सजना गुरुङका चालिस मुक्तकहरु

~सजना गुरुङ~Sajana Gurung

…………*****…………
जीवनरुपी वृक्षमा चेतनाको फल फलाउन सक्छौ
हिम्मत गर सुकेको बोटमै तिमी पलाउन सक्छौ
तत्पर हुनु आफै नै हर परिस्थितिको सामना गर्न
आत्माबलले जाँची हेर वैरी समय ढलाउन सक्छौ !

…………*****…………
अब देखि तिम्रो मेरो बस्ने छत एउटै भयो
फरक सोंच भए पनि दिने मत एउटै भयो
नजिकटाढा जे भएनि ढुक्क छु तिम्रै साथमा
लक्ष्य एकै,गन्तव्य एकै हिड्ने पथ एउटै भयो ! Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : आमा

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

आमा तिमीले मलाई
जन्म मरण दोसाँध बोकी
जन्म दियौ यस धर्तीमा
यो भारलाई कसो गरी
सक्छु मैले तिर्न ।

नौ महिना गर्भमा राखी
आँखा खोली दियौ
ताते ताते भन्दा भन्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : तीन दशकपछिका काइँला

~आनन्द राई~

कवि वैरागी काइँला पछिल्लो समयमा कविताको सैद्धान्तिक-दार्शनिक पक्ष भन्दा समय-परिस्थितिसँग बढी एकाकार देखिन्छन्।

स्वनामधन्य बैरागी काइँला (तिलबहादुर नेम्वाङ)को दोस्रो कविता कृति अन्धा मान्छेहरू र हात्ती अहिले बजारमा नयाँ छ। नेपाली काव्यजगतमा ५० वर्षदेखि निर्विवाद उचाइ बनाएका कवि काइँलाको पहिलो कृति बैरागी काइँलाका कविताहरू २०३१ सालमा आएको थियो। थोरै कविता लेखेर धेरै चर्चित, अर्थित र गर्वित काइँलालाई पहिलो सङ्ग्रहमा अन्वेषक तथा प्रकाशक कमल दीक्षितले चिनाएका थिए भने दोस्रो सङ्कलनमा आयामेली (क्युबिजम) साहित्यका डिजाइनर इन्द्रबहादुर राई त्यो भूमिकामा छन्। राई लेख्छन्, “काइँलाका कविताको विषय छ- आफूको खोज। त्यस विषयलाई रूप दिने उहाँको दृष्टिलाई एक शब्दमा बताउनु परे आयामिक भन्न पर्छ। तर आयामिक कवि १० जना भएका भए सबै काइँला हुने थिएनन्। Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बाल कविता : पर्खंदैन समय

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

लौरो टेक्ने बूढाले
थर्थर गोडा कमाए,
यताउति हेरेर
रूखका जरा समाए ।

पढ्ने लेख्ने बेलामा
गुच्चा हान्थे ठेलामा
अहिले आँसु झारेर
रून्छन् कठै हेलाँमा । Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

गीत : उड्छ सिमल भुवा बनी

~ललिता ‘दोषी’~lalita-doshi

उड्छ सिमल भुवा बनी
मन कताकता
भत्कियो सारा रहरहरू
तिमीले अर्कै मोड लिँदा
उड्छ….

तिमीले दल्यौ चुक नै
मेरो आलो घाउमा
झुम्यौ सधैँ सधैँ तिमी
अरुहरूकै बाहुमा Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

सूत्रकथा : कौमार्य

~कुमार काफ्ले~kumar-kafle

-प्रकृतिले प्रेमलाई अँगालो हालिन् र आफ्नो सर्वश्व सुम्पन तयार भईन्।

-प्रेमले प्रकृतिमा आफ्नो छुट्टै स्थान, अर्थ र मूल्य खोज्यो।

-प्रकृतिको आफ्न‌ै सार्वभौम नियम थियोे सबथोकमा। Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : गाडधन

~केदार शर्मा~

… र तिम्रो पनि गाडधन
यसरी नै फेलापर्ने छ कुनै दिन
शङ्कै नगरिएका ठाउँमा
वा दावी नगरिएका बैंक खातामा
वा खिया जमेका लकरहरूमा
वा स्वीस बैंकका चोर खाताहरूमा
वा आफ्ना मान्छेहरूका नामका लालपुर्जामा
तर तिम्रो गाडधन फेला परुन्जेलसम्ममा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवेश

~विमल निभा~Bimal Niva

नारायणहिटीमा प्रवेश गर्न
मलाई लाग्नेछ
पाँच रुपियाँ
पाँच सय वर्ष
पाँच हजार छटपटी
पाँच लाख भोक
र पाँच करोड अँध्यारो नाघेर
म प्रवेश गर्नेछु
नारायणहिटीको द्वार Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म चेस खेलिरहेको छु

~बिमल गुरुङ~bimal-gurung

औंलाम बिंडि च्यापेर
एकजोडा मान्छेहरु सडकको छातीबाट हिंडिरहेछन्
खडेरी परेका उदास-उदास
खेतहरुमाथि आकाश पानीको गीत गाइरहेछ
मातेर एक ट्वाक अमृत जलले
नौजवानहरु होटलबाट निस्किरहेछन्
भेलियम खाएर केटाहरु
चोकको फलैंचामाथि हल्ला मारिहरेछन्
म बबुरो दाईसंग अगुल्टो मागिरहेछु
म मुखमा मैनबत्ति सल्काईरहेछु
घरबाट बोलाउन आएकी
ए मेरी बहिनी, पर्ख ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्षा

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

आइन् वर्षा हररर चढी वायुपङ्खी विमान,
पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान ।

झिल्के झिल्का, अचल मुख भो त्रासले नील गाढा,
चूली नाघिन् प्रकृति कलिलिन्, देखिंदै दूर टाढा ।

बाफैको हो रथ त हलुका, शानले त्यो विशाल Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्छेउ पाल्पा गै’छु

~हरी गौतम~

म वुटवल पुग्छु भन्दा, भन्छेउ पाल्पा गै’छु..!!
थाह थियन त्यो नजरमा, खेलौना पो रै’छु..!!

मूटु झीकि..मान्छे वेच्ने, व्यापार गर्छउ र की?
भन्छेउ अरे दुनीयालाई, उ गलत म सै’छु..!! Continue reading

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : श्रीपेच र ढाका टोपी

~निश्चल काउचा~Nischal Kaucha

म एक हप्ता अघि भृकुटीमण्डपको पुस्तक प्रदशनी मेलामा पुस्तक अबलोकन गर्दै थिए । केही मन परेका पुस्तकहरु किन्ने सोचाईमा थिए । प्रदशनी हल भित्र छिरेको बिस मिनेट पनि भएको थिएन । बन्दुक भिरेका बर्दिदारीहरु आएर हलबाट निस्कने उर्दी जारी गरे । एकछिन भन्दा भन्दै पनि धकेलेरै हामी निर्दोष मनुवाहरुलाई बाहिर निकाले । बाहिर हेर्छु त झन बन्दुके बर्दिधारिहरुको रमितै छ ।

यस्तै दृश्य पहिला पहिला राजाका पालामा देखेको थिए । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आँगनमा आज मेरा प्रियतम आए…

~निर्मोही व्यास~Nirmohi Vyas

कस्तो हुन्थ्यो यो दिनलाई साँची राख्न पाए !
आजै जस्तो मेरो हजूर फेरि पनि आए !
छातीभरि छचल्किने आज खुसी कति
मन मेरो चुल्बुलिने आज अति अति ।

कस्तो हुन्थ्यो यस्तै मन सधैँ सधैँ पाए !
आजै जस्तो मेरो हजूर फेरि पनि आए ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्‍यता

~राम श्रेष्ठ~

बिछोडलाइ जिताउनुमा तिम्रो पनि हात होला,
पराइ भनी लत्‍याइदिने यो समाजमा चलन चल्‍यो,
हासुन जेल साथ दिइ सुन्‍यतामा छोडी जादा,
मदिराको साथसँगै सारा जिवन त्‍यसै ढल्‍यो,

आज भन्दा भोली अझै, जिन्दगी यो मोडिदैछ। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : तिज उत्सव !

~सुरेन्द्र बिष्णु बलबद्र प्रसाई~

“पाटी प्यालेसमा तिज उत्सव छ रे तँलाई बोलाएको छ ।”

फोन राख्दै सासु आमाले अलि ठुलो स्वरमा कराउनु भयो । म दिउँसोको खाजा बनाउन भान्सामा भए पनि फोन आएको र आमा बोलेको प्रष्ट सुदै थिएँ । नसुनु पनि त कसरी घर भन्नु नै जम्मा तीनटा कोठा थियो । सुत्ने कोठा संगै जोडीएको थियो भन्सा कोठा । सासु मुस्किलले आधा मिनेट फोन मा बोल्नु भएको थियो ।

“यि आमा तातो तातो खोले भात खानु — त्यो सुमन कता गएछ ?? त्यसलाई चौउचौउ उमाल्दिएकी थेँ ।” जाउलो मा माथिबाट नुन छर्कदै सासुलाई दिएँ ।

“तेरो भाउजुको फोन रैछ –, खै कुन हिमालय नै भनीन होला । पाटी प्यालेसमा तिज उत्सव छ रे मैयालाई Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म, अक्षर र मेरो कविता

~अशेष मल्ल~ashesh-malla

अक्षरहरूको युद्धमा
मैले शब्द बुन्न नसक्दा
कविता
अधुरो भएको छ
ठीक अहिलेको
भयग्रस्त वर्तमान जस्तो ।
चौबाटोमा उभिएको
अन्योल बटुवा
उभिएको उभियै छ
मेरो कविता जस्तो
न यता न उता
आफ्नै युद्धले थकित Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँ र तिमी

~दिनेश अधिकारी~Dinesh Adhikari

न्यानो लाग्नेगरी
चिसो हिउँ परिरहेको छ
र, म तिमीलाई
हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झिरहेँछु
त्यसबेला
तिमी असाध्यै नरम र न्यानी थियौ ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लिएर अल्मलिंदै म मरें त्यो दिन

~प्रणिका कोयु~pranika-koyu

गते, बार, बजे
याद छैन
याद छ त यही कि त्यो दिन
मेरो सास अड्किएको थियो
अविश्वासमा कि घमाइलो बिहानी
अँधेरो बन्यो एक्कासी त्यो विरानो देशमा
अनि मेरो आतंक सर्यो
पिलिक पिलिक मेरा दुइ साथीको इनबक्समा

चाल मार्न नजानी-नजानी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : निर्वाचनपछि…

~प्रदीप नेपाल~

काठमाडौंको बालुवाटारमा निर्वाचन परिणामले आतङ्कै मच्चायो । भीमप्रसाद कट्टेलको घरमा एउटा बैठक बस्यो ।

“अब नेपाल बस्ने दिन सकिए,”भीमप्रसादले भन्यो, “काङ्ग्रेस, एमाले स्वाहा भए, माओवादीको राज आयो । अब नेपालमा बस्न नसकिने भैयो । माओवादीले सबैथोक राष्ट्रियकरण गर्ने भनेको छ, त्यसभन्दा त बरु भएको बेचबिखन गरेर टोरन्टोतिर लाग्नुपर्ला ।”

“राजनीति यस्तै हो भाइ, कहिले को स्वाहा हुन्छ, कहिले को। चुनाव हो, कहिले एउटा आउछ, कहिले अर्को । जति चर्को भाषण गरेर आए पनि सिंहदर बार छिरेपछि सबैका हातखुट्टा बाधिन्छन् । सिंहदरबार त्यस्तो जातो हो, जसले मकै, भटमास, घुन र बालुवा सबैलाई पिसेर धूलापीठो पारिदिन्छ,” धन कमाउनेहरू विदेश जानु Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमीलाई बनाउँदा बनाउँदै

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

कल्पना गर ।
तिम्रा आर्द्र आँखाहरु
मैले कसरी सजाउने छु ।
तथापी,
म चित्रकार होईन
कदापी तिमीलाई बनाउन सक्ने ।

युगौं युग तिमीलाई फुल संझे । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विर्खे, दमाई साईला र काजीमान

~प्रमोद स्नेही~

त्यो विर्खे,
दिनहुँ उसको सरिरमा वुट वर्सिन्छ
लठ्ठीहरू भाँचिन्छ
तर उ,
चुपचाप पीडाहरू सहिरहन्छ,
दुखाईहरू खेपिरहन्छ
र पर्खन्छ योभन्दा अँझ थप पीडाहरू–दुखाईहरू
किनकि उसलाई थाहा छ
योभन्दा अँझ खतरनाक पीडाहरू वाँकी नै छ
कारण – उसले काजीलाई ढाँट्यो रे…।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : उत्तरको गुफा

~मनोज बोगटी~Manoj Bogati_1

मलाई चिन्न
तपाईंलाई मेरो नाम पठाइरहेको छु
उसले सादा लुगा लगाएको छ
अनुहार मङ्गोल
र व्यवहार सोझो छ।

तपाईंले हेप्दा हेपियो भने त्यो मेरो नाम भनेर चिन्नु होला।
तपाईंले मिच्दा मिचियो भने त्यो मेरो नाम भनेर चिन्नु होला।
चुपचाप बस्यो र सह्यो भने त्यो मेरो नाम भनेर चिन्नु होला।
अरू त कसरी चिन्नुहोला र
जसरी त्यसलाई चिन्नुपर्ने त्यसरी चिन्नुहोला। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फूलहरू छन् माली छैन

~रवि प्राञ्जल~Ravi Pranjal

आँगन भरि ओइलाएका फूलहरू छन् माली छैन ।
अग्लाअग्ला पात झरेका रुखहरू छन् डाली छैन l

घाम झुल्केर के भो र ! सङ्घार अझै अँध्यारै छ,
लाखौँ झुपडीमा अझै रातहरु छन् लाली छैन l Continue reading

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : अवश्यंभावी मृत्युचिन्तन

~अज्ञात~book cover - Yogesh Raj - Hindu Newarharuko Mrityu Chetana

‘मृत्युको अनुसन्धान उतिसारो रुचाइने विषय होइन, तर यो इतिहासमा सबैभन्दा बढी दोहोरिने घटना हो। हिसाब लगाउने हो भने आज यस धरतीमा जति मानिस बाँचेका छन्, त्योभन्दा धेरै मरिसके। मानिस बाँचिरहेको समय ऊभन्दा धेरै जनाले छोडेर गएको समय हो। अनुभव गर्न चाहे मानिसले आफ्नै वरिपरि कैयन् पुस्ता पूर्वजको रिक्तता भेट्टाउन सक्छ।’

यसरी शुरु भएको पुस्तकको भूमिका अगाडि बढ्छ– ‘… मृत्यु यहीं छ र अहिल्यै छ। तर, मानिसलाई मृत्यु किम्वदन्ती लाग्छ। किनभने, जीवनमा जम्मा एक पटक मरिन्छ, त्यतिवेला के हुन्छ, ऊ जान्दैन। मर्नुको स्वाद कस्तो हुन्छ, ऊभन्दा अघि मरेको आएर भन्दैन। … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : बालक भेटियो

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

व्यासगुफाको सत्तलमा एकाबिहानै एउटा नवजात बालक भेटियो। पक्कै त्यसकी आमा कुमारी हुनुपर्छ । नत्र यति सुन्दर बालकलाई यसरी किन अलपत्र छाड्थी ? मानिसहरू यस्तै शंका गरिरहेका थिए । सत्तलको एक कुनामा सानो सुकुल, सानो ओछ्यान, सानो सिरक । तोरीको सिरानीमा लम्पसार बालक मनै पग्लने गरी हातखुट्टा मिल्काएर रोइरहेको थियो ।

तल मादी-सेतीको भेलमा दाउरा र माछा छोप्न दमौलीबासी उर्लेका थिए । रमिता हेर्न पत्रकार र पर्यटक निरन्तर बजारबाट नदीतिर ओर्लिरहेका थिए ।

‘यस्ती आइमाईलाई त नांगेझार पारेर सिस्नो लगाउँदै सहर घुमाउनुपर्छ ।’

‘होइन, त्यस्तालाई त सामूहिक बलात्कार गर्नुपर्छ ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : बालसाहित्य लेखनमा मेरा केही अभिमतहरू

~कार्तिकेय घिमिरे~kartikeya ghimire

बालसाहित्य लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर मिहिनेत गर्छिन्, त्यसरी नै एउटा बालबालिकाका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत गर्नुपर्छ । त्यसैले यदि तपाईं रहरका लागि यो कामका सहभागी हुँदै हुनुहुन्छ भने तपाईंले बालबालिकाका लागि अन्याय गर्दै हुनुहुन्छ भन्ने कुरामा तपाई सचेत हुनुपर्छ ।

एउटा बालक, आजको आशा हो । ऊ अगुवा पनि हो । त्यसैले उसको लागि तयार गरिने साहित्यिक सामग्रीले विशेष महत्व राख्दछ । किनकि एउटा मानिस मष्तिष्कबाट संचालित हुन्छ । साहित्यले उसको मष्तिष्क Continue reading

Posted in लेख | Tagged | Leave a comment

गीत : रुन्चे हाँसो

~केदार श्रेष्ठ “गगन”~Kedar Shrestha 'Gagan'

उनी टाढा मेरो यहाँ कसले पुछि दिने आँसु
परदेशमा तड्पिएर कति रुन्चे हाँसो हाँसु ।

विरहमा गाउन खोज्दा भागिदिन्छ सुर पनि
कति भाकौ देउरालीलाई भैटगराई दैऊ भनि Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : हत्यारिनी

~सुषमा मानन्धर~Shushma Manandhar

समाजको आँखामा अहिले ऊ एउटी अपराधी। समय र परिस्थितिले उसलाई दिएको अर्को एउटा परिचय। उसले एउटा हातले छोरी डोर्‍याएकी थिई , उसको अर्को हातमा हथकडी थियो। अगाडि सडकका किनार र घरका झ्याल ढोकामा थुप्रै मानिसहरु उसैलाई हेरिरहेका थिए। नानाथरी मानिसका नानाभाँतिका कुरा। नचाहँदा नचाहँदै पनि उनीहरुले गर्दै गरेका कुरा र लाएका आरोपहरु पग्लिएको तातो शिशासरह उसका कानभित्र पसिरहेका थिए। त्यहाँ सवै अपरिचितहरु मात्र थिएनन्। ती रमितेहरुमा भन्नलाई त उसका सासु ससुरा, नन्द र छिमेकीहरुका अनुहारहरु पनि थिए तर त्यहाँ उसका निम्ति सहानुभूतिका कुनै उष्णता थिएनन्। चिसो अनि उपेक्षित हेराई। वर्षौसम्म जहाँ उसले कुनै अपनत्व पाइन,त्यहाँ आज उसले कुनै सहाराको अपेक्षा पनि कसरी गर्न सकोस् ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुनौली जाने बसमा

~कमल कुमार~kamal-kumar

खै के खै के
जिन्दगीबाट विरक्तिएर
खै कता खै कता
जान हिँडेका दुई युवती
टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा
सडक जस्तै पुरानो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दको जीवन्त प्रयोग

~डा. आनन्द जोशी~

यद्यपि शब्द चेसको गोटी होइन
तैपनि शब्दलाई
कहिले यता, कहिले उता उफारी उफारी
कहिले दौडाएर, कहिले रोकेर, कहिले घुमाएर
चव्रmव्यूहमा कैद गरिरह्यौ तिमीले –
जिन्दगीलाई ।
अचेल जिन्दगीको इच्छा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खाल्डोभित्रको गुहार

~गोविन्दप्रसाद आचार्य~

मृत्युले चुसेका छोक्राहरू माटोले खाने गर्छ
छोक्रा खाएर माटो पोषिलो बन्छ
झारबोटहरू माटोको रस चुसेर पोषिला बन्छन्
पोषिला बोटहरू फुल्दै रसिला फल्ने गर्छन्
खाल्डोभित्र मात्र मुर्दा गाडेको थाहा छ
निरिह चिहान देखेर मन डराएको थाहा छ
कल्पनाको भूत देखाएर
मन, दिल सोचाई हृदय मुर्दा बनाउँनेलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

केस्रा : विलाप

~मीना पुमा राई~mina-puma-rai

अनायासै मन मेरो जल्दैछ
दिल भित्र भित्रै आगो बल्दैछ

चट्टान जस्तो मेरो मुटु पनि
समयसंगै सुस्तरी गल्दैछ Continue reading

Posted in केस्रा | Tagged | Leave a comment