~निभा शाह~
आइतेकै रगत पसिनाले
देश बन्छ,
आइतेको देश कहाँ छ ?
आइतेको देश सिँहदरबार भित्र छ, भनु भने,
आइतेकी जोइ, मर्दा
आइते कात्रो किन्न नसकेर,
मुग्लान पस्यो की
बागमति पस्यो,
आइतेको कुनै खोजखबर Continue reading
~निभा शाह~
आइतेकै रगत पसिनाले
देश बन्छ,
आइतेको देश कहाँ छ ?
आइतेको देश सिँहदरबार भित्र छ, भनु भने,
आइतेकी जोइ, मर्दा
आइते कात्रो किन्न नसकेर,
मुग्लान पस्यो की
बागमति पस्यो,
आइतेको कुनै खोजखबर Continue reading
~अशोक ‘खलानको मान्छे’~
उनको लावन्डेताले फुलको सुन्दरतालाई पनी जितेको थियो!
चन्चल सुकुमार हाशोले फुलको शुवास लाई पनी जितेको थियो!!
फुल राम्रो की उनि,छुट्याउनै मुस्किल गुरासै गालामा फुली दिदा!
सिर-बन्दिमा छोपेको सिउदो बादल जस्तो केश खुलेको थियो!! Continue reading
~नारायण पोखरेल~
म आफुलाई
आफ्नै बाटोहरुमा
डोराउने मान्छे !
म अरुका कुराहरुमा भुल्दैन ,
अरुले दिएका लालचमा झुल्दैन ,
एउटा अटल स्वभाव भएको मान्छे Continue reading
~मदन राई ‘लामाखुले’~
कैलेकाही त,
च्याङ्गवाको मन भताभुङ्ग फाट्छ
कुईरोमा अलमलिन्छ उस्को मन
धेरै टाढा.. टाढा सम्म डुलेर,
फेरी चौंरीको आङ्गमा ठोकिन्छ उस्काआँखा,
अनि हिमाल देखी पनि पारी.. सम्म Continue reading
~हरिहर तिमिल्सिना~
ऊ हो मेरो जीवन सहारा र त म बगाउँछु प्रेमधारा अनवरत, अनन्त उसमाथि। म उसलाई अँगाल्न मन पराउँछु र सुकोमल हातहरूले उसको टाउको र अङ्गप्रत्यङ्ग मुसार्छु कृतकृत्य मनले। चुमिदिन्छु उसलाई छातीमा टाँसेर उसका ओठ, अधर र नजरहरू। ऊ खुसी भएर स्वीकृतिका दृष्टिहरू फ्याँक्छ मतिर र अघि बढ्छ, म लुरुलुरू उसको पछि लाग्छु।
जीवनका मोडहरूमा अनेकौँ यात्रीहरू आए गए तर ऊ… ऊ… मुटुभन्दा प्यारो छ। उसलाई जति अँगालो हाले पनि मुटुको कुवा भरिँदैन, जति चुम्बन गरे पनि मनको प्यास बुझ्दैन। म अनुगृहीत हुन्छु ऊप्रति र कहिले Continue reading
~रमेश भट्टराई ‘सहृदयी’~
तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखती भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ । भूबनोटको पृथक कलासङ्गम नेपालभूमिका पर्वत लहरमा अर्थतन्त्रको जग छ । श्रद्धा र प्रेम द्रवित भएर मेचीदेखि महाकाली बगेका छन् । झरनाका आभुषणले रजनी बाधा हटाउने दिव्य ज्योति जादुको सामर्थ्य लुकाएको छ । हिमाली शिरताजको हिम स्वच्छताले मितेरी गाँस्ने पर्वतीय कथासँग शिव पार्वतीको अकाट्य नाता घनिभूत भइरहन्छ । समथर फाँटमा सीता र जनकको आदर्श भाव प्रवाहित छ । प्रकृतिको विलक्षण कला सङ्गम नेपाली वक्षस्थल Continue reading
~चूडा निर्भीक~
छन्द : शार्दूलविक्रीडित
माटो जीवन हो यथार्थ पनि हो यो मृत्युको जन्मको ।
माटो अन्न र सास दिन्छ नि सदा माटो त सर्वस्व हो ।।
माटो यो कविता कथा गजल हो माटो रह्यो मुक्तक ।
माटो काव्य बनेर फुट्छ कविको साहित्यको चिन्तक ।।
माटाको गुणगान गर्छु म यहाँ प्यारो छ यो प्राण झैं ।
माटो सृष्टि गरेर दिन्छ सबमा खाना यहाँ स्वादकै ।।
माटाको हररात देख्छु सपना संसार निर्माणमा ।
माटै खेल्दछु साथमा र विपना भैदिन्छ सत्मार्गमा ।। Continue reading
~भरत मरहठ्ठा~
छोरीलाई बोर्डिंङ् पुर्याउन सुनिता तयार भैसक्दा बाउले घरबारी बैंकमा धरौटी राखेर किनिदिएको मोटरसाइकल हुइक्याउदै ऊ आइपुग्छ l
“ल ल नानु बस l” आफ्नै छोरीलाई भने झैँ भन्छ l
“अंकललाई राम्रोसंग समाउ है l” सुनिता बाइकको पछाडी छोरीलाई हालीदिन्छे l फर्कन ज्यादै हतार भएझैँ मोटरसाइकल रफ्तारसंग हुइकिन्छ l
“ओ हो बाबु ! नानीलाई पुर्र्याएर कति चाडै फर्किनु भाको त? तपाई त सुपरम्यान नै हो कि क्या हो! ल कफी पिउनुस l” सुनिता प्रशंशा गर्छे l
“सुपरम्यान जे कुरामा पनि सुपर नै छैन र भाउजू?” Continue reading
उ रातका अन्तिम प्रहरमा खुइय सुस्केरा काड्दै भन्छ।
” मलाई थाहा छ म तँलाई माया गर्दिन। तर एउटा प्रश्नले मलाई पिरोल्छ सँधै, तँ मलाई माया गर्छेस् कि गर्दिनस् !”
म उत्तर खोज्छु। भेट्दिन, अनि जवाफ फर्काउँछु ।
“मैले माया के हो कहिल्यै थाहा पाइन, मैले त जे गरेँ मात्र सम्झौता गरेँ !” Continue reading
~शर्मिला खड्का दाहाल~
तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने खबर तीन महिना अघि नै चारैतिर फैलिसकेको थियो । अझ म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजू, ठूलोबुवा-ठूलीआमा, सानोबुवा-सानीआमा आदिलाई गच्छेअनुसारको उपहार ल्याएकी थिए । आफूभन्दा सानालाई भागअनुसारको भागबण्डा लगाइदिएकी थिएँ । विदेशी साडी, घडी, खेलौना, कपडामा खुसीहरू साटिएका थिए । त्यो दिनभर घरका कुना कुनामा खुसी र उमङ्गका लहरहरू फैलिएको थियो । विदेशी गफ र फोटोहरूमा घडीको सुई चलिरहेको थियो ।
लोग्नेमान्छे खलक मेरो श्रीमानसँग र स्वास्नीमान्छे खलक मसँग गप्फिन व्यस्त थिए । मेरी काखकी छोरीले झन् Continue reading
~भेषराज रिजाल~
तिमी थियौ आभास थिएन
स्पर्श थियो विश्वास थिएन
थाहा भयो बल्ल आज –
चड्डा उडिरहँदा,
प्राण कमजोर धागोमा रहेछ
बसिरहेछु चिसो काली किनार Continue reading
~सञ्जय बिष्ट~
आजसम्ममा भिन्ना-भिन्नै दुईवटा कारणले, भिन्ना-भिन्नै दुईवटा शैलीमा, दुईपल्ट देखेँ मैले भाउजू रोएकी। नयॉं सुन्ने, नयॉं बुझ्ने र नयॉं हेर्ने इच्छाको तर म सानै थिएँ त्यो समय। ठुलो सॉंझ परिसकेको थियो, आमाहरूले थाहा पाएर कुरा गरेको सुन्दा। भात पस्की आमाले। चुह्लाको छेउमा आमाकै छेउमा बसेर खाई सकेर हेर्ने इच्छाको म ओछ्यानमा पसेँ। रातभरि निद्राले खोसेपछि त्यो इच्छा भोलिपल्ट बिहानै ब्युझेको मलाई फकाई दिएकी थिई।हिजो ठुलो सॉंझको इच्छाकै भएर मैले आमालाई सोधेको थिएँ,
‘‘जाऊँ आमा?’’
‘‘पर्दैन इत्रु भएर,’’ एघारको म इत्रु नै थिएछु। Continue reading
~Yuyutsu Sharma~
Laxmi Lekali
sister of our butchered dreams
Laxmi Lekali
the foolish cops who conspired
to dictate awe of your slogans
who plotted to smash the heightened pagodas Continue reading
~धनराज गिरी~
“ए भाइ एउटा रोयल स्टेग ल्याऊ ।” एउटा ठिटो कथाकार, सोमरस ऊमाथि हावी भइसकेको छ । चारघण्टा अघिदेखि कथाकारहरूको टोली यो भट्टीमा सुरापान गरिरहेका छन् ।
“त्यो साले मण्डले पनि कथाकार अरे । आफ्नै साथीलाई समीक्षा गराएर आफूलाई महान् आख्यानकारमा दर्ज गराउन तम्सिएको छ । त्यस्तो पनि कथा हुन्छ ।” मात्तिएको स्वरमा अलि प्रौढ देखिने अर्को कथाकार । भट्टीमा काम गर्ने केटो अघिको माग पूरा गरेर फर्किन लाग्छ । अर्को लर्बराएको स्वरमा मागपत्र पेस गर्दछ, ‘भाइ, Continue reading
~सुवासचन्द्र ढुङ्गेल~
धेरै माथि उडेपछि सिनोमा आँखा पर्नु हुन्न
फाइदाको कुरो देख्यो कि तलतल झर्नु हुन्न ।
सम्पत्ति सबैलाई चाहिन्छ जिन्दगी बाँच्नलाई
तर पैसाका लागि बजारमा नाम छर्नु हुन्न । Continue reading
~बुद्धिसागर~
बसमा
अगाडिपट्ट, आमाको काखमा उफ्रिंदै
मुस्कुराइरहेको बालकलाई
आँखा झिम्काउँदै
मुस्कुराइदिनू,
त्यही मेरो
कलिलो मुस्कान हुनेछ ।
बाटोमा Continue reading
~विजय सागर~
रातको दस बजी सक्दा पनि ऐलिना घर आईपुगेकी थिइन् । श्यामप्रसाद निरौला र उनकी पत्नी राधा भित्र भित्र डरले काँपी रहेका थिए ।
श्यामप्रसादले पटक पटक ऐलिनाको मोबाइलमा ‘कल’ गर्दा मोबाइल उठ्दैनथ्यो ।
दाजु हरिप्रसादको एकलौटी सन्तान ऐलिना बी.बी.एस. पढ्न काठमाण्डौ श्यामप्रसादकोमा बसेकी थिई । Continue reading
छेत्रीको कुलमा जन्म लिएर पनि धर्मकर्मका विषयमा कुलबहादुर आधुनिक ‘जात’ का ब्राह्मणका त के कुरा ! राम्रै नाम चलेका मै हूँ भत्रे पुराना ‘कर्म’ का पण्डितहरुलाई पनि आच्छुआच्छु पार्थे । परम्परादेखि चलिआएको रीतिरिवाजमा उनी अडिग थिए । धर्मकर्ममा उनको ठूलो विश्वास थियो । कसैको केही बिगार गर्दैनथे । कसैलाई भनी बिझाउँदैनथे । पाप चिताउँदैनथे । उनले गर्ने नित्यकर्म, सामाजिक व्यवहार आदिलाई नियाल्दा उनलाई ‘जात’ को छेत्री, ‘कर्म’ को ब्राह्मण भन्दा हुन्थ्यो । त्यसै भएर पनि उनलाई कसैले कहिल्यै छेत्रीको छोरो सम्झेर व्यवहार गरेनन् ।
तुलसीको मठ वरिपरि राम्रोसँग गाईको गोबरले हरियो बनाएर लिपिएको थियो । पूर्वतिर सिरान बनाएर बूढालाई सुताइएको थियो । घरपरिवार र आफन्तजनले बेलाबेलामा तुलसीजल खुवाइरहेका थिए । बूढा Continue reading
~डा. खगेन्द्रप्रसाद लुइटेल~
१. परिचय
ससाना टुक्रे राज्यहरूलाई एकीकरण गरी आधुनिक विशाल नेपालको निर्माण गर्ने पृथ्वीनारायण शाह (१७७९–१८३१) को भूमिका नेपालको इतिहासमा महŒवपूर्ण रहेको छ । विगत केही समयदेखि नेपाल राज्यका एकीकरणकर्ता पृथ्वीनारायण शाहका सालिकसमेत तोडेर अनि राष्ट्रिय एकता दिवस हटाएर यिनको राष्ट्रनिर्माणको गौरवमय कार्यलाई अपमानित गरेको पाइन्छ । विनिर्माणवादीले निर्माणवादीप्रति गरिएको यस्तो व्यवहारले सिङ्गो नेपाली जातिकै सिर निहुरिएको छ । पृथ्वीनारायण शाहलाई आÇनो देशमा सालिकसमेत तोडेर अनि राष्ट्रिय एकता दिवस हटाएर चरम अपमान गरिरहेकै बेला यसै पङ्क्तिकारद्वारा भारतको गौहाटी विश्वविद्यालयमा यिनको दिव्योपदेश एम.ए. नेपालीको पाठ्यक्रममा Continue reading
~अमर त्यागी~
देशमा चर्केको द्वन्द्वको फाइदा उठाउँदै उनी द्वन्द्वपीडितको रूपमा शरणार्थी भएर सपनाको देशतिर बसाईँ गए।
जीवनका सम्पूर्ण श्रम,सीप र ऊर्जा उतै खर्च गरे।अहिले वृध्द र अशक्त अवस्थामा आफ्नै देशमा शरणार्थी Continue reading
~बिकिरण~
साँझको समय थियो, भींड चाही केको थियो याद भएन तर म त्यो भींडसित रमाईराखेको थिएँ । म जत्तिकै सबैजना खुसीनै देखिन्थेँ । के को खुसियाली हो थाहा नहुँदै म पनि आफ्नै तालमा बिना संगीतको त्यो उत्सवमा नाचिरहेथे हांसिरहेथे। एक्कासी मेरो हातमा कसैले समायो र उतर्फ मलाई तान्यो । एकछिन त म स्तब्ध भएँ उनको त्यो सुन्दरता देखेर अनि टोलाएर उनीलाई हेर्नु सिवाय मैले केही भन्न अनि गर्न सकिन ।
गोरो रुप, हँसिलो अनुहार, पातलो शरीर अनि त्यो उनको पहिरनले मलाई लठ्ठ बनायो । गुलाफी सारीमा सजिएकी साँच्चै उनी गुलाफ झैँ लागिरहेथ्यो । सुगन्धले मदहोस बनाउने परी अप्सरा मध्य कोही एक हुनुपर्छ Continue reading
~विश्वराज अधिकारी~
मेरो एक वयोवृद्ध छिमेकीको अन्त्येष्टिमा भाग लिन म पशुपतिनाथ मन्दिरनजिक रहेको आर्यघाटमा पुगेको थिएँ । मृतकका पाँच छोराहरूसहित करिब ३० या ३५ का सङ्ख्यामा मलामीहरू उपस्थित थिए, त्यहाँ । चिता जलिरहेको थियो, अर्कोतिर मलामीहरू कुराकानी गर्दै थिए ।
मृतकको जेठो छोराले भने,“बुबाले निकै दु:ख पाउनुभएको थियो । दश वर्षदेखि ओछ्यानमा नै हुनुहुन्थ्यो । दिसापिसाब सबै ओछ्यानमा नै हुन्थ्यो । उहाँले अब यो दु:खबाट मुक्ति पाउनुभयो ।” Continue reading
~सुबिसुधा आचार्य~
आज फेरि सम्झनामा तिम्रो लागि रोएँ
छिट्टै भेट होस् भन्दै देवता भाकी रोएँ
के भो निदरीमा जम्मै हिजो आइदियो
ब्यूँझेपछि झिसमिसेमा सपना साँची रोएँ Continue reading
~शुभ श्री~
हजारौ बर्षदेखी घाम र पानी झेल्दै
लहरा र घास सँगै लुकामारी गर्दै
बितेका दिनहरु भिर र पाखाहरुमा
बर्षा र खहरेहरु कती आए गए
खियौदा खियौदै मलाई सानो बनाए
पहिरो सँगै झर्दै म तल तल आए
गोथालाको हसिया पनि उदौन थाले Continue reading
~प्रविण अर्याल~
सकिदैनन् सबै कुरा
शव्दमा व्यक्त गर्न ।
भनिदैनन् सवै कुरा
अरूलाई सुनाऊँन ।।
बुझिदैन त्यस्तो भाषा
मनभित्रका कुराहरूको । Continue reading
~सुरज राना~
तिमिले सम्झ भनेकि थिएनौ
न मैले नबिर्सने बाचा गरेको थिए
बिना कारण , बिना सर्त
तिमिलाइ सम्झी रहनु आदत बनेकोछ
जब म तिमिलाइ नसम्झिने प्रयत्न गर्छु
ठिक त्यही समय देखि
दुनियाको हरेक चिज मेरो विरुद्धमा जुट्छन
जस्तो कि किरण Continue reading
~दिवाकर सिग्देल~
म हराउन खोज्दछु,
घरि घरि म हुनुको पहिचान मलाई तान्न खोज्दछ।
हाडहरु मा मासुले बेरिएको म,
ताप् र चाप ले बलेको छु ।
आकाश छिर्छ म भित्र,
म आकाश भित्र छिरेको छु ।
झुत्रिएको छु ,
कराएको छु ,
अनेक बिलौना गर्छु ,
बिबष भै वरी परि टोलाएर हेर्छु ,
हवा बोल्दैन , Continue reading
~क्रान्ति पराजुली~
‘रीमा दिदी सबै जना किन यस्तो निराश ? ….रीमा दिदीका आँखामा आँशु भरिए तर मुखबाट आवाज निस्किएन । हिजो साँझ हतार हतार गरी पाटन हस्पिटल पुगेँ । रीमा दिदी दोस्रो पटक आमा भएको समाचार सुनेर म खुशी हुँदै पुगेकी थिएँ । हस्पिटल पुग्दा रुवावासी थियो । बच्चा एकातिर रोइरहेको । बच्चा जन्मिएको एक घण्टा वितिसक्दा पनि बच्चालाई आमाको दुध चुसाइएको थिएन । रीमा दिदी लास भै लडिरहेकी थिइन ओछ्यानमा । श्रीमान् अर्कोतर्फ मुन्टो फर्काएर एकोहोरिरहेका थिए । सासु र ससुरा छेउका कुर्सीमा बसेर आँखाबाट आँशुका ढिक्का खसाइरहेका थिए ।
‘आमा र बच्चाको स्वास्थ्य अवस्था कस्तो छ ?’ नर्सलाई सोधेँ ।
‘दुबैको स्वाथ्य एकदमै राम्रो छ बच्चाको तौल पनि ठीक छ’ नर्सले भनिन् । म रीमा दिदीको छेउमा गएर बसेँ । त्यसबेला पनि कोहीसँग कोही बोलिरहेका थिएनन् । Continue reading
~दीपक जडित~
सुन्दा छौं
ठुलै डाँको छाड्यो रे
कर्णालीले काठ्माण्डुमा
आजकल त
काठ्माण्डौका मान्छेले
खोजी खोजी नक्सामा कर्णाली हेर्दाछन् रे
ए हजुर !
हाम्ले कैले देखम्ला
नेपाल देश नक्सामा कस्तो देखिँदो हो ? Continue reading
~सोम खनाल~
कसैलाई केही भन्नु छैन,
आफैंलाई भन्नु पर्ने धेरै छ
कसैको के दोष र यो संसारमा
दोष जति छ, मेरै छ ।
मै हुं फुर्कने र भित्र भित्रै हुर्कने
मै हुंकिशोर, र किशोरबाट प्रौढ हुने
मै हुं सधै नाच्न चाहने,
सधै बाच्न चाहने,
मै हु भवसागर तर्न चाहने
मै हु तर कहिलै मर्न नचाहने । Continue reading