसक्नु गरि अग्लिँदा पनि,
पर्खिहेरेँ आशाको त्यान्द्रो कतै
देखिएला कि भनि,
चट्टानमा पैताला खियाउँदै
तेरो अजंगको भारी बोकेर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

वाहिर प्रचण्ड गर्मी छ
मन आँसुले भिजेको छ
परिवर्तन कागजमा लेखेर मात्र काम चलेको छैन
व्यवहारमा अझै पक्षपात छ
मान्छे जिउंदै मरेतुल्य भएको छ ।
राजाहरु हिंजो भन्दा अझ राजा भएका छन्
शोषण धारावाहिक रुपमा प्रवाह भइरहेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कति प्रश्न ?

~प्रमिशा केसी~Pramisha KC

फुटपाथ कम व्हिलपाथ भन्न सुहाउने बानेश्वर चोकको बाटो ! आफ्नै लागि भनेर बनाइएको बाटोमा पनि बाइक छल्दै हिँड्नुपर्ने बाध्यता । अझ रोडमै गएर बाटो छेकिदिएझैँ आँखा तर्ने बाइकवालाहरु । केहि पछाडी जहाँ छेवैमा नेपाल यातायात रोकिएर यात्रुलाई हैरान पार्दैछ, कुनैबेला त्यहाँ किङ्ग्स ममः हुने गथ्र्याे । हुन त यहाँ, जहाँ पार्क गरिएका बाइकको मेला लागेको छ , यहाँ पनि पार्क थियो कुनैबेला । जब पारिको भवनमा राजनितिले पाइला टेक्यो तब धर्नाको चपेटामा पर्याे यो ठाउँ । तर अझै पनि कती थाकेका खुट्टाले यसलाई पार्क मान्न छाडेका छैनन् ।

यस्तै थाकेर बसेका शरिरमध्ये कुनै एकले मलाई तान्यो । पाइला पछि सरे, टक्क अडिएर नियालेँ उसलाई । जिउडाल उस्तै तर पहिरनको ढङ बेग्लै थियो, कपाल पनि छोटो । म अलमलिएँ, यस्सै कसैलाई बोलाउँ कसरी ? र पनि अघी बढ्न सकिँन । भ्रम किन हुन्थ्यो मलाई ? जताततै उसैलाई देख्ने फिल्मी मान्छे हो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : हृदय रिङ्गाएर बज्छ

~बच्चु कैलाश~

हृदय रिङ्गाएर बज्छ जब मादल
देख्छु कुना कोरेको कान्छीको गाजल

पल्लो घर भाले जब बास्दछ भोरमा
सम्झन्छु कान्छी तिमी मनकै कुनामा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा जीवनी : चाँडै अस्ताएका तारा जितेन्द्र बर्देवा

~जितेन्द्र वर्देवा~

जन्म मिति: ८ मार्च, १९४२ साल ब्रिटिश भारत
स्थान: गिग कमान, दार्जिलिङ
देहान्त: २ जुलाई १९९५

पिता: सहवीर बर्देवा
माता: मनकुमारी बर्देवा

#सानै उमेरदेखि संगीत प्रतिको उनको झुकाव आफ्नो पिताको सहनाइँ वादन र जेठा दाजु कमल बर्देवाको गायन कलाले गर्दा अभिप्रेरित भए । उनी परिवारको साथ हिन्दी चलचित्र हेर्न जान्थे र त्यस फिल्मका गानाहरु सिकेर सुनाई सबैलाई मन्त्रमुग्ध बनाउँथे ।

#टर्नबुल स्कूलमा पढ्दै गर्दा गुरु दलसिं गहतराजको नजरमा परेका थिए र गुरुबाट उनलाई संगीतमा लाग्न प्रोत्साहन मिलेको थियो । Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

गीत : आँखाको निद खोसी लाने

~बिक्रम गुरुङ~

आँखाको निद खोसी लाने
हृदयको तरंग छेडी लाने
तिमीलाई के सजाय दिउँ
कि सधैलाई बाधिदिउँ

बहकिदै थिएँ मदहोस भएर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सहिदकि आमा

~रबि खडका ‘एटम’~

‘धिक्कार गरीबलाई त मासेरै छाड्ने भो ! असार माशमा पनि के को जुन लागेर बसेको हो ?रोपेको कोदो पनि सोरे भो अब । पोहोर साल पनि यस्तै भो मेला जान पाईएन । पछि सामालको जो हुन नसक्दा सिस्नो खोज्न जानु पर्ने भो ।

यसपाली पनि त्यस्तै हुने भो ।’ढाड कुप्रिएको, लफ्रक्कै भिजेकोे फरिया र रंग उडेको मझेत्रो ओडेकी जुनेली रछ्नमा रोपेको कोदो हेर्दै आकाश तिर फर्किन् । ‘दिउँसो त ठूलै पानी पर्ला जस्तो थियो अहिले त आकाशमा बादलको चिनै छैन् । टहटह जुन पो लागेको छ ।’ ‘आमै अझै सुत्नु भएको छैन्’ । नजिकैबाट चिनेको आवाज आयो ।

‘ए मास्टर पो बोलेका रहेछन्, अँ बाबु राती पानी आउँछकी भनेर आकाश तिर हेर्न लागेको बादलको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : घण्टावाल ऊँटको कथा

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा उज्वलक नाम गरेको सिकर्मी बस्दथ्यो । जति काम गर्दा पनि पर्याप्त आम्दनी नहुने भएकोले दरिद्रताले उसको घरमा स्थायीरूपमा वास गरिसकेको थियो । आफ्नो यो दुदर्शा देखेर ऊ खिन्न भएर सोच्दथ्यो–यस नगरका प्रत्येक मानिसले आफ्नो–आफ्नो काम गरेर राम्रो आम्दानी गरेर सुख सयलका साथ जीवन बिताइरहेको छ तर मैले गर्ने कामबाट कुनै खास लाभ नहुने भएकोले मैले यो नगर त्यागेर अन्त कतै गई काम खोजेर आफ्नो भाग्यको परीक्षा गर्नुपर्दछ । आफ्नो मनमा यस प्रकारले विचार गरेर विदेश जान भनी ऊ घरबाट हिंड्यो ।

वनको बाटो हिंड्दै जाँदा सूर्यास्तको बेला एउटा ओडारमा आफ्नो झुन्डबाट छुट्टिएकी प्रसव पीडाले क्लान्त एउटी ऊँटलाई देख्यो । उसको साथमा नवजात शिशु ऊँट पनि थियो । त्यस ऊँट र शिशुऊँटलाइ साथमा लिएर ऊ घर फक्र्यो । ऊँटलाई दाम्लोले बाँधेर त्यसको आहाराका लागि स्याउला पात काट्न भनेर बन्चरो लिएर वनमा गई कमलो स्याउला र पात ल्याएर उँmटको अगाडि राखिदियो । आमा ऊँट बडो रुचिपूर्वक ती स्याउला पात खान थाली । Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : म प्रण गर्छु

~भेषराज रिजाल~

अधमरा इच्छाहरू व्युँझाएर
जिउँदै मरेको आफूलाई सम्हालेर
जसोतसो बाँचू कि भन्दै
आफ्नै प्रतिच्छाँया अन्यत्र खोज्दै
दौडिरहेथेँ रनवन पराई पच्छ्याउँदै
पालिरहेथेँ विरह विश्वास बेच्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : राम र श्याम दुबै बेस्सरी रोए

~कार्तिकेय घिमिरे~kartikeya ghimire

रामले श्यामको गालामा चड्याम्म हिर्कायो । सबै साथीहरू अचम्म मान्दै हेर्न थाले । बिहानको समय थियो । सबै विद्यार्थीहरू लाइन लागेर प्रार्थना गीत गाउने तरखरमा थिए । अचानक यस्तो दृश्य देख्नुपर्दा एकछिन सबैजना अलमलमा परे ।

‘ल अब घमासान झगडा पर्ने भयो ।’ रोजनले रामेशलाई खुसुक्क भन्यो । रामेशले उसलाई चुप लाग भनेर इसारा गर्‍यो ।

श्याम झापड खाएको निन्याउरो अनुहार लिएर एकछिन चौरमा उभिरहृयो । राम झापड हानेपछि सरास Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

सूत्रकथा : परिवर्तन

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– पहिला रातमा चोरी हुने डरले ‘जागा रहो’ भन्दै टोल टोलमा गस्ती बसी सुरक्षा गरिन्थ्यो।

– अहिले उनीहरु मस्त सुत्ने गरेका Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

गीत : जीवनको हर यात्रा

~प्रमोद अमात्य~

जीवनको हर यात्रामा
साथ तिमी हिँड्नु
उकाली र ओरालीमा
हात तिमी दिनु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Translated Poem : I Lean over my own corpse

~Krishna Bhakta Shrestha~
Translated by Yuyutsu Sharma

I lean over my own corpse
as an old bunch-back over his own shadow;
I lean and look,
scanning with a vulture’s ariel eyes
and dripping loops
of fetid saliva
I prepare to peck out….

But what’s there in store for me Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : आप्पाको सालिक

~चन्द्र रानाहँछा~

लसुन हैन नि आप्पा
लू शुन पो त !
जो लेख्थे विवेकले तातो विद्रोह
उभिन्थे मसाल बालेर अक्षरहरूको
विभेदका निशस्त्र मोर्चाहरूमा
र फर्फरन्थ्यो झन्डा स्वतन्त्रताको।

जारी छ-
त्यसरी नै तपाईंको स्वप्न-युद्ध Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सिंगो देश उठ्ने छ

~राहुल पुन~

म एउटा
मुटुको रोगी हुँ
विडम्वना ।
मेरो टाउकोको
शल्यक्रिया गर्न खोजिदैछ
जसका टाउकोमा
केही कुनै रोगको लक्षण छैन
उसैलाई जबर्जस्ती Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : दु:खदायी सफलता

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

बाबुले छोरातिर हेर्दै भने– “हेर, तैंले बीएसम्म पनि पास गर्न सकिनस् । कलेजहरू च्याउझैं जताततै उम्रेको यो समयमा पनि उच्च शिक्षा हासिल गर्न सकिनस् । तर हाम्रो समयमा जब हामी कलेजका विद्यार्थी थियौं, ठूला–ठूला शहरहरूमा मात्र कलेजहरू हुन्थे । हाईस्कूल पनि ज्यादै कम हुन्थे, गाउँहरूमा । हाइस्कूल पुग्न गाउँबाट दुई घण्टा हिंड्नुपथ्र्यो मैले । कलेज पढ्न वीरगंज आउनुपरेको थियो । एक दिन घर पुग्न सकिनँ, यसो कलेज छुट्टी भएर त्यता जान खोज्दा । घर जान पनि पहिले वीरगंजबाट रक्सौल जानुपथ्र्यो । पैसा नभएकोले हिंडेर नै पुग्थें, रक्सौलसम्म । रक्सौलमा रेल चढेर त्यसपछि बैरगनिया जानुपथ्र्यो । बैरगनियाबाट गौर जानुपथ्र्यो, फेरि पनि हिंडेर नै । अनि अन्तमा गौरबाट हिंडेको तीन घण्टापछि बल्ल घर पुगिन्थ्यो । त्यस्तो कठिन जीवन थियो हाम्रो । विद्यार्थी जीवन पनि कम दु:खदायी थिएन । आईएस्सी पढ्न सार्‍है गार्‍हो हुने भएकोले केवल पढ्नुबाहेक केही गर्न पाइँदैन्थ्यो ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : शक्ति मन्थन

~दिवाकर सिग्देल~

आहा त्यो दीप !
धेरै टाढा छ |
म बिचरा कठै बरा,
बिछौनामा कल्पीरहेछु |
साङ्ग्लाहरु मेरा नशा-नशामा,
यत्र तत्र ब्याप्त छन् |
कोष-कोष को पुकार छ ,
टाढा रहेको त्यो,
अमृत प्याला, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कवि शिरोमणिको “ए नेपाल !”

~क.दी.~kamal-mani-dixit-ka-di

लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको “ए नेपाल!” भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली जनता फुर्किएका थिए। तर, पिँजडाबाट उम्केको सुगा लेख्ने लेखनाथले, त्यसको चार वर्ष नबित्दै यति चिन्तित भएर किन नेपाललाई उद्बोधन गर्नुपर्‍यो? उनले नेपालको भविष्य किन त्यति उज्यालो देखेनन्? के पर्‍यो? त्यो खोजिपस्नु चासो लाग्दो हुनेछ।

हामीलाई थाहा छ, २००७ सालमा प्रजातन्त्रले नेपालमा प्रवेश गरेलगत्तै फुट र अन्तरकलह पनि भित्रियो। नौ महिने सरकारको परम्परा बसेको थियो। त्यसबाट हाम्रा कवि शिरोमणि आजीत भएका थिए भन्न बुझन गाह्रो Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : बिश्वामित्र र माओबादी !

~अज्ञात~

इन्द्रको षडयन्त्रमा फस्न पुगेका बिश्वामित्र ऋषी मेनकाको स्वर्ग फिर्तीको कुरा सुन्ने बित्तिकै काखे छोरी शकुन्तलालाई भुइमा फ्याक्दै अनन्त जँगल यात्रा तिर लागे। माथिको घटना शिकारुले बिश्वामित्र ऋषीको बारेमा अध्ययन गर्दा जानेको वा मनन गरेको हो। आज हाम्रो मुलुकमा ठीक त्यस्तै बिश्वामित्रहरुको बिगबिगी रहेको शिकारुले देखेको र भोगेको छ। त्यसो भए आज मुलुकमा बिश्वामित्र को हुन्? किन यिनिहरु आफ्ना पुत्रीलाई छोडेर अनन्त जँगल यात्रामा निस्कने जमर्को गर्दैछन्? यसलाई अली राम्रो सँग बुझ्न र जान्न शिकारुको पूरै लेखलाई पढ्न र बुझ्न आबश्यक छ भन्दै आफ्ना पाठक ब्रिन्दसँग बिनम्र अनुरोध गर्दै कलमलाई अगाडि बढाउन चाहन्छु।

आफ्ना आफ्ना आन्तरिक स्वार्थलाई अस्थायी रूपमा थाती राख्दै सूदूर भबिष्यको सुन्दर राज्यसत्ताको चास्नी चाख्ने एउटै मन्त्रका साथ बार्ह बुँदे सम्झौता गर्ने राजनैतिक दलहरु र सो सम्झौतालाई आफ्नो भूमिमा सम्पन्न Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : पुनर्मिलन

~राम अप्रिय~ram-apriya

– मनिषा र मेरो मित्रताको सम्बन्धमा कुनै नौलो थिएन ।

– बाल्यकालमा पुरै समय उठ्बस्, हिड्डुल, खानपिन प्रायःसँगै हुन्थ्यो ।

– यतिमात्र हो जीवन भोगाइको क्रममा आपसमा नचाहेर पनि विवशताले छुटेका थियौ । Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

आधुनिक गीत : त्यो त तिम्रो कुरा हो

~प्रमोद ढुङ्गाना~

तिमी घृणा गर मलाई त्यो त तिम्रो कुरा हो
म गर्छु प्रेम तिमीलाई यो त मेरो कुरा हो

तिमीलाई माया गर्न तिमी मलाई रोक्न सक्दिनौ
कल्पनामा रमाउन तिमी मलाई छेक्न सक्दिनौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गाउँको सम्झना

~विप्लप प्रतीक~biplav-prateek

मन लाग्छ, फेरि एकपल्ट त्यही गाउँमा जाउँ
र, फेरि एकपल्ट त्यही धुन दोहोर्‍याएर सुनुँ
नदी, पवन र रूखले गाएको मधुर युगल गीत
त्यो इन्द्रेणीले रुझेको मादक गाउँमा।

धेरै दिन भएछ नगएको
र निकै टाढा आएछु म
आफ्नै छायाँलाई छिचोलेर
मेरो स्वरुप बदलिएको यो सहरमा। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सपथ सहि सत्य होस्

~आचार्य प्रभा~acharya Prabha

आज तिमी आत्मा साक्षी राख्दै
सपथ खाइरहेछौ ,
मेरो,उस्को अनी सबैको मनले ईश्वरसँग
प्रार्थना गरिरहेछ ।
हे!ईश्वर …
यो सपथ सत्य,सांचो र साक्षात होस्
समानता,समानुपातिकता र एकताको
प्रतिक होस् ,
सद्भभावना र सदबिवेक को जित होस् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : दाई जाने हो, १५ सय मात्रै…

