~दीपक जडित~
म दीपक
तिमीले जलायौ
र जल्दैछु शनै: शनै:
रित्याउँदै आफुलाई
दियालोको तेल जस्तै
छोडेर केहि उज्यालो तिमीलाई
हेर
मेरा ईच्छाहरुको पच्छ्यौरी
लहराएको छु धुँवासँगै
तरँग फैलाउँदै किरणहरुको
मेटीरहेछु
आफुलाई पल पल Continue reading
~दीपक जडित~
म दीपक
तिमीले जलायौ
र जल्दैछु शनै: शनै:
रित्याउँदै आफुलाई
दियालोको तेल जस्तै
छोडेर केहि उज्यालो तिमीलाई
हेर
मेरा ईच्छाहरुको पच्छ्यौरी
लहराएको छु धुँवासँगै
तरँग फैलाउँदै किरणहरुको
मेटीरहेछु
आफुलाई पल पल Continue reading
~शकुन्तला जोशी~
“हामी जस्ता गरीबको जिन्दगी भन्नु त्यो अक्करे भीर जस्तै त हो नि ! सधैं अप्ठ्यारो, जहिल्यै दुःख । तर, तिनै भीरमा हाम्रो पूर्खाको नाभी गाडिएको छ । त्यही भीरका गुराँसमा उनीहरूको रगत फुलिरहेको छ । दुःख भयो भन्दैमा हरेश खानुहुँदैन ।”
दुःखहरूको संग्रह जस्तो अनुहार लिएर सुरुङखिम पारिको अक्करे भीरतिर औंल्याउँदै बोजुले ऊवेला भनेका कुरा अहिले पनि मेरो कानमा ताजै छन् । सदियौंदेखि बगिरहेको इवाखोला जस्तै दुःखको एकोहोरो गतिमा चलेकै थियो हाम्रो जिन्दगी । त्यो परिवेशसँग कसैको गुनासो हुँदैनथ्यो । पुस्तौंदेखि त्यहाँ मान्छेको जीवन त्यसरी नै चल्दै आएको थियो । हाम्रा बाउले पनि विद्रोहको गीत गाएको थाहा छैन । कहिलेकाहीं दुःखले अलल्याएको वेला आमा भने भाग्यसँग बेस्मारी झवाँकिन्थिन् । र, कपाल बाँधिराखेको बर्कोको फेरले आँशु पुछ्थिन् । Continue reading
~मोतिराम भट्ट~
यति सम्म प्रीति गरी गरी न यता भएँ न उता भएँ,
नत मन् लियें नत दीदियें न यता भएँ न उता भएँ ।
नत होस् वासकि राखियो नत फूलको रस चाखियो,
नत याद भो नत स्वाद भो, न यता भएँ न उता भएँ । Continue reading
~रेम राना~
अजंगको शरीर ढल्यो
०६८ भदौरे यामको भेल झै
सीमाको जंगे पिल्लर जस्तै
अजंगको शरीर ढल्यो
प्रकृतिको नियम पनि कस्तो
सोंच्नै नसकिने आकस्मिक घटना जस्तो
चाँदवारीमा बाल्यौ तिमी ज्योति Continue reading
~गोविन्द श्रृङ्खला~
भावनाको आवेगमा पनि अनौठो कुटीलता हुंदो रहेछ । एउटा आत्मीय अन्तरहृदय भित्रको भावनाको पनि अर्थ लगाइदो रहेछ । कसैले नवोलेका र अभिव्यक्त नभएका शव्दहरुको अडकल काटिदो रहेछ । एउटा बिशेष परिस्थिीतीले सिर्जना गरेको समय भित्र कसैले नचाहेर पनि आफ्ना भावनाको उत्सर्ग दिनु पर्दो रहेछ । मेरो जीवनको एउटा यस्तै मोडले बर्तमानका पल पलमा विगतको अदूरदर्शीताको गहिरो छाप छोडिरहेको छ । एउटा त्यस्तो छाप जसलाई मैले चाहेर पनि मेटाउन सकेकी छैन । समयलाई मैले कसरी छोप्न सक्छु ? जुन बिगतलाई मैलै पछ्याउन सकिन त्यसैलाई आधार बनाएर म माथी प्रश्न उठाइदैछ । तर म भने मुक दर्शक बनेर त्यो क्रिया प्रतिक्रिया हेरिरहेकी छु ।अझ भनौ मलाई त्यस प्रक्रियासंग बाध्य बनाइदै छ । मैले यस्तै परिस्थितीको सामना दिन प्रति दिन गरिरहेकी छु र Continue reading
~शिवराज पन्थी~
सूर्य झल्किएला भनेको बस्तीमा
सधै रात भइरहने भो
चाँदनी रातको चन्द्रमा समेत डुबेर
चकमन्नै अँध्यारो भइरहने भयो
ए ! नयाँ नेपालका पहरेदारहरू
सदन र सडक अलपत्र कहिलेसम्म ? Continue reading
~पवन भन्डारी “किरण”~
बसस्टप नजिकै
एकोर्डियन बजाउने
दुःखी बृद्धको कथा
“सब वे” मा
बूढो भ्वायलिन बजाएर
टाइटनिकको धुन बजाउने
बूढी आमैको कथा
म्यानह्याटनका
फराकिला गल्लीहरुमा Continue reading
~Keshab Silwal~
Translated by Yuyutsu Sharma
This is the rose
that a dictator pins on your chest
and numerous dead bodies line up…
People with guts
target people with shining chests.
This is a medal earned
in the name of serving the nation.
Pin as many medals Continue reading
~उमाशङ्कर द्विवेदी~
कुनै नगरमा सोमिलक नाम गरेको एउटा जुलाहा बस्दथियो । ऊ अनेक प्रकारका र· तथा चित्रकारीयुक्त रेशमी वस्त्र बनाउन निपुण थियो । उसले तयार पारेको रेशमी वस्त्र राजा– महाराजा तथा ठूला–ठूला साहू महाजनहरूले किन्ने गर्दथे तर जति राम्रो र· डिजाइनको वस्त्र तयार गरेर बेच्दा पनि बिहान–बेलुकाको छाक टार्ने तथा मोटो खस्रो लाउनेभन्दा बढी धन कमाउन सक्दैनथ्यो । यसविपरीत अन्य साधारण जुलाहाहरूले मोटो–खस्रो वस्त्र बनाएर पनि मनग्य धन कमाउँथे । उनीहरूको समृद्धि तथा आफ्नो विपन्नता देखेर खिन्न भई एक दिन उसले आफ्रनी स्त्रीसित भन्यो–प्रिये, हेर यी मोटो–खस्रो वस्त्र बनाउने कालिगढहरूलाई । राम्रो वस्त्र बनाउन न जानेको भए पनि यिनीहरू कति समृद्ध छन्, म भने सिपालू भएर पनि कति विपन्न छु । यो स्थान मजस्तो गुणी कालिगढको लागि बस्ने खालको छैन । Continue reading
~शर्मिला खड्का दाहाल~
“साहुनी ……..। दुई कप चिया” प्रत्येक दिनको सुर्यादयको पहिलो भुल्काका साथसाथै उसका कानमा प्रतिध्वनित भइरहन्छन्, यी शब्दहरू । यी शब्दहरूसँग उनी निकै अभ्यस्त भइसकेकी छिन् ।
“साहुनी” भन्नेबित्तिकै कहिले उनी आफै “कति कप चिया ? भन्न पुग्छिन् भने कहिलेकाही साहुनीले बनाएको चिया कति मीठो भनिदिँदा फुरुक्क पर्छिन । तर जति मीठो चिया, दूध र चिनीको मिश्रणबाट बनाइएको छ त्यति नै टर्रो छ उनको जीवन । तीस बर्षको फर्केको यौवनमा भारततिर गएर रिकुटे भएको उनको लोग्नेले विधवाको पद उपहार दिइसेकेको छ उसलाई । जेनतेन पहाडबाट आफ्नो भागको सम्पत्ति बेचेर माइतीको आडमा चियापसल राख्न पुगेकी छिन् – निरमाया । छेउछाउमा कार्यलयहरू भएकाले उनको चिया र नास्ता राम्ररी नै बिक्री हुन्छ । यसै पसलको आम्दानीले दुई छोरीलाई सरकारी स्कुल र काखको छोरालाई बोर्डिङ स्कुल लगाइदिएकी छिन् । उनलाई असाध्यै रहर छ , छोरालाई बोडिङ्ग स्कुलमा पढाउने । Continue reading
~लक्की चाैधरी~
मैले बोल्दा, लेख्दा जात देख्छौ
उठ्दा, बस्दा कराउँदा नि जात देख्छौ ।
तिम्रो मथिङ्गल बिग्रेको हो कि मेरो,
सुत्दा, खेल्दा र खाँदा’नि जात देख्छौ ??
हाम्रो बालापनको स्मरण गरौं,
धुलाम्य माटोमा खेल्दाको स्मरण गरौं ।
खोला, तलाउमा सँगै डुबुल्की मार्दा Continue reading
छन्द : स्रग्धरा
उस्तै नै देश देख्दा तन-वदन सबै क्रोधले चूर्ण हुन्छ
नौला नौला हजारौँ यतिउति गरिए भन्नु धिक्कार हुन्छ
देखेथे स्वप्न राम्रो जति पनि जगमा वीर पुर्खाहरूले…
गर्लान् झैँ छैन केही मुलुक हित हुने पूर्ण बाँकी अरूले ।।
कुर्सीको मोह मात्रै रगत जति बगोस् लक्ष्य कुर्सी सदा नै
आफू आफ्नो र आफ्नै मन वचन सबै आफूमै सर्वदा नै
आफ्ना नै मात्र भन्दै मुलुक हित हुने कर्म केही भएनन् Continue reading
~केदार शर्मा~
यसवर्ष
रौरव नर्क बनोस् मेरो देश
चारैतिर कोलाहल मच्चियोस् सजायको
पापी, अपराधीहरूको छट्पटी देखेर
अपराध आफैँ कहालियोस्।
यसवर्ष
मान्छे मार्नेहरूलाई
पछुतो होस्, ग्लानी होस्, अपराधबोध होस् र भइरहोस्
उनीहरूको प्रत्येक निद्रा
ऐँठनबाट खुलोस् Continue reading
~कृष्णप्रसाद कोइराला~
भवानी भिक्षुको परिचय
माता यशोदादेवी कलवार गुप्ता र पिता इन्द्रप्रसाद गुप्ताका माइलो सुपुत्रका रूपमा विक्रम संवत् १९६६ साल जेठ २१ बिहीबारका दिन लुम्बिनी अञ्चल कपिलवस्तु जिल्लाको तौलिहवामा जन्मिएका भवानी भिक्षु आधुनिक नेपाली कथाको फाँटमा गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद कोइरालापछिका तेस्रा हस्ताक्षर हुन्।् । भिक्षुको खास नाम नोहरराम गुप्ता हो, उनी सानामा रोगी थिए । घरको कहालीलाग्दो आर्थिक अवस्थाका कारण उनी वाल्यकालमा झोक्राएर नै बामे सरे । त्यसैताका उनलाई शितला माई (बिफर)ले आक्रान्त बनायो । त्यसै बिमारले उनी थला परे । त्यसपछि उनकी आमा उनकै गाउँ तौलिहवाको कालीमन्दिरमा पुगेर आर्तपुकारा गर्न थालिन्, ‘हे साक्षात् देवी ! मेरो छोरोलाई केही नहोस्, चिरञ्जीवी होस् ।’ Continue reading
~तोयराज कोइराला~
वि.सं. २००२ साल चैत्र– २८ गते जनकपुर अञ्चलको रामेछाप जिल्लाको मन्थलीमा जन्मेका निबन्धकार जगदीश घिमिरे अचेल काठमाडौं चोभारको आÇनै घरमा बस्छन् । समाजशास्त्र र जनसङÑख्या विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिएका घिमिरे उनकै प्रकाशित कृतिका आधारमा हेर्दा उच्च वर्गीय परिवारका व्यक्तिका रूपमा चिनिन्छन् । उपन्यास, कथा, निबन्ध (आत्मालाप), नाटक, कविता आदि विधामा सफल रूपमा कलम चलाएका घिमिरे आधुनिक नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । यिनको लेखनकलाको उच्च मूल्याङ्गन गर्दै उनको “अन्तर्मनको यात्रा ”२०६४ (आत्मालाप )कृतिका लागि उनलाई मदन पुरस्कारले सम्मान गरेको छ । उनको लेखनशैली अत्यन्त सरल, रोचक र प्रभावशाली रहेको देखिन्छ ।
स्वभाव निबन्ध सन्दर्भ Continue reading
~लेखनाथ काफ्ले ‘राजन’~
तीज को लहर
माइत जाने रहर
आउ नाचौ दिदीबहिनी दिलै खोलेर
घरधन्दा सधैभरी दु:खकस्ठ झेल्नुछ
आउ गाऔ सङीनी हो दिलैखोलेर
रातो साडी लगाकी छु
बुट्टे चोली साथमा Continue reading
~दिनेशराज पुरी~
अज्ञात बस्तु खित्खितायो हामीले खेति गर्दा सानु ।
काँडाहरु उम्रिएछन फूल भनि छर्दा सानु ।।
सपनीमा कस्ले थिच्यो बोल्न पनि गाह्रो पर्यो ।
भैसीँ रैछ लगारेछु आङ समाती चर्दा सानु ।। Continue reading
~गोपालप्रसाद पौडेल~
बल्ल पढ्न गाथें राम्रै भाको थ्यो
बानी राम्रो भन्थे इज्जत आको थ्यो
घरको काम गर्दा मज्जा आको थ्यो
बाबुआमा हामि सङ्गै सुख भाको थ्यो ।।
विदेशमा जाने सपना देख्न थालेथें
ठुलो रकम रिण गरि तेतै हालेथें Continue reading
~‘इखालु’ रमेश गेलाल~
बिपनी मै छाडे पछी सपनीमा आउँछ्यौ किन ?
जता जता छायाँ मेरो उतै उतै धाउँछौ किन ?
एकै नदि दुइ किनार पारी मलाई गए पछी
नदी बिचमै मलाई डुवाई डुङ्गा तिमी ख्याउँछौ किन ? Continue reading
~सुको साइबर~
मैले कोरेको अक्षरको आँखामा
तिमी
निर्वस्त्र निदाउन सक्छ्यौ
मैले उघारेको आँखाको आकाशमा
बिनापखेटा रहर पुगुन्जेल
उड्न सक्छ्यौ Continue reading
~राई रमेश “गाउले”~
संझन्छु म बालापन,कपुरी क पढेको
हैट घोडा हैट भन्दै,आपाको काध चढेको
सिन्काउली,डण्डीवियो,चोर पुलिस खेल्दा
घुडा माथी चोट छनी,त्यसैवेला लडेको Continue reading
~राकेश कार्की~
बिदेशीसँग माया बसे पछि
यस्तै भो मायामा फसे पछि
नजिक गई ब्युटीफुल भन्छु
दश थरी मेक्अप् घसे पछि Continue reading
~निशा खनाल अर्याल~
समय परिवर्तनशिल छ । सायद त्यसैले होला ,बिहान उदाउने सुर्यले बालक कालको अनुभूति दिन्छ । सुर्योदयको न्यानो ताप जन्मदाको सानो बालकलाई काखमा लिदा,जस्तै सुन्दर गर्व र आनन्दको अनुभूति दिने गर्दछ । जीवनका तिता मिठा पलहरु संग बढ्दै गएको उमेर दिउसोको चढ्दै गएको चर्को घाम र भर्भराउदो जवानी उमेरलाई सुर्यको दिउसोको कडा तापले हामीलाई प्रत्यक्ष उदाहरण दिदै जीवनको महत्व याद गराई रहेको हुन्छ । ,
त्यसैगर…दिन ढल्दै जाने समय संग क्रमश: ढल्कँदै जाने बुढेश काललाई र अंधकार भएर सुर्यास्त हुने समयलाई मृत्यु सँग सामिप्य देखाई रहेको हुन्छ । आखिर समयले कसैलाई पर्खदैन रहेछ । जन्मनु, बढ्नु र बुड़ो हुनु प्रकृतिले हामीलाई यसरी दीइ रहेको संकेत उदाहरणीय छ । जसरी बिहान, दिउसो अनि रात्री प Continue reading
~इद्रिस सायल~
आखिर एक दिन म हिंडिहालेँ, औषधी गराउन । मसँगै भिनाजु मैकुशेख पनि जानुभएको थियो । उहाँ विदेशबाट फर्केको मुस्किलले एक साता भएको थियो ।
भिनाजुलाईं बुवाआमाले नै पठाउनुभएको थियो र पैसा पनि उहाँलाईं नै दिनुभएको थियो, औषधी खर्च ! म आफ्नै भुलक्कड बानीका कारण पैसा आफ्नो साथमा लिन मानेको थिइनँ । कारण, बहराइनजस्तो शहरमा पाकेटमाराको बिगबिगि सजिलै देख्न सकिन्छ ।
खाना अलि चाँडै पाक्यो, बिहानै ! खाना खाएर हामी हिंडिहाल्यौँ तर रुपईडिहामा पुगेर टेनमा बस्ने धन्दा गरेनौं । हामी सिधै बसपार्कमा पुग्यौं र एउटा मेल बसमा बस्यौं । टेनमा बस्न घण्टौं कुर्नुपर्ने, समयमा पुग्न ग्यारेन्टी पनि नहुने, झन गाडी लेट भएमा त कामै नबन्ने, त्यत्तिकै फर्कनुपर्ने । यस्तै झन्झटबाट बच्न हामी टेनमा बसेनौं, बसमा बस्यौं । हुन त टनमा बस्दा एउटा फाइदा पनि हुने रहेछ त्यो हो सस्तो भाडा ! बहराइचसम्मको जम्मा भाडा Continue reading
~के.आर.बिबश राङ्खानी~
मर्नु परे देशमै मरौ देशकै नाम लिए हुन्छ
देशले चाहे मेरो बली हासी-हासी दिए हुन्छ
रुदिनन मेरी आमा नेपालीकी छोरी उनी
एक,दुई शब्द इतीहासमा मेरा नामले सिए हुन्छ Continue reading
~म. बि. बि. शाह~
लोलाएका ती ठूला तिम्रा दुई नजरले
हेरिदिए मलाई चाहिन्न अर्को केही
सौभाग्यशाली औठी तिम्रो त्यो हातको भै
स्पर्शमात्र पाए चाहिन्न अर्को केही Continue reading
~मोहन आचार्य जलद~
(कुण्डली देखाएर बिबाह गरेर के गर्नु ? उ त अर्कैलाई लिएर कुलेलम ठोकेछ हेर्नु न मेरो दशा ? कोही छ ? मेरो कुरा सुन्ने ?? सुन्तलीले आक्रोश पोख्दै भनि …
दाताराम चुपचाप हेर्दै नहेरी आफ्नो बाटो लागे गाउलेहरु सुन्तलीको लोग्नेदेखि आजित थिए के भन्नु घरायसी मामिला थियो त्यो (घर एक प्रकारले अर्कै भएको थियो दिनको 2 बजी सकेको थियो अझै खाना पाकेको थिएन / सानो छोरो सन्जिब भोकले रुदै थियो ठुलो छोरो प्रताप रंजुको घरमा आफ्नो बाबालाई देखेर छक्कै परयो Continue reading
~पस्मिना बस्नेत~
मलाइ मेरा कथाहरुले सुत्न दिएनन्, मलाइ मेरा सपनाहरुले ब्युउझाईरहे, भन्न मन लाग्यो छाती खोलेर , धक फुकाएर जति लुकाउन भन्दा नि लुकेनन , जति छोपु भन्दा नि झन् माथि-२ आए याद हरु यी-छिप्पिंदै गएका रातहरु संगै उठेका धेरै उनुत्तरित प्रश्नको उत्तर खोज्दा खोज्दै….
रात निकै बिती सकेछन यहि सुन्य रात संगै बढेको चिसो हावाको स्प Continue reading
~बच्चु कैलाश~
मेरो मनको मधुर गीतमा तिम्रो सङ्गीत बजिरहोस्
उर्लिरहोस् प्रीति हृदयमा जीवन आशा छल्किरहोस् ।।
मेरो प्यारको नयाँ मुनामा तिम्रो माया बिन्दु परोस्
निर्मल नीलो आकाश झैं हाम्रो माया विशाल होस् ।। Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
१.
सगुन ! ए….. सऽऽगुन !
“हेर तिम्रो लागी केही लेराएको छु” ।
“सगुन हेर तिम्रो लागी केही लेराएको छु”। मैले फेरी भने उसले नसुनेको हुनाले ।
“तिमी आएको ?” उसले पछाडी र्फकेर मलाई हेरी तर धेरै पछी मलाई देख्दा पनी उसमा कुनै उत्तेजना थिएन ।
हेर तिम्रो लागी के लेराएको छु ? मैले सबै सामान छेउमा फालेर उ तिर दौडीए । उसको नजिक पुगेर उसलाई Continue reading
फूर्र फूर्र उड्दै आउँछन् दुइटा साना चरी
मेरो घरको दलानमा बस्छन् डेरा गरी
एक्लै होइन दुबै मिली घुर्र्यान बटुलेर
बनाउंछौं गुंड भन्छन् मेरै कोठा निर।
जीवन साथी होलान् दुबै मिली काम गर्छन्
घुर्र्यान सबै फालि दिए फेरि खोजि ल्याउँछन्
जति पटक धपाए नि फर्की आउँछन् फेरी Continue reading