~भिम बहादुर थापा~
मानव महासागरभित्र
मान्छेहरुकै भीडमा
एक्लै
मात्रै एक्लै
बाँचिरहे झैं लाग्छ
निरश झैं लाग्छ
सुनसान झैं लाग्छ।
खै,
एकत्रित गर्छु
सम्हाल्छु, समेट्छु
मिलाउँछु मिल्ने सम्म
र, सिलाउँछु पनि। Continue reading
~भिम बहादुर थापा~
मानव महासागरभित्र
मान्छेहरुकै भीडमा
एक्लै
मात्रै एक्लै
बाँचिरहे झैं लाग्छ
निरश झैं लाग्छ
सुनसान झैं लाग्छ।
खै,
एकत्रित गर्छु
सम्हाल्छु, समेट्छु
मिलाउँछु मिल्ने सम्म
र, सिलाउँछु पनि। Continue reading
~प्रदीप नेपाल~
हाम्रा नेपालीले असाध्यै धेरै भक्तिभाव राख्ने बदरीनाथधामको यात्रा संस्मरणमा मैले बराहक्षेत्रको महिमाका बारेमा लेखेको थिएँ झण्डै दुई दशक अघि । बदरीनाथ यात्रामा जाँदा मैले थाहा पाएँ – हाम्रा नेपालीहरूमा बदरीनाथप्रति जति भक्तिभाव हुन्छ, त्योभन्दा धेरै भक्तिभाव हुँदोरहेछ बराहक्षेत्रप्रति भारतीय मनहरूमा । बदरीनाथधाम रहेको गढवालमा त बराह भगवानको दर्शन गरेपछि बदरीनाथको दर्शन गर्नै पर्दैन भन्नेसम्मको बोली मैले सुनेँ तर नजिकको तीर्थ हेला गर्ने हामी नेपालीमा पाइने प्रवृत्तिजस्तै भारतीय धर्मावलम्बीहरूमा पनि त्यस्तो चेतना रहेको होला भन्ने लागेको थियो त्यतिबेला मलाई ।
जे भए पनि गढवाल, धार्मिक पर्यटनको नमूना हो भन्दा हुन्छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने हो भने हामीले गढवालबाट सिक्नु पर्छ । गढवालमा सामान्य नागरिकदेखि सम्पन्न तिर्थालुहरूका लागि फरकफरक हैसियतका धर्मशाला, पर्यटन कार्यालयद्वारा सञ्चालित मध्यमवर्गीय गेष्टहाउस र होटल अनि सम्पन्नहरूले बस्न Continue reading
~अनुप जोशी~
वस्त्रविहिन सडके बालकहरुका यौनाङ्ग
जस्तै
ताराहरु फर्फराईरहेकै हुन्छन् आकाशमा
बादल र चन्द्रमा ???
यिनीहरुको चैँ हुने/नहुने
कुनै भर छैन । Continue reading
~बाबु त्रिपाठी~
कसैको मन नदुखाइकन
कसैको झुपडी नजलाइकन
कसैलाई टुहुरा नबनाइकन
क्रान्ति गर्नु पो क्रान्ति।
क्रान्ति त-
बामे सरिरहेका नानीहरू गर्दैछ्न्
कलिला पाउले जमिन टेक्न खोजेर । Continue reading
~उदय निरौला~
अलि ! अघि एउटा
मीठो सपना उठेको थियो
सपना थियो आखिर
बाटो नभेटेरै थान्को लागेछ ।
कल्पनाको लहरो चढ्दै थियो उकालो
कल्पना थियो आखिर
थाँक्रो नपाएरै
तलतिरै झरेछ । Continue reading
~भक्तराज न्यौपाने~
सुरु भएको छ,
अनेकतामा एकताको खोजी
एकतामा अनेकताको अन्वेषण,
हामीहरू कैदमुक्त भएका छौं
हामीहरू उन्मुक्तिको गीत गाउँदै
गुलजार समयको विशाल पटाङ्गिनीमा भेला भएका छौं ।
हाम्रा मनहरू
स्वतन्त्रताले पुलकित छन् Continue reading
~डेभिड ढकाल “भुइँमान्छे”~
शनिबारको दिन, केही काम नभएपछि घर नजिकैको चिया पसल पुगे ! बुढापाकाका कुरा सुन्न अति नै मन लाग्छ , कहिले समसामयिक, कहिले राजनैतिक कुराहरु वृद्ध ब्यक्तिबाट सुन्नु अलि फरक नै हुन्छ । साथि सर्कलमा गरिएको कुराहरु भन्दा अलि भिन्न अनुभव हुने गर्छ वृद्ध हरुको कुरा ।
उमेरले नेटो काटिसकेकाहरु, डाँडा माथिको जुन भनेर आफुलाई भनिरहने हजुरबुबाहरुको कुरामा थोरै अनुभव, थोरै भोगाइ , थोरै सोचाइको समिश्रण पाइने हुनाले नै मलाई हजुरबुबाहरुका कुरा सुन्न चाह बढ्दछ । शनिबार फुर्सदको समय आफुलाई डाँडामाथि का घाम भन्नेहरुको भेला छ माथि चिया पसलमा , हासो, ठट्टामा ती हजुरबुबाहरु आफ्नो उमेर भुलिरहेछन् , समय कटाइरहेछन,हासो गुन्जिरहेछ, अाफुलाई पनि त्यहि हासोमा समाहित गर्न पुगे म चिया पसल । Continue reading
~धीरकुमार श्रेष्ठ~
घरिघरि मेरा आँखा उसमा पुग्छन् । अन्त कतै हेरुँभन्दा पनि फर्कीफर्की उसमा पुग्छन् । हेर्दै नहेरुँ भनेर यताउति डुलाए पनि उसैमा पुग्छन् । अब त ज्यान जाला हेर्दिनँ भनेर जबरजस्ती बाहिरी दृश्यमा पु¥याएँ भने पनि उसैमा पुग्छन् । उसमा के त्यस्तो आकर्षण थपियो र ! आँखा, उसबाट हट्न मान्दैनन् । उसले मेरा आँखालाई मोहनी लगाए जस्तै भयो । अन्त हट्दै हट्दैनन् । जाँदै जाँदैनन् ।
मेरो जन्मदेखि ऊ मसँगै छ । मेरो अभिन्न अङ्ग भएर बसेको उसले कहिल्यै साथ छाडेको छैन । जीवन यात्रामा कति आए कति गए थाहा भएन । घुम्तीमोडहरुमा कति भेटिए, विछोडिए र कति छुट्टिए; गन्ती भएन । उकाली ओराली र आरोह अवरोहहरुमा कति साथ पाइए, कति एक्लो भइयो; हिसाब किताब भएन । यति हुँदाहुँदै पनि उसले सधैँ आफ्नो धर्म निर्वाह गरिरह्यो । कहिल्यै कर्तव्यच्युत भएन । उसले आफ्नो जिम्मेवारी र दायित्व कुशलतापूर्वक निर्वाह गरिरह्यो । र त जहिले पनि मसँगै छ ऊ । कहिले टाढा भएको छैन । टाढा हुने चाहना व्यक्त गरेको पनि छैन । ऊ केवल कर्तव्य निर्वाहमा दत्तचित्त छ । भुलेर पनि अधिकारको खोजीमा वण्डापत्रको Continue reading
~केडी रेम्नीसीङ~
को हसा हन्नान् को असा पक्नििव खोलोङ पक्निव,
चाई मयाम् दव बाई मयाम् तानिव खोलाङ तानिव ।
दुङ खाता ईमी युम खाता सेमोङाङ खोम्तिम्पा,
दुक्वापी तुपा छुप्सेप् छुपा इहोप्ङाङ लोम्चिम्पा ।। Continue reading
धेरै पटक तिमीसंग टाढा भई बसेकी छु
तिमीलाई कुर्दा कुर्दै झकाएर खसेकी छु।।
यस्तै त हो जीवन सधै साथ कहाँ हुन्छ भन्दै
खुशिहरू समेटेर मुटु भित्र कसेकी छु।। Continue reading
~जीवराज बुढाथोकी~
लेख्न त लेखौं भन्छु इतिहास, कुनकुन शासन लेखुँ ।
मुलुक स्वर्ग वनाउने रे, कुन नेताको भाषण लेखुँ ।।
चरित्र रुप स्वार्थ अनेक, जनताकै नाम भजाउने,
विदुर कोही छैनन्, नाम दूर्योधन वा दुशासन लेखुँ ।। Continue reading
~Jayraj Bhattarai~
I live in utter darkness
Sun- You have failed to illuminate my path,
moon- You refused to radiate my trail
The path, the trail
that could’ve connected me and my light Continue reading
~डा. विजय सुब्बा~
राति करिब ८ बजे भतिजा कृष्णलाई भेट्न म बोस्टन पुगेको थिएँ । उनले मलाई बोस्टनको साउथ स्टेसनबाट लिएर आफ्नो डेरा एल्स्टन पुर्याए । धेरै वर्षपछि भेट्दा मलाई कृष्णले त नमस्कार पो गरे ! यता गाउँमा म काका भए पनि सानो थिएँ र साइनो नलगाई तँ—तँ नै बोलिन्थ्यो क्यार ।
मैलेचाहिँ तिमी भन्थेँ होला । किनकि म दाजुलाई पनि तिमी नै भन्थेँ । त्यस्तै हुँदो रहेछ धेरै समय भएपछि पहिले सानो हुँदाको तँ—तँ म—म सबै तिमी र तपाईंमा तह लाग्दा रहेछन् । मान्छे जति परिपक्व हुँदै जान्छ त्यति नम्र र व्यावहारिक बन्दै जाँदो रहेछ र समाजमा आफूलाई मिसाउँदै लाँदो रहेछ । त्यसैले म सानोको विजयबाट काकामा बढुवा भएको थिएँ । सधंै गाउँमा बसेर हुर्किंदा गाउँका आफूभन्दा माथिका बाबुसरहका दाजु–भाउजू, काका–काकीहरूलाई त कहिले नमस्कार गरिएको थिएन । तर धेरै समयपछि गाउँ फर्कंदा पनि नमस्कार नगर्दा अशोभनीय हुँदो रहेछ । Continue reading
~कल्पना बान्तवा~
पोखरा पुगेको भोलिपल्ट शनिबार, सराङकोटको गुम्बामा गुफा बसेर लामा पढ्दै गरेका सोल्टीलाई भेट्न गयौं। पर्दाले छेलिएर सोल्टीसँग भेटघाट, कुराकानी भयो तर देखादेख भएन। एकआपसमा हेर्न नहुने रहेछ।
हुस्सु र कुइरोले डम्म ढाकिएको सराङकोट डाँडामा अलि परको वस्तुलाई आँखाले ठम्याउँदैनथ्यो, जाडो उस्तै बढेर आएको थियो। दिन उघ्रेको बेला त प्याराग्लाइडिङ गर्नेहरूको सराङकोटमा लर्को लागेको हुन्छ रे ! तर, त्यो दिन त्यस्तो केही थिएन।
गुम्बा परिसरमा एउटा अजंगको लिचीको रूख देखेर चकित भएँ किनकि मधेसको हाम्रो गाउँमा मात्र तेत्रो ठूलो लिचीको रूख देखेकी थिएँ अहिलेसम्म। त्यति अग्लो ठाउँमा त्यो बडेमानको लिचीको रूख ! गज्जब Continue reading
~अविरल परिधि~
दुइ महिना सम्मको एक्दम् दवाबमुलक कामले थकित भए पछि अफिसकी साथि अमिला र म नगरकोट गएर अलिकता फ्रेश हुने बिचारले बिहानै बस् पार्क पुगिउं। अब बिबाह हुन बचेका साथि भनेनि, हितैसि भनेनि, सहकर्मि भनेनि यहि एउटि बाकि छे। अरु त सबै आ-आफ्नै बुढा; धेरै त बच्चा पनि र घर परिवारमा ब्यस्त भै सके। कहिले काहि भेटेनै पनि कता कता कुरा नमिले जस्तो; कुरा गर्ने बिसयनै सक्किदै गए जस्तो हुन्छ आजकल। कसरि घन्टौ कुरा गर्दा पनि नसकिने ति दौतरिहरुसङबाट म एकान्कि हुदै गएकि छु भनेर बेला मौका पिडा बोध भै रहन्छ। सायद आ-आफ्नो कर्ममा लेखेको भन्या यहि होला भन्छु र अतितलाइ बिर्सन्छु। उ पनि म भन्दा ४ बर्स जति कान्छि होलि। तर पनि उ मलाइ साथि भन्छे र म पनि।
कामको चटारो यता घर र अफिस तिरै छाडेर हिडेकि म; उसै उसै निस्फिक्रि हराउन हिडेकि म। तेहि थोत्रो Continue reading
~मुक्तिनाथ शर्मा~
हाम्रा नेपाली साहित्य प्रगतिमा निरन्तर
लागेकाले छिटै यस्ले छोला जस्तै छ शिखर
धेरै आए महाकाव्य खण्डकाव्य मनोहर
गीतिकाव्य स्मृतिकाव्य उपन्यास बराबर ।।
विद्वानहरूको यस्मा देखिन्छ जोश जागृति
त्यस्तै जाँगरी स्रष्टा हुन् वासुदेव त्रिपाठीजी
अहिले उनको यौटा आएको छ ठूलो कृति
सम्झनाकुञ्ज हो नाउँ संगालो कविता स्मृति ।। Continue reading
~महेश रेग्मी~
मलाई मारेर जानेहरू
मलाई न्यूरोड बनाएर हिँडिरहे
मलाई सत्ता बनाएर हिँडिरहे
तर म मरेको छैन
म कहाँ मरेँ –
म अझै समय चपाउन सक्छु
म अझै मृत्यु चपाउन सक्छु
को खोस्छ मेरो रसायन – Continue reading
~रामचन्द्र खतिवडा~
बौद्धमा एक हुल मान्छे नारा लगाइरहेका थिए । उनीहरू स्वतन्त्र तिब्बतको बारेमा आवाज उठाउँदै थिए । त्यो भीडको छेउमा उभिएर म दृश्य हेरिरहेको थिएँ ।
एउटा युवकले अचानक सोध्यो मलाई– “दाइ तपाईंको घर कहाँ हो ?”
“जोरपाटी ।” –भनेँ मैले ।
”अनि तपाईंको नि ?” Continue reading
ढोका बाहिर चिटिक्क परेर उभ्भिएको मानिस देखेर सोधेँ – “केही काम थियो कि?”
उसले भन्यो – “हजुर म भिखारी भिख माग्न अा’को।” Continue reading
~मनोहर काफ्ले~
सानो हुदा देखि नै बाजेले हजुरआमा बाट बृद्ध वृद्धा हरु सम्बन्धि कथाहरु सुनेका थिए। बाजेको हजुर आमा ‘डोको’ कथा सुनाउदै भन्नु हुन्थ्यो- ‘’एक जना व्यक्तिले आफ्ना जिउदा बुढा भएका बाउलाइ डोकामा हालेर टाडा कतै फ्याक्न लगेको देखेर नाति पनि पछी पछि आयो र हजुर बुबालाई कतै फालिदिए पछी डोको पनि त्यही फाल्न लाग्दा छोरोले आफ्नो बाउ लाई डोको नफाल्न आग्रह गरेछन अरे । बाउले किन चाहियो तलाई डोको भनेर प्रश्न गर्दा छोराको उत्तर थियो , ‘’ पछी तपाइँ बुढो भए पछी तपाईलाई पनि फाल्न मलाइ चाहिन्छ’।’ हजुर आमाको मुख बाट यस्टो कथाहरु सुन्दा बाजेलाई अनौठो लागेको थियो ।
भट्टराइ बाजे सात दशक पार गरि सकेका कर्मठ, जगरिला, साथै मिजासिला ब्यक्तित्वका धनि हुन्। हेर्दा Continue reading
~भेषराज रिजाल~
हाँस्दै हाँस्दै रोएको छु रुँदै रुँदै बसेको छु
मेरी जून तिमीलाई मुटुभित्रै कसेको छु ।
हिजो बादल मुनि थियौ मसँगै धर्ती रोयो
चाँदनीको संघार टेकी आज आकास पसेको छु । Continue reading
~गोविन्द रावत~
तिमी त हौ पानीको मूल, पिउनलाई आउँछु पक्का ।
अधूरो छ फूलको माला , सिउनलाई आउँछु पक्का ।।
आधा जीवन जिईसके आधा बाॅकि नै छ
बाॅकी जीवन तिमी सितै ,जिउनलाई आउँछु पक्का ।। Continue reading
~हरी गौतम~
फक्रिएको फुल पनि त, झरेर एकदिन जाने हो!!
किन गर्छौ तँ-तँ र “म-म” मरेर एकदिन जाने हो!!
जीन्दगीको गोरेटोमा कयौ आउछन वाधा व्यवधान्
संघ्रर्ष गरी जसरी जंघार, तरेर एकदिन जाने हो!! Continue reading
~दीपक कुमार ज्ञवाली~
मान न सम्मान कस्तो यो जवर्जस्तीको मेहमान ।
शीर नीहुरिन्छ स्वदेशमा विदेशीको झण्डा झुल्दा ।
सम्मान गुम्यो नेपालीको स्वदेशमा बिदेशी बस्दा ।
कुटनीतिक अफिस होईन, होईन त्यो दुतावास ।
१
देशमा छरपष्ट रहेकाछन् बिस्तावादीका जमात ।
कस्को आडभरोशामा तरीआए सिमानारुपी जङ्घार । Continue reading
~रुमानी राई~
देशको,
गणतान्त्रीक रङ्गशालाभरि
खेलाडीहरु
खेल मैदानमा जमेका छन्
एतिहासिक विजयको सपना बोकेर!
तन्,मन र बुद्दिले
आज निकै आक्रामक देखिन्छन्
पक्ष विपक्षमा गोलपोष्ट ताकेर Continue reading
~निश्चल काउचा~
विवाह भएको बर्सौ सम्म पनि सन्तान नभए पछि दुबै जनाले सल्लाह गरेर एकदिन डक्टरलाई देखाउन गएछन !
डक्टरले सबै कुरा सोधे पछि अन्तिममा श्रीमतीलाई सोधेछ :- हजुरको श्रीमानले समयमा काम गर्नु हुन्न कि क्या हो?
श्रीमतीले भनिन : कहाँ गर्ने डक्टर सहाब उहाँको बानीनै कहिल्यै समयमा काम गर्ने छैन !धेरै जसो त बाहिर नै जानु हुन्छ ! Continue reading
माफ गर यदि मैले चिठ्ठिमाँ गरेको प्रिये सम्बोधन मन परेन भने!
तिमी मेरी थिइनौ ,कहिलै थिइनौ । तर कहिले काहि कुनै सम्बन्ध हरु नबनेका कारणले राम्रा देखिन्छन् । पराइ हुने बाध्यताले आफ्ना लाग्छन । चन्द्रमा टाढा छ त्यसैले त त्यो शितल लाग्छ ।पर बाट ज्वारभाटा देखिन्नन् ,नजिकिदै जादा त्यहि उथलपुथल दँशै माँ खेलेको पिङ झैँ लाग्छ ,मच्चिरहुँ लाग्छ । तिमी मेरो बन्न सकिनौ त्यसैले मैले तिम्रा सम्झनाहरुलाइ आफ्नो मानेँ ।तिमीलाई साँचेको मुटुको कुनामा बिस्तारै तिम्रा यादहरु बसे ।
लोडसेडिङ को दिनमाँ झर्र मैनबत्ति कोरेर लेख्न बस्दा तिम्रो आक्रिती टेबल पछिको भित्तामाँ झ्वाट्ट देखा पर्यो अनि बिस्तारै हराएर गयो ।बिग्यान शायद यसलाई अवचेतन मनको परिकल्पना मान्दछ । मेरो पनि त्यो मान्नुको अरु बिकल्प थिएन ,तिमी नभइकन पनि देखिन्छौ भने त्यो मेरो भ्रम नै हुनु पर्छ ।किनकि मेरा सम्झना Continue reading
~प्रदीप नेपाल~
धेरैका टिप्पणी, परिचयात्मक लेख र चियोचर्चाहरूले लोमन्थाङ्गलाई मेरो स्वप्नसंसार बनाइदिएका थिए । हिँडेर जाने जाँगर टरेको हुनाले ससानो टिम बनाएर जाउँ कि भन्ने त लागेन, तर अवसर पाइयो भने एकपल्ट त्यो लोमन्थाङ्ग कस्तो रहेछ भनेर थाहा पाउन चाहिँ मन लागिरहृयो । ढिलोढालो हिसाबले त्यो अवसर जुट्यो । ०६६ साल असौज ३१ गतेको शनिबार प्रधानमन्त्री माधव नेपाल तथा बनमन्त्री दीपक बोहराको टोली अन्नपूर्ण संरक्षण क्षेत्र छुँदै नेपालको उत्तरी सीमानासम्मै पुग्ने योजना थाहा पाउने बित्तिकै हेलिकोप्टरमा ठाउँ मिले म पनि जान पाउँ भनिहालेँ । बेलैमा भनेको हुनाले ठाउँ पनि मिल्यो । माथिल्लो मुस्ताङ्गको हवाई निरीक्षणको अवसर पनि जुर्यो । Continue reading
~अरुणबहादुर खत्री “नदी”~
आफ्नी भतीजीको विवाहको निमन्त्रणा कार्ड मोटरसाइकल चढेर बाड्दै हिँड्दा ठमेलमा एकजनाको घरमा पसेर निमन्त्रणा कार्ड बाडेर मूलगेटबाट बाहिर निस्कनासाथ बिरालोले बाटो काट्यो । बिरालोले बाटो काटेको आफ्नै आँखाले देख्ने बित्तिकै एकछिन हिड्न मन नलागेर त्यही उभिए । केही पर पुगेपछि ठमेलको सातघुम्ती जाने बाटोमा ट्राफिक प्रहरीले मलाई बोलाएर मोटरसाइकल रोक्न लगायो ।
“मोटरसाइकल रोकेर मलाई किन बोलाउनु भएको ?” मैले ट्राफिक प्रहरीलाई सोधें । Continue reading
~दिलिप योन्जन~
गाँउ सहर डाँडा पाखा बरै रगतको गन्ध
देशै जलाइ तराई पाहाड कति गर्छौ बन्ध।
सबै मिली देश बनाउ छैन कसैलाइ पिर
पालै पालो बम पडकाई देशकै छाती चिर Continue reading
अमिलोमा नअलमलिने आइमाई र उपहारमा नअलमलिने उपभोक्ता खोज्ने कार्य सगरमाथा चढ्ने कामभन्दा पनि गाह्रोे छ । तैँले कहिले सगरमाथा चढिस् ए ! नाथे ? भनेर तपाईंहरू मनमनै मलाई हपार्नु होला । ठीकै हो । म पनि मनमनै के भन्छु भने सबभन्दा गाह्रो काम गर्ने मेरो सानैदेखिको बानी भएकाले जाबो सगरमाथा चढ्ने काम मैले कहिल्यै गरिनँ ।
लोग्नेवादलाई लडाउन लागिपरेका आइमाईहरूको लर्कनलाई आतिथ्य दिएर सम्मान गर्नुपर्ने आजको जमानामा उल्टै तिनलाई कोट्ट्याएर अनिकालले खलबलिएको आफ्नै खप्पर फुटाउने जमर्को मबाट होला भनेर सपनामा पनि नचिताए हुन्छ । तँ हुति भएको मान्छे नै होइनस् भनेर मलाई उराल्नेहरूको ओइरो लाग्न सक्छ ! बरु म त्यो Continue reading
~सोम खनाल~
शब्द नै रसीला कस्ता, प्यास नै पो मेटाउने
शब्दैका पन्तुरा भित्र, आत्मा नै हो भेटाउने
शब्दका छहारी शीतल, शब्दैका झरना झरी
एक्लो हृदयका साथी शब्द नै छन् वरीपरी ।
शब्दमै पहिरो चल्छ, शब्दैमा उठ्छ टाकुरा
शब्दले डढेलो लाग्छ, शब्द उम्रन्छ आंकुरा Continue reading