~आचार्य प्रभा~
प्रेममा न कुनै जात हुन्छ
प्रेममा न कुनै रङ हुन्छ …
मनले चाहे कसैलाई
जिउनुको बेग्लै ढंग हुन्छ …
असमानता यस्ले जान्दै जान्दैन
जाती र रङ्भेद मान्दै मान्दैन …
छुवाछुत र भेदभावको Continue reading
~आचार्य प्रभा~
प्रेममा न कुनै जात हुन्छ
प्रेममा न कुनै रङ हुन्छ …
मनले चाहे कसैलाई
जिउनुको बेग्लै ढंग हुन्छ …
असमानता यस्ले जान्दै जान्दैन
जाती र रङ्भेद मान्दै मान्दैन …
छुवाछुत र भेदभावको Continue reading
~निर्मोही व्यास~
सौहार्दको सियो-धागो स्नेहको कुसुमावली-
सँगाली यत्नले काव्य-माला वा विरुदावली
उनियो उनकै निम्ति व्यासका प्रिय मित्र जो
बस्छन् नारायणी-तीर ‘विनोदी’ काव्यका मियो !
तपसी, नित्य एकान्त-साधनामा रमाउने
दम्भ-दुर्भावका द्रोही, मैत्रीका गीत गाउने Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
क.
पङ्खमा फ्यार फ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा
बिउँझी चलेका पन्छी हामी हरहर बतासमा !
चुँचुँको स्पन्दन, चींचींको क्रन्दन हर्ष र अतासमा
यो वायुमण्डल गिरीको अर्को चढ्दछौं विश्वासमा
उज्यालो लेकको सुनौला मन्दिर भज्दछौ उच्छ्वासमा,
उक्लन्छौं कहिले, लच्कन्छौं कहिले पङ्खका प्रयासमा,
गलाको शङ्ख चामेर पङ्ख ज्योतिको उकासमा । Continue reading
~रामचन्द्र कार्की~
उनको मरो भेट पैले भाको जस्तो लाग्छ,
रानी बनमा संगै गीत गाको जस्तो लाग्छ ।
बल्ल मलाई याद आयो सँगै स्कूल पढ्दा
एउटै मिठाइ पालैपालो खाको जस्तो लाग्छ । Continue reading
~भिम बहादुर थापा~
आमाको मुख हेर्ने
दिन यो आईदिंदा
बसन्ती बासना
बिगतले छाईदिंदा,
यो दूर थलोमा
त्यो भुल्न सकिन
विशाल बाटोमा
म डुल्न सकिन।
** Continue reading
~अम्बिका कार्की~
आज मिर्मिरेको पहिलो किरण देखि नै आमा संङ कुराकानी गर्न मनलाग्यो ।घडी हेरें २:५० भएको रहेछ।सधैंका आफ्ना नित्य कर्म झैं आज पनि आफ्ना काम गर्न लागें ।
मलाइ हतार हतार काम सकेर आमा संङ गफ गर्ने समय निकाल्नु थियो ।पधेंरीमा पुगेर पानी ल्याएँ अनि गाईभैंसीलाई कुडों पकाउन बसालेर आमालाइ फोन लगाउन लागेँ ।नम्बर डायल गरें ।टुर…..टुर…टुर …आवाज गईरहेको थियो ।फोन उठ्यो । फोन आमाले नै उठाउनु भएको रहेछ ।
आमा :हेल्लो ! को बोल्नु भएको ? Continue reading
~हरिहर तिमिल्सिना~
नेपाल हौ आमा तिमी, हामी छोराछोरी
रंगरूप, जातधर्म, भाषा थरीथरी
कोही बस्छौं फेदीतिर कोही टाकुरामा
श्रमशक्ति फुलिदिन्छ हाम्रा पाखुरामा Continue reading
~मदन राई ‘लामाखुले’~
तिमी आकाशमा
उड्दा उड्दै तिम्रा आँखाहरू
पक्कै पनि ठोक्किए,
ती हिमालका धारीला धारीला चट्टानहरूमा
छरपष्टै भए जता ततै
पोखिए तिम्रा नजर ,
अनगिन्ती सुरम्य सुन्दर
हिमालका ताँतीहरूमा,
सायद बिर्स्यौ होला Continue reading
~यशोदा अधिकारी~
जङ्गलको अन्धकार गोलाईमा
रातले जव अँधेरो बाल्छ,
उत्तेजित यी हातहरू
ल्ाालटिन बोकेर
जङ्गल ढकनी उघार्छन् । Continue reading
~नारायण पोखरेल~
जलिरहेको छ चिता ,
दाउरा र घ्यु को आगोको
राखहरु उडिरहेको छ हावामा !
