कविता : वास्तविकता

~रवि थापा~

ठूलो कष्ट भोगेपछि
अनौपचारिक अनुभूति आउछँ
अनि सन्देश वाहक नसाहरु
नसा–नसा चुम्दै
जाजरकोट पुग्छन्
हुम्ला,जुम्ला र महाकाली हेछर््न
अनि त्यहाँको दर्दनाक स्थिती,
र यति ठूलो भयानक महामारी पनि ।
तर,
खै सरकारको दायित्व ?
महामारी क्षेत्रको जनसँख्या Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तुसारो ताप्न छाड

~सर्गमञ्जरी ‘कृष्ण’~Sargamanjari

पुषको तुसारोे तापेर
ताराहरुको उज्यालोमा रमाउँदै,
तस्बिर खिचाउँन पर्खिरहेछन्
एक हुल स्वाभीमानीहरु
फोटो स्टुडियोमा !

कलियुगको प्रतिनिधित्व गर्दै
मिथ्या कर्म अगाँलेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : घाम आज लाग्यो अरे

~मनेज अधिकारी~

शुन्यताको छाहारीमा घाम आज लाग्यो अरे ।
तर्कि हिड्ने मायालूको साथ उसले पायो अरे ।।

बिछोडको पिडा बोकी बेहोसीमा हिड्दा हिड्दै
अचानक माया पाउँदा उसले गित गायो अरे ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : निष्ठूरीको मन

~सुरज कुमार मगर~

खरानीको धुलो झै निष्ठूरीको मन
उजाडीएको मन देख्दा लाग्थ्यो फडिएको बन
चाहनु चाहना मात्र रहेनछ् निष्ठूरीको लागि झन्
खरानीको धुलो झै निष्ठूरीको मन

मलाई थाहा थिएन मेरो माया बन्छ रोग
घाउँ भन्दा नि असहन हुन्छ भन्ने के थाहा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : रमाइलो चाड फागु

~रञ्जुश्री पराजुली~Ranjushree Parajuli

शंकरलाई फागु पूर्णिमा कहिले आउँला र साथीहरुसँग फागु खेलौंला भन्ने हतार लागिरहेको थियो । उसलाई यो चाड धेरै रमाइलो लाग्छ । यसपाली फागु खेल्न भनेर उसले पैसा पनि जोगाएर राखेको छ । भोलि फागु पूर्णिमा भएकोले ऊ आफ्नो मिल्ने साथी उमेशसँग आफूहरु यो पर्व कसरी मनाउने” भन्ने सल्लाह गर्न स्कुलबाट आए पछि उसको घर जान्छ ।

उमेशका बुबा बाहिर बगैंचामा टहलिरहेका थिए । शंकर उनलाई नमस्ते गर्दै “उमेश कहाँ छ काका ?” भनेर सोध्छ ।

“ओहो शंकरबाबु तिम्रो हालखबर कस्तो छ ? उमेश आफ्नै कोठामा होला । भित्र जाउ । आज तिमीहरुको के कुरा परेको छ ? तिमी हतारमा जस्तो देखिन्छौं नि”? “त्यस्तो केही होइन काका, तर भोलि फागु पूर्णिमा Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : युद्ध भयो

~तारा खड्का~

नेतालाई कूर्चिमाथि बसाउन युद्ध भयो
जनताका छोरालाई फसाउँने युद्ध भयो ।

के पाएँ खै दशौ वर्ष जङ्गल गई युद्ध गरि
भताभुङ्ग बनाई दुश्मन हसाउँने युद्ध भयो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : किसान

~इन्दिरा थापा~

घाम पानी अनि आँधी हुरीको परवाह नगरी
बिहानीको प्रभात सँगै
खेतबारीमा पौँठाजोरी खेल्न पुग्छ किसान
उसलाई कुनै विश्रामको आवश्यकता पर्दैन
किनकी उसले पसिनाले माटो भिजाउन जानेको छ
मेहेनतले अन्न भित्राउन जानेको छ ।

ऊ उदार हृदयले भरदिन परिश्रम गर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्नु पुतली

~भिमसेन थापा मगर~

जन्म लिएउ तिमी एउटा झुस्लिकिरो
कुनै सानो झाडिमा
रुखमा
पालुवामा
या त कुनै मरुभुमिमा,
तिमी जन्मिएको ठाउँ
जहाँ थिए
मात्रै संघर्ष
यात्रा
या दिउ कुनै उपमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खोज्दै छु म !!

~हरी गौतम~

छाडी गयौ र ? होईन लाग्छ,चारै तीर खोज्दै छु म !!
साँचो हो की कल्पना मात्र, किन यस्तो सोँच्दै छु म !!

परेली यी रसाए आज, पराई भयौ रे भन्ने सुन्दा..
आफ्नै मूटुमा तीर हानी किन आफै घोच्दै छु म !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : एक्स्ट्राट भएछु

~अशोक ‘खलानको मान्छे’~

हिजो एक युवाले आफु तेश्रो लिँगी भएको घोषणा गर्यो
छापाहरुले उस्का दर्द र व्यदनाका कथाहरु दारुणताका साथ सुनाए
हिजो एक युवतीले नामी हत्यारा चाल्स शोभराज कि प्रेमिका भनि
सबै छापाका माध्यम उन्को पछि दौडिए
साच्चैनै शन्कर् दाइ संसार् एक्स्ट्राट् नै रहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के दियौ ख्वामीत हजुर ?

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

अन्ततः के दियौ नेपाललाई के दियौ नेपालीलाई ।
खै सम्मान गरेको वीर शहिदहरुको उत्सर्गलाई ?
लिलाम गर्दै गयौ भएका उद्योग कलकारखानाहरु ।
भएको रोजगारबाट विस्थापित गर्यौ नेपालीलाई ?
१

विभेद भएकै थियो त्यो क्रुर पञ्चायती शासनमा ।
पञ्चायती पिडकबाट पीडीत स्वतन्त्रकापक्षधरहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : मान्छे र रूख

~त्रिभुवनचन्द्र वाग्ले~

वर र पीपलका रूख रहेकाले ‘वरीपिपल’ नामाकरण गरिएको छ मेरा पितापूर्खाले चर्चिएको बारीलाई । हुनुपर्ने थियो–वरपीपल । हाल त्यो बारी चौर भएको छ । सुरुमा यसको नाम वरपीपल थियो र क्रमशः जनजिब्रोले यसलाई वरीपीपल बनाएको छ । यसलाई अपभ्रंश भनिएला व्याकरणमा । कमसे कम म चाहीं अपभ्रंश भन्ने पक्षमा छैन । पुस्तौं वक्ताजिब्रोले बनाएका शब्दलाई सम्मान गर्नुपर्छ । भाषाको यो जनजिब्रीकरणलाई अपभ्रशं भनियो भने हाल हामीले लगाउने पाइन्ट सुरुवालको अपभ्रंश हुनसक्छ । हाम्रा चेतना, बुझाइ, मूल्य, मान्यता सबै अपभ्रशं हुसक्छन्, जो हिजोभन्दा भिन्न छन् । मेरा पुर्खाले पूज्ने चन्द्रमामा आज आवास योजनाका घडेरी प्लटिङको तयारी गरिनु उहाँहरूको दृष्टिकोणमा मानव चेतनाको अपभ्रशं हुनसक्छ । त्यसैले कुनै पनि शब्दको अपभ्रंश हुन्छ भन्ने कुरा म मान्दिन । बरु त्यसको स्थानीयकरण, जनस्तरीकरण भएको मान्नुपर्छ । नाम जे Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : निरन्तरताको क्रमभङ्ग

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

उसलाई देख्नेबित्तिकै पहिला त म झसङ्ग भएँ । नहुनु पनि किन ! दुईचार दिनअघि मात्र नाकका दुवै ओडारमुनि जति खाए पनि नअघाउने हन्तकाली मुखको माथितिरका पाखो चउरमा दुवैतिर टत्रै छ्वाली जुँगा देखेको थिएँ । आज आधा भागको जुँगा खौरिएर आधा भाग मात्र बाँकी राखेको देख्ता म जस्तो काँतर मान्छे नझस्किने कुरै भएन । अझ त्यति मात्र कहाँ हो र ! दुवै आँखामा चश्मा लगाउने गरेको ऊ यतिखेर एउटा आँखामा मात्र चस्मा लगाएर एउटा आँखा उघारै राखेर मेरो सामु देखा परेको छ । यस्तो अद्भूत दृश्य देख्ता जो कोही पनि नझस्किने कुरै भएन । तैपनि आफ्नो पुरानो मित्रै हो भनेर मन सम्हालेर नआत्तिईकन सोधेँ । होइन ए मित्र ! तिम्रो यो के चाला हो ? जुँगा काटेर दा-ही पाल्ने, दा-ही काटेर जुँगा पाल्ने मान्छे त यसअघि पनि जताततै देखेको हुँ । तर तिम्रो जस्तो रुप त मैले आज मात्र देखेँ । ओठमा एकातिर जुँगा अर्कोतिर खाली । आँखामा पनि त्यस्तै एकातिर चस्मा अर्कोतिर खाली । होइन ! गाईजात्रा त उहिल्यै गइसके जस्तो लाग्छ । कि, आज पनि कतै गाईजात्रा नै हो ? एउटै वर्षमा दुइवटा दशैँ परे जस्तो गाईजात्रा पनि वर्षको दुईपल्ट नै प-यो कि क्या हो ? Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : आजादी

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

भ्रमको खेति गर्ने
सरकारमा जनमत नभएपनि टिकिरहनु पर्ने
रोजगारी सृजना गर्न नसक्ने
धार्मिक तथा जातिय भडकाव निम्त्याउने
राजनितिक अस्थिरता कायम गरिरहने
धर्म निरपेक्षतालाई स्थापित हुन नदिने
जनताले विदेशीभुमिमा मृत्यु अंगालिरहनु पर्ने
दुर्बलहरुले संधै दमन सहिरहनु पर्ने
यस्तै तितो अनुभुति संगालेर
जीवन कठिन ढंगले व्यतित गरिरहेका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : देश हराएको सूचना

~नन्दलाल आचार्य~

पात्रहरू:
सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसे
युवक : ३० बर्से जवान युवक
युवती : २८ बर्से युवती
वृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको

(सुनसानजस्तै सडक, कतै-कतै स-सानो गाइगुइँ आवाजमात्र । सडकभरि टायर बालेका काला टाटाहरू स्पष्ट देखिन्छन् । घरिघरि एकाध मानिस देखिन्छन् तर तिनीहरूमा उदासिनता, अन्योलबाहेक अर्थोक भेटिन्न । त्यतिकैमा सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ, दर्शकहरू पनि थपिँदै जान्छन् । यातायातका साधन वारपार नहुने गरी सडक जाम हुन्छ ।)

सूत्रधार : (एक्कासि ठूल्ठूलो स्वरमा बोल्दै) देश खोज्दाखोज्दै म यहाँ आइपुगेँ । एउटा झिनो आशा पलाएको छ Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : बर्षा

~छविलाल कोपिला~chhabilal-kopila

जब म,
वाफ बनेर शिखर चुम्छु
अनि, वायुसंगै शितल छुन्छु
र गर्वले ढकमक्क फुल्दै
अक्टोपस झै विभिन्न आकारमा
सयर गर्छु अनन्त आकाशमा ।

सूर्य र ताराहरु छल्दै
जूनसंग लुकामारी खेल्दै
जहाज झै ब्रह्माण्डमा
जब म, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आकर्षण

~सुरेस खनाल~

माछापुछ्रेलाई बिस्तारै
बादलले ढाकेर,
फेरी बादल हटेर,
माछापुछ्रे हाँस्दै अन्नपूर्ण संग जोडिएको,
मैले सरानकोट बाट नियाल्दा,
निलो आकाशले जसरि मलाइ छोप्छ; Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : लाको माया लाइन नभन

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

लाको माया लाइन नभन
थाहा पत्तो पाइन नभन
बिपनी मा हासे पनि सपनीमा रुन्छु
औंलाहरु चुमी हेर म त तेतै हुन्छु

बैगुनीले मारी भन्यो रे
दोधारैमा पारी भन्यो रे
तिम्रो बारे कताकता कुनि के के सुन्छु
औंलाहरु चुमी हेर म त तेतै हुन्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अब सत्यलाई पनि साक्षी चाहिएको छ

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

अब सत्यलाई पनि
सत्य सावित हुन साक्षी चाहिएको छ
घामलाई घाम हुन
जूनलाई जून हुन
आकाशलाई आकाश हुन साक्षी चाहिएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पराई सम्झ

~मनोज न्यौपाने~manoj-neupane

कि आफ्नो सम्झ कि पराई सम्झ
केही न केही त मलाई सम्झ ।

हलचल कस्तो होला दिलमा
एकपल्ट दिलमा सजाई सम्झ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : राजनीतिक दूव्र्यसन,ईश्वर,समय,प्रकृति

~सुवास खनाल~subash-khanal

“जब म भत्किन्छु र
जोडिन्छु
आस्तित्विक काँचका पर्दाहरूमा
मेरो अनुहार
सर्वसुन्दर भएझैँ लाग्दै जान्छ

मेरो सर्वप्रिय पात्र म
मेरो सर्वाधिक सत्य पनि म
र
मेरो आदिम मौनता
सर्वशक्तिशाली मेरो आवाज हो ” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो कस्तो सहर ?

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

यो कस्तो सहर
यहाँ
मान्छेको संख्या
दिन प्रतिदिन
बढ्दै गइरहेको छ,
खानेपानीको हाहाकार
थपिदै गइरहेको छ,
प्रदूषणको त कुरै नगरौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक सुन्दरी बेश्या

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव !
फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् !
सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी !
ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ?
रसाल भार रेशमी विचित्र चित्र रेखिए !
बन्यौ कि फूलले तिमी ? सुगन्ध ली हवा बहे !
रङ्गीन ज्यान झ्यालकी ! बजारबीचकी उषा !
उपास्दथें म अम्बिका ! झसङ्ग झैं यहाँ भएँ !
शरन्निशा तिमी झुकी, झिकी लजालु घूँघट, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ७६ बसन्त

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

सम्भाबनाको पार्कमा
उभिएको बुढो सिमल
ध्यानास्थ नियाल्ने गर्छु ।
उसका अधिर खुट्टाहरु,
म जस्तै काँपिरहेछन् ।
कताकता,
त्यसको बोक्रीएको सौन्दर्यता
मलाई खबरदारी गर्न उभिए जस्तो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तीस वर्षघि

~प्रमोद स्नेही~

यही ढुङ्गे धारो
यही पाली भत्किएको पाटी
र यही दोबाटोको विषाक्त
एकान्तमा छोडेर भागेकी हुनर्ुपर्छ
मलाई मेरी कुमारी आमाले

किन मलाई छाडेर भाग्दा
यी बाटोहरूले छेकेनन्
मेरी आमाको बाटो
किन यो विषाक्त एकान्त बिझेन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पहेंलो भ्यागुता

~बिमल गुरुङ~bimal-gurung

कता छ ट्याँकी कता छ?
कता छ पाइप कता छ?
म, पाइपबाट
पानी भर्छु ट्याँकीमा ।

कता छ सलाई कता छ?
कता छ पेट्रोल कता छ?
कता छ पराल कता छ?
म, परालमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : रोई-रोई

~कृष्ण वस्ती~Krishna Wasti_1

रोई-रोई बजि-रैछ सारङ्गीको धुन ।
जन्मभूमि पुकार्दछिन् हाम्लाई एक हुन ।।

को होला यो विभाजनको घण्टा बजाउने ?
पिप्ले खेत होइन देश बण्डा लगाउने ।
दु:ख हाम्रो साझा शत्रु ,जात-जाति होइन । Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : बिधीको शासन फेल भो

~कुन्दन काफ्ले~

दुखःले अर्जेको मुलुकमा सत्ता र शक्तिको खेल भो ।
छिना र झपटीको बीचमा कागलाई पाकेको वेल भो ।
पैसा र पहुँचको मेल भो, निर्दोषलाई सजाय जेल भो ।
मौन राज्यको कानमा अझै आवाजलाई छेक्ने तेल भो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

अस्ति, हिंजो र आज
तिम्रो र हाम्रो आफ्नै गाउँमा
संवेदना नासिएको ठाउँमा
मानवता मासिएको घाऊमा
अकल्पनीय अपशकुन्
सल्किएको यो क्षण
सलाम, ख्याति तिमीलाई। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : सलफैँदा थुँ

~थरि कयाबा~

सलफैँदा थुँ थुङुनु
इन नमला अँ थुँ मि चुङुनु,
मिचिमि गेरशेा पेलेकु देामलि लेक देमत,
सलफैँदा थुँ चेार पेलेमत ।।१।।

दयँ दयँ गिशा इन गेन केङुनु Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गजल : देखायौ नि त !

~रीना कार्की ‘भावना’~

खाल्डो भित्र रमाउँदै पार देखायौ नि त !
एकै निउँ काफी थियो हजार देखायौ नि त !

सायद धेरै दिएँ र नै तितो भो होला गुँँड
तिम्रै जित बोल्छ समाज हार देखायौ नि त ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आउने तिमी को ?

~इन्दिरा थापा~

सपनीमा नबिराई आउने तिमी को ?
थाहै नपाई दिल चोरी लाने तिमी को ?

अङ्ग–अङ्ग चुम्बन गरी मनमा पसेर
तिर्खा लाग्यो जवानीको भन्ने तिमी को ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment