सुनुवार भाषी कविता : हुँग्रो हेम्सलो

~डा.लाल श्याँकारेलु रापचा~Dr Lal Shyaankarelu Rapchaa

सइनेस मोइतिन …
कला, रोँप नु नारनेपिकीम्
ओँत्थ किराँत देँशा
नउरान पशोमेरे
आँइ जिकीपुरखीके खप कोँइचवान
मुलाति ‘सुनकोशी’ के हुँग्रो दुम्शोमेरे
नेल्लेन गो कोँइचपुकी हुँग्रो दुम्तकः ।

गिममि द निअ्सी खोइल थेनथेन
बाअ्त हनाइयो Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गीत : सपना भुलाई सारा

~शिव अधिकारी~

सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ

जनम जनम नभुल्ने आँखा लिएर जाऊ
एक सुर बाँसुरीको विन्ती सुनेर जाऊ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : वनतन्त्र

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

मानवबस्तीमा नियमित भइरहेका खैलाबैला, अनेक रङतरङ र उतारचढावका घटनाले उनीहरुमा पनि पलपल चेतना थपिँदो छ । जागरण पलाउँदो छ । प्रत्यक्ष रुपमा भाषा नबुझे पनि मानवीय हाउभाउ, चिच्याहट, भाषणबाजी, नारा, जुलुस, आपसी वैमनस्यता आदि क्रियाकलापको मनोबिज्ञानमार्पmत् उनीहरु आफ्नै किसिमबाट परिस्थितिको आकलन गरिरहेका छन् । यी कुरा बस्तीका मानवले पटक्कै चाल पाएका छैनन् । चाल पाउने हो भने यी आपैmँ चकित पर्ने छन् । हाम्रो जागरण अभियानले यी पशुपन्छीमा पनि यत्रो प्रभाव ! यिनीहरु पनि यत्तिको बुझक्कड !! भनेर तीनछक पर्नेछन् ।

हो, अहिले वनजङ्गलका पशुपन्छीहरुमा पनि एक किसिमको जागरण आएको छ । खैलाबैला सुरु भएको छ । स्वतन्त्रताका कुरा उठेका छन् । आपसी मतभेद र मेलमिलापका कुरा कोट्टिएका छन् । जातीय पहिचानका कुरा छलफलमा छन् । आफ्नै भविष्य र भावी पुस्ताको चिन्ता बढेको छ । मानव भनाउँदाहरुबाट सृष्टिको आदिकालदेखि हुँदै आएको शोषण, अत्याचार, अनादर, असुरक्षा आदिबाट कसरी मुक्ति पाउने भत्रे प्रश्न चर्को रुपमा तेर्सिएको छ उनीहरुका सामु । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : भित्ता हुनुको बेदना

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

असिमित रंगिन सपनाहरु वुनिएका
शहरको छाडा गुलियो स्वाद पल्काउन
केहि नक्कली उज्यालो भविष्यहरु
लाम लागेर
तांती लागेर
रित्तो पेटहरु उबारेर वसेका गाउँमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कोठी भित्रको डाको

~ढक बहादुर बस्नेत ‘आकाश’~Dhak Bahadur Basnet - Akaash

पर्खालभित्र टुहुरि चरि कल्पन्छु हेहरि,
पाकेर आयो पीरको पिलो निचरौ के गरि ?
ए नानि कान्छा ! कलेजा खान्छ सुन्दैनौ पुकार,
जवानी बेचि पाल्नु रे पेट छोडेर घरबार !!

मनको ईच्छा पुर्याउनु पर्ने बिलासि साढेको,
को छर चोखो यो गाई गोठमा सिल्लीले भाडेको !
नाग्गा र बुग्गा तस्बीर जम्मै कामना बढाउने, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अराजक प्रेम

~नवीन प्यासी~nabin-pyaasi

म जासुस प्रेमको चिहानमाथि सुतेको एउटा प्रेमी
उठेर यो चिहानबाट
म दुनियाँको एउटा यस्तो प्रतिबन्धित बाटोमा हिँड्न चाहन्छु
जहाँ तिमी र मलाई मात्र हिँड्ने छुट होस्,
जहाँ तिम्रो सुगन्ध चोर्ने बतासको हातमा हतकडी होस्,
जहाँ तिम्रो सुन्दरता चाहिने फूलहरू हिरासतमा होऊन्,
जहाँ तिम्रो मुस्कान कुरिरहेको क्षितिजमा अँध्यारो छाइसकेको होस् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जवानीमा म भुल्दैछु

~पदम गौतम~

जता हेर्यो त्यतै राम्रो, जवानीमा म भुल्दैछु
कथा देख्दैछु आखाँमा, र नानीमा म भुल्दैछु

दिएकैथेँ भएसम्मै, तिमीले हात थाप्दामा
दिएँ सारा र बाँकी जिन्दगानीमा म भुल्दैछु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : खोला

~छविलाल कोपिला~chhabilal-kopila

मेरो घरको छेउमै बग्ने खोला
छङ–छङ बग्ने खोला
अनि, मीठो निद्रसंगै सुसाउने खोला
होे, उही खोलामा
ढुङ्गासंगै कति आनन्दसित पानी खेल्छन्
पानीसंगै मिलेर बालुवाहरु पनि खेल्छन्
त्यस्तै कैयौं वनस्पति÷कैयौं जीवहरु पनि,
यसरी,
ऊ हजारौकों भविष्य लेखिरहन्छ संधै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : एउटी अनुत्तीर्ण सरस्वती

~हरिहर तिमिल्सिना~

‘यसका आँखा लाटोकोसेरोका जस्ता छन्, ए लाटो !’ पाउरोटीजस्ता पुक्क गाला भएको हेर्दैमा डरलाग्दो एउटा केटो बोल्यो। ‘होइन, हेर् न यसका आँखा बिरालाका जस्ता छन्, ए लोर्के बिरालो !’ अर्को बोल्यो।’होइन होइन यसको टाउकोमा सिङ उम्रिएको रहेछ, ए बाख्रा !’ त्यसपछि केके केके। सरस्वती मावि थाकलमाथ भक्तपुरको कक्षा ३ मा छिरेको पहिलो दिन साथीहरूले मेरो दस न्वारान गरे।

पुच्छर हालिदिने, चिमोट्ने, घुच्याउने त कति कति। मेरा आँखा चिसा भइसकेका थिए। रुवाइ घाँटीमा आएर बसिसकेको थियो। मेरा कान्छा अंकल जसलाई म सानाबा भन्थेँ, मलाई कक्षामा हुलेर कता हराउनुभयो कता। सायद उहाँ त्यस्तै ४, ५ कक्षा कतिमा पढ्नुहुन्थ्यो। चिडियाघरमा ल्याइएको नयाँ जनावरझैं सैको नजर मैतिर। न मास्टर आउँछन् न आफूले चिनेको कोही । सबैले ताली पिट्दै बाँदर… बाँदर… भनेर मेरो वरिपरि घुम्न थाले। आफूलाई हालेको पुच्छर झिकेर डल्लो पार्दै फालिदिएँ मैले । परिस्थितिले सीमा नाघेपछि मेरो मुख उघ्रियो Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : खयरको रक्सी

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

मूलघाटबाट उकालो जाँदाजाँदै गाडीको इन्जिन बढी तातिएकोले एक्कैछिन बिसायौँ । चैतको महिना भएकोले कतै हरियो-परियो देखिँदैन, रूख-बिरुवा पाउलो फेर्न लागेको समय हो यो । वारिपारि सबैतिर हेर्दा सुख्खा-पेङ्खर मरुभूमिजस्तो देखिन्छ ।

खोइऽऽयस्तो सुख्खा वञ्जड ठाउँमा के उत्पादन गरेर देश धनी बन्ला र कुँडिएको मनले साइला बरालले Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : कुरा फेरि रक्सीकै

~सुरेस खनाल~

जब तिमी,
सुस्तरी मेरो यादमा आउँछौ,
सुकेका मेरा आँखामा मुल फुट्छन्,
र मेरो अगाडि भएको रक्सिको गिलाँसमा,
म त्यसलाई भर्न खोज्छु!
अचानक झस्किन्छु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मरेको मान्छेको नाममा खानेहरू

~ध्रुब सापकोटा~

लेखनाथ कागजमा मरेको छ । उसको मृत्युको, प्रमाणपत्र घरमा राखिएको छ । व्यवहारमा भने त्यस्तो छैन । लेखनाथ ज्यूँदै छ । मेरो सामुन्नेमा बसेको छ । मलाई उसको नाम सम्झन गाह्रो भयो । अनुहार सम्झन गाह्रो भएन । मैले लेखनाथलाई आˆनो बैठक कोठामा बोलाएँ ।

-म लेखनाथ । चिन्नुभएन ? लेखनाथले भन्यो ।

-पन्ध्र वर्षअघि मैले लेखनाथलाई लण्डनमा भेटेको थिएँ । उ त्यहाँ विगत पाँच वर्षदेखि बसिरहेको थियो । बीस वर्षअघि लेखनाथ लण्डन गएको थियो । उ सरकारी कर्मचारी थियो । सेमिनारमा भाग लिन उ लण्डन गएको थियो । विभिन्न देशका कर्मचारी सेमिनारपश्चात् सबै आ-आˆनो देश फर्किए । लेखनाथ फर्किएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो अपहरण

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

कसैले मलाई दागा धर्यो
र, मेरो अपहरण गर्यो
दस लाख फिरौती माग्यो
र, मैले दिन सकिनँ
अब मेरो हालत के हुन्छ !
अचेल म-
यस्तो सोचमा अल्झेको छु !
म किन अपहरण हुने ?
आफैँलाई सोधिरहेँछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रेस्पेक्ट

~योगेन पौडेल~

“अमेरीकामा ह्याँ जस्तो हैन, मान्छेले मान्छेलाई सम्मान गर्छन् बुझ्नु भो, ‘रेस्पेक्ट’ गर्छन् ‘रेस्पेक्ट’, ‘नट लाईक हियर’ ”। त्यसै त अमेरीकाबाट आएको, ‘स्कच’को पाँचौँ ‘लार्ज पेग’पछि अँग्रेजी बोल्नु उसको ‘जन्मसिद्ध अधिकार’ हुने नै भयो। आज अघिदेखी नै अमेरीका र यहाँको ‘पोल्टिक्स’ ‘मोरल भ्यालु’, ‘सोसल सेक्युरिटि’, ‘सिष्टम’, सडक, ‘पब्लीक’, ‘धुवाँ-धुलो’, ‘नोईज पोलुसन’ आदिको तुलना बुझ्दा-बुझ्दा अरू धेरै कुरा बुझ्ने काम झन्झटिलो लाग्दैथ्यो। बरू उसैको पैसामा शुरुमा ‘चिकेन’ मो:मो एक प्लेट बुझीसकेपछी दोश्रो प्लेट ‘चिकेन रोष्ट’ सँग ‘स्कच’को तेस्रो ‘लार्ज पेग’ बुझ्ने प्रयासले चाँहि आज सरीर र आत्मा दुबै धेरैदिन पछी सन्तुष्ट थिए। सन्तुष्ट Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पिडित शोसित नेपालीको डायरी

~मदन बज्रचार्य~

कलमले होईन आँसुले लेखियका छन् यो “डायरी”
उनीहरुको आफ्नै भाषा र लिपि र संस्कृति थियो
गुन्द्रु र कोदो फापर भय पनि खान पायकै थियो
घर छाप्रो नभयका “ओडार” पनि घरै जस्तो थियो
यक्लै सुत्नुपर्ने पनि समाजमा मिलेरै बसेको थियो/

यकायक कतै बात मिल्न होईन जित्न खोज्ने पसे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : केही पात्रहरूमाथि अन्याय भएजस्तो लाग्छ – डा.ध्रुवचन्द्र गौतम

~मनोज न्यौपाने~manoj-neupane

वि.सं. २००० सालमा वीरगञ्जमा जन्मनुभएका ध्रुवचन्द्र गौतमको कविता विधामार्फत् साहित्यमा प्रवेश वि.सं. २०२० मा रुपरेखामा प्रकाशित ‘तथस्टता ः असफलता’ शीर्षकको कविताबाट भए पनि उपन्यासमा प्रवेश चाहिँ २०२४ सालमा रुपरेखामै प्रकाशित ‘अन्त्यपछि’ उपन्यासबाट भएको हो । मधुपर्क मासिकको पहिलो अङ्कमै उहाँको ‘सङ्कट’ शीर्षकको कथा प्रकाशित भएको हो । उहाँका हालसम्म एक्काइसवटा उपन्यास कृति प्रकाशित भइसकेका छन् । यसबाहेक चारवटा उपन्यासकृति सहलेखनमा प्रकाशित छन् । अहिले उहाँ आफ्नो बाइसौँ उपन्यास ‘साताँै ऋतु’ को तयारीमा हुनुहुन्छ । उपन्यासकार गौतमसँग मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको उपन्यास वार्ता ः

उपन्यासलाई कसरी परिभाषित गर्नुहुन्छ ? Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : गोले झान्क्री

~घिमिरे युवराज ‘कर्जुना’~

ढ्याङ ढ्याङ ढ्याङ
ढ्याङ ढ्याङ ढ्याङ
हन मन हन मन हन मन
आज अचानक आफ्नै मन्त्रले काम गरेन
मेरो यो झान्क्री ढ्याङ्ग्रोले किन
कुनै प्रेतलाई भागाएन ?
ढ्याङ ढ्याङ ढ्याङ…
मसानघाटमा बसेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पोलिस

~प्रतिभा गौतम~

पार्किङलटबाट निस्किंदै गर्दा ऑंखाहरु हातको घडीसम्म पुगे । घडीले सधैंझैं बिहानको ६:४० बजाएको थियो । काम सात बजेबाट सुरु भएपनि २०-२५ मिनेट पहिला पुग्नु, कफी पिउँदै एकछिन फोनमा अल्मलिनु, कहिले-कहिले बैंककै बगलमा रहेको पार्कमा बरालिनु अनि एकछिन साथीहरुसँग गफिनु मेरो दैनिकी नै हो ।

पार्किङलटबाट कार्यालयको ढोकातिर लम्कँदै गर्दा आप्रवासी झैं देखिने एउटा भलादमी मान्छेले ढोका खोलेर पर्खिरहेको देखें । उस्का ऑंखा ठुला र फिक्का खैरा थिए । कपाल न त पुरै खैरो थियो न त पुरै कालो नै । उचाई मध्यम थियो । उतिर फर्केर मुसुक्क मुस्कुदाउँदै पाइला अली छिटो बढाएँ । मुस्कानसँगै बिहानी अभिवादन पनि आपसमा दुवैले साट्यौं । ढोकाबाट निस्किएपछी फेरी भेटौंला तपॉंईको दिन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सकिनँ मन पराउन

~जयराज भट्टराई~Jayraj Bhattarai

घरले– मन पराउन सकेन
मनले– मन नपराउन सकेन
तिमीलाई ।

मन,
कुराहरु छन् बोल्दैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : कहिले इज्जत गाँस्ने ?

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

हामी सबै एउटै ड्याङका भ्यान्टा आलु मुला
गुन्द्रुक सिन्की भएका छौँ केको साना ठूला

देशको सान इज्जत जहिले उठ्छ विशाल छाती
मातृभूमि नहँसाइ हुन्नौं कहिल्यै माथि Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : आमाको गुनासो

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

‘सन्तानले माया मारे’ आमाको गुनासो
‘छोटाहरुले हेप्न थाले’ लामाको गुनासो

बिचरा यो चखेवाको के हालत हुनेहोला
‘म त बरै डुब्न थाले’ सामाको गुनासो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : सडक र विद्यार्थी

~रञ्जुश्री पराजुली~Ranjushree Parajuli

रीता चार कक्षामा पढ्दथी । उसको स्कुल घर नजिकै भएकोले हिडेरै जान्थी । घर नजिकै भएका सबै केटाकेटी हिँडेरै स्कुल जान्थे । उनीहरुलाई स्कुलमा गुरुमाले अनि घरमा अभिभावकले “चारै तिर हेरेर मात्र बाटो काट्नु है” भनेका थिए । त्यसैले स्कुल नजिकै पुगेपछि जेब्राक्रसिङ्गबाट होशियारीकासाथ बाटो काट्दथे । रीतालाई बाबाले जेब्राक्रसिङ्गवारे सबैथोक बताएका थिए । “जेब्राक्रसिङ्ग भनेको बाटो काट्ने ठाउँ हो । सडकमा कालो र सेतो मोटो धर्साले चिन्ह लगाएर बनाएको ठाउँलाई संसारभरि जेब्राक्रसिङ्ग भनिन्छ । जेब्रा एकप्रकारको चारखुट्टे जङ्गली जनावर हो । यो जनावरको शरीर कालो र सेतो रौंको धर्साले ढाकिएको हुन्छ । बाटो काट्ने ठाउँको सडकमा त्यस्तै रङ्ग लगाएको हुन्छ भनेर ।

धेरै सवारी साधन गुड्ने सडकमा बाटो काट्नको लागि ठाउँ ठाउँमा जेब्राक्रसिङ्ग चिन्ह कोरिएको हुन्छ । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीति कविता : आकाशले

~कृष्ण वस्ती~Krishna Wasti_1

आकाशले धरतीलाई नछोएकै जाती ।
रोई-रोई पिरतीलाई नधोएकै जाती ।।

नराखे’नि हुन्छ मलाई मनमा सजाएर ।
गाइदिए पुग्छ मलाई गीत बनाएर ।। Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : फूल

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

फक्रेको वैंश
भरिलो सुवास
मदमस्त यौवन
जिउभरी बसन्त
आहा!
अतुलनीय
ए फूल,
सहज नतमस्तक
म त
तिम्रो नजिकमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मीठो सहानुभुति

~आचार्य प्रभा~acharya Prabha

सहानुभुतिका शब्दहरु देउ तिमी
तर —झुठो आश्वसन् दिएर
भ्रममा नफसाउ कसैलाई पनि /
तिम्रो मीठो सहानुभुति
कसैको बाँच्ने आधार बन्न सक्छ भने
तिम्रो झुठो आश्वसन
कसैको जीवनको समाप्ती पनि हुन सक्छ /
मान्छे भन्नु नै ,
आशा अनी निराशाको संयोजनमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देशभक्तीको गुञ्जन झूटा साबित भो

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

देशभक्तीको गुञ्जन आज झूटा साबित भो ।
राष्ट्र निर्माताको शालिक फोर्दै अराजक स्थापीत भो ।
कुन हो हाम्रो राष्ट्रिय पोशाक कुन हो राष्ट्रिय दिन ।
कुहीरोको कागमझैं भए नेपाली ,भविष्य अन्धकार भो ।
बखानगर्छाैे त्याग बलिदानको भन्छौ अग्रगामी ।
मातृभूमिको छातिमा टेकी बिदेशीे एजेण्डा स्थापित भो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Essay : The Box

~Bikrant Koirala~Bikrant Koirala

Cigarettes, televisions, shoes and perhaps in some cultures dead bodies too, they all have their own boxes. Some are small, some bulky, some may be black and some white. Despite of their physical attributes, they all are boxes and they all tend to keep the things in them aloof and unharmed. And there are certain types that cannot be seen, nor do they have any colour or fixed shape and size. But they still are boxes and contain the most amazing, the consciousness of the universe – the life itself. Continue reading →

Posted in Essay | Tagged | Leave a comment

कविता : घाउहरू कोट्याउँदा

~भेषराज रिजाल~

पल्टाउँदै जाँदा डायरीका पानाहरू
छातीभित्रका घाउका खाटाहरू
उप्काउँदै गएजस्तो लाग्छ
पल्टाउँदै जाँदा अतीतका पाटाहरू
देखेर अन्तरमनका दुख्ने घाउहरू
जिन्दगी नै भेट्टाएजस्तो लाग्छ ।
जिन्दगी एउटा घाउ हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेवारी कविता : पोखरा-यात्रा

~नारायणदेवी श्रेष्ठ~narayandevi-shrestha

अहा ! पोखरा गुली जक बांला: !

गगनचुम्बी च्वय् सुवर्ण मुकुट
माछापुच्छ्रे विशाल हिमाल ,
क्वय् च्वन चकना: फेवाताल
स्व:स्व:थाय् तक वाउँगु पर्वत ।
निर्झर नदीया भव्य मुहान
प्रकृतियागु सौन्दर्य अपार ।

अहा ! पोखरा गुली जक बांला: ! Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

लघुकथा : परिस्थिति

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

रमेश एक निर्दोष व्यक्ति हुन्छ । उसको दाजु राजु चाही अरुलाई ठग्ने गर्दछ । अर्काको घरमा गएर पैसा मलाई चाहियो भनेर सापटी माग्दै हिँड्ने गर्दछ । तर त्यो सापटी लिएको पैसा अरुलाई फर्काउने भने गर्दैनथ्यो ।

एकदिन रमेश एउटा आफन्तको घरमा पुग्दछ । रमेश जुन दिन आफन्तको घरमा पुगेको हुन्छ त्यही दिन त्यस घरमा चोर आएर सामानहरु चोरेर लगेको हुन्छ । आफन्त प्रहरी कार्यालयमा सामान चोरी भएको भन्ने बारेमा रिपोर्ट दिन जान्छ र प्रहरीले त्यो दिन तपाईको घरमा को को आएका थिए भनेर सोध्दछन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : शरणार्थी रहर

~डा. दुबसु क्षेत्री~dubasu-chhetri

आँखाहरूमा अचेल कुनै समवेदना बिझाउँदैन
खुसी या जितहरूका समाचारले पनि मन रिझाउँदैन
बत्ती या गुलुबहरूले
पुतली टाँसेजस्तो मन अचेल सौन्दर्य समाउँदैन
रहर अब जहरजस्तै भइसकेछ
सुन्दरताका भाखाहरूमा, मुटु हेर्ने पाखाहरूमा पनि मन रमाउँदैन

पत्रहरूमा अक्षर भरी भरी यौवन पठाएकी रहिछ्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मंगलरामको झोला

~श्याम साह~Shyam Shah

असनपुरमा मंगलरामको पाँच बिघा खेत थियो । पूरै एक कट्ठामा घर र पाँच कट्ठाको करेसाबारी थियो । नागेसर नामको मुसहर स्थायी हरवाह थियो । मंगलरामकी श्रीमतीको खास नाम शुभद्रा भए पनि सबैले मंगला भनेर बोलाउँदा बोलाउँदै मंगली बनाइदिएका थिए ।

मंगलरामले गरीबी नदेखेको हैन । उसको बुबाले मर्नु भन्दा अगाडि घर र पाँच कट्ठा बारी बाहेक सबै जुवाको खालमा सकेको थियो । उनले जीवनभरमा एउटै मात्र राम्रो काम गरेका थिए– मंगलराम र मंगलीको बिहा । बिहा पछि नै मंगलरामको उन्नति भयो । साह्रै लच्छिनकी मंगली काममा मरिहत्ते गर्थी । पाँच कट्ठा बारीमा तरकारी फलाएर उसले लोग्नेलाई पाँच वर्षमा पाँचै बिघा खेतको मालिक बनाइदिई । पहिलो वर्ष बडो रहर लाग्दो छोरा पनि भएको थियो, तर निकै अप्ठ्यारोसँग । मंगलराम अरू पनि छोरा चाहन्थ्यो, तर लाहानको डाक्टरले अब बच्चा जन्माउँदा मंगलीको ज्यान खतरामा पर्ने बताएपछि उसले त्यसबारे सोच्नै छाडिदिएको थियो । छोरालाई उसले गोलबजारको बोर्डिङ स्कूलमा भर्ना गरेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment