~केडी रेम्नीसीङ~
चाक्चाकुरपी ताम्पालो रेउ रेउमे तुम्पालो,
लालीमायो आप्पु ङालीलपा छुम्पायो ।
भांग्राम फेङ्गा खाम्पा लुक्स्पा रिम्चिप आस्कै,
माकुलुङमी तेमेछास् उतो ङाल्लप दात्कै ।।
खुलु खुम्सुम रिसिवा हन्ना केइया युक्साम्के, Continue reading
~केडी रेम्नीसीङ~
चाक्चाकुरपी ताम्पालो रेउ रेउमे तुम्पालो,
लालीमायो आप्पु ङालीलपा छुम्पायो ।
भांग्राम फेङ्गा खाम्पा लुक्स्पा रिम्चिप आस्कै,
माकुलुङमी तेमेछास् उतो ङाल्लप दात्कै ।।
खुलु खुम्सुम रिसिवा हन्ना केइया युक्साम्के, Continue reading
~भेषराज रिजाल~
गोठीकाँडाका रमणीय डाँडाकाँडा हेर्दै सिद्धपाइला पुगेपछि एकछिन रोकिएर हेरेथ्यौँ सुर्खेती सेरोफेरो । समथर सुर्खेत उपत्यका नियाल्दै टिपेथेँ मैले दुईचार थुङ्गा गुराँस । गुराँसको रङ जीवनको रङ जस्तै लाग्छ मलाई । सलक्क परेका हरिया पातसितको गुराँसको थुङ्गो समातेपछि कलम कापी निकाल्न मन लागेथ्यो मलाई । र, सोचेथेँ मनमनै, मेरो उमङ्ग र उत्साह त प्रकृतिको उपहार पो रहेछ ! ‘स्वच्छन्दरूपमा प्रकृति विचरण गर्न पाए कलुषित सहरले दागेको मनको चोट पनि निको हुने रहेछ’, आकासस्पर्श गरिरहेका डाँडाकाँडाहरूसँग साउती गरेथेँ मैले ।
राता नाङ्ला, रानीमत्ता र गुराँसेका डाँडैडाँडा कुद्दा पारिपारि हिमाल छरिए अग्ला चुचुराहरूमा । निश्दाग प्रकृति हेर्ने चाहनामा भने ठेस लागिरहेथ्यो । जताततै देखिएथ्यो अतिक्रमित प्रकृति । वनजङ्गल मासिइरहेछ । भत्किरहेका पाखाहरूमा झन् बढिरहेछ मान्छेको विध्वंश । आयातित प्लास्टिक, Continue reading
~प्रकाश स्याङ्बो~
बयस्क उमेरमा प्रवेश गरेकी शिक्षित परिवारमा हुर्केको सपना एकदिन बिदेश बाट आएकी फुपुको घरमा पुग्छिन फुपु उनको लागि चिया बनाउन किचनमा जादा सपनाले यौन कथाहरुको म्याकजिन भेट्छ,उनले म्याकजिन भित्रको उत्तेजक तस्बिर र यौन कथा पढ्दै गर्दा उनको फूपू आइपुग्छिन् सपना रातोपिरो हुँदै किताब लुकाउछिन् तर फुपुले नै ल्याएको किताब भएकोले फुपुले ´अप्ठ्यारो मान्न पर्दैन`भन्दै छेउमा बस्छिन्। उनीहरु बिच केहीबेर कुराकानी हुन्छ त्यपछि फुपुले आफ्नो पर्सबाट चिप्स निकालेर मोबाइलमा लगाउदै निलो फिल्म देखाइदिन्छिन्। विभिन्न पोजिसनका सेक्स क्रियाकलाप हेरेर सपना निकै उत्तेजित हुन्छिन् त्यसपछि उनी आफ्नो घर फर्किन्छिन्। Continue reading
~दिनेशराज पुरी~
आउ, उठ मुक्ति खोज्दै जुटौँ सबै सर्बहारा,
आफ्ना शर्त पूरा गर्न संघर्षको लाऔँ नारा ।।
किन गरीब ओइली झर्ने रु धनी फुल्ने आकाशमा,
समान रुपले प्रकाश छर्ने उस्तै हुन जुनतारा ।। Continue reading
~छत्र के सी~
त्यो काले मोरो कस्तो कस्तो ?
अनुहार हेर्यो शिशाको लिपि जस्तो
रूपरङ्ग हेर्यो बौलाहाको ढिपी जस्तो
जाँघ हेर्दा चिसोचिसो हिउँ जस्तो
बेहोरा हेर्दा भएभरका बङ्गगारा झारिदिउँ जस्तो Continue reading
~शान्ति शाह~
को हो रे को हो
मुटुमा मेरो माया भै बसेको
जहाँ नै जाऊँ जिन्दगी भरि छायाँ भई बसेको ।
झसङ्ग पार्ने एकान्त ठाऊँमा कोइलीको स्वरमा
पिरती लाउने बिहानी पख फूलेको फूलमा Continue reading
~श्यामदास वैष्णव~
कोयली गाउला बन गुञ्जाउला
हाय हाय हाय
निष्ठुरीको सम्झनालाई सम्झाई
मन मेरो रुवाऊला
बन गुञ्जाउला
गइ गइन् निठुरी बन्दै
हाय हाय गइ गइन् निठुरी बन्दै । Continue reading
~नरदेन रुम्बा~
हार लगाई हारहरुको बाँच्न चाहने मान्छे
संसार सित साइनो आफ्नै गाँस्न चाहने मान्छे
एक छेउ जीवन छ अर्को छेउ बाँच्न चाहने मान्छे
आश अधुरो बास अधुरो यहाँ धेरै मधुमास अधुरो Continue reading
~बिना थिङ तामाङ~
……अन्त्यमा मैले छोडिदिंए उस्लाई ।
लेख्न के नै बाँकी रह्यो र अब ।अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि । तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म त्यो घामको न्यानो रापमा सेकिनबाट बञ्चित हुँला तर म त्यो उज्यालो हेर्न र महशुस गर्न सक्छु अध्याँरो बस्तीमा बसेर पनि ।
हो यहि प्रयाप्त हुनेछ किनकी एउटा शरीरको लागि तीन बित्ता जमिन भए पुग्छ पुरै ब्रम्हाम्ड चाहिदैंन । यहि सिदान्तमा अडिएर जीवन निर्वाह गर्ने हो भने पक्कै पनि जीवनले आफ्नो सार भेट्नेछ हैन भने कुनै दिन म पनि सडक र गल्ली गल्ली घुमिहिड्नेछु ‘पागल’को उपनाम भिरेर ।
त्यसो भए किन नलेख्ने? लेख्छु। त्यसको लागि मात्र मन् हुनुपर्छ जुन मसंग Continue reading
~नारायण पोखरेल~
गजब छ ,
कहिले कता जान्छ ,
कहिले कता ,
आखिर सोँच नै त हो ,
कहिले उहि बचपना मा भेटिन्छु त ,
कहिले वयस्क भएर भेटिन्छु ,
कहिले कुनै आकर्षक स्त्रीको
हात समातेर हिडिरहेको हुन्छु , Continue reading
~प्रभा कैनी~
उपन्यास अनावृतमा डा. गोविन्दराज भट्टराईले लेख्नुभएको भूमिकाको छोटो अंश
अनावृत छ अँध्यारो जीवन यहाँ उज्यालो खोजीमा
–डा. गोविन्दराज भट्टराई
लेखकसितको भेट र नारी प्रसङ्ग
दसैंतिहारको बिदा थियो, म गीता केशरीको बदलिँदो क्षितिज पढिसक्तै थिएँ । त्यसमा प्रतिध्वनित नयाँ समय र नयाँ कुराको खोजीले मलाई छोयो । यतिबेला नारी सर्जकहरू नयाँ मान्यताको खोजी र स्थापनामा आफैँ लागि परेको समय हो । उनीहरू कष्टकर अतीतबाट बिउँझेर, पुराना छेकबारहरू भत्काउन थालेको समय हो । वैश्विक चेतनाको प्रवाहले, देशको सामाजिक परिवर्तनले, शिक्षाले, अन्य क्षेत्रमा आएको व्यापक परिवर्तनले हाम्रा लेखक प्रभावित छन्, नारी लेखक विशेष प्रभावित छन् । ती अब नयाँ समाजको लागि, नयाँ समयको लागि बोल्न–लेख्न थालेका छन् ।
मलाई गीताकेशरीले उठाएका निम्न वर्गका नारी पात्रले छोए । ठिक यसैबेला आइपुगिन प्रभा कैनी । उमेर Continue reading
~कमल सरोवर~
घरी प्यारले घरी तरवारले हिर्काउछन्
हिर्काउन पनि अनेक प्रकारले हिर्काउछन्
अरे यार कसरी चित्त बुझ्छ मेरो गाउँलाई??
घरीघरी तिम्रै शहर बजारले हिर्काउछन्
कमजोर सोचिरहेँ तगडा होला सोचिएन
काँडा भन्दानि फूल कडा होला सोचिएन Continue reading
~प्रमोद अधिकारी~
मेरो कला
भ्रममा रमाउने
त्यती नै हो मसँग भएको ।
एक्लो म
हज्जारौँ माइल
बाइक यात्रामा
म पछिको रित्तो सिट
सुन्यतामा पनि
कल्पित तिम्रो प्रतिबिम्ब
मुसुक–मुसुक मुस्कानमा Continue reading
~पद्मप्रसाद शर्मा~
विनोद आफूलाई राम्रो ब्यक्तित्व भएको व्यक्तिको रुपमा सम्झन्छन् । उनले आफ्ना सबै क्रियाकलाप देशभक्तिपूर्ण र जनताका निम्ति भएको ठान्छन् । आफूले रोजेको विचार र सिद्धान्त जनमुक्तिका खातिर हुन् भनेर ब्याख्या गर्छन् ।
विनोदमात्र होइन उनको पूरै जमात आफ्नो विचारमा नआउनेलाई या त प्रतिक्रियावादी ठान्छन् या त प्रतिगामी ठान्छन् । यस्ता शब्दालंकार प्रयोग गर्न लागेको केही समय बित्यो । Continue reading
~दीपक ‘दर्पण’ रावत~
भए पनि नहुने नभए पनि नहुने यो जात ! नपाउँदासम्म तात्तिने पाएपछि मात्तिने । कैले दंग तिन छक्क पार्ने भने कहिले तालुबाट पसिना निकाल्दिने अचम्मको जात ।
विभिन्न विज्ञहरुका श्रीमतीप्रति विचार भिन्न–भिन्न होलान् तर मलाइ के लाग्छ भने विश्वका श्रीमती आफ्ना श्रीमान्हरुको तवला बजाउनै जन्मेका हुन् । नेपालीमा एउटा भनाइ छ– ‘नेपाली वीरको छोरी शिर चढाउन सक्ला तर शिर कसैसामु झुकाउन सक्दैन । तर यो भनाइमा नून पुगेझंै मलाई लाग्दैन किनभने कहीं नझुकेको शिर आफ्नी श्रीमतीका अगाडि झुकेको कैंयौं पाइन्छ । यदि श्रीमतीको अर्थ तपाइँहरुले बुझ्नुभा छैन भने म तपाइँहरुलाई बुझ्ने तरीका सिकाइदिन्छु । यो श्रीमती भन्ने पञ्चड भएको मोटर Continue reading
~हरी गौतम~
आफ्नै घरको जमीन छोडी, शहर तिर किन सर्यौ ..!!
हलो-जुगां गरी बरु लाग्छ गाँउ मै खेती गर्यौ..!!
हिंडे मात्र हुन्न हजुर, गन्तव्य मै पुग्नुपर्छ..
वीच बाटो मै फस्न किन जानी जानी जघांर तर्यौ..!! Continue reading
~देबेन्द्र बस्याल~
पहराको छोरो म
पहरामै रम्न पाउँ
छहराको सन्तान म
छहरामै खेल्न पाउँ
वन पाखामा खेलेर
कन्दमुल खाएर
छहरा र पहरासंग Continue reading
~रवि प्राञ्जल~
उद्विग्न छन् हृदय मेरा तिमीभित्र खेल्न ।
मन-गङ्गाका लहरमा तिमीलाई हेल्न ।
गहन भो भावनामा पौडी हृदयाञ्चल
बर्से सारा अश्रुधारा काँपे दृगञ्चल । Continue reading
~भिम बहादुर थापा~
असामान्य
अलिक अपत्यारिलो
तर, अनायास
उसको सानो प्रगतिमा
सामान्य पदारोहणमा
केही नौलो?
केही नयाँ?
ब्यग्र आँखा अघि- Continue reading
~निश्चल काउचा~
७० दशक पार गरेकी मसिनीदेवीको पाटी र खरीले बारेको झिगटीले छाएको सानो झुप्रो छ । उनको सम्पत्तिको नाममा त्यहि एउटा झुप्रो हो । १४ बर्ष मै उनको बिहे भएको थियो । बिहे पछि उनको २ वटा लालाबाला पनि नभएका होईनन । ४५ साल अघि नै औलोको रुपमा आई निष्ठुरी दैवले टपक्क टिपेर लगेको थियो । त्यती बेला उनिहरुलाई पर्नु पीर परेको थियो ।
अर्काकोमा निमेकमा खेताला, हली गरेर भए पनि जीवन गुजारा चलेकै थियो । फोहोर साल जीवनमा सुख दु:ख Continue reading
~रुमानी राई~
हाम्रै अनुमतिमा
हाम्रै भर्याङ् टेकेर
हाम्रै सपना बोकेर
एकहुल बुख्याँचाहरु
भ्र्खरै,
उकालो चढे
र,अहिले उनिहरु
आधार शिविरमा छन्
र,विस्मृत झैं
आक्रोसित छन् एकार्कामा Continue reading
~प्रदीप नेपाल~
लेखनीको थालनी नै पुरस्कार प्राप्तिबाट भएको हुनाले लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने ज्ञानचेतना मभित्र हुर्किएकै थियो। गाउँकै सरस्वती मिडिल स्कुलमा पढथेँ म। कथाकार परशु प्रधान हुनुहुन्थ्यो हाम्रो स्कुलको हेड सर। पहिलोपटक तीन क्लासमा पढ्दा हुनुपर्छ, मैले एउटा कविता वाचन गरेको थिएँ, शुक्रबारे कार्यक्रममा। कविताको शीर्षक थियो सुन्दर हिमाल। परशु सरले धाप मार्दै आशीर्वाद दिनुभयो र आठपाने कापी पनि पुरस्कार दिनुभयो।
अनि त के थियो? कविता लेख्दा कापी पुरस्कार पाइने ज्ञान प्राप्त भएपछि म लागेँ कविता लेख्न धस्सिएर। यसरी साहित्य र पुरस्कार जोडिएका थिए मेरो मानसमा। Continue reading
~थरि कयाबा~
शि बाअक दिथ बाअकि लनि केाँ ?
राकाअान कलि पासेकुसे सेनिदे ?
किपशुरङा अँक केालगि नुममेनु ,
नादेा सुनि मैजा जिमनि केाँ?
अइ अयिँ ममा ?
कुरेा नाइलुमि नाशतिनि केाँ ? Continue reading
~बसन्त लोहनी~
बन्दुकाको निसाना लाग्दा लाग्दा
रक्ताम्मे भएको मन
अब नदुख्ने भइसकेको छ
त्यसैले चरैतिरबाट निसाना दागिरहेका
तिनका हातहरु थरथर काम्न थालेका छन्
जब एउटा फूलमा Continue reading
~म. बि. बि. शाह~
भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल
ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा
दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल Continue reading
~बच्चु कैलाश~
म फूल होइन मानिस भएँ विरह बोल्दछु
शीतको थोपा पर्दैन ममाम आँशु खोल्दछु ।
दिल हो मेरो अल्झिन्छ कहिँ
कहिँ खान्छ ठक्कर
झन चोट खान्छ झन् हु्न्छ कोमल Continue reading
~अनुप्रिया गौतम~
प्रेममा समर्पण होस् त यस्तो…… उनि भन्दै थिइन त्यसपछि जीवनमा मैले अर्कोलाई रोजिन …..
सुन्दर जीवनको परिकल्पना कसले गरेको हुन्न ! राम्रो लाउने, घुम्ने, पाए कारै चड्न पाए हुन्थियो । शान सँग हिड्न पाए हुन्थियो । टल्केको जुत्ता सँग हिड्दा सबैको नजर आफैतिर परोस, बोल्दा सबैका कान ठाडा ह उ न अनि हास्दा सृष्टि हासुन । आहा ! कस्तो हुन्थियो होला ।
केहि गरेर नाम, दाम, शान अनि मान कमाउन कसलाई मन पर्दैन र ! सबैलाई पर्छ हो साच्चै पर्छ । मलाइ पनि परेको थियो त्यसैले त मेरा हरेक सपना आफ्ना लाग्दथे । एक्लो छोरी आमा बा Continue reading
~अम्बिका कार्की~
मलाई माया गर्ने पति पाउँदा हर्ष विभोर थियँ उ जागिरे थिए म भने घर बसेर बुढा भएको सासू ससुराको स्याहार सम्हार र घरको रेखदेख गर्थें दिनेश प्रत्येक पन्ध्र दिनमा घर आउने गर्दथे घर आउँदा एउटा झोला सकि नसकी बोकेर ल्याउँथे ।गाउँघर तिर साथी संङ्गी सबैले जिस्क्याउँथे। ” लक्ष्मी तँ कति भाग्यमानी होस् ।दिनेशले घर आउँदा झोलाभरी सामान ल्याउँछ ।तँलाई के ल्याईदियो नि?” तर म भित्र दिनदिनै पीडा थपिएको कुरा मेरा संङ्गिलाई के थाहा? उ प्रत्येक पटक घर आउँदा परिवर्तन थियो ।पन्ध्र दिनमा घर आउँदा धुनको लागि झोला भरी मैला कपडा बोकेर आउँथे ।घर आएर पनि फोनमा झुण्डिएर बस्थ्यो।
एकदिनको कुरा हो मैले उसलाई बोलाएँ ” दिनेश सुनन ” उ सिरियस बिरामी झैं बन्यो र भन्यो ” Continue reading
~सरला अर्याल~
जिन्दगीका बाटा कती बदलिए, समयले कती काचुली फेर्यो तर सानै देखी आमाको हात समाउदैइ साझ पख एक-डेढ घन्टा हिड्न लागेकोबानी अहिले सम्म पनि चलिरहेको थियो ।
देश छोडी बिदेश, बिदेश पछी स्वदेश र जती नै बेफुर्सद हुँदा पनि साझ पखको एक -डेढ घन्टा आफ्नो लागी मिलाएकै हुन्थे । यसरी साझमा हिड्ने बानिले आफु स्वस्थ्य रहन सहयोग पुराएको आभास हुने र निकै सन्तुस्टी मिल्ने भएकोले निरन्तरता दिन चाहानु स्वभाबिक नै थियो | पछिल्लो दिनहरुमा अलि धेरै कामको ब्यस्तताले गर्दा निस्चित समय र एउटै गन्तब्य (बाटो) लाई निरन्तर पछाएकी थिए । Continue reading
~उमाशङ्कर द्विवेदी~
कुनै शहरमा धर्म बुद्धि र पाप बुद्धि नाम गरेका दुई मित्रहरू बस्दथे । त्यसमध्ये पाप बुद्धिले एकदिन मनमा विचार गर्यो– “म मूर्ख तथा दरिद्र छु । अत: यस धर्म बुद्धिको साथमा लागेर विदेश जानुपर्छ तथा त्यसको प्रभावले धनापार्जन गर्नुपर्दछ । अन्तमा त्यसको कमाइलाई पनि ठगेर जीवन सुखी बनाउनु पर्दछ ।” यति कुरा मनमा विचार गरेर अर्को दिन ऊ धर्म बुद्धिको घरमा गएर भन्यो– “मित्र वृद्धावस्थामा हामीले जीवनको कुन कुरा सम्झिने ? विदेशको विभिन्न वस्तु तथा दृश्यहरूलाई देखेनौं भने आफ्ना बालबच्चाहरूलाई कुन कथाहरू सुनाउने ? यस पृथ्वीमा जन्मेर जसले अनेक भाषा र भेषको जानकारी पाएन त्यसको जन्म व्यर्थ हुन्छ । वस्तुत: त्यसको जन्म ग्रहण गर्नु नै निष्फल भएर जान्छ ।”
पाप बुद्धिको त्यस्तो कुरा सुनेर धर्म बुद्धि प्रसन्न भयो तथा उसको साथमा विदेश जान तयार भयो । Continue reading
~किरण खरेल~
हृदय भरीको मेरो शुभकामना तिमीलाई
मेरो उमेर लिएर तिमी धेरै बर्ष बाँच
म तिम्रो आँसी लिन्छु, तिमी सुख सँग हाँस ।।
हिजोको दिन बिती सक्यो, हिजो त एक काहानी हो
आजै हामी बाँच्नु पर्छ, यो आउने बिहानी हो Continue reading