कथा : फेसबुक

~होतराज पौडेल~

‘खै खै म पनि हेर्छु, फेसबुक ।’ श्रीमतीले ल्यापटपको स्क्रीनमा झम्टिन आइन् । म स्वयं पनि त्यति परिचित थिइनँ त्यो फेसबुक भन्ने प्रविधिसँग । छोराको सहायताले एउटा फेसबुक एकाउन्टसम्म खोल्न सकेको थिएँ । प्रविधिसँग आफुलाई पनि परिवर्तन गर्न सकिनँ भने म आफ्ना मान्छेहरुको लाममा सबैभन्दा पछाडि हुने पक्कापक्की थियो । दुई वर्ष पहिले छोराले एक थान ल्यापटप उपहार पायो उसैको दिदीबाट ।

इन्टरनेटको सुविधा लिन नसक्दा त्यहीं भाँडो पनि ढुंगाको देउताजस्तो भयो, हरेक दिन बिहान उठ्नेबित्तिकै ढोग्न मन लाग्ने । बल्ल–तल्ल एउटा इन्टरनेट चलाउन मिल्ने कलमको बिक्रोजस्तो औजारको जोहो गरेको थिएँ । छोराको अति नै दिलचस्पी थियो त्यो कम्प्युटरसँग । उसैको सहायताले एउटा फारम भरें, नागरिकताको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्ञानी र बुनु

~सुशीलराज रेग्मी~

एक गाउँ थियो । गाउँको माझमा एक माध्यमिक तहसम्मको विद्यालय । जहाँ दुर दुरदेखि विद्यार्थीहरू पढ्नका लागि आउँथे । फरक जाति, फरक भाषा अनि फरक–फरक पारिवारिक पृष्ठभूमि बोकेका नानी बाबुहरू । विद्यालय आफैँमा एक फुलबारी जस्तै थियो । उसैमाथि सो विद्यालयका प्रअ जनक शर्मा, राजा जनक जस्तै मायालु थिए। आफू भन्दा सानालाई माया गर्नु र ठुलालाई आदर गर्नु भन्ने उनको मुल मन्त्र नै थियो । मायालु र मेहनती भएकाले सबै विद्यार्थी उनको उत्तीकै आदर गर्थे । विद्यालयको पठन पाठन र प्रशासन दुबै त्यस क्षेत्रमा विख्यात थियो । विद्यालयमा करिब ८०० को हाराहारीमा विद्यार्थी पढ्थे । सबै विद्यार्थीहरूमा पनि कोही शिक्षकको निकै नजिक र प्रिय थिए । त्यस्तै मध्येमा सबै शिक्षकहरूको प्रिय एक बालक थियो जसको लगनशील र शालीन स्वभावका कारण शिक्षकहरूले उसको नाउँ नै ‘ज्ञानी’ राखिदिए । उसलाई Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेवा ही परमो धर्म!

~घनेन्द्र ओझा~

निकै ठूलो समाजसेवीका रूपमा परिचित छ ऊ। उमेरको आधा समय समाजसेवामै समर्पित गरेको छ उसले। घर, परिवार, सन्तानको चाहना भएन उसलाई अथवा त्यसको लोभ देखाएन। समाजको हित, मानिसहरूको सेवा, उसले जानेको यत्ति हो।

निकै समय बिताइसकेको छ उसले समाजसेवामा। त्यही भएर सबैले चिन्दछन् उसलाई। सम्मान गर्छन्- निस्वार्थ समाजसेवीका रूपमा।

त्यसो त निकै धेरै काम भएका छन् गाउँमा- उसको अग्रसरतामा। निकै राम्रा योजनाहरू ल्याउँछ उसले। प्रायः मान्छेहरू समर्थन गरिहाल्छन्, किनभने उसका योजनाहरू समाजका लागि आवश्यक हुन्छन्।
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मुख हेर्ने दिन

~पीताम्बर भट्टराई~

बाबा
आज मुख हेर्ने दिन,
मैले मेरो बाबालाई सम्झेकी छु
मेरो बाबा जीवित भए आज
केही स्याउका दानाहरु
लड्डु र बरफीका डल्लाहरु
दिएर मुख हेर्थें होला
आर्शिवादका शब्दहरु पिएर Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : यस्तो मान्छे म

~सोम खनाल~som-khanal

रुदै हिड्ने हुँदै हैन म त आँशु सुकाइदिन्छु
अहंकार र आडम्बरलाई स्वाभीमान् ले झुकाइदिन्छु
प्रत्येक कालो बादलमा चादी घेरा देख्ने मान्छे
सुदुर सुन्दर भविश्यको आजै कथा लेख्ने मान्छे ।

बल्नु परे आगो हुन्छु निभाउने पानी हुन्छु
आफ्नै पाखुरी को पौरख आफै भग्यमानी हुन्छु Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : हत्या

~सीता अर्याल~Sita Aryal

बाबुआमाको न्यानो काख र मीठो दूध-भातलाई चटक्क बिर्सेर म पलायन भएको हुँ। पढ्ने, जागिर खाने, आफ्नो भविष्य उज्यालो पार्ने सिलसिलालाई च्यापेर मैले मेरा बुबाआमाको छातीमा लात हानेको छु। त्यसको बदला आज आफ्नै छातीमा कसैको लात बज्रिरहेछ। मेरो पूजनीय बुबाको अमृतमय वाणीको तिरस्कार गरेको थिएँ। आमाको आँसुलाई लात मारेको थिएँ। कति सारो कर्णकटु लागेका थिए ममतामयी आमाका अर्ती उपदेशहरू त्यतिबेला। दुवैजनाको आकृति पनि देख्न नसक्ने अन्धोजस्तो भएको थिएँ म। घर र आमाबुबा भनेपछि त्यसै रिंगटा लागेर आउँथ्यो मलाई। रिसको बाढी त्यसै उर्लेर आउँथ्यो। जब दुवैजना रुँदै मलाई सम्झाउन थाल्नुहुन्थ्यो सिंगै आकाश खसेर आफूलाई किच्न लागेको अनुभूति हुन्थ्यो। मुटु, कलेजो नै टुक्रा-टुक्रा भएजस्तो भान हुन्थ्यो। उनीहरूलाई नमीठा र तिरस्कारका शब्दहरू प्रहार गर्न पनि पछि परेको थिइनँ। मेरा आकांक्षा असफल पार्न खोज्नेलाई त सिंगै निलिदिऊँ कि जस्तो लाग्दथ्यो। आफूलाई ज्यादै नै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फिलिम

~लेनिन बञ्जाडे~Lenin Banjade

“बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो …।”

रमेशले एकाएक गाउँ थर्कायो। एक हप्तादेखि चित्रहार मा अजय देवगन र रविना टण्डन नाचेको हेर्दा–हेर्दा हामी वाक्क भइसकेका थियौं। अजय देवगनले फूल और काँटे देखि रमेश र मेरो मनमा हुन्डरी ल्याएको थियो। उसले बन्दूक भिरेका पोस्टकार्डहरूले बजार पिटेका थिए। रमेश र म उसका ‘डाइहार्ट फ्यान’ भएका थियौं।

“विद्यानाश?”

“आम्मापोइ …। कस्सोनाले छिरिसक्या थें, त्यस्का बाउ गजेले देखिहाल्यो”, दायाँतिर कन्सिरी देखाउँदै रमेशले भन्यो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : Rajeev, Where Art Thou?

~Bikrant Koirala~Bikrant Koirala

Sometimes you need to free yourself. Give yourself a space wherein you can explore the possibilities you have seldom considered, may be you can go beyond the limit you have always wanted to but you simply didn’t dare. It could be because of your dilemma or could be of the uncertainty of the result that kept on looming around you bounding yourself inside its finite territory. But once in a while you happen to jump over all the hurdles, sit on a swing, which I don’t say will take you to the other side forever, but will definitely fill you up with a surreal but fantastic feeling that you always longed for. To and fro, to and fro you go, the rhythm of the swing will take you to Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : म शान्त अमिताभ

~विपुल सिजापती~Bipul Sijapati

मेरो शिर सगरमाथा
मस्तिष्क बुद्ध
म शान्त अमिताभ

तिम्रा कुत्सित बुद्धिले अभिप्रेरित
फोहर नंग्राले
नकोपर मेरा शान्तिका सिमाना
लिन नखोज परीक्षा मेरो धैर्य र शान्तिको
विथोलिए Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जोगी पनि शुद्ध छैन

~वैद्यनाथ ठाकुर~

नम्बर एक क्रान्तिकारी पार्टीको स्थानीय निर्वाचनको लागि उमेदवार चयन गर्ने जिल्लाबाट सिफारिस भइआएको नामावली उपर अन्तिम पैmसलाको लागि गम्भीर छलफल हुँदै थियो ।

प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ गर्दै थिए । एउटा कुनामा बसेको कमरेडको मनमा रिपोर्टिङ सुनेर उथलपुथल भइरहेको थियो । शान्तिपूर्वक ऊ आप्mनो पालो पर्खिंदै थियो । अन्त्यमा उ Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाँस, बास र कपास

~एकदेव अधिकारी~Ek Dev Adhikari

सामान्य लाज ढाक्ने पहिरनमा बैशाखी टेक्दै ऊ त्यहाँ आइपुग्यो।

उसका आँखाहरू उसको अगाडि राखिएको कन्टेनरमा थियो। सायद ऊ कुनै चिजको प्रतिक्षामा थियो। उसको पिठ्युँको थोत्रो बोराभित्र सायद अनन्त कथाहरू लुकेका थिए।

एकैछिनमा होटेलबाट फोहोरको डुङ्गुर लिएर एउटा भ्यान आयो र कन्टेनरमा फोहोर फ्याँकेर गयो।

ऊ बिस्तारै त्यही फोहोरको डुङ्गुरबाट सग्ला खानेकु Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अराज्यवादी

~सुबेश घिमिरे~subesh-ghimire

फगत जिन्दगी यो कता भासिएछ
जता मिल्छ माँड उतै टाँसिएछ
नसोध मलाई म को हुँ? म के हुँ?
पसिनाको मोतीमा म रम्ने मनु हुँ !

होला कोइ देस, होला कोइ भेष
बिबिध खाले आफ्नै होलान् परिवेश
रगत रातो उस्तै, चाहना नि उस्तै Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नाम चलेको मान्छे

~राजेन्द्र थापा~Rajendra Thapa

तिमी मनपरी गर्नमा नाम चलेको मान्छे
खोटै भए ‘नि बजारमा दाम चलेको मान्छे

झुकी दर्शन नगरी नदेख्ने कोही हाम्लाई
छड्के आँखा तर्दा ‘नि तिम्रो, सलाम चलेको मान्छे Continue reading

Posted in गजल | Tagged | Leave a comment

केस्रा : खबरदार

~रुमानी राई~rumani-rai

आउंदैछन् फेरि माग्दै भोट
चिटिक्कैको पहिरिएर कोट

रातारात गाउँ वस्ती छिरेर
खबरदार बाँटलान् नोट Continue reading

Posted in केस्रा | Tagged | Leave a comment

सूत्रकथा : अनुभूति

~कुमार काफ्ले~kumar-kafle

-राम र रमिता दिनभर पाखुरी चलाउँछन्,दश नङ्ग्रा खियाउँछन्।

-समय कटेको पत्तै पाउँदैनन्।

-गाग्रीबाट अंखोरामा सारेर चिसो पानी खान्छन्,प्यास मेट्छन्।

-रमिता ढिँडो रोटी,मीठो मसिनो बनाउँछिन्,स्नेह र आत्मीयता मिसाएर पस्किन्छिन्। Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : सफलताको कथा

~हरि अधिकारी~book-cover-lokraj-baral-romanchit-jiwan-biography

प्राध्यापक डाक्टर लोकराज बरालको आत्मवृत्तान्तको पुस्तक रोमाञ्चित जीवनलाई अर्का प्राज्ञिक व्यक्तित्व नरहरि आचार्यले ‘निजी कथालाई डोरो बनाएर गत सात दशकभित्र नेपालले तय गरेको राजनीतिक यात्राको वृत्तान्त’ भनेका छन्। तर आचार्यको यस भनाइलाई बरालको पुस्तकले पूर्ण रूपमा पुष्टि गर्दैन्।

आत्मकथाको यो ग्रन्थले त आफ्नो पेसा, दुनियाँदारी र पठन-लेखनको क्षेत्रमा उल्लेख्य रूपमा जमेका प्राध्यापक बरालको जीवनको यात्रालाई स-साना मोड र बाटाहरू सहित सविस्तार पाठकका सामु राखेको छ। तर विगत सात दशकमा नेपालको इतिहासमा घटित Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : बन्द

~निश्चल काउचा~Nischal Kaucha

रात भरि भारी बर्षा भए पनि बिहान आकाश खुलेको छैन फेरी पानी पर्ला जस्तो छ ! आज त नेपाल बन्द रे सुन्तली बिहानै गनगनाइ आज के खाने होला केही छैन ! साईलाले गोजीबाट २० रुपया झिकेर दियो ! ६ बर्से बच्चा भोक लाग्यो भन्दै रुदै थियो ! बजार सबै बन्द थियो !

सुन्तलीले काम गर्ने साहुलाई सुटुक्क भनेर एक प्याकेट पाउरोटी किनेर ल्यायो ! लौ चिनी पनि रैनछ भन्दै सुन्तलीले स्टोभ बालि नुन राखन साइलाले भन्यो ! नुने चिया उम्ले पछी रुदै गरेको बच्चालाई ल खा भन्दै चिया र पाउरोटी दिई ! Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीति कविता : बरै भन्ने कस्ले

~दिलिप योन्जन~Dilip Yonjan

तिमी बिना बाँचु भन्दा,कुरा काट्छ सबले
एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले।

कसम यियो सात जन्मको,धोका दिइस भन्छे
तिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैले Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

Translated Poem : How dare you kiss these eyes?

~Hari Adhikari~
Translated by Yuyutsu Sharma

Pockets of lust
beneath my throbbing heart,

that’s what
I had sold out to you–

lips of my private fish
that have lost its translucence, Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

गीत : एउटै मायाले

~आनन्द अधिकारी~ananda-adhikari

एउटै मायाले एउटै मायाले
कसैलाई शिखर पुर्याउँछ
कसैलाई फाँसी चढाउँछ
एउटै मायाले
गर्नुसम्म गर्दो रैछ प्रीतको छायाँले

कोही अमर बन्छन् यसमै कोही यसमै झर्छन्
कोही फूलको जुनी जिउँछन् किही विष पिउँछन् Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म पार्टीको इमान्दार कार्यकर्ता

~प्रमोद स्नेही~

मैले गाउँमा गएर कुनै संगठन बनाउनु पर्दैन
मैले पार्टीको सिद्धान्तहरु कण्ठ नगरे पनि हुन्छ
मैले कसैलाई पार्टीमा प्रवेश गराउनु पर्दैन
दिनमा एक पटक म उहाँलाई भेट्न जान्छु
भाको नभाको रिपोर्टिङ गरिहाल्छु
मिठा मिठा हावा गफ गरेर उहाँलाई मख्ख बनाई हाल्छु
बस ! यति भएपछि
म पार्टीको इमान्दार कार्यकर्ता ।

मैले इट्टाहरु हान्नु पर्दैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पालोको पैचो

~पूर्ण कान्छा गुरुङ~

एका देशमा एउटा ढिकुरे नामको सानो गाउँ थियो । ्यो गाउमा भौगोलिक बनावटीको कारणले गर्दा त्यो गाउ अरु गाउहरु भन्दा अलग प्राकृतिक सुन्दरताले सजिएको थियो । दाया बाया बाट सानो खोल्साले काटेको थियो भने तल लिखु खोला अनन्त बगिरहेको हुन्छन । त्यो गाउको वरीपरिबाट विभिन्न किसिम्का बनस्पति बोटबिरुवा हरियो जंगलहरु सुन्दर्ताले भरिएको अनुभब गर्न सकिन्छ । त्यो गाउलाई नै ढिकुरे भन्ने गर्दथे ।

त्यहाका समाज सानो भएको कारणले त्यो गाउलाई सानो गाउ पनि भन्ने गर्दथे । त्यो गाउको वरिपरिका बासिन्दाहरुले पनि कति प्रसंसा गर्थे कस्तो सुन्दर सानो गाउ त्येहाँ घुम्न जान पाए पनि कति आनन्द हुन्थ्यो होला है भन्दै एकअर्कामा प्रसंसा गर्दथे । त्यहि गाउको नजिक अर्को ठुलो गाउ थियो नजिक भन्नाले २ घण्टाको दुरीमा पर्दथ्यो । कुनै दिन त्यै ठुलो गाउको युवा र सानो गाउको युवती अचानक परिचय गर्न पुगेछन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : फेसबुकको प्रेम

~अम्बिका कार्की~

म आज नारायणघाट जान पर्ने थियो र स्कुटर भित्रबाट निकालें यस्सो हेरेकी भित्र पर्स छुटेछ स्कुटर रोकेर भित्र गएर पर्स लिएर आएँ र स्कुटर स्टार्ट गर्न लागें स्कुटर स्टार्ट भएन पटक पटक कोसिस गरें किक हानें फेरिपनी स्टार्ट भएन म हैरान भएँ होस् गाडिमा नै जान्छु भन्ने लागेर स्कुटर त्यहिँ छोडेर म गाडी पर्खिन लागें ।त्यहाँ दुइवटी बैनिहरु पनि गाडी पर्खीरहेका थिएँ ।

त्यहाँ एउटि रुदै थिइन् भने अर्किले उ रोएको कारण सोध्दै Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : डिगेन्द्र राजबंसी झुण्डिएको रात: मेरो सपना

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

मेची बगरमा
आज, बाढी आएछ
आकाशमा गिद्धहरू
फन्फन्ती घुमिरहेका रहेछन्
धुसेनीबाट स्यालहरू निस्केर
छाला लुछीरहेका रहेछन्
हुँडारहरू जंगलबाट निस्केर
शरीरका अंग अंग बोकेर
कुदाई रहेका रहेछन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : हृदयमा बाटा हुन्छन्

~कञ्चन पुडासैनी~kanchan-pudasaini

हृदयमा बाटा हुन्छन् त्यही पनि भेट हु्न्छ
एकान्तमा बढ्दै जाने सम्झनाको बोट हुन्छ
आफन्तले दूख पाए पीर लाग्छ त्यसै पनि
त्यसैले म आउँदछु तिमीलाई हेरुँ भनी

राम्रो थियो बानी तिम्रो अनुहार पनि राम्रो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : दर्शन

वैकुण्ठ ढकाल-

पैसा सबै थोक हो ।

पैसा केहि हो तर सबै थोक हैन ।

हामी बीच यही बिषयमा लामो समय बिबाद भयो । हामी ज्यादै मिल्ने साथी हौं तर पनि पैसाको बिषयमा हाम्रो साझा धारणा कहिल्यै पनि बन्न सकेन । सीमा जहिले पनि पैसालाई एक नम्बरमा राखेर कुरा गर्थिन म भने जहिले पनि साथीत्व, भाबना, सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्थे । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : फेरिएको अनुहार

~हरिहर तिमिल्सिना~

हिमनदी जस्ता पसिनामा
इन्द्रेनीजस्ता अनुभूतिका रङ मुछेर
कोरेँ मैले आफ्नै एउटा चित्र ।

प्रत्येक विन्दु र रेखाचित्रहरूको सरगममा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म कबि होइन

~अर्पन तामाङ~

म कबि होइन
तैपनि मनको बह बिसाउछु
एउटा कपि को चौतारिमा
तर दोस नठानिदिनु कबि भनेर
एउटा भुल सम्झि दिनु! निर्दोस कलम सम्झेर!!
त्यसैले आफुदोसि ठानौ भने
सुइकार्न सक्दिन
कलम दोसि ठानौ भने
निर्जिब बस्तु कसरि? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माछो समय

~सुको साइबर~

को खाइ को खाइ हाम्म …..

तिमी मबाट
यसरी टाढियौ
जसरी टाढिएथ्यो
तिमीबाट
तिम्री आमाको
न्यानो काख Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : के छ र दिऊँ तिमीलाई मैले

~म. बि. बि. शाह~

के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर

के छ र अरु मसँग दिऊँ कविता छोडेर
कोरेको थिएँ त्यही दिऊँ भनी मेटियो झस्केर Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : शरणार्थी

~हेम हमाल~

कसको समुद्रमा गएर डुब्नू म
कसको पहाडमा लुक्नू ।
आकाशबाट खसेको ताराले
कुन देशको नाम सम्झनू।

धर्मका कारण
जातिका कारण
चेप्टो नाकका कारण Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : उकालीमा कल्ले गायो गीत

~बच्चु कैलाश~

उकालीमा कल्ले गायो गीत सुन रे
एकै स्वर एकै लहर बाटो हिंड रे

डाँडामाथि गोरेटो छ बनको किनारामा Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment