कथा : घूस

~उज्ज्वल जी.सी.~ujjwol-gc

देवेन्द्र साहू आफ्नो व्यापारिक कामकाजको सिलसिलामा अफिस पुगेर गमक्क फुल्दै भन्न थाल्यो– “खर्दार साप ! मेरो टिप्पणी आज हाकिम साहेबकहाँ पेश गर्दिनुस् त ! पर्सि त म जर्मन पुग्नुपर्छ । ”

उच्च व्यक्तित्वमा आकर्षित हुँदै खर्दारले भन्यो– “हुन्छ हजुर, माथि हाकिम साहेबज्यूकहॉं बस्दै गरुँ न । म त्यहीं ल्याउँछु । ”

आफ्नो आदेशलाई शिरोपर गरेको देखेर देवेन्द्र साहू प्रशन्न मुद्रा लिंदै हाकिमको कोठातिर लाग्यो । काम चाँडै गरिदिए चिया खर्च पाइएला कि भन्ने लोभ साँचेर खर्दारले टिप्पणी लेख्न के आँटेथ्यो अचानक उसको फोन आयो हस्पिटलबाट– “दाइ भाउजुले छोरा पाउनु भयो । तपाईं तुरुन्त आइहाल्नोस् ।” भन्दै । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अनुहारमा आयौ

~वियोगी बुढाथोकी~biyogi-budhathoki

साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ
दुःखमा साथ निभाउन व्यवहारमा आयौ ।

आँधी, हुरी, बतास हो कि मनको त्रास मेरो
अन्धकार रातलाई छल्न बारम्बारमा आयौ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

बाल गीत : सानैदेखि हाम्रो मन

~प्रभा भट्टराई~prabha-bhattarai

सानैदेखि हाम्रो मन भाँच्न नखोज
हामीलाई पैसासँग साट्न नखोज
चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो
हामीलाई पैसाभन्दा बाबाआमा प्यारो ।

न्यानो काख छुटाएर किन पार्छौ पाखा Continue reading

Posted in बाल गीत | Tagged | Leave a comment

कविता : म साहित्यकार हुँइन

~आचार्य प्रभा~acharya Prabha

साहित्यको छात्तिमा
एउटा तस्बिर टाँस्दैमा,
भावनाका लहरहरु खाली कागजमा छर्दैमा
म साहित्यकार हुन सक्दिन /
‘साहित्य’ त दिब्य ज्योति हो
यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ
नत्र —साहित्यको औचित्य नै के रहन्छ र ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आकार ! मेरो पहीचान ! तर देश द्रोही होईन

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

म पग्लिएको तातो धातु ।

जुन आकार तिमी दिन सक्छौ
बनाउ मलाई सेमुराई,
अनी चहकिलो धार हाल
रेट्न सकँु मलाई बाध्ने जन्जीरहरु ।

म छरीएको बर्णमाला । Continue reading

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : गो ’रिमनुङ

~चन्द्रप्रकाश सुनुवार~chandra-prakash-sunuwar

इ कुल कोःचा माताथु गो तोइति
कोःचा दाअ्शा सापपा गोइति
जाचा माताथु तोइशो मुरु बुदि चोर ग्लोइति
गोइ चिँ सुनु इथँु खिअ् बोइति ?
इकालि मोदेब काक लोः मार पाङा ङा
आँनु चुर चुरशा शोअ् ब्लाःयेँ Continue reading

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गीत : एउटै मुटु थियो

~मनु लोहोरुङ राई~Manu Lohorung Rai

माया गर्ने एउटै मुटु थियो साटें तिमीसँगै
एउटै थियो सम्झिने मन त्यो नि साटें तिमीसँगै

यो शरीर त मरेपछि आखिर माटो हुने नै हो
बाँचुञ्जेल मैले माया गरी र’न्छु तिमीलाई Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : किन नगाऊँ हँ म वैशाख ?

