~विवश पोखरेल~
मोरङ जिल्ला राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक औधोगिक क्षेत्रमा मात्र नभएर भाषा साहित्य र कला संस्कृतिका क्षेत्रमा पनि समृद्ध जिल्ला हो । जसले एउटा आफ्नो बेग्लै अस्तित्व र गरिमा बोकेको छ ।
विशेषतः आजको मेरो विषय मोरङ जिल्लाको सङ्क्षिप्त परिचय प्रस्तुत गर्ने रहेकाले म संङ्क्षिप्त रूपमा भाषा र साहित्यको क्षेत्रमा मोरङको योगदानबारे यहाँहरूसमक्ष यो सानो आलेख प्रस्तुत गर्ने अनुमति माग्दछु ।
मलाई थाहा छ ,समयको व्यस्तता, अप्राप्य सामग्री र आफ्नो सीमित अध्ययन र अल्पज्ञानका कारणले गर्दा यो आलेख पूर्ण छैन, म मात्र आफ्नो जिम्मेवारी पूरा गर्न उभिएको छु । यो अपूर्ण भए तापनि मेरा अग्रजहरूका सल्लाह सुझावअनुसार यसलाई शंसोधन र परिमार्जन गर्ने वचनबद्धता पनि व्यक्त गर्दछु । Continue reading