~जितेन्द्र तुलाधर~Jitendra Tuladhar

…ल आउनुस् … १२०० को माल ५०० मा … ल लानुस् सस्तोमा लुगा …ल लग्नुहोस् दुईटाको ४०० … यस्ता यस्तै आवाजहरूको कोलाहल भित्र म आफुलाई पन्छाउँदै थिए ( त्यो ब्यस्त सडक पेटीमा । प्रायः जसो ओहर दोहर गर्ने त्यो चिर परिचित बाटोमा यस्ता स्पस्ट अस्पस्ट आवाजहरू मेरा लागि पाच्य भईसकेका थिए । छरपस्ट रूपमा छरिएका सामानहरू बिक्री गर्न त्यहाँ सधैं त्यस्तै तछाडमछाड मचिन्थ्यो । मेरालागि त्यो स्वभाविक झैं लाग्थ्यो । त्यस्तै साँझ ६ बजे तिर म आफ्नो बाटो लाग्दै थिए, त्यतिकैमा एउटा आवाज मेरो कानमा ठोक्किन आईपुग्यो– अंकल… Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : फाइनान्स

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

“मलाई त पैसाको फिटफिटी नै प¥यो हजुर ” –हरिले भनेँ ।

“ल ठीकै छ, फाइनान्सको सदस्य बन्नुस् र ऋण लिनुस् ।” –मैले सजिलै भनिदिएँ । उनले मैले भनेबमोजिम नै फाइनान्सको सदस्य बनेर केही ऋण लिए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पत्रकार सविन शाक्यको आत्महत्यापछि…

~घिमिरे युवराज ‘कर्जुना’~

मेरो आत्महत्यापछि
यस्तरी रोए केही दर्जन मानिस
मानौं-
उनीहरुले संसारकै आफ्नो प्रिय जिनिस गुमाए ।
देखेर मेरो मृत शरीर
थप केही दर्जन मानिसहरूले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : गम्भीरे

~गजेन्द्र बुढाथोकी~Gajendra Budhathoki

मन उद्वेलित छ, अशान्त छ, उत्तरको चिसो हावा उप्किसकेको बाँसको टाटीभित्र छिर्छ ।

“मधेशमा खोरिया फाडन पाइन्छ रे, हिड जाउँ,” मानेले भनेको थियो ।

दुबै मिल्ने दौँतरी, जात फरक भए पनि, हितका दौँतरी थिए । ठालूहरूका नजरमा दुवै पानी नचल्ने । भरखर जुंगा रेखी बसेका मने र गम्भीरे झरेका थिए, मधेश । अलिकति खोरिया पनि नफाँडेका हैनन, तर जमिन्दारको आँखा लाग्यो । नेपाली कागतमा ल्याप्चे ठोकाएका हुन ।

ए भाते, मेरो जग्गा छाड, एक दिन जिम्मुवालले घोडामा आएर कोर्रा घुमाउँदै उर्दी जारी गरे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : रम्छ हाम्रो जिन्दगी

~हुसैन खाँ~hussain-khan

प्रेमको बाटो बनाए, रम्छ हाम्रो जिन्दगी
देशको माटो रमाए, रम्छ हाम्रो जिन्दगी ।

हिन्दु- मुस्लिम्- बौद्ध-ईसाई बसेको बागमा
धर्म मायाको चलाए, रम्छ हाम्रो जिन्दगी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : प्यारो बसबिट्टी

~मणिराज सिंह~Maniraj Singh

कतैबाट नछेकिएको
कसैले नबिटुल्याएको
त्यो खुला आकाश
अनि त्यो शान्त गल्ली र सडकमा
परबाट आइरहेको
धान कुट्ने मीलको
मधुर आवाज
साँझ, विहान
गोरु जोतेर खेतमा
गाईबाख्राको बथानसँग लुटपुटिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन यात्रा

~राम श्रेष्ठ~

पाटीको छ बास,
माथि निलो आकाश,
माग्छ भोको पेटले,
सानो एउटा गाँस,

एक्लिएको जीवनमा,
खोजेथेँ एउटा साथी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना

~छविलाल कोपिला~chhabilal-kopila

सुन कसैको कल्पनामा फल्दैन,
कसैको सपनामा पनि फल्दैन,
न त फल्छ, कसैको भावनामा
ऊ त फल्छ,
पसिनाको उर्लिदो भेलको मझ्धारमा ।
+ + + +
भोको पेट पसिना चुहाएर
जमीन उर्वर बन्न सक्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

केस्रा : नेता

~रुमानी राई~rumani-rai

लौ सुन नेताको कुरा
भित्रभित्रै चाल्छ छुरा

मिठामिठा आस्वासन
अनि भाषणमा सुरा Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment