कविता : कठघरामा उभिएर

~आस्था के.सी.~Aastha KC

जीन्दगीका दोभानहरु देखिएकै हो
समयका दोसाँधहरु टेकिएकै हो
एउटा साँघुरो गल्लीबाट
छामछाम् छुमछुम् गर्दै अघि बढ्दा
रुमानी रहरहरु मिल्काईएकै हो
र फेरी
नौलो बिहानीका रहरहरु हुर्काइएकै हो ।

अँध्यारा बस्तीहरु सजाउने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : जुन हेरी सम्झिन्छु

~उदिम किराती~

जुन हेरी सम्झिन्छु कठै मेरी बुढी आमा
टोलाउदै हेर्दै होलिन कतै मलाई डाँडामा /

मिर्मिरेमा बालक थिइ मध्ये घाममा यौवन भई
समय संगै बग्दै जादा साँझ पख बृध्दा भई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो बोली पठाई दिनु

~इशा लावती~

केटा
भाईबरमा मलाई तिम्रो बोली पठाई दिनु
बोली सँगै तिम्रो माया घोली पठाई दिनु

केटी
म्यासेज भित्र हजुर लाई बोली पठाकी छु
तेहि बोलीमा मेरो (माया घोली पठाकी छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : फरक ढंग

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊ आज-भोलि अलि फरक ढंगले सोच्न थाल्छ | अनि एउटा माईक किन्छ | जहाँ-जहाँ मान्छेहरूको नियमित र अपरिहार्य सेवा र वस्तुहरूको अत्यावस्यक पर्ने स्थानहरूमा अनियमित र अपचलन हुने गर्थ्यो, तहाँ-तहाँ पुग्छ र माईक फुक्छ – पालो पर्ख ! रसिद काट !

– हिजो फुक्यो – पालो पर्ख ! रसिद काट ! Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : राँको

~शान्ति प्रियवन्दना~

महाभारतको मध्यपर्वमा
जब दुर्योधनले
मेरा अंगवस्त्रहरू च्यातेर
आफ्नो कामातुर जाँघमा बसाए
त्यही बेला,
बिर्सेकी थिएँ मैले
मत्स्यगन्धा हुनुको पीडा

आफैंलाई विश्वास लाग्दैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँधेर भाग भन्छन्

~एकु घिमिरे~

खुट्टा बाँधेर भाग भन्छन्
जरा उखेल्छन् अनि जाग भन्छन्

आफ्नो पिप्सो पिलो हुन्छ !
अरुको घाउलाई दाग भन्छन् । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : मेरो राष्ट्र

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शार्दूलविक्रीडित

झुल्कोसाथ मुसुक्क उत्तर दिशा हाँस्छन् हिराका धुरी
झुल्छन् स्वर्णसमान दक्षिण धरा भर्दै पहेँला मुरी
मेची पूर्व खन्याउँछिन् मधुरिमा काली उता पश्चिम
मेरो राष्ट्र अपूर्व यो प्रकृतिको सर्वोच्च हो हाकिम ।।

बेसी-टार थचक्क आसन लिई बस्छन् पलेटी कसी
थुम्का शैल-मधेशका कनकमा दिन्छन् अनौठा “कसी”
फुल्दै लाख बगानका कुसुमले छर्छन् प्रभा-माधुरी
मेरो राष्ट्र कुबेरको महल हो “सम्पन्नताको पुरी ” !! Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : कोलाम साइबर क्याफे

~केडी रेम्नीसीङ~

एक अनिदो सपना
‘कोलाम’मा साइबर क्याफे
अनि भ्यू टावरको,
अहँ, निदाउँदैन सपना
एक पल पनि,
कसरी निदाउँछ देखेर त्यो,
नेचादेखि मुग्ली डाँडासम्मको सुन्दर दृष्य, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी बिना

~दिलिप योन्जन~Dilip Yonjan

कसरी गरु तिम्रो प्रशंसा, चाँदमा कुनै दाग छैन
तिमी बिना यो जुनिमा, जिउने कुनै आधार छैन।

तिम्रो हासो मेरो खुसी, यसै गरी जीवन बितोस
सुख त दुईपलको हो,दुखमा सधै साहारा मिलोस Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : वैदिक इतिहासको नालीबेली

~प्रदीप नेपाल~

‘कुनै पनि व्यक्ति जन्मले मात्र ब्राह्मण हुँदैन । त्यसमा कर्मका साथै ज्ञान हुनु पनि आवश्यक हुन्छ ।’ तीन हजार वर्षपहिले मिथिला राज्यका जनकले एउटा दासीपुत्रलाई शास्त्रार्थमा सहभागी बनाउन अनुमति दिँदै भनेको यो वाक्यले नेपालको उच्चस्तरीय चेतनालाई अहिले हामीले बिर्सिसकेका छौँ भन्ने प्रमाण दिएको छ । समाज विकासका नियम के हुन् ? प्राकृतिक विश्वलाई कसरीरहस्यमय बनाइयो र स्वर्ग तथा नर्कको कल्पना गरियो भन्ने प्रश्नको खोजीमा भौँतारिनेहरूका लागि उपयोगी पुस्तक हो, प्राकृतिक भौतिकवाद ।

भौतिक वस्तु र व्यक्तिहरूलाई कसरी देवत्वकरण गरियो र समाजलाई लाटो बनाउने कोसिस कसरी भयो भन्ने जानकारी लिन चाहने सबैका लागि यो एउटा ज्ञानदायी पुस्तक हो । त्यति मात्र होइन, पश्चिमको बौद्धिकताभन्दा Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : अनुभूति

~ढक बहादुर बस्नेत ‘आकाश’~Dhak Bahadur Basnet - Akaash

सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने !
ठगिखाने बसाहालाई लगाई दिने काम.
रिण खोज्ने गरिबलाई सस्तो दिने दाम,
शोषन र शोषितको भाव मेटाएर,
भोकै रुने नेपालीको आशु पुछाएर,

सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने !
लेक बेसि मोटर जाने बाटो बनाएर,
खोला-नदि सबै ठाउमा पुल हलाएर, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामी

~महेश पौडेल~

आज पनि जलेछ चिता
त्यस विरान घाटमा, चुपचाप ।
दुईचार जोर आँखा र त्यही श्रापित घाट
साक्षी थिएछन् ।
हो, चोला “उन” को थियो,
जसको कुनै नाम थिएन ।
हामीले,
नदेखेको पनि देख्नेगरी
जब आँखा खोल्यौँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आगो बलेपछि

~दुर्गाप्रसाद ग्वालटारे~

काँचो सुख्खा छुट्टिंदैन, आगो बलेपछि ।
माटोसंगै चट्टान खस्छ, डाँडै गलेपछि ।।

धागो रहे चङ्गा हुन्छ, धागो छिने खोस्टो ।
उल्टै बाटो उड्छ उल्टो हावा चलेपछि ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : बुढाबाको लठ्ठी

~रजित ओझा~Rajit Ojha

बुढाबा सँधै बरण्डामा बसेर भागवत गिता पढ्थे । घामका किरणमा बुढाबा पहेँला देखीन्थे ।सेतो जिउमा नुहाईसकेपछि पानीका थोपाहरु टलक्क टल्किन्थे । घर अघि तुल्सिको मोठ थियो बिहान पानी चढाउँथे आधा नाङ्गो जिउ भएर ,जनै मात्रै हुन्थ्यो माथि तल चाहिँ सेतो धोति ।

“यो बुढो उमेरमा कति धर्म गर्नु परेको हजुरलाई ,रुघा लाग्यो ज्वरो आयो स्यहार्न भगवान आउँदैनन् मैले गर्नुपर्छ ।सँधै ननुहाए पनि त हुन्छ नि ।”बुहारि झोक्किन्थीन धेरै जसो

“बुढीलाई त नटेर्ने म पहिले। तँ फिस्टि बुहारी”बुढाबा मनमनै सोच्थे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माया– मोह

~चित्र कुमार सुबेदी~

हिजो
हाम्रा वुवाहरु
एक विहानै उठ्नु हुन्थ्यो
बोक्नु हुन्थ्यो हलो कोदालो
के छ काम ?
गर्नु हुन्थ्यो फत्ते तुरुन्तै

आमा बिसाउनु हुन्थ्यो मनको भारी
मस्काउनु हुन्थ्यो ढिडो पसिनामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~सङ्गीत स्रोता~

तिम्रो बाटो
कसैले पनि छेक्दैन भने

तिम्रा खुट्टा
कसैले पनि तान्दैन भने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कहानी नसोध

~ज्ञानुवाकर पौडेल~

वर–पिपलको कहानी नसोध
कसरी बित्यो जवानी नसोध

कहिले झरेछन् यी पातहरू
किन रोजें यो विरानी नसोध Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अनुरोध

~शुभचन्द्र राई~

किर्ते गरेर मनको सहिछाप
मायाको तमासुक बनाए पनि
प्रमाणित भएन त्यो मनहरुको कचहरिमा
चोरेर लेखेको भावनाको उत्तरपुस्तिकाले
पास गराएन जिन्दगिको परीक्षा ।

मनहरुको वसन्तमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वासघाती समय

~मणिराज सिंह~Maniraj Singh

चारैतिर उज्यालो छ र पनि
किन केही देखिँदैन कतै पनि
सून्य केबल सून्य फिँजिएझैँ
सबैतिर एकनाश छाएको छ सन्नाटा
भाङ्ग, धतुरो खाएर लर्बराइरहेको बिहानी
रेबजिग्रस्त बहुला कुकुरझैँ
पानीसँग डराएर
भीर–भीर ढुन्मुनिदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : फूल को कहानी

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

तिमी पराग म सुगन्ध छाईरहू फूलभरि
हाम्रो प्रीत खेलिरहोस सधैँ फूल कै वरिपरी

कहिँ मन्दिरभित्र बसी, चोखो आभा छरिदिउ
कतै भमराको चुम्बन, जुठो सम्झी झरिदिउ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म कालो छु

~आहुति~Bishwa Bhakta Dulal 'aahuti'

म कालो छु तर म अध्यारो होइन
अध्यारोको त कुनै रङ्गै हुँदैन
म रंगीन छु रंगहीन होइन
अध्यारोको त कुनै रङ्गै हुँदैन !
कालो छु वर्षा यामको बादल जस्तै
अझै त्योभन्दा गाढा गाढा
कालो छु शीरको तिम्रो केस जस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : नैतिक उपचार

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

मानिसको दुस्मन त रोग हो – सकेसम्म एसको उपचार गर ।
बरु अनबिस्वासि त तिमी हौ-अरु लाई विश्वाश दिने काम गर ।।

भन्छौ तिमी अरुहरु लाई बैरी -खुद दुस्मनी सांधेकाछौ तिमीले नै ।
सान्तिको बिगुल फुक्दै बाचा -गर्छौ तयारी गृहयुद्धको तिमीले नै ।। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ए साहिंला ! हामी सिरानतलामै चढ्नुपर्छ !

~नाकारा~

ए साहिंला !
यो देश ‘हाम्रो’ बनाउन
कति करायौं हगि !?
तर अहिले यो दुनियांमा
खै कता लगे हाम्रो आवाज !?
कति उचाल्यौ खुकुरी, भाला र तरबारहरु !
हाम्रो आफ्नै छोराछोरिहरुलाइ
कति बोकायौं गोलि र बारुदहरु !
तर यो दुनियांमा
खै कता गायब गरे
हाम्रा पाखुरा र गोडाहरु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एऽ घामका जुहार हो…

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

एऽ घाम जुहार हो मुहार कोटिकोटि
धरती/आकाश जुटाएर नाँचौं एकै चोटि
धुर्त छली जति बढुन् दुष्ट बेइमानी
बस्नै छ यो अन्धकारलाई एक झोक्का ठानी
एऽ फूल हो आँसु झारी रुन्छौ आज किन ?

घाम/जून मुस्कुराउँदै आउँछन् एक दिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म अज्ञात सहिद आएको छु !

~विप्लव ढकाल~

सुनको मस्तिष्क
र हीराका हातहरूले लेखिएको
इतिहासको पुरानो किताबले सुनोस् !
…………….
मेरो गीतको भाषा फरक छ—
तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब !
तिम्रो राजनीतिशास्त्रको छानामा नाच्नेछ आगो !
तिम्रो अर्थशास्त्रको सपना उम्रेको खेतभरि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : साहारा

~भूधरा उपाध्याय~bhudhara-upadhyay

सुन्दरी खूब माया गर्थी धनेलाई, धने चाहिँ क्रिकेट ब्याटलाई।

जब क्रिकेट ब्याट भाँच्चियो अनि Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

युद्ध कविता : सुन्दर बन्दुक

~काङमाङ नरेश राई~

सम्भोग, विछोड र वेदना छातीमा टाँसेर
प्रेमिका सम्झिरहने जवान सिपाहीँँ
युद्धमा उभिएको श्रीमान
उनको छायाँ तस्वीर सम्झेर
रोइरहेको हुनुपर्छ जोभान Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम संस्करण

~बिमन किरात~

निर्दोष गूलाफ !
भ्यालेन्टाईन डे को अनुहार मा झुन्ड्याएर
औईलायो एउटा प्रेम !

बिख्यात आधुनिकता ओकलि रहेको
डिजिटल भट्टि पसलमा
धुवॉ र कक्टेल को बगलमा
रेडलाईट दर्शन शास्त्रको महा मेला सके पछि
हतार हतार किने कि हू,यो रातो गूलाफ ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~एमसी सुमित~

देख्नु भो
भरखरै एउटा बक्रवृत्त
मबाट चिप्लेर गयो।
***
सदा झै सखारै
म एउटा अर्को भ्रम व्युझन्छु
र घाइते बर्तमान चढेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कुनै दिन

~विक्रम पवन~

कुनै दिन मैले राजधानी छोडेको रात
जून नलाग्न सक्छ
खोलाहरूको गन्तव्य उल्टो हुन सक्छ
ताराहरूले नहेर्न सक्छन् बुद्ध रोएको आँखा
ननिदाउन सक्छन् चराहरू
मैले राजधानी सँग बिदा लिएपछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको लालबहादुर

~बलराम तिमिल्सिना “विप्लव”~

आजको लालबहादुर
लालवहादुर जस्तो छैन
फेर्न मिल्ने भए आफ्नो नाम
उसले उहिलै फेरिसक्ने थियो
आज ऊ जस्तो छ
त्यस्तै नाम राख्ने थियो
खै किन हो कुन्नि
ऊ नाम फेरिरहेको छैन ।
आजको लालवहादुर
लालवहादुर जस्तो छैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्वको लडाइँमा मेरो अस्तित्व

~कुसुम आचार्य ‘प्रकृती’~

हरेक साँझ ,
जब म घाँसको भारि बोक्दै उकालो चढ्छु
निधारबाट हाम फाल्न आटेका पसिनाका थोपाले
घामका किरणलार्इ इन्द्रेणि बनाउछन्
म दङग पर्छु अस्ताउन लागेको घामको चमक देखेर ।

म त्यहि गोधुलीको घाम सिरानीमा राख्दै सुत्छु
पुग्छु कल्पनाको नयाँ गगनमा बल्ल थाहा पाउछु , Continue reading →

Posted in कविता | Tagged | Leave a comment