~साम्ब ढकाल~Samba Dhakal

मान्छे नजिकैबाट हिँडिरहेको प्रत्येक निमेषले
अविराम एउटा लय गाउदै हिँड्यो
मान्छेको नवगीत
वैशाखको नाममा ।
आइरहृयो मान्छेका यात्रामा उबडखावडको
अन्त्यहीन
पथहीन पथ
गाइरहे त्यसरी नै मान्छेले वैशाखलाई
दुःखमा मिसाएर भित्रैदेखि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनामनगरकी अम्बिका

~गोवर्धन पूजा~Govardhan Pooja

पहिलो भेटमा उसले
भनेकी थिई–
‘भोकै छु,
घरपतिले बहाल मागेका छन्
कलेजको फी तिर्न
सकेकी छैन
परीक्षा आइसक्यो
घरबाट खर्चको सट्टा चिठी आएको छ–
अब आफ्नै खुट्टामा
उभिनुपर्छ ।’ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : छिट्टै फर्कि आईदेउ माया

~शान्तिनारायण श्रेष्ठ~shantinarayan-shrestha

दुइ दिने जिन्दगीमा हाँसी खुशी लाईदेउ माया
कहीं कतै गए पनि छिट्टै फर्कि आईदेउ माया

तिम्रो साथ पाएकैले जिन्दगीमा हाँसेको छु
तिम्रो माया जतनगरी मन भित्र साँचेको छु
मरी लानु केही छैन संझी रुने लाईदेउ माया Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई देखेर आँखा

~कृष्णप्रसाद पराजुली~Krishna Pd Parajuli

तिमीलाई देखेर आँखा
त्यहीं छोडी हिंडे म

बाटो सुनसान भैसकेको थियो
जून बिलाएर गैसकेको थियो
बिस्तारै हिंडेको कोही साथमा Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हाल-चाल

~भिमा राई ‘तोलाछा’~bhima-rai-tolachha

यो भग्नतालाई
कसरी सम्भालौं?
ए धर्ती!
मलाई तेरो जुठेल्नो मै भए पनि
दुई थोपा आँशु खसाउन दे
त्यो रुग्नतालाई
त्यो वितृष्णालाई।

खण्डित मनले Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नार्कोटिक्स गाउँ

~प्रवीण खालिङ~prabin-khaling

यो बर्खादेखि
धाराको पानी सुक्यो
खोल्सामा मूल फुटेन
धनमानले पनि खेत जोतेन।
अनौ समात्ने हातले झण्डा समातेपछि
गाउँ बाझो भएको छ जीवन उमार्न नसकेर।
माटोको गन्धले मस्त हुने गाउँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आमा ! तिमी महान छौ

~सुमलकुमार गुरुङ~Sumal Kumar Gurung

कुनै आमाले आफ्नो कोखिलोमा राखेर एउटा हातले सानो शरीरलाई न्यानो वात्सल्य ममतामयी अमृतधारा चुसाउँदै गरेकी दृष्य देख्दा कता कता आफ्नै आमाको वात्सल्य प्रेमको अनुभूति मलाई हुन्छ । मलाई हिजो जस्तै लाग्छ । मेरो भाइ भोक लागेर रोएको बेलामा आमा आउँछिन् दौडँदै अनि भाइलाई च्याप्प समातेर दुध पिलाएको बेलामा मैले पनि आमाको दुध चुसेको धमिलो सम्झना अनुभूति बन्दै अहिले आँखाअघि तैरिन्छ । कति मीठा यी सम्झनाहरु । सानो भाइलाई भुटेको भट्मास चपाएर खिलाउँदा मैले पनि लाडे पल्टदै माग्दै खाएको सम्झना अहिले प्रष्ट भएर आउँछ । यी अनुभूतिहरुका श्रृङ्खला सम्झँदै जाँदा आमाको अपार त्याग र ममताको छहारी सधै यो शरीरमा गतिशील रगतका कण कणमा बगिरहेको अनुभूतिले अपार आनन्द दिन्छ । मानौ जीवनको उद्गमदेखि अनन्तसम्मको यात्रामा जताततै आमा नै आमा देख्छु म । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परदेश रित्तिए झै लाग्छ

~किरण पौड्याल~

पैसा फल्ने देशमा होम्मिंदा पनि, अभाव भए झै लाग्छ
दिनरात एकगरी घोटि्टदा पनि, अपुग भए झै लाग्छ
बिदेशमा पसिना बहाउँदा पनि, स्वाभिमानी भए झै लाग्छ
गाली, गलौच र पिटाई खाँदा पनि, गर्वित भए झै लाग्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : साहित्यिक शुभचिन्तक

~आचार्य प्रभा~acharya Prabha

साहित्य र साहित्यकारको शुभचिन्तक हुँ भनेर उसले हर लेखकअघि आफूलाई दर्शाउन चाहन्थ्यो । यदाकदा साहित्यिक कार्यक्रममा अतिथिको आसन ग्रहण गर्न पनि भियाउँथ्यो ऊ । औसत लेखकहरुलाई मित्र बनाउन पनि पछि पर्दैनथे ऊ । ऊ अक्सर भन्ने गथ्र्यो– ‘राजनीति र साहित्य एकै रथका दुई पाङ्ग्रा हुन् । हामीले हातेमालो गरेर हिंड्न सक्नुपर्छ ।’ यस्तै मनोभाव दर्शाउँदै उसले औसत लेखकहरुलाई आफ्नो पार्टीको सदस्य बनाइसकेको थियो ।

एकपटक एक कवि अचानक थलिए । डाक्टरको भनाइअनुसार उक्त कविलाई ट्युमर भएको जानकारी भयो । उक्त कविको निरीहावस्थाले गर्दा औषधी गर्न असम्भव हुने भयो । सबै साहित्यिक अनुरागीहरु मिलेर चन्दा उठाएर भए पनि उक्त कविलाई औषधी गर्न लैजाने सल्लाह भयो । पैसा उठाउने क्रममा सबैभन्दा पहिला त Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : हाँस्न पनि पाइएन

~मनु ब्राजाकी~Manu Brajaki

रुन पनि पाइएन, हाँस्न पनि पाइएन।
रोई-रोई आँसुले मन धुन पनि पाइएन।

तिमीलाई छोयो भने छोइछिटो लाग्नेहोला,
फूलजस्तो आत्मीयता छुन पनि पाइएन। Continue reading

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : श्रद्धाञ्जली

~ओस्कार वाईल्ड~
अनु: प्रतिमान सिवा

बिस्तारै हिँड्नुहोस, नजिकै छिन उनी
हिउको थुप्रो मुनि,
सुस्तरी बोल्नुहोस्, सुन्न सक्छिन् उनी
डेजीहरू उम्रेको पनि।
उनका चमक्दार सुनौला केशरासी Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : क्यासिनो

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

नितिशले एक दिन फोनमा बढो भावुक हुँदै भने “जहाँ चिदी त्यही कूलो लाग्दो रैछ टारीमा त कुलो पनी काँहा लाग्दो रहेछ र ? ” मैले जवाफमा भनेको थिँए जे प्राप्ति छ त्यसैमा सन्तुष्ट हुन सिक्नु पर्छ यदी यसो हुन सकेन भने जिवन कष्टकर बन्छ बढी कमाउने चाहानामा !

