गजल : कसरी बुझाऊँ यो दिल

~म. बि. बि. शाह~

भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल

ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा
दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल

तिमी जान हौ यो जीउको तिमी प्राण जिन्दगीको
टाढा बसी कति दिन कसरी बुझाऊँ यो दिल

शब्द : म बि बि शाह
स्वर : मेहन्दी हसन
सङ्गीत : दीपक जङ्गम

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.