~पशुपति कर्माचार्य~
—-शान्ति ॐ शान्ति—
शान्ति ॐ शान्ति
त्रिपिटक रक्ताम्य
डर अन्त्यको ।
हिमाल रुन्छे
प्रकृतिको काखमा
आँशुको ताल ।
फूल बगैचा
माहुरीको साम्राज्य
सेक्स फ्रिडम ।
कला-संस्कृति Continue reading
~पशुपति कर्माचार्य~
—-शान्ति ॐ शान्ति—
शान्ति ॐ शान्ति
त्रिपिटक रक्ताम्य
डर अन्त्यको ।
हिमाल रुन्छे
प्रकृतिको काखमा
आँशुको ताल ।
फूल बगैचा
माहुरीको साम्राज्य
सेक्स फ्रिडम ।
कला-संस्कृति Continue reading
~घनश्याम दाहाल~
१. पृष्ठभूमि
नेपाली महाकाव्यको विकासको आफ्नै किसिमको इतिहास र परम्परा रहेको मानिन्छ। कविताकै ठूलो रूप महाकाव्य भएकाले पनि विकासको पृष्ठभूमिसँग सह–सम्बन्ध रहनु स्वाभाविकै ठानिन्छ। नेपाली महाकाव्यको विकासमा महाकाव्यकार भानुभक्त पोख्रेलको महत्त्वपूर्ण भूमिका रहेको बुझिन्छ। उनका मृत्युञ्जय (२०४७), जागृतिराग (२०५६) र हिमवत्खण्ड (२०६४) महाकाव्य महत्त्वपूर्ण मानिन्छन्। यी महाकाव्यहरूको सापेक्षतामा उनको महाकाव्यगत विशेषतालाई उजागर गर्न सकिन्छ
१.१ परिचय
आफ्ना महाकाव्यमा पोख्रेलले स्वच्छन्दतावादी भाव र परिष्कारवादी शैलीलाई आत्मसात् गरेको पाइन्छ। उनका महाकाव्यमा पूर्वीय दर्शन एवं धर्म संस्कृतिका विविध पक्षलाई उजागर गरेको पाइन्छ। उनका महाकाव्यमा देशभक्तिको भावना अभिव्यक्त भएको देखिन्छ। उनका महाकाव्यमा एकातिर सोमनाथ सिग्द्यालको परिष्कारवादी गहन काव्यमान्यता देखिन्छ भने माधव घिमिरेको जस्तो सहज भाव पनि Continue reading
~तुलसी घिमिरे ~
हुँदैन रेलिमाई चट्ट बिपना
हुँदैन रेलिमाई माया बिर्सन
केटा :
पिरतीको मिठो तिर्सना
सकिँदैन चट्ट मेटिन
हो पहिलो बसन्तको नयाँ कोपिला
मन लाग्यो टप्प टिपन । Continue reading
~Krishna Bhakta Shrestha~
Translated by Yuyutsu Sharma
Lonely I am
as a yoked bull
in a life consumed
beyond orders of human exhaustion
lonely like a lump of flesh and blood
waiting in a mother’s womb
to grow into a full-fledged fetus
lonely as a Tibetan Mastiff
brought to the city as a pet Continue reading
~उर्मिला थपलिया~
नमस्कार ! तपाई आराम हुनुहुन्छ ? परिचित आवाज मेरो कान सम्म ठोक्किन आईपुग्यो । म निसब्ध भएँ उस्लाई तत्काल उत्तर दिनको लागि म संग कुनै शब्द नै थिएन । आजभोलि यस्तै हाजारौं प्रस्नहरु नमिल्ने गरि तेर्सिनेगरेको छ मेरो अघि र पछि ।
म प्राय जसो मन भुलाउने बाहनामा एकान्त ठाउँ पुगिरहेकि हुन्छु एक्लै एक्लै साँझ बिहान र कहिले काहि उहि पुरानै ठाउँ भृकुटिमण्डप धाउने गर्छु पुराना यादहरु ताजा गर्नका लागि । यो त्यहि ठाउँ हो जहाँ बिक्रान्त मलाई फुर्सद हुने बित्तिकै बोलाउने गर्थ्यो र हामि घण्टौं सम्म पनि गफ्फिने गर्थ्यौ ।
बिक्रान्त मेरो असल मित्र, जस्लाई म मेरो मनको कुनै पनि कुरा निर्धक्क संग भन्न सक्छु चाहे त्यो दुख र सुख को कुरानै किन नहोस् । Continue reading
~मदनमणि दीक्षित~
जीवनमा मैले के-कस्ता र कति सङ्घर्ष गरेँ बताउन गाह्रो छ । जीवनमा भयङ्कर आँधिबेहरी आओस् रूखपातलाई भूािसम्म निहुराओस् तर त्यो आँधिवेहरी सक्किएर गएपछि सबै घाँसपातलाई बढारेर लगोस् र सबै निहुरिएका तङ्ग्रङ्ग भएर उठुन जीवन बाँच्न निम्ति हो, आनन्द निम्ति हो । संवत् २००२ सालमा आफ्नो कथा ‘आँधी र अवसान’ मा मैले लेखेको थिएँ । जीवन बाँच्न निम्ति, यससित डराउनु हुँदैन । त्रास वेगरको सङ्घर्ष वेगर जीवनलाई के जीवन भन्ने ?
