ठूलो कष्ट भोगेपछि
अनौपचारिक अनुभूति आउछँ
अनि सन्देश वाहक नसाहरु
नसा–नसा चुम्दै
जाजरकोट पुग्छन्
हुम्ला,जुम्ला र महाकाली हेछर््न
अनि त्यहाँको दर्दनाक स्थिती,
र यति ठूलो भयानक महामारी पनि ।
तर,
खै सरकारको दायित्व ?
महामारी क्षेत्रको जनसँख्या Continue reading →
शंकरलाई फागु पूर्णिमा कहिले आउँला र साथीहरुसँग फागु खेलौंला भन्ने हतार लागिरहेको थियो । उसलाई यो चाड धेरै रमाइलो लाग्छ । यसपाली फागु खेल्न भनेर उसले पैसा पनि जोगाएर राखेको छ । भोलि फागु पूर्णिमा भएकोले ऊ आफ्नो मिल्ने साथी उमेशसँग आफूहरु यो पर्व कसरी मनाउने” भन्ने सल्लाह गर्न स्कुलबाट आए पछि उसको घर जान्छ ।
उमेशका बुबा बाहिर बगैंचामा टहलिरहेका थिए । शंकर उनलाई नमस्ते गर्दै “उमेश कहाँ छ काका ?” भनेर सोध्छ ।
“ओहो शंकरबाबु तिम्रो हालखबर कस्तो छ ? उमेश आफ्नै कोठामा होला । भित्र जाउ । आज तिमीहरुको के कुरा परेको छ ? तिमी हतारमा जस्तो देखिन्छौं नि”? “त्यस्तो केही होइन काका, तर भोलि फागु पूर्णिमा Continue reading →
घाम पानी अनि आँधी हुरीको परवाह नगरी
बिहानीको प्रभात सँगै
खेतबारीमा पौँठाजोरी खेल्न पुग्छ किसान
उसलाई कुनै विश्रामको आवश्यकता पर्दैन
किनकी उसले पसिनाले माटो भिजाउन जानेको छ
मेहेनतले अन्न भित्राउन जानेको छ ।
जन्म लिएउ तिमी एउटा झुस्लिकिरो
कुनै सानो झाडिमा
रुखमा
पालुवामा
या त कुनै मरुभुमिमा,
तिमी जन्मिएको ठाउँ
जहाँ थिए
मात्रै संघर्ष
यात्रा
या दिउ कुनै उपमा Continue reading →
हिजो एक युवाले आफु तेश्रो लिँगी भएको घोषणा गर्यो
छापाहरुले उस्का दर्द र व्यदनाका कथाहरु दारुणताका साथ सुनाए
हिजो एक युवतीले नामी हत्यारा चाल्स शोभराज कि प्रेमिका भनि
सबै छापाका माध्यम उन्को पछि दौडिए
साच्चैनै शन्कर् दाइ संसार् एक्स्ट्राट् नै रहेछ Continue reading →
अन्ततः के दियौ नेपाललाई के दियौ नेपालीलाई ।
खै सम्मान गरेको वीर शहिदहरुको उत्सर्गलाई ?
लिलाम गर्दै गयौ भएका उद्योग कलकारखानाहरु ।
भएको रोजगारबाट विस्थापित गर्यौ नेपालीलाई ?
१
विभेद भएकै थियो त्यो क्रुर पञ्चायती शासनमा ।
पञ्चायती पिडकबाट पीडीत स्वतन्त्रकापक्षधरहरु । Continue reading →
वर र पीपलका रूख रहेकाले ‘वरीपिपल’ नामाकरण गरिएको छ मेरा पितापूर्खाले चर्चिएको बारीलाई । हुनुपर्ने थियो–वरपीपल । हाल त्यो बारी चौर भएको छ । सुरुमा यसको नाम वरपीपल थियो र क्रमशः जनजिब्रोले यसलाई वरीपीपल बनाएको छ । यसलाई अपभ्रंश भनिएला व्याकरणमा । कमसे कम म चाहीं अपभ्रंश भन्ने पक्षमा छैन । पुस्तौं वक्ताजिब्रोले बनाएका शब्दलाई सम्मान गर्नुपर्छ । भाषाको यो जनजिब्रीकरणलाई अपभ्रशं भनियो भने हाल हामीले लगाउने पाइन्ट सुरुवालको अपभ्रंश हुनसक्छ । हाम्रा चेतना, बुझाइ, मूल्य, मान्यता सबै अपभ्रशं हुसक्छन्, जो हिजोभन्दा भिन्न छन् । मेरा पुर्खाले पूज्ने चन्द्रमामा आज आवास योजनाका घडेरी प्लटिङको तयारी गरिनु उहाँहरूको दृष्टिकोणमा मानव चेतनाको अपभ्रशं हुनसक्छ । त्यसैले कुनै पनि शब्दको अपभ्रंश हुन्छ भन्ने कुरा म मान्दिन । बरु त्यसको स्थानीयकरण, जनस्तरीकरण भएको मान्नुपर्छ । नाम जे Continue reading →
उसलाई देख्नेबित्तिकै पहिला त म झसङ्ग भएँ । नहुनु पनि किन ! दुईचार दिनअघि मात्र नाकका दुवै ओडारमुनि जति खाए पनि नअघाउने हन्तकाली मुखको माथितिरका पाखो चउरमा दुवैतिर टत्रै छ्वाली जुँगा देखेको थिएँ । आज आधा भागको जुँगा खौरिएर आधा भाग मात्र बाँकी राखेको देख्ता म जस्तो काँतर मान्छे नझस्किने कुरै भएन । अझ त्यति मात्र कहाँ हो र ! दुवै आँखामा चश्मा लगाउने गरेको ऊ यतिखेर एउटा आँखामा मात्र चस्मा लगाएर एउटा आँखा उघारै राखेर मेरो सामु देखा परेको छ । यस्तो अद्भूत दृश्य देख्ता जो कोही पनि नझस्किने कुरै भएन । तैपनि आफ्नो पुरानो मित्रै हो भनेर मन सम्हालेर नआत्तिईकन सोधेँ । होइन ए मित्र ! तिम्रो यो के चाला हो ? जुँगा काटेर दा-ही पाल्ने, दा-ही काटेर जुँगा पाल्ने मान्छे त यसअघि पनि जताततै देखेको हुँ । तर तिम्रो जस्तो रुप त मैले आज मात्र देखेँ । ओठमा एकातिर जुँगा अर्कोतिर खाली । आँखामा पनि त्यस्तै एकातिर चस्मा अर्कोतिर खाली । होइन ! गाईजात्रा त उहिल्यै गइसके जस्तो लाग्छ । कि, आज पनि कतै गाईजात्रा नै हो ? एउटै वर्षमा दुइवटा दशैँ परे जस्तो गाईजात्रा पनि वर्षको दुईपल्ट नै प-यो कि क्या हो ? Continue reading →
भ्रमको खेति गर्ने
सरकारमा जनमत नभएपनि टिकिरहनु पर्ने
रोजगारी सृजना गर्न नसक्ने
धार्मिक तथा जातिय भडकाव निम्त्याउने
राजनितिक अस्थिरता कायम गरिरहने
धर्म निरपेक्षतालाई स्थापित हुन नदिने
जनताले विदेशीभुमिमा मृत्यु अंगालिरहनु पर्ने
दुर्बलहरुले संधै दमन सहिरहनु पर्ने
यस्तै तितो अनुभुति संगालेर
जीवन कठिन ढंगले व्यतित गरिरहेका छन् Continue reading →
पात्रहरू:
सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसे
युवक : ३० बर्से जवान युवक
युवती : २८ बर्से युवती
वृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको
(सुनसानजस्तै सडक, कतै-कतै स-सानो गाइगुइँ आवाजमात्र । सडकभरि टायर बालेका काला टाटाहरू स्पष्ट देखिन्छन् । घरिघरि एकाध मानिस देखिन्छन् तर तिनीहरूमा उदासिनता, अन्योलबाहेक अर्थोक भेटिन्न । त्यतिकैमा सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ, दर्शकहरू पनि थपिँदै जान्छन् । यातायातका साधन वारपार नहुने गरी सडक जाम हुन्छ ।)
सूत्रधार : (एक्कासि ठूल्ठूलो स्वरमा बोल्दै) देश खोज्दाखोज्दै म यहाँ आइपुगेँ । एउटा झिनो आशा पलाएको छ Continue reading →
सम्भाबनाको पार्कमा
उभिएको बुढो सिमल
ध्यानास्थ नियाल्ने गर्छु ।
उसका अधिर खुट्टाहरु,
म जस्तै काँपिरहेछन् ।
कताकता,
त्यसको बोक्रीएको सौन्दर्यता
मलाई खबरदारी गर्न उभिए जस्तो । Continue reading →
दुखःले अर्जेको मुलुकमा सत्ता र शक्तिको खेल भो ।
छिना र झपटीको बीचमा कागलाई पाकेको वेल भो ।
पैसा र पहुँचको मेल भो, निर्दोषलाई सजाय जेल भो ।
मौन राज्यको कानमा अझै आवाजलाई छेक्ने तेल भो । Continue reading →
अस्ति, हिंजो र आज
तिम्रो र हाम्रो आफ्नै गाउँमा
संवेदना नासिएको ठाउँमा
मानवता मासिएको घाऊमा
अकल्पनीय अपशकुन्
सल्किएको यो क्षण
सलाम, ख्याति तिमीलाई। Continue reading →