~कञ्चन पुडासैनी~
जून लाग्यो लेक ढाकी
जून आउँछ राति राति
लहलहाई उठ्छ छाति
मन पलाउँछ राति राति
जून लाग्यो लेक ढाकी Continue reading
~कञ्चन पुडासैनी~
जून लाग्यो लेक ढाकी
जून आउँछ राति राति
लहलहाई उठ्छ छाति
मन पलाउँछ राति राति
जून लाग्यो लेक ढाकी Continue reading
~चन्द्र गुरुङ~
आजभोली,
मेरो देशको आकाशमाथि
लालच र पदलोलुपताका दुइ पखेटाहरु फिंजाई
निर्दयी गिद्दहरु फेरी विचरण गर्न थालेका छन्
जसका तीक्ष्ण लोभी नजरले
प्रत्येक अवसररुपी चल्लालाई देख्न सक्छन्
टाढैबाट चिन्न सक्छन् र
मौका पाउन साथ झम्टिन्छन् । Continue reading
~रामबाबु नेउपाने~
नछुटि्टने प्रमिस गरी डेरा अन्तै सार्यौ क्यारे…!
नव प्रेमको बानी परी, आज माया मार्यौ क्यारे….!
मनै मेरो पगालेर, बात गर्थ्यौ हिजो तिमी,
त्यो बोलीको मैना चरी समुन्द्र पार तार्यौ क्यारे…..! Continue reading
~अर्पन तमाङ~
छाती थापी गोली खायौ
गर्धन काटी रगत दियौ
ए शहीद ,
भन तिमीले के पायौ ?
स्वत्रन्तता को लडाईं लड्यौ
समान्त को सङ्ग्राम गर्यौ
खुला आकास को कल्पना गर्यौ Continue reading
~मन्जील दिप सुब्बा ‘गरिब’~
मन भरि आशा बोकि कल्पि बस्छु
मुटू भरि माया साचि अझै बाच्छु
तिम्रो आगमनको सुनाउलो बिहानी मा!
बशन्तको बहार् बनि छाई दिन्छु
आशाहरु जलन् भएर किनार् खोज्दै बगे भने
प्रीतहरु खरानी भएर बतासिन्दै उडे भने Continue reading
~म. बि. बि. शाह~
गाजलु ती ठूला ठूला आँखा
तीर बनी बसे यो दिलैमा
कालो लामो परेली केश
छाल परे कलिलो मायामा
निधारको त्यो रातो टीका Continue reading
~डेभिन बाबु~
बुढो बाउ खै, गनगनाएर हैरान , भाको छोरि सात समुन्द्र पारी छ । घरको शोभा छोरि मान्छे छैन, चुल्हा चौका लिप्-पोत गर्ने मै बुढाले कति ? यस पटक चाहिँ खुरुक्कै बिहे गर है केटा नत्र म घर छोड्छु ।
मलाइ झ्याउ लाग्छ , आपा तिम्रो ठुटो जस्तो छोरोलाई पत्याउँछ कस्ले नी ?
आफू सुहाउँदो कस्ले नपत्याउला ? यस पटकको बर्ष नउम्काएस है केटा , फेरि खालास जाउलो ,,,,,
बिहे बिहे भनेर मेरो खैरो खन्न लागेको बुढो बाउको लागि तरुणि बुहारी कहाँ भेट्टाउनु भनेको बेलामा ? तल्लो घरकी धनसरीले पनि पत्याईन , शेर्पा गाउँकी सेङ्बोचीलाई बिहे गर्छु भन्दा जात मिलेन भनेर उतै गनगन, म त Continue reading
~इद्रिस सायल~
मालिकराम यादव सोमबार हिँडयो, मनिकापुरतिर !
मालिकरामले हिँडनुप् र्व आफ्नी श्रीमती रैनावतीलाई भन्न चुकेन, भन्यो– ‘रैनावती, म त जाँदै छु तर यस बारेमा कसैलाई पनि नभनेस, है । नत्र यहाँका फटाहाहरुले चाल चल्न थाल्छन् । कसैले सोध्यो भने बहाना गरिदिएस– थरूहट जानुभएछ ।’
मालिकराम आफ्नो छोरा सालिकरामको विवाहको लागि मनिकापुर जाँदै थियो । ऊ त्यहाँको अवधराम यादवको घरमा केटी माग्न जाँदैथियो । उसलाई विश्वास थियो–अवधराम सिधा मान्छे हो । ऊ पक्कै पनि मेरो घरमा छोरी दिन्छ ।
रैनावती पनि चनाखो थिई–फटाहाहरुले गर्दा मेरो छोरा सालिकरामको विवाह यसपाली नबिथोलियोस । त्यसैले उसले मालिकरामलाई पढाडस दिई, भनी– ‘तपाईं जानुस, जानुस । म कसैलाई पनि भन्दिनँ अनि तपाईं पनि होसियार रहनुहोला है !’ मालिकराम र रैनावतीमा यो वार्ता बडो सजगताका साथ सम्पन्न भयो । Continue reading
~शम्भुजित बास्कोटा~
पूर्णिमाको रात पनि औंसीको झैं लाग्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रगांइहाल्यो
मेरो बस्ती उजाड पार्ने कस्तो भेल आएको थियो
तिम्रो दोष हैन सुन मेरै भुल भएको थियो Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
भुकम्पले
पुरुषहरुको प्रतिनिधित्व गरिरहेको
धरहराहरु अनि अग्ला पर्खालहरु
लगातार भत्काइरहेको छ ।
धरहरा ढल्यो
पर्खालहरु ढल्ने क्रम जारी छ
भग्नावषेश मुनि
नारी र पुरुष दुवै थिचिए Continue reading
~लीला लुइटेल~
नेपाली साहित्यका विभिन्न विधामा महिलाले पु:याएको योगदानबारे अध्ययन-अनुसन्धान गर्ने सिलसिलामा लेखनाथ पौड्यालकी श्रीमती सत्यवती पौड्यालको कवितासंग्रह नामक कृति प्रकाशित भएको जानकारी प्राप्त भयो। यसले निकै उत्साहित तुल्याएकाले म उनका बारेमा थप खोजी गर्न अग्रसर भएँ।
उनका बारेमा जानकारी प्राप्त गर्न नेपाली कविताका इतिहासको अध्ययन गर्दा कतै पनि यिनको नाम फेला परेन। अग्रज अनुसन्धानकर्ता एवं समालोचकहरूसँग उनीबारे जिज्ञासा राख्दा ‘तपाईंले सत्यवतीको पौड्याल कवितासंग्रह प्रकाशित छ भन्ने कुरा कसरी थाहा पाउनुभयो? तपाईंले साँच्चै उनको किताब देख्नुभएकै हो त?’ भन्नेजस्ता प्रश्नहरू पो आए। Continue reading
~विज्ञानकुमार भट्टराई~
जनकऋषि राईको परिचय
१ – जन्म र जन्म स्थान
आफ्नो जन्मका सम्बन्धमा कथाकार जनकऋषि राई भन्दछन् – म पिता लक्ष्मण र माता निर्मला राईका कोखबाट ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०३३ साल असार १० गतेका दिन पाछा दिखली गोत्री भएर जन्मिएको हुँ । साथै मेरो जन्मस्थानका बारेमा भन्नुपर्दा मेरो जन्म कोशी अञ्चलको सुनसरी जिल्लाको सुन्दर रमणीय शहर धरान नगरपालिका वडा नं. १७ रत्न चौक भन्ने ठाउँमा भएको हो । (जनकऋषि राईका अनुसार)
२ – शिक्षा दिक्षा Continue reading
~भूधरा उपाध्याय~
– बेलुका सोमरस अलि बढी नै चढाएर घर आएपछि नेताजीकी पत्नी छुनै नदिइ ढुस्किएर सुतिन्।
– बिहान नेताजीले पाखुरामा समातेर ताने। Continue reading
~कृष्णप्रसाद आचार्य~
एकजना आफ्नो घरमा पूजा लगाउनका लागि पुरोहित खोज्दै पल्ला गाउँतिर लागे । त्यहाँ पुगेपछि पुरोहितलाई भेटी आफ्ना कुरा राखे । त्यो पुरोहितले उनको कुरा स्वीकार्यो र आउने भयो । लगत्तै अर्को पुरोहितले थाहा पायो ती मानिस पुरोहित खोजेर आफ्नो घर फर्किदैछन् भनेर । त्यसपछि दोस्रो पुरोहितले ती मानिसलाई पकडेर ए हजुर तपाइँले कुरा गरेको पुरोहित त मैले अह्राए, सिकाएको मानिस हो । त्यस्ता गोरु Continue reading
~गणेश ओली~
नेपाली प्रगतिवादी साहित्यका फाँटमा नवीन विभाष नौलो नाम होइन । नेपालमा रुकुम–रोल्पाका सर्वहारा जनताले जनयुद्धको नेतृत्व गरेर मुक्तियुद्ध लडिरहेका बेला युवा रोल्पाली ठीटो नवीन विभाष तिनै जनताको दुःखसुख, रोदन, पीडा संकलन गरेर कलमका माध्यमबाट जनयुद्धको एउटा मोर्चा समालिरहेको थियो । कथा, कविता, निबन्ध र अखवारी लेखनमा स्थापित साहित्यकार विभाष साहित्यका सुन्दर बगैचा जस्तै हुन् । उनका सिर्जनाहरु सफल मालीले हुर्काएका फूलवारीका फूलजस्ता रंगीन र मगमगाउँदा छन् । दिल र दिमागमा छुने उनका सिर्जना शब्द र भावका सफल संयोजन मानिन्छन् ।
विभाषको ‘रात पनि ऐंठन परेको रातमा’ कृति उनका सफल सिर्जनामध्येको एक हो । यो कृति अन्धकारको व्याख्या होइन, नसुती पूर्वको उज्यालो पर्खिरहेको जनताको मनोभावना हो । Continue reading
~गीता थापा~
लोग्नेको दश पाँचको नोकरीले जीविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाई । लोग्नेले पनि कुनै नाइँनास्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो ।
काम शुरु गरेको खबर आयो ऊ अमेरिका पुगेर । विस्तारै डलर घरमा भित्रियो । घरको रंगरोगन फेरियो । ग्याँस, रंगीन टेलिभिजन, प्रिजज, कम्प्युटर जस्ता भौतिक बस्तुहरुले पूरै भरियो घर । फेसबूक, स्काइप लोग्ने स्वास्नीको सम्पर्कको भरपर्दो माध्यम बने । स्काइपमा भिडियो कल गरेर अनुहार हेर्दै गफ गर्न पाउँदाको मज्जा व्यक्त गरी साध्य थिएन । अमेरिकाको सुख, सुविधा र रमणीय वातावरणले जन्मभूमिप्रतिको मोह कम हुँदै जान थालेको थियो । स्वास्नीको गफ सुन्दा लोग्नेलाई पनि पखेटा भए अहिल्यै उडेर पुग्थें झैं हुन्थ्यो । Continue reading
~सूर्य बीसी~
घरबाट स्कुल पुग्न धेरै हिड्नुपथ्र्याे । लामो बाटो आवतजावत गर्दा समय बर्बाद हुन्छ भनी ठुल्दाइले मेरो घोराही बजारमै डेरा गरिदिनुभएको थियो । परिवारको आर्थिक हैसियत राम्रो थिएन । तैपनि जसरी भए पनि काठमाडौं पढ्न पठाउने विचार गर्नुभएछ ठुल्दाइले ।
‘एसएलसीमा राम्रो अङ्क ल्याइस् भने तँलाई काठमाडौं साइन्स पढ्न पठाउँछु ।’ उहाँले बेला–बेलामा भनिरहनुहुन्थ्यो । वास्तवमा दाइको यही वाक्यले गर्दा मलाई पढ्न प्रेरणा मिल्थ्यो ।
ऋण खोजेर भए पनि साइन्स पढ्न काठमाडौं पठाउने ठुल्दाइको यो आँटले मलाई पनि निकै स्फूर्ति दिन्थ्यो । मन हौसिएर आउँथ्यो । Continue reading
~कृष्णभक्त श्रेष्ठ~
यतिन्जेल होहल्ला केही नगरी
सहज, सरल र स्वाभिमानी रूपमा
जे जसरी मैले जीवन यापन गरेको छु
त्यसरी नै एक सामान्य दिन
कसैले चालै नपाउने गरी
सुटुक्क हराउन चाहन्छु म Continue reading
~कुन्दन काफ्ले~
महिला हिंसाको अन्त्य गर्न अगाडि जो आउँछन् ।
मानवता र सुशासनका हकदार कहलाउँछन् ।
हिंसाले महिला–पुरुष भनेर त भन्दैन ।
तर महिला अधिकांस पीडा आफ्नो लुकाउँछन् ।
आधा आकाश ढाक्ने हे शक्तिका परिचायक,
तिमीलाई समाजले कहिले सम्म कजाउँछ । Continue reading
~उद्धव गदुहो कुलुङ~
को नन्नादोसो आना जेरोक मिनुचोयो
आम्छुली तुम्वालो दुमो केरोक मिनुचोयो
खोरोनाङ हायाम ओगेम Continue reading
~गणेशमान सिंह~
मलाई थाहा थियो । धेरै दिनदेखि यो नामले मलाई पिछा गरिरहेको छ । मेरा प्रत्येक स्टाटसहरुमा लाइक मात्र होइन अलि अस्वभाविक लाग्ने कमेन्ट पनि आउँथे– भारी प्रशंसाका । भारी उत्तेजनाका । मानौं, म कुनै नामी लेखक हुँ या भनौं न म कुनै चर्चित सेलिब्रिटी हुँ । बेला–बेला मेरो आदर्श भन्थी । यसअघि म यस्तै केटीका नामबाट हैरान गरी झुक्किएको थिएँ । नराम्ररी उल्लु बनाइमागेको थिएँ । स्थिति कतिसम्म भो भने वास्तविकै हो भनेर टाढै भेट्न पनि गएँ । पछि था भो यस्तो काम त चिनेकै सिल्ली साथीहरुको गतिलो व्यवसाय पो रहेछ । केटीका नामबाट आइडी बनायो दुनियाँलाई तनाव दियो । तर यसपालि किन–किन मलाई भित्री मनैदेखि यो नामप्रति बिस्तारै भरोसा जाग्दै थियो । निकै वर्षदेखि खाली थिएँ । उमेर पाकेको थियो तर जीवनले अझै घरजम ताकेको थिएन । Continue reading
~पद्मावती सिंह~
अनायास आज तिमीसित भेट्दा
ऑधीचल्यो मनभित्र तिमीले हेर्दा
एउटै सपना थियो हाम्रो एउटै विपना
संगै हिडेको थियौं हामी एउटै बाटोमा Continue reading
~गोपालप्रसाद पौडेल~
हेर्दाहेर्दै बिछट्टैको प्रेम बस्दोरहेछ
आँखाले आँखा नियाल्दोरहेछ
मुटुमुटु बोल्दारहेछन्
अनि कस्तो कस्तो
चिसो चिसो तातो तातो
कता कता मन्द Continue reading
~कृष्णप्रसाद कोइराला~
विषयप्रवेश र कथानक
प्रस्तुत मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, नैनी, दिदी, साथीहरु, गुन्डा, लावा, फुचो र वैद्य आदि पात्रहरु रहेको यस खण्डकाव्यको प्रारम्भ धन कमाउन ल्हासा जान लागेको मदन र उसकी बैंसालु पत्नी मुनाका बीचमा भएको संवादबाट र प्रशस्त धन कमाएर भोटबाट फर्किएको मदनले मुना र आमाको मृत्यु सहन नसकी आफु पनि मरेको दृश्यका माध्यमबाट यसको कारुणिक अन्त्य भएको छ । खण्डकाव्यको कथानकअनुसार व्यापार गरी पैसा कमाउने उद्देश्य लिई घरमा तरुनी स्वास्नी र बुढी आमालाई छाडेर मदन ल्हासा जान्छ । उसको धनार्जन गर्ने उद्देश्य बुढी भएकी आमाले बुढेसकालमा सुख प्राप्त गरुन्, मिठोमसिनो Continue reading
~Shailendra Sakar~
Translated by Yuyutsu Sharma
Searching images
of Himal’s shadow spreading
in the icy depths of the Pacific Ocean
on the steps of escalators
recalling Lisno, the ladders
dug in scented tree trunks,
recalling hillside courtyards,
resting-plinths, mule path
hearts shattered here Continue reading
उमेरको हदबन्दीले नोकरीबाट अवकाश पाएपछि मेरा फूर्सदका दिनहरू प्रशस्त हुन गए र मैले आफ्नो दैनन्दिनी पल्टाएर हेर्ने अवसर पाएँ। त्यहाँ कति सुखका घटना थिए कति दुःखका। मेरो दैनन्दिनी स्वयम् एउटा इतिहास थियो एउटा नोकरीमा पालिएको मानिसको इतिहास। प्रत्येक जागिरेको दैनन्दिनीमा यी सबै कुरा हुन सक्थे तर शुरूको, मेरो नोकरी लाग्नुभन्दा अगाडिका केही पन्नामा जे थिए, ती कुरा मेरा डायरीमा मात्र थिए। Continue reading
~रामजी बलामी~
त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ, आँखाभरी आँसु छचल्किन्छ, मुटु भक्कानिएर रुन्छ, पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै ल¥यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनी त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको मन न हो जे गर्नु हुन्न भन्यो आखिर त्यही भईदिन्छ ।
हुन त वितेको घटना सम्झेर मन खियाउनु भन्दा जे छ त्यसैमा अघाउन सक्नु पर्छ । उनी यही कुरा सम्झिन्छिन र बेलबेला झस्किन्छिन पनि । सुनसान एकान्त हुनासाथ त्यो घटनाले सताउने भएकाले अफिस विदाको दिनमा पनि कही न कही अल्झेरै बसेकी हुन्छिन उनी । हुन त उनलाई अभाव, अपुग केही छैन । न पहिले जस्तो मायाँको अभाव थियो न त धन सम्पत्ती कै । छिमेकी र समाजकै नमुना नारी उनी दुई सुकन्याकी आमा बनिसकिन तर पनि मन शान्तसंग बस्न सकेको छैन । बारम्वार त्यो घटनाले उनको मनमा चोट दिन छाडेको छैन । तरङ्ग ल्याउन छाडेको छैन र त निन्द्रामा पनि कहिलेकांही अचानक रुंदै श्रीमानलाई अंगाल्न पुग्छे उनी Continue reading
~राजेश नतांश~
रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित नाटकहरु हेर्न निक्कै रोमाञ्चकारी हुने गर्दथ्यो । उनीहरुले रुपालाई लोभ्याउनका लागि गरको सहयोग सबै नक्कली लाग्दथ्यो । रुपा आफैंलाई पनि आफ्नो सुन्दरतामा गर्व थियो । छिन्–छिनमा ऊ ऐनाको अगाडि बस्ने गर्दथी । ऐनामा आफ्ना सम्पूर्ण सुन्दर शरीर धीतमरुञ्जेल नियाल्दा एकप्रकारको लज्जाको अनुभूति हुने गर्दथ्यो, हाँसोका विम्बहरु उतार्ने गर्दथी ।
झन् क्याम्पस आउँदा–जादाँका पलहरु निकै अविष्मरणीय हुने गर्दथ्यो । बाटामा क्याम्पसे केटाहरुले जिस्काउने गर्दथे । रुपा त्यसको मौन समर्थन गर्ने गर्दथी । कति पनि प्रतिकार गर्दिनथी । लज्जालु मुस्कान छाडेर निरुत्तर बनेर हिँड्दा ती केटाहरुले एकप्रकारको समर्थन पाएको सम्झन्थे । घर आईपुगेपछि ऊ बाटो Continue reading
~निश्चल काउचा~
मस्तिष्क भरि योनीको स्केच कोरेर
सुकोमल स्तन सुमसुमाएको सपना देख्दै
स्खलित हुनेहरू
बेमौसमी रासलिला मच्चाउदै
ट्वार ट्वार गर्दैमा
ए भ्यागुताहरू हो
अब , यहाँ
बर्षा हुदैन ।
तिमीहरूको खबरदारीले Continue reading
~दिलीप आचार्य~
त्यसो त सन्तबहादुरको कान्छो छोरा समेत अहिले २० वर्ष नाघिसकेको छ र उसको सबैभन्दा जेठी छोरीको उमेर त चालीसको हाराहारीको छ । तर सन्तबहादुर ड्याडी भने भर्खरै भएको हो । कुरो बेमेल लागे पनि यथार्थ भने यस्तै छ ।
सन्तबहादुर करीव ३५–४० वर्ष अगाडि २–३ जना परिवारसहित राजधानी भित्रिएको थियो । उसको पुख्र्यौली घर कतै पश्चिमतिर थ्यो क्यार । बाबु–बाजेको जग्गा जमिन धेरैजना दाजुभाइमा बा“ड्दा गरी खान नपुग्ने भएपछि जे भा’को जेथा उतै बेच बिखन गरेर ऊ नेपाल खाल्डो भित्रिएको थियो । पुरानो नेपाल खाल्डोमा पसेपछि धेरै समय भौंतारियो सन्ते ।
चिनजानका कोही नभएका अरु काममा आफ्नो बुता पनि नभएकाले त्यति बेला ४ Continue reading
~भीमप्रसाद न्यौपाने~
लोकभाका जनजीब्रोबाट स्वतस्फूर्त्रुपमा प्रस्फुटित हुने गीत हो । मायाप्रीति, संयोग वियोग, हर्षविस्मात, यातना, बेदनाहरु उजागर गर्ने सबल माध्यम हो । लोकगीत महलको शोफामा तातो कफिको घुट्कासँगै रचना, परिकल्पना गर्ने विघा होइन । यो त वन पाखा–घाँसदाउरा–मेलापर्व–पानी पँधेरो, हाटबजार, उकाली ओरालीमा बहने मीठो सुगन्ध हो । चीरवीर चरीको बोलि, कलकल झरना खोलि, अनि सल्लेरी सुसाएको ध्वनिरुपि म्युजिकले सजिदै कुना कन्दराका मृदमय गर्भबाट निस्कने तरङ्ग हो । जसको बासनामा वनजंगलको हरितिमारुपी खास्टोले छोपिएर पाखा पखेराहरुले मीठो चुम्बन वर्षाइरहेका हुन्छन् । लोकगीत कन्ठस्थ हुने र मुटु छुने संगीत हो, जति गुनगुनाए पनि धित नपुग्ने नसा हो भने थकित आत्मालाई शान्त पार्ने अचूक औषधि पनि हो । Continue reading
~मनकाजि तामाङ~
हाम्रो आफ्नै पहिचान धरापमा छ।
जनता को संबिधान धरापमा छ॥
कयौँ घाईते भए कयौँ सहीद बने !
हो! संघर्ष र बलिदान धरापमा छ। Continue reading