केहि आधा जलेकाटुक्राहरु !
वरिपरी मेरो नजिक म बाहेक अरु कोही नै थिएनन् !
सायद त्यो ठाँउ मसानघाट पनि थिएन होला! Continue reading
~कल्पना चिलुवाल~
अचेल मान्छे
खुट्टामा जुत्ता होइन
खुट्टामा खुट्टै उनेर हिंड्न थालेको छ
आफ्नो होइन अरुको खुट्टामा दौडेर
खेलहरू जित्न थालेको छ
त्यसैले बजारमा अचेल
जुत्ताको होइन
खुट्टाको किनबेच बढेको छ ।
खुट्टाका हाट बजारहरूमा Continue reading
~अशोक ‘खलानको मान्छे’~
आफ्नो संम्बिदान सभामा पराजित भय
शान्तिको लागि क्रान्ति उध्द्घोश गर्ने हरु
आफ्नै बन्दुकको मोहरिमा डराउने भय
अब पूर्ण मुर्दा शान्तिको लागी
मसानमा अघोर तन्त्र गर्दै छन Continue reading
~सावित्री सिलवाल सापकोटा~
गाई भैंसीको स्याहार गर्ने बेला हिड्छौ कुकुर डुलाएर
अहिले रोग लाग्यो भनी कपालभॉंती गर्छौभुडी फुलाएर ।
दही दुध नखाएर खोज्यौ व्हीस्की बान्डी र रोयलस्टेक
बिलासिताले गर्दा रोगले छोयो बस्छौ चक्की खुलाएर । Continue reading
~बिमला ढुंगाना~
नेता भन्ने भोटे कुकुर जानेकै हो भुक्छन् भन्ने,
जनसाङ्लो टुटाएर थाहा थियो फुक्छन् भन्ने
स्वर्थीपनले नैतिकतालाई कौडी दाममा लिलाम गर्दै,
जननीका बिपरित सम्झौतामा चुक्छन् भन्ने Continue reading
~नीमबहादुर थापा~
मीना टुप्लुक्क जेठा चुँदाराको आँगनमा आइपुगिन् । बाजे ढोग गरें भन्दै नमस्कार गरिन् । चुँदारा बाजेले भाग्यमानी भए बा, लामो आयु छ तिम्रो । कालोपाटी लिन किन आइनौ भनेर भर्खर सम्झ्या थें । तिम्रो छोरीलाई रातोगुराँसको हलुका राम्रो पाटी बनाइदिएको छु, यी यही हो, हेर तो, कस्तो छ । पाटीको माथितिर सानो मन्टोजस्तै बनाएको समाउने भागमा हाते वर्माले छेडेर दुलो पारेको रहेछ । असाध्यै राम्रो, मसाइलो, छेउ–छेउमा बुट्टा काटेको पाटी देखेपछि मीना आत्मैदेखि खुशी भइन् र रसिलो अनुहार बनाएर मुस्कुराइन् । उनको बर्वण्डीले त्यो पाटीमा आफ्नो छोरीले खर…र…र बाह्रखरी अक्षर लेखेको दे Continue reading
~बिमला शर्मा ढुङ्गाना~
जसले राष्ट्र र राष्ट्रियताको सम्मान गर्दैनन् ।
साच्चै त्यो नेपाल आमाको सम्मान गर्दैनन् ।
आफ्नो चिनारी,अस्तित्व Continue reading
तिम्रो काखको न्यानो माया जोगाइराकेकी छु
तिम्रै ममता ह्रदयमा सांची राखेकी छु
कति अर्ति दिन्थ्यौ जीवन सहज बनाउनलाई
सुख शान्तिसंग आफ्नो जीवन विताउनलाई।
विर्सिन्न नि कहिले पनि त्यो मायाको फेरो
आमा तिमी संसारकै प्रिय वस्तु मेरो Continue reading
~जीवराज बुढाथोकी~
मदको मातमा लठ्ठीएका, नजर ती !
चुम्बन पर्खिएका रंगीन, अधर ती !!
सल्किरहेको चुरोट स्पर्श, औलावीच,
तरंगीत हुन्छन् चाहनाका, बगर ती !! Continue reading
~समीर पाख्रिन~
डाक्टर जेपीटी गृहनगरको अस्पतालमा सरुवा भएर आएदेखि गाउँमा बस्ने उनको मामा फलानो पटेलको चुरीफुरी निकै बढेको थियो । गाउँमा पटेललाई भेट्न आउने, बाटोमा भेट्ने सबैसित उसले मेरो भान्जा सरकारी अस्पतालमा डाक्टर भएर आएको छ । उसले अब धेरै सम्पत्ति कमाउँछ । शहरमा घर बनाउँछ । सररर गाडी चढेर ऊ हामी मामा माइज्यू र भान्जाभान्जीहरूलाई भेट्न गाउँ आउनेछ भन्दै धाक लगाउन थालेको थियो । हुँदाहुँदा यो कुरा गाउँमा डढेलो सरह पैmलियो । फलानो पटेलका दौंतरीहरू ऊसित ईष्र्यासमेत गर्न थालेका थिए भने कतिपयले चाहिं कस्ता रहेछन् यो फलानो पटेलको डाक्टर भान्जा ? एकचोटि हेर्न पाए हुने थियो भन्ने रहर पालेर बसेका थिए ।
एक दिन कामविशेषले पटेललाई शहर जानुपर्ने भयो । ऊ सहर जान लागेको थाहा पाए Continue reading
~सुरेस खनाल~
तिम्रो माया
र मेरो बेहोशि,
संग संगै बढेछन्
र संग संगै ओइलाएछन्!
मेरो बेहोशिमा,
शायद् म थिइन
शायद तिम्रो माया थिएन;
बस,
तिमी थियौ सदैव!
कहिले धमिलो!
कहिले कन्चन! Continue reading
~कुन्दन काफ्ले~
चिन्ता रोगी हामी सबै कोशिस हाम्रो छानो ।
सफल हुन्छौं गरे प्रयास छैनौं हामी सानो ।
जीवन भोगाई छुट्टै हाम्रो कहानी छ लामो ।
मिलिजुली समस्याको गर्छौं छिनो–फानो ।
कोशीस हाम्रो छहारी हो, हामी यसका खम्बा ।
अभियान पूरा गर्ने हामी यसका थम्बा । Continue reading
~हरि अधिकारी~
प्रतिभाशाली युवाकविका रूपमा पहिचान बनाइसकेका टंक उप्रेतीको निबन्धसंग्रह खण्डित सपनाको गीत प्रतिष्ठित प्रकाशन गृह रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको छ । २१ थान सानो आकार-प्रकारका निबन्धको यस संग्रहबाट उप्रेती एउटा राम्रो सम्भावना बोकेका निबन्धकारको नयाँ अवतारमा पाठकका बीच प्रस्तुत भएका छन् ।
उप्रेतीले आफ्ना निबन्धका लागि विषयवस्तु खोज्ने क्रममा आफूले देखेका, पढेका, अन्तरक्रिया गरेका र कतिपय मामिलामा कार्यक्रम तयार गर्दा विषयवस्तु बनाएका मानिस र नेपालका ऐतिहासिक सम्पदा र कलाकृतिपट्टि ध्यान केन्द्रित गरेका छन् । निबन्धकार विषयवस्तुको गहिरो अन्तरदृष्टिका साथ अवलोकन गर्दै निबन्धको संरचना तयार गर्ने प्रयत्न त गर्छन् नै, साथसाथै उनका निबन्धमा विचार पक्ष पनि त्यत्तिकै सशक्त ढंगमा उभारमा आएको हुन्छ । उप्रेती मूलतः कवि हुन् । उनको गद्यमा पनि कविताका तत्त्वहरू छरपस्ट Continue reading
~हरि अधिकारी~
आफ्नो कुलनाम अथवा थर कहिल्यै नलेख्ने नगेन्द्र शर्मा हालसालै अनुस्मरण शीर्षक राखिएको संस्मरणात्मक निबन्धहरूको संग्रह लिएर पाठकसँग साक्षात्कार गर्न आइपुगेका छन् । एउटा गहु्रँगो संस्कृत शब्दबाट नामकरण गरिएको यस कृतिको सर्जकको नाम दिने बेलामा अन्तिम नामका रूपमा लेख्दै आएको ‘शर्मा’ पनि झिकिदिएर यी वरिष्ठ लेखक अब प्रख्यात हिन्दी समालोचक डाक्टर नगेन्द्रका शैलीमा ‘नगेन्द्र’ मात्र भनिन चाहन्छन् भन्ने जनाउ दिएका छन् । एउटा लेखकले आफ्ना रचनाका लेखकका रूपमा आफ्नो नाम कति लम्ब्याएर वा छोट्याएर लेख्ने भन्ने विषय नितान्त रूपमा उसको मर्जीमा भरपर्ने कुरो भएकाले अनुस्मरणका लेखकले पनि आफ्नो नाम छोट्याउँदै लगेकामा कसैले केही भनिहाल्नुपर्नेचाहिँ देखिँदैन । तर, लामो Continue reading
~आनन्द अधिकारी~
पिपलु बोटैमा ऐंजेरु पलायो
सँगसँगै हिंडेको बाटो नै हरायो
दिन लाग्यो यस्तरी दैव नै खनियो
तिमी पूर्व म पश्चिम सबै नै सकियो
कतिले लेखे प्रीतिका कथा सूनौला पानामा
कतिले राखे बसन्ती फूल मनको कुनामा Continue reading
~आलोक कुमार सातपुते~
अनु : मनोज न्यौपाने
‘चित्तलाई एकाग्र गर्नका लागि एक प्रतीक चाहिन्छ, त्यसैले म मूर्ति–पूजाको पक्षधर हुँ ।’ एउटा धर्मले अरु दुइटा धर्मसँग आफ्नो श्रेष्ठता सिद्ध गर्ने उद्देश्यले भन्यो ।
‘म त मूर्तिपूजाको विरुद्धमा छु, तर म लाशको पूजाको पक्षधर हुँ, त्यसैले म श्रेष्ठ हुँ ।’ अर्को धर्मले बोल्यो ।
‘म त मूर्तिपूजाको कट्टर विरोधी हुँ, तर म एक स्थान–विशेषमा बसेर एक चित्र विशेषको पूजा, त्यससँगै प्रार्थना र त्यसको आराधनाको पक्षधर हुँ, त्यसैले म तिमीहरु दुवैभन्दा श्रेष्ठ हुँ ।’ तेस्रो धर्मले भन्यो । Continue reading
~कात्यायन~
– विहानै अखवार हेर्छ; त्यही विज्ञापन छ | रेडियो सुन्छ; त्यही विज्ञापन छ | विद्दुतीय संजालहरूमा, फोनमा, चिया-पसलहरूमा, चोक-नगर जताततै एकै खवर मात्र सम्प्रेषण भइरहेको थियो | जसरि विशिष्ट व्यक्तिहरूको मृत्यूमा शोक-ध्वनी बज्ने गर्थ्यो कुनै समय !
– तर उनीहरू शोक-मग्न थिएनन् | हर्षोल्लासले जगमगाएका थिए त्यो विज्ञापनले !
– ऊ छरिएका पम्प्लेटहरू टिप्छ र हतार-हतार, दौडी-दौडी, भ्याई-नभ्याई सबै संघ-संस्थाहरू, सरकारी-अर्धसरकारी कार्यालयहरू चाहर्छ | अनि भर्खरै स्थापना भएको नेपाल सरकारको “जन सेवा कार्यालय” पुग्छ | बिज्ञापन पढ्छ र ढुक्कले स्वास लिन्छ | Continue reading
~भाउपन्थी~
घटना भइसकेपछि पहिलो प्रतिक्रियामा मृतककी श्रीमतीले भनी, “उहालाई आज अफिस जाने मन थिएन ।” परिवारका अरू सदस्यले यसमा अनभिज्ञता प्रकट गरे । मृतक त्यस दिन अफिस जान मन गरेको थिएन भन्ने जनकारी उसको मृत्यु हुनुको कारणको अन्वेषणमा सहायक थिएन । यस कालले तानेपछि मान्छेको केही सीप चल्दैन भन्ने स्थापनाका लागि एउटा सहायक तथ्य मात्र हुनसक्थ्यो । तर, मृतक जसरी मर्यो, आज देशभरि, अरूतिर पनि त्यसरी नै मरिरहेका छन् र त्यसमा कसले के गर्नसक्छ भन्ने प्रश्न अझ चर्को गरी सबैका मनमा आयो । सरकार भन्ने निकायको समष्टिगत अर्थ क्षय भएको मात्रै होइन, गायबै भइसकेको भयावह समय थियो यो ।
“अल्छी लाग्या छ भने नगइस्यो न त आज,” उसबेला उसकी श्रीमतीले सहानुभूतिका साथ भनेकी थिई । श्रीमती देशको सम्पर्ूण्ा भार उसको श्रीमान्कै काधले धानेको छ र विस्तारै त्यस भारको थिचाइले Continue reading
~डा. खगेन्द्रप्रसाद लुइटेल~
शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग भनिन्छ भने शब्दहरू छुट्ट्याएर लेख्नुलाई पदवियोग भनिन्छ । पदयोग एक पद/शब्दमा अर्को पद/शब्द जोडिने प्रव्रिmया हो भने पदवियोग एक पदमा अर्काे पद नजोडिने प्रव्रिmया हो । पदयोग गरी जोडिएका पदलाई एउटै डिकोमा लेखिन्छ भने पदवियोग गरिएका पदलाई बेग्लाबेग्लै डिकामा लेखिन्छ । यो नेपाली भाषाको महत्वपूर्ण विशेषता हो । नेपालीमा पदयोग र पदवियोगसम्बन्धी खासखास नियमहरू प्रचलित छन् र ती त्यति धेरै अस्पष्ट पनि छैनन् । नेपालीमा पदयोग र पदवियोगसम्बन्धी प्रमुख केही नियमहरू यसप्रकार छन् ः
१. पदयोगसम्बन्धी नियम Continue reading
~मीना बज्राचार्य~
विकास ज्यादै ज्ञानी र जेहेन्दार विद्यार्थी हुन् । उनी जहिले पनि पढाइमा प्रथम हुन्छन् । विकास मिलनसार पनि छन् । सबै साथीलाई सहयोग गर्ने उनको राम्रो बानी छ । विकासले साथीभाइलाई मात्र होइन पशुपंक्षीलाई पनि उत्तिकै माया गर्छन् । विकासको घरमा कुकुर, बाख्रा, गाई, बिरालो, परेवा, सुगा थिए । ती सबैलाई विकासले औधी माया गर्थ्यो ।
एकदिन विकासको स्कुलमा गुरुले पशुपंक्षीको बानी व्यहोरा बारेमा पढाउनुभयो । गुरुले पढाउनु भएको कुरा विकासले घरमा आएर परीक्षण गरेर हेर्न मन गरे । सबभन्दा पहिला आफूले खाइरहेको मासुको एकटुक्रा कुकुरलाई फ्याँकिदिए । विकासको घरमा दुईवटा कुकुर थिए । एउटा खैरो र अर्को कालो सेतो बुट्टेदार । Continue reading
~क्षेत्र प्रताप अधिकारी~
धेरै ताराहरू थिए यौटा तारा खस्यो
त्यही यौटा तारासित मेरो सारा खस्यो ।
आकाशभरि तारैतारा
मेरै तारा किन खस्यो
त्यै खसेको तारासित
मेरो मुटु किन खस्यो Continue reading
~अरुणबहादुर खत्री “नदी”~
रामजीलाई आमाले बोलाएर पाँचसयको नोट दिदै भनिन् – “एक धार्नी आलु किनेर ल्याइज त छोरा ।”
रामजीले तरकारी पसलमा पुगेर एक धार्नी आलु जोखेर लियो र पसलेसँग पैसा कटाउनु त साहुजी भनेर पाँचसयको नोट दियो । साहुजीले एक धार्नी आलुको साठी रुपैया कटाएर चार सय चालिस रुपैया रामजीलाई फिर्ता दियो । Continue reading
महानगरकै एक ठूलो तारे होटेलको सभाहल सहभागीहरूद्वारा खचाखच भरिएको थियो।
सभाहलको तामझाम निकै उत्कृष्ट थियो, बिदेशी सजावटका सामान, ध्वनी संयोजन देखि लिएर वातानुकुलनका सम्पूर्ण व्यवस्था ठीकठाक दुरूस्त भए नभएको रेखदेख गर्ने सहयोगी हरू तत्पर तथा तम्तयार देखिन्थे।
कार्यक्रममा आमन्त्रीत सबै सम्माननीय, Continue reading