कथा : पिच्कारी

~श्रेयज सुवेदी~

बिहानको घामले पर्दा छिछोलेर कोठाभित्र पस्नसमेत भ्याकाथेनन्…माँको फोन बज्यो । सिरानीमा भएको फोन अध्कल्टो निद्रामा उठाएँ । हेलो पनि नभनी सीधैं सोध्नु‘भो, “घर आउँदैनस् ?” होली खेल्ने मन नभएको र घर नआउने कुरा हिजै जानकारी गराए तापनि एकाबिहानै फेरि फोन गरेर सोध्नु…त्यो आमाको माया थियो र छोरो आइदियोस् भन्ने चाहना पनि । केही छिन कुरा गरें,नआउने कुरा फेरि भनें । “ल फोन राख्” भन्दै फोन काटियो र म पुन: निदाएँ, सिरानीमा गाला दलेर । उठेर ब्रश गर्दा घाम मेरो फूलबुट्टे कार्पेटभरि छरपस्ट थियो । चियाको कप बोकेर बार्दलीमा निस्किएँ । नोटिफिकेसन थुप्रिएर फेसबूक अटेसमटेस गर्दैरै‘छ । नानीले घरको होली, फोटो बनाएर ट्याग गरेकी रै‘छे….लेखिएको थियो “मिस यु दादा” । चिया पनि त्यति गुलियो लागेन, जति ती फोटाहरू लागे । ओठ दुवै किनारबाट तन्कियो । सायद परिवारको मतलब नै यहि सानो हाँसो हो ।

उमेर बढ्दै जाँदा, मन सानो बन्दै जानुपछाडिको रहस्य मैले कहिले बुझिनँ । न कुनै पीर छ, न त कुनै दु:ख । तर पनि र·सँग र·ीन चाहेन मन । यो वर्ष छालाहरूले फोतिने रहर गरेनन् । पानी छ्यापा छ्याप गरिरहेका केटाकेटीको एक हुल दृश्य देखेर मलाई मेरो विगतले बोलायो ।

भैंसीको थुनमा तोरीको तेल दलेर दूध दुहुँदै गरेकी मेरी हजुरआमालाई म आँखा मिच्दै सोध्छु, “आमोई… मेरो पिच्कारी काँ छ ?”

आमा झर्किंदै भन्नुहुन्छ, “अ‍ैले केइ बित्या छैन । चिया खाएर जालास् ।”

पिच्कारी नपाको झोंकमा बाहिर आँगनमा हातको नाडी छाम्दै खाटमा पल्टिएका बुबाको काखी मुन्तिर टाउको राखेर छातीको रौं खेलाउन थाल्छु । बुबाले म रिसाएको चाल पाएर सुटुक्क कानमा भन्नुहुन्छ, “तख्तामाथि छ, तेरो पिच्कारी ।”

म झ्यालको डन्डीमा चढेर तख्ताबाट पिच्कारी झिक्छु । आमिर खानको मेला फिल्मको पोस्टर टाँसिएको मेरो पिच्कारी पोहोरको भन्दा ठूलो थियो । बच्चामा होलीको दिन पुरानो लुगा लगाइदिने चलन थियो । कुममा च्यातिएर काम नलाग्ने बोर्डिङको सेतो र·को सर्ट अनि जाङ फाटेको मिकीमाउसको पहेलो कट्टुु लगाएर म आँगनमा निस्किएँ । आमाले दिएको चिया गन्गन् नगरी खाएँ । आज मलाई हिजोअस्ति जस्तो चियामा नचोपी नहुने बासी रोटी चाहिएको छैन । कट्टुको खल्ती बेलुनभैंm फुल्ने गरी र· अनि लोलाको पाकेट कोच्छु, हातमा पिच्कारी झुन्ड्याएर कुद्छु, वीरेन्द्रको घर । सबैजना लोला भर्न व्यस्त छन् । ठूलो सिल्भरको बाटामा र· घोलेर पिच्कारीले तान्दै बेलुनमा हाल्दैथिएँ । म ऑको देख्ने बित्तिकै वीरेन्द्र करायो, “हेर्त रे, कलुुवा आयो । पकड तेस्लाई ।”

सबैजना मिलेर मलाई लखाट्न थाले । मनले मलाई रङ्ग्याइदिए हुन्थ्यो भने पनि प्रतिकार गर्न म भाग्दैछु । त्यो भगाइ कम्ता नाटकीय हुन्नथ्यो । मेरो पायल चप्पलको लोती चुँडिन्छ…म चप्पल छोडेर भाग्छु । अनिलले घेरा हालेर मलाई समात्छ । राधेश्यामले हात समात्छ अनि वीरेन्द्रले दाँत चम्काउने र·ले हातमा थुकीथुकी मेरो दाँत मोल्दिन्छ । राजेन्द्र आएर मेरो ढाँडमा पाँच औंलाको डाम बस्ने गरी छाप लगाउँछ । त्यस्तो छापले हाम्रो समूह चिनिन्थ्यो । यो साल मेरो पिच्कारी सबैभन्दा राम्रो अनि ठूलो भएकोले हाइलाइटमा छ । अनिल भन्दैछ, “दुर्गालाई छतबाट तेरै पिच्कारीले हान्नुपर्छ ।”

हामी टोलटोलका भुराहरू पिच्कारी अनि लोलाले जुद्ने गथ्र्यौं । लाग्थ्यो हामी कुनै युद्ध गरिरहेका छौं । पिच्कारी हाम्रो बन्दुक हुन्थ्यो भने लोला बम । पिच्कारी अनि लोला हानेपिच्छे मुखबाट आवाज निकाल्थ्यौं, “ढिच्क्याउँ ढिच्क्याउँ डुडुम डुडुम ।”

हाम्रो समूहमा सबैभन्दा ठूलो अनिल भएकोले त्यो नै कमान्डर बन्थ्यो । सबैको पिच्कारी सानो अनि कमजोर हुनाले पाटपुर्जा निस्किसक्यॉछ । तर मेरो पिच्कारी जस्ताको तेस्तै छ । कमान्डरले मेरो पिच्कारीले तल उभिएका उमेशको समूहलाई र· छ्याप्दैछ । तलबाट हानेको लोला बलजस्तै समात्न खोज्दा हातमैं फुट्छ अनि सर्ट र·ीन्छ । राजेन्द्रले तल कलबाट बाल्टिनका बाल्टिन पानी ओसारेर छतबाट छ्याप्दैछ । आखिर केही नलागेर हाम्लाई र· दल्न आएका उमेशहरू फर्कन्छन् । हामी हाम्रो जीतको खुशी फेरि पनि एकअर्कालाई र· दलेर मनाउँछौं । अरू दिन सातपल्टसम्म खाइसक्नुपर्ने पेटलाई आज भोक पनि लाग्दैन । वीरेन्द्रको घरको भित्ताभरि र·को छिटाले पोतिएको छ । बरन्डा पान खाएर थुके जस्तै राताम्मै छ । हामी अझै पनि एकअर्कालाई पानी छ्यापाछ्याप गर्दैछौं । आज यो पानीले जति भिजाए पनि धित मर्नेवाला छैन । घाम डुब्दै गएपछि बल्ल कलिलो छालालाई चिसो लाग्छ अनि घर जाने तर्खर गरिन्छ । म मेरो मेला फिलिमको पोस्टरवाला पिच्कारी बोक्छु । बचेखुचेका र·हरू भोलिको लागि टिपनटापन गरेर खल्तीमा कोच्छु । मेरो कट्टुको जाङ पूरै फाटेर स्कर्ट बनिसक्या हुन्छ । लोती फुस्केको चप्पल गाँस्न टुक्रुक्क बस्दा देखिएको ढुकुर हेरेर दुर्गाले माझी औंला खुम्च्याउँदै कुरी कुरी भन्छे । म लाजले भुतुक्क अनि र·ले निथ्रुक्क हुँदै घर पुग्छु । आमाले सराप्दै लुगा खोलेर नुहाइदिनुहुन्छ । जीउ अनि मुखको र· त तत्कालै जान्थ्यो । तर कानको चेपमा रहिरहने रातो र·ले हप्तौंसम्म पनि होलीलाई जीवितै गराउँथ्यो । यत्तिकैमा म्यासेन्जरको घण्टी टुङ्ङ बज्छ । हालसालै बनेको काठमाडौंको साथीले म्यासेस गरेको हुन्छ, “ह्याप्पी होली साथी ।”

सायद म आज पनि त्यही अनिल, वीरेन्द्र, राजेन्द्र अनि दुर्गालाई खोज्दैछु, होली खेल्न । प्राय: म मामाघर जाँदा वीरेन्द्रको त्यो घरलाई नियाल्छु, जहाँ मेरो पिच्कारीले छोडेका र·हरू अझै पनि मधुरो देखिन्छन् । त्यो घर, त्यो छत, त्यो बरन्डा जहींको त्यहीं छ, जस्ताको तेस्तै छ । छैन त बस् सँगै बिताएका समय अनि बालसखाहरू । सुन्छु, भाँडाकुटी खेल्दाकी मेरी बेहुली दुर्गा, मोतीहारीको मुर्गाको पोथी भएर तीनवटा चल्ला जन्माइसकी रे । सुन्छु, वीरेन्द्र र राजेन्द्र खाडी पसे रे । अनिल काठमाडौंको कुनै कुनामा आफ्नै जीवनसँग व्यस्त छ रे । त्यो विरानो देशमा दुर्गालाई कसले अविर दल्देओस्…बिचरी आपैंm घर गृहस्थीमा दलिएकी होली । त्यो रापिलो बालुवामा वीरेन्द्र र राजेन्द्रलाई कसले र· छर्दिओस्….बिचराहरू मरुभूमिमा पसिना छर्दै होलान् । त्यो अनिललाई कसले लोला हान्दियोस्…बिचरा साँघुरो गल्लीमा ठोकिंदै होला । राधेश्याम त अझ मेरै पिच्कारीले सधैं होली खेल्छु भन्थ्यो । समयले तेस्लाई यस्तो खेलायो…आजसम्म तेस्की आमा फोटो बोकेर “बेटा के ढुड्दी” भन्दै सरकारी कार्यालय धाउँछिन् रे ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.