समीक्षामाथि प्रतिवन्ध
सम्वत २०३२ सालको भदौ ६ गते साँझ त्यस्तो विचारको मैले सोझै सङ्घर्षबाट गुजि्रनु पर्यो । महिना दिन Continue reading
~विमल निभा~
हिजोआज शब्दहरुले
एउटै अर्थ दिन थालेका छन्
उदाहरणका लागि
तपाईं संसद्लाई संसद् भन्नोस्
अथवा सुपरमार्केट
आन्दोलनलाई आन्दोलन भन्नोस्
अथवा धोका
मनीषीलाई मनीषी भन्नोस्
अथवा गँड्यौला
संविधानलाई संविधान भन्नोस्
अथवा चुटकिला Continue reading
~गोविन्ददेव आचार्य~
छन्द :- भुजङ्गप्रयात
तपस्या गरी बैँस पाइन्न नानी
गुफाभित्र तारा चियाइन्न नानी ।।
तिमी ठान्दछ्यौ दृष्टिमा मिल्छ माया
दुना-थाल हेरी अघाइन्न नानी ।। Continue reading
~यादव खरेल~
तिमी आउँछ्यौ भन्ने आशै आशमा बाटोभरि आँखा ओछ्याइरहन्छु
तिमी सागर भई जता बगे पनि म किनार भई पछ्याइरहन्छु
तिमीले नदी किनारमा गएर सुन्नू म कल्कलाएको हुन्छु
म तिम्रो मुटुको ढुकढुकीमा सुस्तरी चल्बलाएको हुन्छु Continue reading
~शीतल गिरी~
बौद्ध ग्रन्थ ‘अंगुतर निकाय’ एवं जैनग्रंथ ‘भगवती सूत्र’ मा बज्जिसङ्घको उल्लेख प्रमुख गणराज्यको रूपमा छ । बज्जिका हठारह गणराज्यहरूको प्राचीन बज्जि सङ्घको आधुनिक भाषा हो । डा. योगेन्द्र मिश्रको अनुसार बज्जिसङ्घको अस्तित्व ७२५ ई.पू. देखि ४८४ ई.पू. सम्म थियो । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र भौगोलिक विविधताले युक्त सुरम्य देश हो ।
बुद्धको समयमा बज्जि एउटा प्रसिद्ध महाजनपद थियो । यस अन्तर्गत आठ जनपदहरूमा विदेहको राजधानी मिथिला एवं बज्जिसङ्घको राजधानी वैशाली थियो । पाणिनीले आफ्नो ग्रन्थ ‘अष्टाध्यायी’ (४.२.३) मा यसको स्मरण ‘मद्रवृज्जयो’ को रूपमा गरेका छन् । बुद्धको जीवनकालमा नै जनकवंशको पतनको साथै बनेको बज्जिसङ्घमा विदेहलाई विशेष प्रतिष्ठा प्राप्त थियो । आजको कोशी पश्चिमको भूभाग प्राचीन बज्जि विदेह सङ्घको अवशिष्ट रूप हो । वैष्णव पुराणबाहेक रामायण तथा महाभारतमा वैशालीमा गणराज्यको स्थापनाभन्दा Continue reading
~मनोज बोगटी~
कवि-गायक अनिल फागोले बिहे नगरेको भए टिनटिनमा थ्री बीले बबाल गर्ने थिएन। यो बबाललाई ऐतिहासिक मान्ने कवि सरण खालिङ जुरुकजुरुक उफ्रिने थिएनन्-कवि भूपेन्द्र सुब्बाको टेलिफोनिक ह्याङओभर थियो यो। भर्खर आँखा डाक्टरलाई देखाएर आएको, देब्रे आँखाको नानीमा घाउ बोकेर म सुनिरहेको थिएँ। कविताले मात्छ भनेर कहीँ सुनेको, म त्यसैको ह्याङओभरमा थिएँ भूपेन्द्र जस्तै। अनिल तेलैजा कतिदिन त्यही घटनाले मातिए। निमा शेर्पा र आशिष राईको हालत पनि उस्तै थियो। फेसबुकमा म पढिरहेको थिएँ-आशिष ह्याङओभरको टल्किने विम्ब- Continue reading
~सुशील मुडभरी~
सन् २०१२ सालको अन्तर्राष्ट्रिय आर्य महासम्मेलन अक्टुबर २५–२८ चार दिन दिल्लीमा भव्यताका साथ हुने समारोहमा भाग लिन बाराका आर्य समाजका अध्यक्ष विन्देश्वरी आर्यले आर्य समाजका प्रचारक र हामी शुभेच्छुकहरूसँग धेरै दिनदेखि अनुरोध गर्दै आउनुभएको थियो । पहिले–पहिले कलकत्तामा हुने गरेको आर्य सम्मेलनहरूमा पनि भाग लिन जान उहाँले सार्है जोड दिनुभएको थियो । तर त्यस बेला अनुकूल नमिलेको र स्वास्थ्यले साथ नदिएकोले पनि गइएन । यसपटक चाहिं उहाँको आग्रह टार्न सकिएन ।
नेपाल आर्य समाज बाराका अध्यक्ष विन्देश्वरी श्रमजीवी मानिस हुन्, उनी खेतीपाती गरेर, तरकारी बेचेर आफ्नो गुजारा गर्छन् । पण्डितहरूस जो आफूलाई ठूलै सम्झन्छन्, चाहे ती Continue reading
~त्रिभुवनचन्द्र वाग्ले~
भान्सामा कसौडीका कसौडी अभाव पाकिरहेको छ
र केटाकेटीहरू थालथालमा पस्केर खाइरहेका छन् भोक
यो अभाव पाक्ने भान्सामा
यो भोक पस्कने थालमा
पख, पख, पख, बिहान ओर्लनासाथ आँगनमा
मैले धैर्यका सम्बन्धमा एउटा कार्यपत्र पेश गर्नुछ Continue reading
~मनोहर काफ्ले~
दुइ चार रुपिया त के हो र,
हजार पनि झर्छ ,
पाए माग्ने नपाए ठग्ने ,
चोर-चार गर्नु पर्छ
जब आटछ मनले .
भट्टी जानु सट्टा,
आफै किनी ल्याइन्छ ,
पानी थप्नुको साटो
नेट नै चढाइनछ, Continue reading
~भेषराज रिजाल~
जवानी सिउरेको चुल्ठोको त्यो बेणी
नदी भै चुम्यो यो मनको त्रिवेणी
बगुँ कि म पनि छोई सुस्तसुस्त
लुकाउँ छातीमा कि लुकुँ त्यसैभित्र
सधैँ बग यो मुटुमा भई नारायणी
चुमी रहु जीवनका खुसीका त्रिवेणी । Continue reading
~दीपक कुमार ज्ञवाली~
तिमी लजाऊँने कि म लजाऊँने यो परिवेशमा ।
आएकै हो त समय हामी टाढीने यो देशमा ।
कायम रहन सकेन सौहाद्रता हामी नेपालीहरुमा ।
मेटीदोरहेनछ विभेद द्वेश ईर्ष्या लोकतन्त्र आउँदैमा ।
१
तिमी लजाउँने कि म लजाऊँने यो परिवेशमा ।
जात जातको ,भात भातको ,लडाई गराउँदैमा ।
भूगोललाई चिरेर अशंवण्डा लगाउँदा लगाऊँदैमा । Continue reading
~हरी गौतम~
मेरो दिल जिगर किड्नी लिवर हौ तिमी..!!
थाहै नदीई समाउने ममा, फिवर हौ तिमी…!!
विन् तिमी एक-कदम पनी चल्न सक्दीन म
मेरो वडि् पार्टलाई चलाउने ट्रिग्रंर हौ तिमी…!! Continue reading
~सन्तोष चिमरिया~
देबी और सज्जनों !
मै अमिताब बच्चन कौन बनेका प्रधानमन्त्रीमे आप सबका स्वागत कर्ता हुं !
आज हटसिटमे नेपालसे प्राईम मिनिस्टर इन वेटिङ श्री प्रचण्ड जि बिराजमान है । कृपया तालिओं से उनका अभिनन्दन करे ………
“बताईए कैसे लगरहा है प्रचण्ड जि हटसिट मै बिराजमान होके ???” Continue reading
~कमल कुमार~
एउटा पुरानो कविता
लेखिएको थियो बादलको धर्कामा
देखिएको थियो जुनमा
पोखिएको थियो
घाम डुब्नै लाग्दा
क्षितीजभरि
कोरेको थिएँ तिम्रो तस्बिर Continue reading
~चित्तरञ्जन महतो कमकर~
शान्तिको देश थियो
प्रकृतिले भरिपूर्ण
आत्मीयताको भावना थियो
देशभक्तिले सम्पन्न
बुद्धले छरे शान्ति
वीरेन्द्रले चलाए शासन Continue reading
~अजयप्रसाद चौधरी~
धेरै माया र स्नेहले मैले बनाएको थिए
मानिस जातिलाई आफ्नो मनको फूल
तर अहिले मलाई नै चोट पुर्याउने
किन गर्दैछन् त तिनीहरु भूल
आफूलाई जीवन बनाई बनाएका थिए Continue reading
~निर्मोही व्यास~
बैसट्ठी वर्ष लागेको यो वार्धक्य उमेरमा
बग्दै समय—गङ्गाको यो अनन्त प्रवाहमा
पाँचपुस्ते थलाबाट चटक्कै चुँडिईकन
म नयाँ ठाउँमा आएँ जिन्दगानी बिताउन
कठै ! नियतिको भोग यो निष्ठुर विडम्बना
तीनछक्क परेको छु पोख्नै सक्तिन भावना Continue reading
~चंकी श्रेष्ठ ‘अभय’~
मानिसहरूका वाणीबाट
निस्कने फोहोरजस्तै यो देशमा
धेरैधेरै छन् फजुल कुराहरू ।
प्राचीन सहरमा
स्मार्ट सिटीको सपना,
राष्ट्रिय शोकमा
प्रधानमन्त्रीको राजकीय भ्रमण
र, स्वतन्त्र प्रेसको मायाजाल Continue reading
~अकेला यात्री~
के सम्झेर चित्त बुझाउनु
एक्कासि आफ्नो घर हिम पहिरो जस्तो भत्किएपछि ?
कहाँ टेकेर उभिनु यो धरातल नै फाटेपछि ?
सम्झेर चित्त बुझ्दैन आफैँसँग
अनायास ढाँटेर गएपछि
आफैँ जस्तो लाग्ने मान्छेको प्रवृत्तिले ।
आफैँभन्दा बढी विश्वास गरेर Continue reading
~दिनेश अधिकारी~
खुसी छु म आज तिमीभन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै
हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ
कोसँग म हिषु कोसँग रमाऊँ
तिमीलाई भेट्दा हरायो बिरानी Continue reading
~रवि प्राञ्जल~
घाँटी अँठ्याउने हात पनि छ ।
मुटु जलाउने बात पनि छ ।
बताससँग गरेर सन्धि
भर्खर झरेको पात पनि छ । Continue reading
~भीष्म उप्रेती~
पहाड
पहाडजस्तो रहेन अब ।
त्यहाँ वरपीपल हुनुपर्छ सियाँल ताप्न
आस्थाहरू चुलिएर मन्दिर बनेको हुनुपर्छ
र घण्टहरूको ध्वनि, चराहरूको आवाज र खोलीको कुलकुल
एउटा जिउँदो सङ्गीत हुनुपर्छ
मान्छेहरू हिँडेको हुनुपर्छ निर्धक्क
र छायाँजस्तो अघिपछि सँगसँगै हिँड्नुपर्छ प्रेम Continue reading
~कार्तिकेय घिमिरे~
स्थान – एउटा घरको बैठक कोठा
समय – दिउँसो
पात्रहरु
आमा : ३५ वर्षकी अधबैंसे ।
छोरी : ११ वर्षकी ।