उनले यसो भन्नुको तात्पर्य मैले बुझेको थिँए आज बजारमा व्यापक हल्ला थियो नेपाली ले एक मिलियन हड्कड् डलर भन्दा बढी ज्याकपोट जितेको उनी त्यै संकेत गरिरहेका थिए ।

बाह्र घण्टाको काम सकी लखतरान भएर साँझ करीव आठ बजे तिर अफीस बाट Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : यादैमा तिम्रो

~दिलिप योन्जन~Dilip Yonjan

यादैमा तिम्रो, डुब्दछु जब, मन खान्छ बेसरी
सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी।

जुनेली रातमा, हेर्दछु तारा, देख्दछु तिमीलाई
सम्झेरै बाच्ने, केपाए भाग्य, रुवाई तिमीलाई Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : बिहानको आकाशलाई

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
आकाश ! तँ लुकी पालिरहेछस् आफू खाने केवल अँध्यारो !
ए चोरीको ए रे अँध्यारो !
बिक्रीको,
हुँडारहरुको उल्लूकहरुको
षड्यन्त्रीको
दुःस्वपनीको, निशाचरको,
निर्भीकताको साम्राज्य !
ठुक्री, टुक्री, टुक्री जा
फुस्री, धुस्री, बिलाई जा
जा खण्डहरको बाटो ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : जय होस स्वास्नीमान्छेको

~ढक बहादुर बस्नेत ‘आकाश’~Dhak Bahadur Basnet - Akaash

*******************************************
“मानब जिबनको बिकासका लागि यौन शिक्षा अपरीहार्य छ त्यसैले लुकेर होइन खुलेर कुरा गरौ”
*******************************************
यदी तपाईहरु सँग कुनै समस्या छ भने लेखेर पठाउन नभुल्नु होला तपाईहरुको समस्याको सामाधानका लागी उचित जवाफ खोज्ने प्रयास गर्ने छु ।
*******************************************

हरेक मान्छेको आ आफ्नो प्रकृति हुन्छ र हरेकले आ आफ्नै प्रकृति अनुसार ब्यावहार गर्ने गर्छन । जस्तो कि मलाई बोल्नै मन पर्दैन । निक्कै घनिष्ट हुनेहरु बाहेकका अरुसंग म ज्यादै कम बोल्छु । धेरैले भन्छन बोल्नुपर्छ । बोलीमै सबैथोक हुन्छ । बोलीचाली मिठो भए सबैकुरा मिठो हुन्छ राम्रो हुन्छ , बोलीचाली रुखो भए सबै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : आफैतिर फर्किरहेको मानिसको कविता

~हरि अधिकारी~book-cover-ramesh-kshitij-ghar-farkiraheko-manis-kabita

विक्रम सम्वत् २०५७ मा छापिएको रमेश क्षितिजको पहिलो कवितासंग्रहले नै आमपाठक र साहित्यका गम्भीर अध्येता दुवैथरीको ध्यानाकृष्ट गरेको थियो । सुरुचिपूर्ण ढंगमा चयन गरेका विम्ब, शब्दानुशासन, प्रकृति र जीवनको सूक्ष्म अनुशीलनका बलमा क्षितिजले त्यतिबेला आफूलाई एउटा गतिलो सम्भावना भएको स्रष्टाका रूपमा हेरिनुपर्ने बलियो दाबी प्रस्तुत गरेका थिए । त्यसपछिदेखि अहिलेसम्म पनि क्षितिजले त्यो दाबीलाई कमजोर हुन दिएका छैनन् । यस अन्तरालमा उनले फुटकर कविता लेखिरहनुका साथसाथै आफूलाई एउटा भावप्रवण, कोमलतम् शब्दावलीमा मिहिन गीतहरू लेख्ने गीतकारका रूपमा समेत नेपाली गीत-संगीतको दुनियाँमा स्थापित गराइसकेका छन् । हालै सार्वजनिक गरिएको दोस्रो कवितासंग्रह “घर फर्किरहेको मानिस” रमेश क्षितिजको Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : यो जुनीमा

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

म त डुब्ने घाम थिए जून संगै उदाइ दिये
आफ्नो मन दुखाएर तिम्रो चित्त बुझाई दिये

बन्द थिए ओठहरु छात्तीभरी आँधी थियो
आँखा रसाएर आँशु झर्न मात्र बाँकी थियो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : संवाद

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊ आज रास्ट्रिय प्रशारणको प्रत्यक्ष प्रशारित ‘संवाद’ कार्यक्रम हेर्दैछ | मन्चमा केहि ‘सुकिला-मुकिला’हरू थिए र प्रांघणमा ‘मैला-घस्रा’हरू |

पहिलो संवाद :
—————
– सपनाहरू देख्ने गर्नुहोस् | Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : वीर चरित्र १९५६

~क.दी.~

‘चार जना डोलेले बोकेको उलिनकाठमा चढेर काठमाण्डूका साँघुरो सडकमा उनी प्रायः देखिन्थे रे! त्यसमा पनि फसिकेवको पशुपत प्रेस उनको घर जाने बाटैमा हुनाले त्यता उनी नित्यै जस्तो पुग्थे भन्दछन्। उनी सारै स्थूल शरीरका थिए। यसउसले धेरै घुमफिर गर्न सक्दैनथे। त्यसै हुँदा उनको मनबहलाउको साधन पढाइ र लेखाइ नै हुनगएको थियो।’ २०२२ सालमा ‘वीर चरित्र’ को पूरै चार भाग पहिलो पटक छाप्दा जगदम्बा प्रकाशनले यसरी चिनाएको थियो आफ्ना लेखकलाई।गिरीशवल्लभ पेशाले कवि या लेखक थिएनन्, कविराज थिए, आयुर्वेदका धुरन्धर। तर हिन्दीका लोकप्रिय तिलस्मी उपन्यासहरू पढेर अनुकरण गर्दागर्दै उपन्यासकार हुनपुगे उनी। धारावाहिक रूपमा आउने ‘चन्द्रकान्ता’ र ‘चन्द्रकान्ता सन्तति’ पढ्दै जाँदा तिनमा उनी यति लट्टु भए, त्यसका लेखक देवकीनन्दन खत्रीका ‘फ्यान’ नै हुनपुगे। कतिसम्म भने उनले आफ्नो छोराको नाम समेत ‘देवकीनाथ’ राखिदिए अनि आफूले पनि जासूसी (ऐच्चयारी) उपन्यास लेख्न थाले। त्यसैको उपज हो उनको उपन्यास ‘वीर चरित्र’। तर यो कुनै हिन्दी किताबको अनुवाद होइन। मौलिक र नेपालीपनले ओतप्रोत यो रहरलादो उपन्यास हाम्रो भाषाको पहिलो उपन्यास नै हुनपुग्यो! हिन्दीका ऐच्चयारी आख्यानहरू जस्तै गरी ‘वीर चरित्र’ पनि धारावाहिक रूपमै छापिंदै थियो तर Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

बाल कथा : विनोद सर

~मीना बज्राचार्य~mina-bajracharya

विनोद ज्यादै मेहनती केटा थियो। ऊ सहरदेखि धेरै टाढाको गाउँमा बस्दथ्यो। त्यस गाउँ निकै दुर्गम स्थानमा थियो। त्यहाँ यातायात तथा बाटोघाटोको त के कुरा खोला तर्न पुलको पनि व्यवस्था थिएन।

स्कुल पनि धेरै टाढा थियो। त्यहाँ पनि निम्न माध्यमिक स्तरसम्मको मात्र पढाइ हुन्थ्यो। त्योभन्दा माथि पढ्न सहरमा जानुको विकल्प थिएन।

विनोद धेरै पढ्न चाहन्थ्यो। त्यसैले ऊ उच्च शिक्षा हासिल गर्न काठमाडौं गयो। त्यहाँ Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : सपनाको संकथन

~रविन गिरी~

‘सचिवालय भन्नुभयो। जोईपोइसँगै क्रमशः छोराछोरी, भतिजाभतिजी, सालासाली, छोरीज्वाइँ, साढुदाइ–साढुभाइलाई वरवर तान्नुभयो। मनमा लागेको गर्नुभयो। त्यसलाई क्रान्ति र ‘देश’ ले मागेको भन्नुभयो। नेतृत्वलाई खुला दिमागले सोच्न र योजना बनाउन दिनुपर्छ भन्दै केही ‘अभाव’ हुन दिएनौं। … सर र मेडमहरूसित पो ‘बुर्जुवा’ राजनीति गर्ने पैसा छ। ‘बुर्जुवा’ डिग्री छ। हामीसित के छ? …देखाइदिनुस् त ‘बासी समाज’ मा हाम्ले टेक्ने कहाँनेर हो?

नवीन विभासको कथासंग्रह रोल्पा सुइना भित्रको ‘फोटो’ शीर्षक कथाको अंश हो, यो। ‘जनयुद्ध’ मा चोट लागेको आफ्नो हातको घाउ बल्झिएपछि उपचारका लागि कमरेड ज्वार उर्फ बिर्खलाल घर्ती मगर काठमाडौं आइपुगेका हुन्छन्। संयोगले त्यहीबेला साथी शहीद कमरेड आकर्षण उर्फ जयधन बुढाको स्मृति समारोह भइरहेको थाहा पाएपछि उनी कार्यक्रममा पुगेका हुन्छन्। तर, वक्ताहरूले शहीदको साटो एकोहोरो सत्ताका कुरा गरिरहेेपछि उनको उकुसमुकुम थामिंदैन। बिर्खलाल सरासर स्टेजमा उक्लन्छन्, माइक खोस्छन्। र, चर्को स्व Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

सूत्रकथा : गाँठी कुरा

~कुमार काफ्ले~kumar-kafle

-एउटा सरकारी विद्यालयमा शिक्षण सुधारका उपायहरू बारे छलफल चल्दै थियो।

-एकजजा शिक्षकले भने”हाम्रो देशको शिक्षा नीति नै ठीक छैन,यसलाई परिवर्तन गर्नुपर्छ”

-अर्काले भने”यो सरकारै गतिलो छैन,सरकार परिवर्तन नभइ केही हुदैंन” Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : फूलको कविता

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

मलाई थाहा थियो
तिमीलाई फूलको कविता मन पर्छ
मलाई थाहा थिएन
रगतको पोखरीमा उभिएर कसरी कविता लेखिन्छ !

अनि, मलाई थाहा थियो-
तिमीलाई परेवा घुरेको
प्रशान्त प्रेमको कविता मन पर्छ
तर मलाई थाहा थिएन Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : कसरी टुक्री गइगएँ

~बच्चु कैलाश~

कसरी टुक्री गइगएँ यो कुरा बिन्ति नसोध
किन म यस्तो भइगएँ यो कुरा बिन्ति नसोध

यो छातिमा कतिले टेकीगए कतिले मलाई लुटिगए
भागेर जाऊँ म कहाँ धर्ती यहाँ मेरो प्रीत यहाँ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

Memoir : Jitendra Bardewa : Jaded and faded too soon!

Saran Kumar Pradhan, Rudra Gurung(original singer of Eh Kancha malai sunko), Jitendra Bardewa, Ambar Gurung, Aruna Lama (FROM RIGHT TO LEFT)

~Peter J Karthak~

The season: The last Dashain day in the 1980s.
The place: Chowk Bazaar of Darjeeling.
The time: Nine pm. The persona: Jitendra Bardewa and Deo Prakash Rai.

The first the chief of the Folk Entertainment Unit of the West Bengal government, and the latter the perennial leader of the Gorkha League of Darjeeling, the most oft-elected MLA (Member of the Legislative Assembly) of the district. Deo Prakash had a bottle of Beehive Brandy and Jitendra had a robust rooster, both items tucked inside their overcoats in the pre-winter chill. Exchanging their mock-surprised “Arre Hou!” “Hello!” and other drunken pleasantries, they settled on the steps of the old post office building and started drinking. The rooster escaped and disappeared among the tailor shops of the Doranga Bazaar. Continue reading

Posted in Memoir | Tagged | Leave a comment