~ललिता ‘दोषी’~
भोग्नु पीडा भोगेपछि
तिम्रो मायाको अर्थ के ?
मुटु जल्नु जलेपछि
तिमी फर्कनुको अर्थ के ?
भैगो जाऊ टाढा कतै
आँखाहरूमा नछाऊ
सुकिसकेका परेलीलाई Continue reading
~ललिता ‘दोषी’~
भोग्नु पीडा भोगेपछि
तिम्रो मायाको अर्थ के ?
मुटु जल्नु जलेपछि
तिमी फर्कनुको अर्थ के ?
भैगो जाऊ टाढा कतै
आँखाहरूमा नछाऊ
सुकिसकेका परेलीलाई Continue reading
~कुमार काफ्ले~
-मुकुन्दले जातीय विभेद र छुवाछूत मान्दै मानेन।
-महिला र पुरुषबीचको असमानता जरैदेखि उखेल्नुपर्ने धारण राख्यो।
-छोरीलाई पनि छोरा सरह उच्च शिक्षा र पैतृक सम्पत्तिमा समान अधिकार हुनुपर्छ भनेर वकालत गरिरह्यो। Continue reading
~केदार शर्मा~
आफूले व्यग्रतापूर्वक पर्खेको उत्सवका दिनमा को खुसी नहोला ? ‘राष्ट्रिय महाभोज २०६८’ नजिक आउँदै गर्दा म साँच्ची नै उत्साहित थिएँ । पेट हल्का र मन चङ्गा भयो भने भोजको मजा दोब्बर हुन्छ भत्रे थाहा थियो । त्यसैले तीजमा ब्रत लिनुअघि धेरै र मीठोमीठो खाने चलनको ठीक विपरित, महाभोजका एक–दुई दिनअघिदेखि नै हामीले एकदमै हल्का खाना खाएका थियौँ । किनभने त्यस दिन हामीलाई खूब खानु थियो ।खानेकुरा नभए हाम्रो प्राण धानित्र तर यो प्राण धात्रे कुरा मात्र हैन । धेरै मानिस बाँच्नका लागि खाएको भनेर जीवनमा अरू महान् लक्ष्यहरू भएको जनाउ दिन्छन् । मलाई भने म बाँचेको नै खानलाई हो, खाएर रमाइलो गर्नलाई हो भत्र कुनै सङ्कोच छैन । मेरो जीवनका अन्य लक्ष्य छन् भने ती पनि खानेकुराकै वरिपरि छन् । सबैले सम्मानपूर्वक खान पाऊन्, खानेकुराको आनन्द लिन पाऊन्, मानव सभ्यताले आविष्कार गरेका विविध ढङ्गका पाककलाले प्रकृतिका चमत्कारिक उपहारहरूमा थपेको महŒव सचेततापूर्वक अनुभव गर्न पाऊन्— मेरा प्रयत्नले प्रत्यक्ष–परोक्ष रूपमा यस्ता कुरालाई मद्दत गरून्— मलाई अरू केही चाहिँदैन । Continue reading
~विमल निभा~
कुनै पनि बेला
ममाथि राजद्रोहको मुद्दा चल्न सक्छ
काला गँड्यौलाहरु पिछा गरिरहेछन् मेरो
अन्तर्राष्ट्रिय कालाबजारीको
कुहिएको आलु
र प्रधानमन्त्रीको ताजा भाषण Continue reading
खुसाएका छन्, चे !
तिम्रो हत्यामा पृथ्वीका ईश्वरहरु खुसाएका छन् ।
तिम्रो हत्यामा
नेविन र निक्सनका कोमल पत्नीहरु खुसाएका छन् ।
खुसाएका छन्
तिम्रो हत्यामा
निक्सनका चटारिएका नक्कली छोरीहरु खुसाएका छन् ।
मरे पनि तिमी
करोडौं करोडौं दासहरुले तिमीलाई मुटुभरि Continue reading
~कुन्दन काफ्ले~
तिमी फूल बनेर फूल, तर वास्ना भर्न नभूल ।
तिमी जून बनेर खुल तर ज्योत्सना छर्न नभूल ।
तिमी दियो बनेर वल तर ज्योति फैलाई नगल । Continue reading
~राम श्रेष्ठ~
(आज अमृत १ बर्ष पुरा भएको छ…… र उसको जन्मदिन धुमधमले मनाइरहेको छन उनको बाबु-आमा….. तर अमृतको दिदी “अनिता” अहिले सम्म स्कुलबाट फर्केर आएको छैन….)
(स्कुलको बगैचामा………)
“ए अनीता, किन घर नगई यहाँ खेलेर बसिरहेकि हँ ” -सुशिला मिसको आवाज सुनेर अनीता झस्किन्छे। अनि सारदासँगै घरतिर लाग्छे। अनीताको चालामाला देखेर सारदा छक्क पर्दै सोध्न पुग्छिन, “होइन आज तलाइ के Continue reading
~दिनेश अधिकारी~
म ग्राहक छु त्यस अखबारको
त्यसैले हिजो जस्तै आज पिन
ढोकाअगाडि छोडेर गएको छ वितरकले
त्यसको नयाँ अंक
र भुइँबाट त्यसलाई टिप्नुपर्ने
एउटा परिस्थितिको बीचमा म घोरिएको छु
अखबार मेरा अगाडि छ Continue reading
~अज्ञात~
एकदिन यमराजले मर्त्यलोकमा घुम्दै गर्दा एउटा हात्तीलाई एउटा दुब्लो पातलो मरन्च्याँसे माहुतेले हातमा एउटा मसिनो लट्ठीको भरमा तह लगाइरहेको देखेछन्। हात्ती एकान्तमा भएको मौकामा यमराजले हात्तीसित भनेछन्- “गजराज, यत्रो विशाल र शक्तिशाली भइकन पनि यस्तो फिस्टे मान्छेको वशमा किन पर्छौ? यस्ता भुसुनालाई पनि ठेगान लाउन सक्दैनौ?”
हात्तीले जवाफ दिएछन्- “मानिसको जात मापाको ज्याद्रो पो हुन्छ त यमराज, तिमी यमलोकमा मरेको मानिससँग संगत गर्छौ अनि के थाहा पाउछौ र? कुनै दिन जिउँदो मानिसको फेला पर्यो भने थाहा पाउँछौ!” Continue reading
~बालकृष्ण पोखरेल~
‘धत् ! तिमीसँग बिहे गर्दिनँ।’
‘के भन्छे यो ? नुहाउन थालेको तीन महिना भैसक्यो ! बिहे नगर्ने रे ! मजस्तो राम्रो तन्नेरीसँग गर्नैपर्छ बिहे।’
‘राम्रो भएर के गर्ने ! तन्नेरी भएर के गर्ने ! ऐलेसम्म चारौटी फेर्यौ। नाईँ, म तिम्लाई रोज्दिनँ।’
‘रोज्नैपर्छ।’
‘अहँ, मलाई पनि ती चारौटीलाई झैँ गर्छौ तिमी।’ Continue reading
~प्रमोद ढुङ्गाना~
फूल भए जिन्दगी देउतालाई चढाइदिन्थें
कागज भए यो जिन्दगी सलाई कोरी जलाइदिन्थें
जिन्दगी यो के भो के भो आफैंलाई थाहा छैन
छातीभित्र मुटु चल्छ तर कुनै चाह छैन
खोटो मोहोर भए जीवन झुक्याएर चलाइदिन्थें Continue reading
~सोम खनाल~
लुङ्गा, रोआ, दोस्त, पासा:, संगी, सखी मीत
एक्लै हैन, मिली गाउं ऐउटै राष्ट्र गीत
हैसे गरौं, होस्टे गरौ, मिलाऊ सबले हात
बिद्वेषलाई मिल्काई दिऊं आजै मन बाट ।
एउटै बाटो, एउटै घाट, एउटै घारा पानी
उस्तै दु:ख, उस्तै सुख एउटै जन्मभूमी
लौ न साथी रोपौ एउटै बगैचामा फूल Continue reading
~श्याम साह~
“मन्त्रीज्यू, यो भट्टीलाई पनि काठमाडौं लैजानु प-यो !” भन्ने मानिस आफैं नशामा धुत् थियो । सँगैकाहरूलाई आँखा झ्म्क्यिाएको देखाउन उसले पूरै टाउको हल्लायो । सबै खित्का छाडेर हाँस्न थाले । तर मन्त्री हाँसेन । उसको मुहार झ्न् गम्भीर भयो । गागनबजारकोे एक मात्र भट्टीपसल— एककोठे, न ठूलो न सानो, ठिक्कको । मन्त्री आएको हुनाले भएभरका टेबुल एकैठाउँमा जोडिएका थिए । त्यसको चारैतिर बेन्चहरू राखेर टोलीलाई बस्ने व्यवस्था मिलाइएको थियो । मधुरो बिजुलीलाई चुरोटको धूवाँले झ्नै मलिन बनाएको थियो ।
मन्त्रीको गम्भीरताले हाँसो रोकियो । उसका आँखाहरू बलिरहेका थिए । उसले भट्टीवाल्नीलाई मायालु पाराले हे-यो । यसपटक भट्टीको साहु रिसाएन । आखिर आज मन्त्री जो आएको छ । “माया गर्छु भन्दैमा कमललाई पोखरीबाट झ्किेर स्वीमिङ पुलमा रोप्यो भने के हुन्छ ? मर्छ । अरे, असली माया त त्यो हो, जब कोही हिलोको परवाह नगरिकन आफैँ त्यो कमललाई भेट्न आउँछ !” मन्त्रीको अप्रत्यासित दर्शनले सबैलाई ट्वाल्ल पारिदियो । लगत्तै, हाँसोको फोहोरा छुट्यो । बोतलहरू खुल्न थाले, गिलासहरू ठोक्किन थाले । तर, मन्त्री हाँसेन । ऊ विगत सम्झ्रिहेको थियो ।
~आचार्य प्रभा~
‘यार ! ज्यादा आदर्शवादी नबन् न । मौका भन्ने कुरा सधैं आउँदैन । आज बल्ल जवानीको यो पलमा आएर जिनालाई भेट्ने मौका पाउँदैछस् के लाछी भएर डराउँछस् नि ?’ यसरी वैभवलाई उक्सायो उत्तमले ।
त्यसैमा थप्यो उदेशले । ‘नाम मात्र यसको त वैभव रैछ । हिम्मत त रत्तिभर छैन । मलाई त्यसरी समय दिएर आउने गर्लफ्रेण्ड भए त…, म त….’ भन्दै थुक घुटुक्क निल्यो । बिराजले सही थाप्यो । ‘हो यार आफूले त एकैपल्टमा ३–३ जना गर्लफ्रेन्ड बनाइयो र मस्ती गरियो । मर्दको छोरो हुँ म ।’ Continue reading
~पारिजात~
धेरै अघि एक साँझ
चराहरू निन्याउरा भएर हाँगातिर
बसिरहेको बेला
घरका समस्याहररूले पिल्सिएर
आफै पनि झोक्रिएर बसिरहेको बेला
मलाई एउटा कविता लेख्न मन
लागेको थियो Continue reading
~कमल कुमार~
४७ सालतिर
एकाविहानै भोटे कुकुर डोर्याउँदै
दैलोमा आएका
गाउँका ठूलाबाले भनेका थिए
‘बहुदल आयो’
सानै थिएँ म
सोधेँ कुकुरको नाम
भने ठूलाबाले
‘माले’
बासँगै मकै गोडिरहेको मलाई
भोटे कुकुरको नाम र बहुदल दुबै नौला थिए Continue reading
~नवराज पोखरेल ‘पाखेली’~
मैले उसलाई पहिलो पटक पशुपतिनाथ को मन्दिर मा भेटेको थिए ! “सर एउटा पत्रिका हेरौन एक दम ताजा समाचार छ मात्र दुइ रुपैया !!”
उसले अनुरोध गरेको थियो मलाइ पहिलो पटक पत्रिका किनिदिन ! मेरो जागिरको पहिलो दरवन्दीनै राजधानी परेको थियो म काठमाडौँ जागिर खान आएको पनि त्यस्तै चार महिना जति भा’को थियो क्यार प्राय म बिहान बेलुकी पशुपति घुम्न निस्किन्थे ! त्यस दिन पनि म सधै झैँ कैलाश डाडामा बसेर घाम तापिरहेको थिए ! माघ महिना थियो बेलुकीका घामलाइ अँगालो मारेर बसेको थिए म ! कालो रंगको भुवादार ज्याकेट अनि उनिको कालै टोपी र हातमा पन्जा लगाएको थियो देव्रे हातमा पुरानो पुरानो घडी पनि थियो उसको ! उ मेरै छेउमा आएर बस्यो अनि फेरी अनुरोध गर्यो “सर एउटा पत्रिका हेरौन एक दम ताजा समाचार छ मात्र दुइ रुपैया !!” म खिस्स हाँसे “हो र किनिदिनुनै पर्ने ..म संग त पैसा छैन त साथी फिरिमा हेर्न मिल्दैन ?” मैले उसलाई जिस्क्याए ! “मिल्छ सर मिल्छ एकदम मिल्छ ..अब त झन् मिल्छ तपाइले मलाइ साथी भन्नु भो साथी बनाउनु भो भने एउटा साथीले अर्को साथीलाई दुइ रुपैयाको पत्रिका दिन के को आइतवार नि !”- उ निकै रौसियो !”हुन् न त Continue reading
~रोशन खड्का~
कविता पढ्छु म । किनकी यसप्रति मेरो अत्यन्तै मोह छ । यो मोहलाई लेखुँ–लेखुँ लाग्यो । मैले कहिले देखि कविता पढ्न थालेँ ठ्याक्कै भन्न सक्दिन । यो असमर्थता भित्र केहि सम्झनाहरु मात्र छन् । जसलाई यसरी लेखिरहेछु ।
त्यतिखेर ओखलढुङ्गाको अति बिकट स्कुल च्युरीडाँडा प्रा.वि.मा पढ्थें । मलाई पढाउने इन्दिरा मिसलाई आजपर्यन्त सम्झिरहन्छु । यसको कारण छ ।
भर्खरै दुई कक्षा चढेथें । इन्दिरा मिस गाउनुहुन्थ्यो । उहाँको मधुर आवाजले मन्त्रमुग्ध बनाउथ्यो मलाई । सुनिरहन्थेँ । त्यो गीत माधबप्रसाद घिमिरेको “घामछाँया” कविता थियो । कविताभन्दा पनि मलाई इन्दिरा मिसको गीत मनपथ्र्यो । उहाँले सिकाउनुभएको लयमा आ Continue reading
~राजव~
सब दुःखहरूको निवारण हुनेछ
क्रान्तिले सुख ल्याउनेछ
सबलाई आश थियो, त्यस्तै हुनेछ ।
त्यसउपरान्त ठालू कोही हुनेछैन
हरेकको हक बराबर हुनेछ
त्यसउपरान्त सुखी हुनेछन् नेपाली । Continue reading
~स्मृती रानाभाट~
ए मान्छेहरूका प्रिय भगवान ,
तिम्रा अनगिन्ती भक्तका लस्करालाई चिरेर
मलाई त तिमी माथी एउटा केस हाल्न मन छ
तर मेरो मुद्दा कस्ले लडिदिन्छ खै ?
अदालतको कठघेरामा ,
पापका साङ्लेबारहरु भित्र
पस्चतापको आगोलाई पर राखेर
गुराँसको मुस्कान सापटी मागी
मुस्कुराउदै उभिएका सृष्टिकर्ता ,
मैले कविता कोरेसरी ब्रह्माण्ड कोर्ने ब्रह्म
तिमीसँग आफै वकिल बनी लड्नु छ मलाई । Continue reading
~अरुणबहादुर खत्री “नदी”~
अचेल यो सहरमा
मोटरहरू अन्धाधुन्ध गुडिरहेछन्
सडकका पेटी पेटीहरूमा
माग्नेहरू कचौरा तेर्छयाएर
पैसा मागिरहेछन्
तमाम् आमा र श्रीमतीहरू Continue reading
~प्रणिका कोयु~
हो म त्यही हुँ
कहाँ-कहाँबाट कसरी-कसरी
कुन पला बत्तिएर आउने
हावा-हुण्डरीले उडाउने
हो म त्यही हुँ
असिना नचाहिने
चुरचुर भएर
चुटिनको निम्ति
हो म त्यही हुँ
सबैले देख्ने काँच Continue reading
~मनोहर काफ्ले~
भुत
भूतको बारेमा पनि डिउटी मा रहदा साथीहरुमाझ धेरै कुरा कानी हुने गर्दथ्यो । कोहि साथीहरुले भुत नै देखेको र अरु कोहि कोहि ले भने अनुभव सम्म गरेको सुनाउथे । यस्तो कुरा सुनाउनेमा कति साथीहरु त अर्कालाई डर देखाउनकै लागि भए पनि भूतको कृतिम आकृति त्ययार गरि मन गढन्त काहानी बनाइ सुनाउथे । उनीहरुको कहानीमा महिला भुत अर्थात भुतनि, पुरुष भुत को तुलनामा अझ हानिकारक र खतरनाक रहेको बताउथे । उनीहरुको अनुसार पुरुष भुत अलिक संबेदनसिल भएका , बाल, बच्चा, बृद्ध हरु प्रति दया भाव भएका साथै उनीहरुको नाम र काम मा पनि त्यत्ति बिबिधता नभएका हुन्थे । महिला भुत मा भने प्रसस्तै नाम मा बिबिधता पा Continue reading
~सुरेन्द्र खौलराठी~
जलेछ कञ्चनपुर कटान जलेछ !
मेरो यादमा उनको सिरान जलेछ !
जलेथें कुनै दिन म एक्लै जहाँ,
आज त्यहाँ उनको खानदान जलेछ ! Continue reading
~मनोज बोगटी~
जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनीको मैलो घुरेनमा पाएँ। माकुराको जालोले बेह्रिएर तिनी बिचल्नीमा परेकी थिइन्। मैले माकुराको जालो हटाइदिएँ।
‘तिम्रो नाम के हो?’
‘मिसुजा।’
‘पुतली होला’- मैले ठूलो स्वरमा भनेँ।
‘मिसुजा नै हो।’
‘पक्का?’
‘पक्का।’ Continue reading
~ध्रुब सापकोटा~
ऊसँग चार विकल्प थिए । एक, दसवर्षे गृहयुद्धका कारण जर्जर भएको ठाउँमा जाने । दुई, पाँच वर्षदेखि पानी नपरेका कारण एक चौथाइ मात्र जीवित रहेका प्राणीहरूको रक्षा गर्ने । तीन, एड्सको चपेटामा परेका ५० प्रतिशत जनताको उद्धार कार्यमा जुट्ने । चार, संसारको सबभन्दा गरबि ठाउँमा जाने र त्यहाँका आतङ्क र असुरक्षाले चपाइएका मान्छेको सेवा गर्ने ।
उसलाई लाग्यो, यी चारै ठाउँका मान्छे मानवीय सेवाका पर्खाइमा छन् । तिनीहरूको जीवन धरापमा परेको छ । यी चार ठाउँमध्ये उसले अन्तिम ठाउँलाई आफ्नो कर्मथलो बनाउने अठोट गर्यो । आतङ्क शब्द उसका लागि नयाँ थिएन । जुम्ल्याहा घर हेर्दाहेर्दै ध्वस्त भएको उसले देखेको थियो । इन्थ्य्रासको आतङ्क देखेको थियो । उसको देश त धनी थियो । सामना गर्ने आँट र हिम्मत थियो । एउटा दरदि्र ठाउँलाई यी दुई बोरा भारी कत्तिको गह्रुँगो भएको होला ? एउटा विपत्तिले नै थर्कमान बनाउँछ भने दुई-दुई विपत्तिको मारले त्यो ठाउँ कस्तो भएको Continue reading
~निर्मोही व्यास~
संस्मरणकार राम पराजुली सिन्धुपाल्चोकको अनकन्टार गाउँमा जन्मी, हुर्की कलकलाउँदो नवयुवाकालमा तराईको निजगढमा बसाइँ आएका हुन् । उनी स्वाध्ययनका भरमा साहित्य–सृजनमा एकलव्य भावले समर्पित प्रतिभा हुन् । सरलता, विनम्रता र हार्दिकताका त्रिवेणी वा नुन–चिनी–पानी व्यक्तित्व हुन् । कहिल्यै कसैको कत्ति पनि मन नदुखाउने र आफ्नो स्वाभिमानलाई रत्ती पनि नझुकाउने रसिला, फरासिला, मिलनसार, इमानदार र स्नेही स्वभाव भएका आँखामा राख्दा पनि नबिझाउने रातीगेडी तुल्य प्राणी हुन् ।
बाहिरबाट हेर्दा नपत्याइँदा लाग्ने पराजुली भित्रबाट भने संस्मरण–सृजन कलामा पारङ्गत स्रष्टा हुन् । सृजनका Continue reading
~मोहनराज शर्मा~
सफल र सार्थक निबन्ध लेख्ने क्रममा विशेष ध्यान राख्नु पर्ने छवटा बुँदाहरू छन् । प्रत्येक बुँदा र त्यसको खोलुवा तल दिइएको छ :
१) मूल वस्तु : बीज विचार—सर्वप्रथम निबन्धको मूलभूत वस्तु वा वस्तुहरूको निर्धारण गरी तिनको यथासम्भव स्पष्ट र सक्तो सङ्क्षिप्त टिपोट गर्नु पर्छ । यसैलाई बीज विचार पनि भनिन्छ । बीज विचार नै निबन्धको मूल विषय वा मुख्य भाव/विचार हुन्छ ।
२) सहायक वस्तु—मूल वस्तु वा बीज विचारको प्रतिपादन, विस्तार, पुष्टि, समर्थन Continue reading
~किरण दाहाल~
बाँकी नेपालले कर्णालीलाई चिन्ने भनेको नुन र चामलको अभावले हो । झाडापखालाले त्यहि कर्णालीलाई सताउँछ, नुनको ढिक्का र ‘चावँल’को गेडाले त्यहि कर्णालीलाई सताउँछ । औषधीको गोली, खडेरी र अनिकालले पनि त्यहि कर्णालीलाई सताउँछ । समग्र राज्य ब्यबस्थाले पनि त्यहि कर्णालीलाई सताउँछ । बर्षैपिच्छे सुदुर पश्चिमबाट यस्ता खबर देशभर फैलिन्छ । किनकी सरकारी तोकमा मात्र चामल र नुन खान पाईने सम्भावना हुन्छ, कर्णालीमा । सम्भावना यस कारण कि त्यही चामल पनि भट्टीवाला साहुनीले कुहाएर रक्सी बनाउने चेष्टा गरिनन् भने मात्रै एक पेट चामलको भात खान पाउँछन् बाँकी कर्णालीबासीले । कालो बजारी कस्तो हुन्छ भने खाद्यका कर्मचारी कार्यालय अगाडि ‘चामलको रक्सी पार्नु अपराध हो’ लेख्छन् । आफु भने सुरा र सुन्दरीको लोभले चामल त्यहि भट्टीवालीका पु¥याउँछन् । भट्टीवाली चामल कुहाएर रक्सी पार्छे, बाँकी चामल तेब्बर मूल्यमा भोका जुम्लीलाई बेच्छे । अपराध अरु पनि छ कर्णालीमा । खाद्यका कर्मचारीलाई बिना सन्दर्भ चामल पाईन्छ कि पाईदैन भनेर सोध्नु पनि एउटा अपराध हो । किनकि यसो गर्दा चामल नपाईने सम्भावना झनै बढ्छ । मान्छे, मान्छे जस्तो नभई ढल्न आँटेको घरजस्तो भएका छन्, कर्णालीमा । उनीहरु प्रत्येक पल पौडी खेल्छन् । Continue reading
~सुषमा मानन्धर~
ऊ एउटी नवोदित लेखिका। लेख्ने उसको कुनै पेशा नभए पनि साहित्यतिर गहिरो अभिरुचि भएको कारणले घरव्यवहारपछि उब्रेका समयमा उसले धेरै लेखेकी छ। आफ्ना रचनाहरुलाई उसले लेख्दै अनि साँच्दै गरेकी छ। अहिले नै संग्रह निकालि हाल्न ऊ सक्दिन। केही पत्रिकामा फाट्टफुट्ट एक दुई लेखहरु छापिनु सिवाय बाँकी उसका रचनाले अप्रकाशितको नियति भोग्नु परिरहेछ। उसले प्रयास नगरेकी पनि हैन, धेरै पत्रिकातिर प्रकाशनको लागि पठाएकी पनि हो। तर कुन्नि तिनले कतै किन ठाम् पाएनन्। लोकतन्त्रपछि जताततै समावेशिकरणको नारा लागिरहेको बेला महिला लेखिकाहरुलाई सबै पत्रिकाले प्राथमिकता दिन्छन् भन्ने कुरा उसमा किन लागू हुन सकेन, उसले बुझ्न सकेकी Continue reading
~भूमि भण्डारी~
जानेछु साथी एकदिन
यी रुमानी सपनाहरु छोडेर
नखोलिएको प्रेमपत्र झैं
अधुरा चाहनाहरु मसँगै
जानेछन् एकदिन धुँवा भएर
मेरो अनुपस्थितिमा Continue reading
~गोविन्दप्रसाद आचार्य~
दूधमा डल घोलेर दूधको मूल्य मागियो
स्वतन्त्र लोकको तन्त्र आदर्श यही मानियो
काने गुजी भरिएका कान छन् लोकतन्त्रका
लुटेरा लुट्न दे भन्दै स्वतन्त्र लोकतन्त्रका
औषधि क्षति मान्छेको गर्ने भान्से भए यहाँ
यति आदर्शको तन्त्र होला अन्त कतै कहाँ Continue reading