(पर्दा खुलेपछि रङ्गमञ्चमा एउटा घरकोे बैठक कोठाको दृष्य देखिन्छ । घरमा कुनै चलहपहल देखिँदैन । बैठक कोठामा आमा पुराना लुगा बोराको थुप्रो छेउमा बसेर ती लुगा पट्याउँदै बोरामा हालिरहेकी हुन्छिन् । त्यसैबेला एउटी ११ वर्षकी छोरीको आगमन हुन्छ ।
छोरी ः आमा ! आमा !! आमा !!! Continue reading
~हरि अधिकारी~
अलि पर, धेरैजना मिलेर ठूलो – ठूलो स्वरमा भजन गरेको कि त असारे दोहरीको भाकामा मन फुकाएर गाएको जस्तो केही लयबद्ध सुनियो ।
त्यतातिर जाउँ – नजाउँ एकछिन मन दोमन भयो । तर एकैछिन मात्र । एकछिनपछि नै मसक्क आँट गरेझैँ ऊ हिँडिहाल्यो । ऊ जति अगाडि बढ्दै गयो त्यो कोलाहलको तरङ्ग पनि बाक्लिँदै गयो । त्यसमा गीतसङ्गीतको कोमल कम्पन हराउँदै गयो र त्यो कसैले बल गरी – गरी रोएको अथवा धेरैजना मिलेर लगातार चिच्याउँदा सुनिने आवाज जस्तो अप्रिय सुनिन थाल्यो । अलि नजिक पुगेपछि त थाहा भइहाल्यो – त्यो स्यापा गर्ने चेलीबेटी रोएको आवाज मात्र रहेछ ।
युवक ! कस्तो पत्ता नपाएको । उसले आफैँसँग ठूलो स्वरमा भन्यो र आफ्नै धज्जी उडाएझैँ तल्लो ओठको देब्रे कुनामा मात्र अलिकति हाँस्यो । वरपर कोही थिएन, आकाशमा भर्खरै मात्र ताराहरू भने अझै टिलपिल – Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
बिस्फारित छाति भित्र
अघोषीत चाहानाहरु लुकाएको थिए ।
एउटा प्रेमीको आडमा,
आत्मबल भरिएको
चिश्चल मुटु फुकाएको थिँए ।
सपनाहरु फिँजाएर,
भबिष्यको गोरेटो निर्माणमा
तिमीबाट,
मातृबात्सल्य खोजेको थिँए ।
म त रहरहरु फुकाउँदै हिड्थे
छाँया,
Continue reading
~कात्यायन~
– अति नै सुन्दर गाउँमा उनीहरू पुगे | मानिसहरू पनि सुन्दर थिए |
– रूख-बिरुवाहरू ढलेका-सोत्राम भएकाथिए |
– नदी-नालाहरू उर्लिएर वस्ती नै उजाड भएकोथियो |
– खडेरीले अन्न-पात सबै झुरुम्म भएकाथिए | Continue reading
डाँडामुनिको ओडार अघिल्तिरको टारी चौरमा त्यस वन र वरपरका पशुहरू एकत्रित भएका थिए । ओडार अघिल्तिरको न्यानो घाममा सिंहसिंहिनी र डमरुहरू थिए । अलि परतिर रहेका बाघ, चितुवा र ब्वाँसाहरू पनि निन्याउरो मुख मुद्रामा गजराजतिर हेरिरहेका थिए । चौरको पल्लोछेउमा गैँडा, अर्ना, भालु र बनेलहरूको जमात थियो । त्यसपछिको लस्करमा थिए मृग, बाह्रसिङ्गा, गाई, घोडाहरू अनि थिए खरायो, दुम्सी, बाँदर, ढेडु, कुकुर, फ्याउरो र न्याउरीमुसाहरू तर कुरौटे स्याल र चञ्चले बाँदरहरू स्थिर थिएनन् । बल्लतल्ल वनमा छाएजस्तो भएको शान्ति फेरि खलबलिएजस्तो भएकोले सोको निदानका लागि छलफल गर्न ती सभामा जुटेका थिए । जन्तुजगत्का बहुसङ्ख्यक प्राणीहरू आक्रोशमा थिए । तिनीहरूको आक्रोश अहिले गजराजउपर थियो । वन्यप्राणीहरूका बीचमा भएको सहमतिलाई गजराजले सुँडझैं घुमाउरो बनाउन थालेको कुरोको भेउ तिनीहरूले पाएका रहेछन् । Continue reading