कविता : कर्णाली

~शिलु अज्ञात~

कर्णाली को पानी माँ आशु बग्छ ,
कुना कन्दरा हरु पीडा बोल्छन,
आकाश डम्म सधै कर्नालीको,
बस्तिहरू सदा जागै बस्छन |१|

अमूर्त सौंदर्य छाती भित्र,
तैपनी अनुहार धमिलो ,
देश तिम्रो हृणी छ कर्णाली , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा खबर पुर्‍याइदेऊ न

~अरुणा बैद्य~aruna-vaidya

ज्वारभाटा पहाडहरू कुद्दै थिए लाम लागेर
म हेरिरहेको थिएँ, मौन आँखाले
कानैमा कोही फुस्फुसायो, गार्न्धर्व बतासको झङ्कारसित
फर्केर हेरेँ
रातो डाँडा बोलिरहेको थियो –
तल डबलीहरूमा सधैँ ताण्डव-नृत्य गर्नेहरूलाई
आँगनहरूमा रात-विरात त्रासदीय दुन्दुभी बजाउनेहरूलाई
एउटा खबर पुर्‍याइदेऊ न-
म भीरभरिको अस्तित्व,
एक्लो सौर्न्दर्य थामेर यो उजाड रुँगेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बिभूषण

~अज्ञात~

लेखकज्यू हजुरले देख्नु नै नभएको हो कि जानीजानी टाहोलीदै हुनुहुन्छ -’ परिचित आवाज सुनेर थोरै झस्किदै आवाज आएतिर म फर्किए । रवाफीलो त्यो अनुहार मुस्कुराउदै मलाई नै एककोहोरो हेरीरहेको थियो ।

‘अस्तिनै मैले लेखक भनेर कुरा गरेकी थिए नि, उहां नै हुनुहुन्छ ।’ मैले एकै शव्द बोल्न नपाई नै उ आफूसंगै उभीएको लोग्ने मान्छेतिर फर्किएर उसले भनी । उ थोरै हतासीएझै देखिन्थी । उसको कर्म हर्ेर्दै म हासीरहे मात्र । आफूलाई आदर गरीयोस भन्ने भाव मैले उसको पहिलो बोलीमै संकेत पाए । किनकी उ यसरी बोलीरहेकी थिई, ताकी आफूलाई कलेजका दिनहरुमा जस्तो ‘तिमी अथवा यार’ शव्दले संवोधन गरीएको नहोस । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अमर त्यागीका आठ मुक्तकहरु

~अमर त्यागी~amar-tyagi

धुकधुकी हो राष्ट्रियता हृदय हो देश मेरो
शरीर हो सम्प्रभुता संस्कृति हो भेष मेरो ।
पुर्खाको पसीना र शहीदको रगतले सिंचेको
यो मृत्तिकामै रम्नसकूँ जिन्दगानी शेष मेरो ।।

ढुंगालाई देवता बनाउँछन् र आफूलाई ढुंगा बनाउँछन् मान्छे
निर्धाको बली चढाउँछन् र आफूलाई महान् जताउँछन् मान्छे ।
संवेदनाहीन भए अब मानवताहीन निठुरी भए हजुर सबै
अगाडि गला लगाउँछन् र पछाडिबाट छुरी चलाउँछन् मान्छे ।। Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : किनकि म हेडसर

~असीम अज्ञात~

शिक्षकले पढाउनुपर्छ विद्यार्थीले पढ्नुपर्छ
मैले पढाउने होइन सबैलाई कराउनुपर्छ
किनकि म हेडसर ।

शिक्षक हो वा विद्यार्थी समयमा आउनुपर्छ
म आए पनि हुन्छ नआए पनि हुन्छ
किनकि म हेडसर । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ठेला हत्केलाको

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

हेर न ठेला हत्केलाको
हेर न पसिना निधारको
तै पनि भन्छन पुग्दैन खान
पल्लाघरे जेठा बा’को !

जाँदछन उनी खेतमा
हलो र जुवा बोकी
बढदछ दम श्वास पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : कति माया लाग्छ

~बुद्धवीर लामा~buddha-bir-lama

कति माया लाग्छ रे मै ढुंग्रेमुन्द्रीको
आमाले माया गरी किनिदिएको
पूर्खाको पेवा पैसा गनिदिएको

निधारमा टिका नाकमा फुली सिरैमा सिरबन्दी
गलामा लाउँछु कम्पनी माला भएर पियारी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सियो

~बिमल गुरुङ~bimal-gurung

मलाई थाहा भयो
मान्छेहरु अझ निन्द्राको जङ्गलबाट
उम्केर खुल्ला चौरमा पुगिसकेका छैनन्
त्यो खुल्ला चौर
जहाँबाट आफूलाई हेरिन्छ
जहाँबाट अरुलाई हेरिन्छ
जहाँबाट सारा संसार देखिन्छ ।

तर, जति जागेका छौं हामी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वान्छित सल्यक्रिया

~कुन्दन काफ्ले~

प्रणली कमसल हुन्न कुनै पनि केही गरी,
अंगको खराबी हो, पीर्छ जसले घरी–घरी,
आँटेरै फाल्नु बेस उखलेर त्यसको जरी,
नत्र लाग्ला क्यान्सर है, रह्यो भने कसैगरी ।

पाँचै औंला एकैनास छैन हातमा तर, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : चाँदनी रात झल्मलाएछ

~हुसैन खाँ~hussain-khan

चाँदनी रात झल्मलाएछ
जिन्दगी सङ्ग मुस्कुराएछ

आँगनीमा मिठो हवा चल्दा
मख्मली फूल मग्मगाएछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : शहीदहरु

~सञ्जय संयोग~

१.
जन्मभूमि हो यो मेरो
वीर पाखुराले रचेको
जन्मभूमि हो यो मेरो
शहीदको रगतले सिंचेको

२.
शहीदहरुको यो बलिदान
खेर नजाओस् बगेर
रोकौं नेपाली यसलाई हामी
सिमानामा बााध बनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अनुराधा तिमीले

~आचार्य प्रभा~acharya Prabha

शाहसको आसुँ झार्न सिकायौ अनुराधा तिमीले
राहतको पूल तार्न सिकायौ अनुराधा तिमीले ।

ममत्वको भिक्षा बाँड्न लगाइ मनबाटै यसरी
कलेजीको माया सार्न सिकायौ अनुराधा तिमीले । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : हाँसो मैले कहिल्यै देखिन

~देव वज्राचार्य~

प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन

रुझेका परेलाहरु मैले कहिल्यै ओभानो देखिन
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : जीवन

~उषा शेरचन~

– १
मायाको पोको रहेछ जीवन
अतृप्त धोको रहेछ जीवन
एक न एक दिन बिलाउनै पर्ने
पानीको फोको रहेछ जीवन ।

-२
हुरीले बतासिएको चील रहेछ जीवन
एकलासे जंगलको झिल रहेछ जीवन Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : नाम नपाएको सम्बन्ध

~विश्वराज अधिकारी~

मेरो अन्तरङ्ग मित्र दिवाकरकी पत्नी, राधाको बारेमा मेरी छोरी ग्रीष्मालाई मैले विस्तारमा यति धेरै कुरा बताएको थिए“, उनको भद्रताको, उनको बौद्धिकताको, उनको सुन्दरताको बारेमा यति प्रशंसा गरेको थिए“ कि ग्रीष्मा पनि तयार भएकी थिइन्, राधालाई भेट्न । ग्रीष्मा राधाको व्यक्तित्वबाट अति नै प्रभावित हुन पुगेकी थिइन् । हामी डिनरका लागि आमन्त्रित भने राधा र दिवाकर दुवैका तर्पmबाट भएका थियौं ।

प्रारम्भमा भने केवल म मात्र राधालाई भेट्न र डिनर खान जाने योजना बनेको थियो, नेपाल पुगेपछिको दोस्रो दिन । नेपाल आउनुपूर्व मैले न त राधाको बारेमा, न त दिवाकरको बारेमा ग्रीष्मालाई केही भनेको थिए“ । उनलाई पटक्कै थाहा थिएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कस्तो माया हो ?

~प्रेम लामा~

“लभ गर्ने बेलामा गरिस् । अहिले नलैजान्न भनेर हुन्छ ?” एक १३ वर्षीया केटी कोपिला (नाम परिवर्तन) ले सबैको सामु भनिन् । तर १५ वर्षिय उनको ब्वाय फ्रेन्ड भनौदो डेबिट (नाम परिवर्तन) को जवाफ थियो–“म तँलाई मन पराउँदिनँ । तँ आफैं मेरो पछि लागेको हो ।” डेबिटको जवाफ भुइँमा खस्न नपाउँदै कोपिलाले ठाडै अस्वीकार गर्दै भनिन्–“त्यसो भए किन घर छाडेर आज राति मसँगै बसेको त ?” डेबिट जवाफविही Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आपसी मेलमिलाप

~वीरेन्द्र साह~

सर्लाही जिल्लाको सीतापुर भन्ने गाउँमा रामबाबू सिंह बस्थ्ये । उनकी पत्नी मायादेवी, दुई छोराहरू राधेकृष्ण र श्याम थिए । यिनीहरू अत्यन्त गरिब थिए । रामबाबूले वीरगंज शहरमा ठेला चलाएर आफ्नो घरपरिवार चलाउँथ्यो । उनले परिश्रम गरेर घरखेत पनि जोडेका थिए । एक दिन गाउँमा हैजाको महामारी फैलियो ।

हैजा लागेर रामबाबू सिंह थला परे । उनको उपचारमा खेत बेच्नुपर्‍यो तर उनी बाँच्न सकेनन् । उनको मृत्युपछि परिवारमा दु:खको सीमा रहेन । मायादेवी पतिवियोगमा डुबेर कमजोर भइन् । उनलाई दुई छोराको लालनपालन गर्न धेरै समस्या पर्‍यो । मायादेवीले अर्को विवाह गर्ने सोच बनाए पनि उनले गरिनन् । छोराको Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : लोभको परिणाम

~रमेश पटेल~

एउटा गाउँमा एकजना मध्यमवर्गीय किसान बस्दथ्यो । किसानका तीनजना छोराहरू थिए । छोराहरू यौवनावस्थामा पुगिसकेका थिए । किसानले आफू बुढेसकाल लागेपछि जेठो छोराको विवाह गरिदिएको थियो । किसानसँग एक बिघा जति खेत थियो तर घडेरी सानो थियो । त्यसैमा तीन कोठाको एउटा घर बनाएको थियो । तीन कोठाको उक्त घरको एउटा कोठा जीर्ण अवस्थामा पुगिसकेको थियो ।

बिस्तारै बूढाबूढीको आयु छिप्पिदै गयो र एक वर्षकै अन्तरालमा दुवैजनाको मृत्यु भयो । आमाबुबा जीवित छँदासम्म तीन भाइछोराहरूले कहिल्यै झगडा गरेनन् । जेठाको नाम पुष्कर, माहिलाको सन्देह र कान्छोको नाम बहादुर थियो । पुष्कर र सन्देह बाठा थिए भने बहादुर अलि लाटो थियो । बहादुरलाई गाउँका अधिकांश मानिसहरूले लाटो भनेर बोलाउँथे । आमाबुबाको मृत्युपश्चात् सन्देहले पनि बिहे गर्‍यो । त्यसपछि Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : पिच्कारी

~श्रेयज सुवेदी~

बिहानको घामले पर्दा छिछोलेर कोठाभित्र पस्नसमेत भ्याकाथेनन्…माँको फोन बज्यो । सिरानीमा भएको फोन अध्कल्टो निद्रामा उठाएँ । हेलो पनि नभनी सीधैं सोध्नु‘भो, “घर आउँदैनस् ?” होली खेल्ने मन नभएको र घर नआउने कुरा हिजै जानकारी गराए तापनि एकाबिहानै फेरि फोन गरेर सोध्नु…त्यो आमाको माया थियो र छोरो आइदियोस् भन्ने चाहना पनि । केही छिन कुरा गरें,नआउने कुरा फेरि भनें । “ल फोन राख्” भन्दै फोन काटियो र म पुन: निदाएँ, सिरानीमा गाला दलेर । उठेर ब्रश गर्दा घाम मेरो फूलबुट्टे कार्पेटभरि छरपस्ट थियो । चियाको कप बोकेर बार्दलीमा निस्किएँ । नोटिफिकेसन थुप्रिएर फेसबूक अटेसमटेस गर्दैरै‘छ । नानीले घरको होली, फोटो बनाएर ट्याग गरेकी रै‘छे….लेखिएको थियो “मिस यु दादा” । चिया पनि त्यति गुलियो लागेन, जति ती फोटाहरू लागे । ओठ दुवै किनारबाट तन्कियो । सायद परिवारको मतलब नै यहि सानो हाँसो हो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिरामी

~श्रेयज सुवेदी~

म कमजोर छैन । म चुपचाप छु । यसको मतलब यो हैन कि म बोल्न सक्दिनँ । तिम्रो हरकतको प्रतिक्रिया दिन्न यसको मतलब यो हैन कि मलाई प्रतिकार गर्न आउँदैन । मेरोबारे नकारात्मक सोच पाल्ने तिम्रो उपस्थितिले बान्ता आउँछ मलाई । किनकि तिम्रो विचार गनाउने गर्छ । बेलैमा विचार पुर्‍याउ, नत्र विचारमा कीरा लागेर दिमागको क्यान्सर होला । तिम्रा ती गिद्धे नजरहरू परेलाको दराजमा बन्द गरे बेस, नत्र झिकेर गुच्चा खेली खोपीमा मिल्काइदिउँला । तिम्रा अनैतिक हातहरू मबाट पर राख Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक बिहान

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
उषा चढिन् रे सल्लो !
स्वर्ग भयो आकाश उपल्लो !
त्यसको मछाया,
ताल धरामा, तल्लो !
सुन्दरताले झस्केको, वायुमण्डल
हाल्यो !
प्रतिस्पर्शले क्या बादल बल्लीे ,
फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो !

ख.
पन्छी–गाना उडाइन् तिनले ।
श्रवण भरीकन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : साथीको चिठी

~यमुना प्रधानाङ्ग ‘मुना’~

मेरो हातमा चिठी ? कसको होला ? म पठाउने व्यक्तिको नामै नपढी आफ्नै मनमा अनेकौं कुरा गुन्न थालें । चिठी पठाइहाल्नुपर्ने कारण के थियो होला ? चिठी नै पठाउनुपर्ने भए पहिले फोन गथ्र्यो होला किनकि मेरा आफन्तहरू दुर्गममा छैनन्, सुगममा नै छन् । पहिला पहिला त फोन मोबाइल आदिको सुविधा थिएन । मान्छेले आफ्नो खबर तथा मनभरिका कुरा आफन्तका लागि पोख्न चिठीकै सहारा लिनुपर्दथ्यो । फेरि अहिले त शहरी क्षेत्रमा व्यक्तिगत चिठीको आदानप्रदान धेरै कम भइसक्यो । मालसामान एकअर्कामा पठाउँदा अथवा सरकारी, सङ्घसंस्थाको चिठीपत्र मात्र हुलाक तथा निजी कुरियरद्वारा ल्याउने लैजाने गर्छन् आदि । यसरी म पठाउने व्यक्तिको नामै नहेरी यी सब कुरामा अलमलिरहेकी हुन्छु । अचानक छोराले आमा कसको चिठी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इतिहास

~अभय भट्टराई~

अनौठो हुलिया भएको एउटा मान्छे हरेक दिन त्यो पबमा आउन थालेको छ । उसलाई कसैको मतलब हुँदैन । दा¥ही छ, सेतै फुलेको । पावरवाला चश्माभित्र गहिरा आँखा । अनुहार गम्भीर । हातमा ल्यापटप छ, ल्यापटपमा केही काम गरिरहन्छन् । एक बोतल बियरपछि अर्को बोतल । त्यसपछि अर्को । हरेक दिनको कोटा तीन बोतल बियर ।

ठीक नौ बजे राति एउटा युवक गाडी लिएर लिन आउँछ । पोर्ट मक्वारी, अस्टे«लिया । सागरको तटमा रहेको व्यस्त शहर । भारतीय नागरिकले लगानी गरेको पबमा काम गर्छन्, किरण । किरण यहाँ आएको २२ वर्ष भयो । उसको हातबाट कसैको पनि ज्यान गएन । व्यक्ति हत्याबाट समाजमा परिवर्तन नहुने निधो भएपछि बैंक लुटेको पैसा सदुपयोग गरी साथीको सहयोगमा ऊ अस्टे«लिया पुगेको थियो । भूकम्पमा सबै परिवार स्वाहा । नेपाल फर्किने कारण समाप्त । उतै अस्टे«लियामा एउटा भारतीय एकल महिलालाई जीवनसाथी बनायो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म मदन र मेरी मुना

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

उता नेपालबाट म मदन र मेरी मुना
सपनाहरू खोज्दै
अर्को भोट हङकङ टेकेको पनि
बर्षौ वितिसकेछ
तर म मदन र मेरी मुनाका
सपनाहरू
सपना बनेर अझै आएका छैनन्
घाम भएर अझै उदाएका छैनन्,

हङकङमा हामीले
परीपरीका सपनाहरू देख्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : ननिभ्ने दिप

~दिलिप योन्जन~Dilip Yonjan

ननिभ्ने दिप हो, हाम्रो माया प्रिती
हासी२ जिबन बिताउ, मरे हुन्छै मिटी।

दुख सुख जिन्दगीको, जिउने मिठो आधार
जन्म२ रहन्छ माया, इतिहास भै अमर Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : चियांगमाईमा श्रोंगकानको वर्षा

~प्रणिका कोयु~pranika-koyu

आजको यो वर्षामा
पानी वर्षेन थोपा-थोपामा
न त बन्यो भेल
बिजुली चम्के जस्तो
आकाश गर्जे जस्तो
अनि यस्तोमा,
सडकमा म उभिएर ठिङग रमिता बनें
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अनि बेचिए दुःखीराम

~रामनाथ खनाल~Ramnath Khanal

“यो इन्द्रावती कता बगेको ?” रमिताले बडो अचम्मको प्रश्न गरी ।

मैले हाँसेरै जवाफ फर्काएँ, “अरे मूर्ख, नदी कता बग्छ, उत्तर कि दख्खिन ?”

उसले गम खाँदै भनी, “यो त उत्तरै बगिरहेछ ।”

साँघुरो बाटोको कान्लामा पिठयूँ अड्याएर मैले जवाफ फर्काएँ, “अग्लो डाँडो र तिम्रो हेराइबीच तालमेल नमिलको मात्रै हो, इन्द्रावतीचाहिँँ आग्नेयतर्फ बगिरहेको छ ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : बुध्द

~घिमिरे युवराज ‘कर्जुना’~

मान्छे गाई बेचेर दुध किन्छ
जग्गा बेचेर अन्न किन्छ
घर बेचेर डेरामा बस्छ
वा जाडोमा आफ्नै लुगा बालेर अागो ताप्छ
र भन्छ दु:ख पाएँ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ए नेताज्यू, एकछिन लजाउनुस् यार !

~योगेन पौडेल~

उता
दक्षिणी छिमेकी मङ्गलमा पानी खोज्दैछ
उत्तरी छिमेकी चन्द्रमामा खानी खोज्दैछ
यता
हजुरलाई टायर बाल्न पुगेकै छैन
रेलिङ्ग भाँच्न पुगेकै छैन
हाम्रालागि हामीलाई
हामीबाटै मुक्ति दिन पुगेकै छैन
ए नेताज्यू, लाठी बिसाउनुस् यार, एकछिन सुस्ताउनुस् Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : एटीएम कार्ड

~समीर पाख्रिन~

मुश्किलले आप्mनो नाम लेख्न सक्ने जोगेन्द्र रामको दार्जीलिड्ढो एउटा सरकारी आवासीय विद्यालयमा कुचीकारको स्थायी जागिर थियो । मनग्गे तनख्वा, आवास सुविधा, सहुलियत दरको राशन सुविधा हुँदाहुँदै पनि जोगेन्द्रको परिवारको अवस्था दयनीय थियो । ड्युटी सके लगत्तैदेखि रक्सीमा डुबुल्की मार्ने जोगेन्द्रको परिवारमा लोग्ने–स्वास्नी, एक छोरा एक छोरी गरी चार सदस्य थिए । वर्ष दिनको फरकमा जन्मेका छोरा र छोरी अरू सरह राम्रो लगाउने, नक्कल पार्ने र हातमा मोबाइल बोक्ने उमेरका भइसकेका थिए ।

पैंसट्ठी वर्षको उमेरमा जोगेन्द्र रामले जागीरबाट अवकाश पायो । अवकाशपछि उसलाई प्राप्त हुने उपदान, सञ्चयकोष आदि रकमबाट उसलाई केही हजार रुपैयाँ नगद दिएपछि बाँकी रकम सरकारले बैंक खाता खोली जम्मा गरिदियो र उसको नाममा एटीएम कार्ड जारी गरिदियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : भाइचाराको नाता

~निर्मला अवस्थी~Nirmala Awasthi_1

जति बर्ष बाँचे पनि सक्रिय भै बाँचौं हामी
त्यसैले त यो जीवन सधै ब्यस्त राखौं हामी।।

सके सम्म आफ्नो काम आफै गर्ने गरौं बानी
निष्क्रिय यो शरीरमा जोस जाँगर भरौं हामी।। Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : रंगीन फुलहरु भित्रका रंगिन सपनाहरु

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

भीरमा एउटा फुल फुलेको छ
रंगीन छ
भीर पनि रंगिन भएको छ
सर्वत्र रंगीन तुल्याएको छ
रंगिन फुललाई
कोहि सजाउनका लागि जुटेका छन्
कोहि टिप्नको लागि जुटेका छन्
कोहि उखेलेर प्mयाँक्न भएभरका बल प्रयोग गरिरहेका छन्
कोही तिनै फुलहरुका रक्षामा लागेका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment