कविता : प्रगतिपथ

~विप्लप प्रतीक~biplav-prateek

म नहुँदै अर्थात् मेरो जन्म नहुँदै
यो संसारमा केके भइसकेथ्यो
असभ्य मानिसहरू सभ्य भइसकेका थिए
ढुङ्गे युगबाट मानिस
वैज्ञानिक युगमा प्रवेश गरिसकेथ्यो
जहाज बनिसकेथ्यो
बिजुली, फोन, बन्दुक, बम बनिसकेथे
मानिसले सयौं युद्ध लडिसकेथ्यो
नयाँ हतियार, औजार र उपकरण बनाइसकेथ्यो
शहरहरू ध्वस्त पारी
शहरहरू निर्माण पनि गरिसकेको थियो ।

म जब यात्रामा थिएँ
शून्यदेखि पृथ्वीसम्मको लामो यात्रामा
न्रि्रामा लीन थिएँ- ब्यूँझएिँ केही बेर
र केही बेरपछि पस्नेछु महान्रि्रामा
फेरि र्फकने छैन यही प्रान्तमा ।

थाहा छ म नहुँदै र भएपछि झैँ
म गएपछि पनि
मान्छे विकासपथमै हुनेछन्
सभ्यताको शिखर चढ्नेछन्
ठूलाले सानालाई डसी नै रहेका हुनेछन्
शक्तिवान्ले अशक्तलाई चुसी नै रहेका हुनेछन्
मालिक हुनेछ, दास हुनेछन्
धनवान् हुनेछन्, निर्धन रहनेछन्
निरङ्कुश पनि हुनेछ, व्रि्रोहीहरू पनि हुनेछन्
अट्टहास गुञ्जिरहनेछ, आँसु बगिरहनेछ
चित्रकार कृति बनाइरहनेछ, गायक गीत गाइरहनेछ
कवि लेखिरहनेछ कविता
कानहरू बन्द भइरहनेछन्
मगज कुहिँदै कुहिँदै गइरहनेछर्
दर्शन, धर्ममा परिणत हुँदै असङ्ख्य देउताहरू जन्मिरहनेछन्
मानिसहरू सभ्यताको मार्गमा
झन् झन् कुद्नेछन्
विकासपथमा नै रहनेछ मानिस
तबसम्म
जबसम्म आफ्नो घरलाई ध्वस्त पार्दैन मान्छेले
जबसम्म विभेदको पर्खालले
पृथ्वीलाई चिरा चिरा पार्दैन मान्छेले
जबसम्म धुलोपीठो भएर
पृथ्वीको खरानी विर्सर्जित हुँदैन अन्तरिक्षमा
तबसम्म मान्छे सभ्यताको उत्कर्षा लम्किरहनेछ
मान्छे विकासपथमा अविचलित रहनेछ ।

(स्रोत : हिमाल खबर)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.