गीति कविता : नेपाल हाम्रो घर

~कृष्णप्रसाद पराजुली~Krishna Pd Parajuli

जोड्यौँ गौरवमानका सिलसिला
उक्ल्यौँ उकालै पनि
नेपाली वसुधा सुधाम्य भयो
यै घाम छाया पनि Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

लघुकथा : न्यायको क्षेत्रफल

~शिव भुसाल~

…..र अचानक धनेमाथि कसैले खुकुरी हान्यो । धनेकी दिदी उम्लन लागेको दध छाडेर आई । दाउरा चिदैँ गरेको बुढो बाबु बन्चरो समातेर धनेको बचाउमा आयो । यो सबैलाई एकतमासले हेरिरहेकी धनेकी आमा पारु, जो स्वयं चार वर्षदेखि दमले थलिएकी थिई, ऊ यसपटक न उठन सकी, न त गुहार माग्न नै । अपराधी एक्कासी फरार भयो र ऊ को थियो, कसैलाई थाहा भएन ।

एक निमेषमै सारा गाउँ धनेको आँगनमा उपस्थित भयो । सबैको आआफ्नो गाइँगुइँबीच सुवेदार कान्छी बोल्न थालिन –‘यो धने तल्लो जातको भए पनि आजसम्म केही बिराम गरेको थाहा छैन । चुपचाप बसेको छ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मान्छे ठान्छु म त

~शिव वियोगी चौलागाईं~

देख्या छैन तर पनि आफ्नै मान्छे ठान्छु म त
जे सुकै होस् तिमीलाई प्रेम नजरले हान्छु म त

टाढा छ गन्तब्य हिड्न धरै बाँकी छ
जीवनको सहयात्री तिमीलाई मान्छु म त Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : म बिक्री भएको छैन

~महेश रेग्मी~

म क्षत्रि्रस्त जीवन लिएर हिँडिरहेको छु
सिंहदरबारको बाटो
काठमाडौं मलाई धोका दिइरहेको छ
काठमाडौं मेरो हुन सकिरहेको छैन
काठमाडौं मलाई कहीँ सिफारिस गर्दैन
मलाई मार्न खोज्छ
बाँच्न दिँदैन
मैले उसलाई जीवनका अङ्गहरू बुझाएको छु
तर म उसको छेउ लागेर हिँड्न छाडेको छैन ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : समय नै दोषी होला

~खगेन्द्र पराजुली ‘शून्य’~khagendra-parajuli-shunya

भेटाएर छुटाउने समय नै दोषी होला
ह”साएर रुवाउने समय नै दोषी होला

धेरै-धेरै गल्तीहरु भए होला मित्रतामा
खुशी मन दुखाउने समय नै दोषी होला Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अभिषाप

~बसन्त मोहन अधिकारी~Basanta Mohan Adhikari

लोभी,
पापी,
निर्दही,
निर्मोही !
रुप, रङ्ग उडाएर
चुस्न सम्म चुस्यौ ।
बदनाम गराएर
उपभोग गर्यौ ।

त्यतिले नपुगेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अरुलाई भुल्न थाले

~बिजयकुमार श्रेष्ठ~bijay-kumar-shrestha

विद्याकी खानी तिमी सबैलाई सुबुद्धिको ज्ञान दिने
सुबुद्धि दिएका थियौ तिमीले कहाँ गए विधा लिने ।

गुरुलाई मान्न छाडे विधा बिना नै गुरु बन्न थाले
आफनो औकात हेर्नु छैन विश्व हाक्छु भन्न थाले । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : माया पनि लिई गयौ

~केशब आचार्य ~Keshav Acharya_1

छाडिगयौ साथ मेरो माया पनि लिई गयौ
ब्यथाहरु जिन्दगीका धेरै धेरै दिई गयौ ।

ओकलेर फालिएको बिष जत्ती मेरै भयो
घडाबाट निकालेको अम्रीत सबै पिई गयौ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : सतिसाल

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

ठूलो वरको रूखको टुप्पोमा
काटिएको टाउको
आन्द्राभुँडी, कलेजो
र करङका लाप्सा
ट्वाक्ट्वाक् ठुङ्दै, स्वाद लिँदै
समयको बूढो गिद्ध
मुक्तियुद्धको पराजयको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अविराम लयः जस्तै जिन्दगी

~साम्ब ढकाल~Samba Dhakal

मत्स्यन्द्र दाइ हो रहेछ
जिन्दगी त
अविराम लय नै हो रहेछ ।

यो कसैगरी कतै जोडिएकै छ
नटुटाइकन आमाको काखमा घुँक्कघुँक्क आँसुको गीत
हरेक लडाइँमा हारको माला Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पानीले झन् पोल्छ

~मनु ब्राजाकी~Manu Brajaki

आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ
बोल्नेले त बोल्छ-बोल्छ नबोल्ने झन् बोल्छ ।

आफूलाई बेच्न खोज्यौ भने बुझिराख
किन्नेले त मोल्छ-मोल्छ नकिन्ने झन् मोल्छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : विदेशको वियोग

~श्रेष्ठ सत्य~Shrestha Satya

जब साँझको साँडे ६ बज्थ्यो, म काममा जानको लागि पश्चिमोत्तर लण्डनको अल्पर्टन रेल स्टेशनमा पिकाडिल्ली लाइनको पूर्वतिर जाने रेल चढ्न आइपुग्थेँ । मसँगै काममा जानका लागि नेपाली बहिनीहरु सुष्मा र सविना पनि त्यही स्टेशनमै रेल कुरिरहेका हुन्थे । हामी तीनै जना पश्चिम लण्डनको ह्याम्मरस्मिथ भन्ने ठाउँमा एउटै कम्पनीका लागि काम गथ्र्यौं । अलपर्टनबाट रेल चढेर इलिङ कमन पुग्ने बित्तिकै हामीसँगै काम गर्ने मोरिससका गणेश पनि त्यही रेलमा हामीसँगै यात्रामा सहभागी हुन आइपुग्थ्यो । गणेश प्राय एक्लै हुन्थ्यो भने कहिलेकाहीँ ऊ आफ्नी श्रीमति इन्दिराको साथमा हुन्थ्यो । यसरी नै हामी सबै सहकर्मी साथीहरु साँडे सातदेखि पौने आठ भित्र हाम्रो कर्मस्थलमा पुगिसकेका हुन्थ्यौँ र बेलुकी आठ बजेदेखि भोलिपल्ट बिहानसम्मै आ–आफ्नो काममा तल्लिन हुन पुग्थ्यौँ ।

नेपाली भएको नाताले काम गर्ने ठाउँमा सविना, सुष्मा र म खुबै मिल्ने गर्दथ्यौँ । हामीहरुबीच Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सिपाहीको पत्नी

~शुष्मा रुपाबुङ~Sushma Rupabung

स्वर्णिम अक्षरहरुमा धेरै कुँदिए
सिपाहीका कथाहरु
वीरत्वको कथा
आँट र साहसको कथा
धैर्यता र सहनशीलताको कथा
त्याग र तपस्याको कथा
एउटा अमर इतिहास रचेर
लेखकको ताज पहिरिए अनि
बेचिरहे सिपाहीका कथाहरु
र नेपथ्यमा बने थुप्रै ब्यापारीहरु
किन्नेहरु चुकचुकाउँदै दुई थोपा
टपक्क आँसु झारे सिपाहीप्रतिको
सहानुभूतिमा
तर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कमीज

~चण्डी सुवेदी~Chandi Subedi

चाडवाड निकै नजीकै थियो। दिलेको पनि यसपालि दशैंमा त बाले कमीज हालिदिने कुरा थियो।

हालिदिने भन्दा पनि दशैमा ल्याइदिने भनौ।

किनकि पोहोर पनि दशैमा उसले परारकै झुत्रेको टिशर्टमा चित्त बुझाएको थियो।

नभन्दै दुई चार दिन गन्दै असोज आइहाल्यो। टिनको बाकस लिएर जुगेदार दिलेका बा पनि पल्टनबाट आए। सबैलाई केही न केही त ल्याका थिए। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : म रोएको त्यो दिन

~विवशकुमार सेजुवाल~bibash-kumar-sejuwal

बार र गते भुसूक्कै बिर्सिएको रहेंछु । आज त्यो दिनलाई सम्झिएर ल्याउँदा मलाई भावनाको पहिरोमा छोपिएको झै अनुभूति हून्छ । जब सेती–महाकालीमा साँस्कृतिक पल्टनहरुको ओइरो थियो त्यतिबेला ती साँस्कृतिक पल्टनहरुसँगै नाच्दै–गाउँदै महाकालीको दोधारा–चाँदनी र सेतीको रामारोशन, बिनायक, छःतारा जस्ता ठाँउहरुमा हामीले जनताहरुलाई नयाँ साँस्कृतिक जागरण पैदा गर्न खुट्टाका पैतला खियाउँदै कहिले देउडामा त कहिले छलियामा, कहिले होरीमा त कहिले पुत्लामा नाचिरहेका हुन्थ्यौ । पार्टीको रणनीति पनि बदलिदै थियो । सेती–महाकालीमा त्यतिबेला ३ कम्पनी साँस्कृतिक पल्टनहरु थिए । तीमध्ये विसु साँस्कृतिक कम्पनी कालीकोटतिर लागेको थियो । अपिसैपाल Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : एउटा यात्री

~वैरागी जेठा~bairagi-jetha

उतिसका पातहरू साउती मारिरहेछन्
सल्लाहरू आँसु झारिरहेछन्
चम्पापुर उक्लिँदैछु
मेरो बन्दुक चूप बसेको छ
यात्रा छाँटिएर
बीचबाटोमा रोकिएको छ
सेनलाई बोकेर म
उनकै छायामा हिँडीरहेछु
टन्टलापुर घाममा
साथी बुझ्दैन
सेनको गन्ध सुङ्घदै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी संर्घष मै रमाउँछौं

~हस्तबहादुर केसी~ Hasta Bahadur KC

हामी संर्घष मै रमाउँछौं
संर्घष मै बाँच्दछौं ।।
संर्घष नै हाम्रो ज्यान हो
संर्घष नै हाम्रो प्राण हो ।।
हामी संर्घष मै क्रान्तिका गीत गाउँदछौं
संर्घष मै हामी क्रान्तिकारी नाँच नाच्दछौं ।।
संर्घष नै हाम्रो उद्देश्य हो
संर्घष नै हाम्रो लक्ष्य हो ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : बाख्राले भनेछ, बाख्राले भैँसीको सिङ धान्दैन

~राजमाया पुतवार~

एकादेशमा एउटा बाख्रा थियो । बाख्रा पनि साँचीकै बाख्रा । ऊ बाख्राभन्दा बढी केही होइन, त्यसैले ऊ बाख्रा मात्र थियो । उसलाई बाख्राभन्दा बढी केही हुनु नै थिएन । त्यसकारण पनि ऊ बाख्रा थियो ।

कुनैबेला ऊ बयलगाडा चढ्थ्यो । उसले चढेको यातायातको साधन भनेकै बयलगाडामात्र थियो । त्यसकारण उसलाई बयलगाडा बडो प्यारो लाग्थ्यो । ऊ भन्थ्यो, म त बयलगाडामा सयर गर्छु, मेरो निष्ठा कम भए पनि बढी भए पनि मलाई जहाँ जानु छ त्यहाँ जानलाई बयलगाडा भए पुग्छ । त्यसकारण ऊ अरु सवारीसाधनमा चढेर अगाडि जानेहरुलाई जिस्काउँथ्यो । न ऊ आफू चाँडो हाँकिने साधनमा बस्न चाहन्थ्यो, न अरु त्यस्तोमा बसेर Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : तिहारमा आइन भाई

~आचार्य प्रभा~acharya Prabha

टाढा छु परदेशमा तिहारमा आइन भाई
रमाइलो चाड बिर्सि अन्त मन लाइेन भाई

बिवसताले जित्यो मलाई परदेशमा रुदैछु
तिहारको झिलिमिली यहाँ मैले पाइेन भाई Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो हातै मीठो

~बासुदेव बुढाथोकी ‘सागर’~ Basudev Budhathoki 'Sagar'

पिरतीको जातै मीठो,सानु तिम्रो हातै मीठो;
मदिरा के चाहियो र!जवानीको मातै मीठो!

सन्ध्याकालको अँधेरीमा,पानी भर्ने पँधेरीमा;
प्रियालाई बोलाउने पिपिरीको पातै मीठो! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : पानी चोर

~लेखनाथ काफ्ले~Lekhnath Kafle

आज वडा प्रहरी अड्डामा अजीबको उजुरी पर्‍यो, हिरामान साहुको। त्यही उजुरीको छिनोफानो गर्न भनु वा सत्य तथ्य पत्ता लगाउन उसको छिमेकीको घरमा बस्ने सबैलाई उपस्थित गराइएको छ। उजुरी “मेरो घरको इनारको पानी छिमेकीको घरमा बस्ने डेरावालहरु द्वारा चोरी भयो। दोषिहरुलाई उचित कारबाही गरी पाऊँ” भन्ने थियो।

बुद्धनगर, नयाँ बानेश्वर चोक नजिकैको एउटा घर। तीन तलाको घरमा जम्मा जम्मी नौ वटा कोठा, नौ वटा नै चुला। घर लगभग समाबेशी छ, भुगोलका हिसाबले, जात, समुदाय, पेशा र भाषाका हिसाबले पनि। खाली एउटै समानता छ त्यहाँ, सबै काठमाडौं बाहिरका हुन। केही गर्न, जिन्दगीलाई बदल्न त्यहाँ आइ पुगेका हुन, आ-आफ्नो जन्मभूमिबाट। अब त्यहीबाट जिन्दगीको नयाँ सुरुवात गर्नु छ, नराम्रो बाट राम्रो तिर, दु:खबाट सुख तिर, अफ्ट्यारोबाट सजिलो तिर। त्यही थियो ती सबैको कल्पना काठमाडौं छिर्नु अघि। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : ‘फाइभ स्टार जेल’ बाट नेपाल चियाउँदा

~हिरण्य भोजपुरे~Capture3

अस्थिर राजनीति र जुनसुकै क्षेत्रमा लथालिंग अवस्था । नेपालको यो हालतदेखि दिक्क भएर यहाँ केही हुन सक्दैन भन्दै विदेश जान खोज्नेहरु धेरै हुन्छन् । त्यसमा पनि युरोप र अमेरिका धेरैको सपनामा हुन्छ ।

सांगीतिक जोडी हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको कथा भने फरक छ । पछिल्लो आठ वर्षदेखि अमेरिका बसेर केही महिनाअघि नेपाल फर्किएको यो दम्पती अमेरिकाको बसाइलाई ‘फाइभ स्टार जेल’ को संज्ञा दिन्छन् । अमेरिका बस्नु उनीहरुको रहर नभई बाध्यता हो ।

उनीहरू भन्छन्, ‘जे-जस्तो भए पनि हामीलाई नेपाल नै प्यारो छ ।’ Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

पुस्तक समीक्षा : निर्मोही व्यासको ‘बोधिवृक्षको छायामा’ पढदा

~सदानन्द अभागी~book cover - Nirmohi Vyas - Bodhibrikshya ko Chayama

बेधिबृक्षको छायामा यो तृषित आत्माले शान्तिको प्यालामा शितलता पिउन पाउँदा कस्लाईपो आनन्द लाग्दैन होला ?निर्मोही व्यासले पिएर नै छाड्नु भयो । यस्ता बोधिवृक्षको छायालाई मायागर्ने व्यक्तित्व हुनुहुन्छ –निर्मोहीव्यास । उहाँको जन्म बारा जिल्लाको कलैया भवानीपुरमा २००९साल भदौ ४ गते कुसेऔँसीका दिन भएको थियो । निर्मोही व्यासको खास नाम वेदव्यास उपाध्याय भएता पनि साहित्यमा उहाँ निर्मोही व्यासका रूपमा सुपरिचित हुनुहुन्छ ।

उहाँको अक्षरारम्भ साढेदुईबर्षको उमेरमा आफ्नै पिता नरनाथ न्यौपानेबाट थालनी भएको थियो । कवि निलहरी शर्मा ढकाल र उनका छोरा एक देव शर्मा ढकालले तयार पारेको ‘नेपाली सचित्र ठूलो वर्णमाला’ Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

स्वदेश गीत : मेची-काली झंकृत पारी

~रामप्रसाद ज्ञवाली~

मेची-काली झंकृत पारी गुन्जिरहेको जागृति गान
जनजनको मन गर्दछ नूतन, छर्दछ जीवन, भर्दछ सान

स्वतन्त्रताले राष्ट्रियताले सम्प्रभुताले गर्वित भाल
जय होस् मेरो जीवनमाली गौरवशाली देश नेपाल Continue reading

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : आरनमा तिमी र म

~विप्लव प्रतीक~

खलाँती जसरी फुकिरहेछ हावा
र आरनमा ह्वारह्वार्ती बलिरहेछ आगो
त्यसैगरी तिमी फुकिरहेछौ सास
मेरो पीरको मकलमा,
जहाँ सल्किरहेछन् व्यथाका कोइलाहरू ।

पानीमा चोप्दै, आगोमा सेक्दै
जसरी घन पिटिरहेछ तातो राँकिएको फलामलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

पौराणिक बाल कथा : हात्तीको झुन्ड र खरायोको बथान

~उमाशङ्कर द्विवेदी~

कुनै वनमा चतुर्दन्त नाम गरेको हात्ती आफ्नो परिवारका साथ झुन्डमा बस्दथ्यो । त्यस वनमा लामो समयसम्म खडेरी परेको हुनाले सम्पूर्ण पोखरी, झील, खाल्डाखुल्डी तथा पानीका अन्य मुहानहरू सुकेर गए । यस्तो विकट अवस्थामा हात्तीका ससाना बच्चाहरू पिउने पानी नपाई तिर्खाले मरणसन्न हुन थाले तथा कतिपय साना बच्चाहरू त मरे पनि । यो अवस्था देखेर एक दिन झुन्डका जम्मै हात्तीहरू युथपति छेउ गएर बिन्ति बिसाए– देव, तिर्खाले धेरै गजशावकहरू मरणसन्न अवस्थामा पुगिसकेका छन्, अझ केही गजशावकहरू त कालकलवित पनि भइसके । अत: कुनै यस्तो जलाशयको खोजी गरौं जसको पानी खाएर तृप्त तथा स्वस्थ हुन सकौं । हात्तीहरूको झुन्डको यस प्रकारको कुरा सुनेर धेरैबेरसम्म घोरिएर विचार गरी युथपतिले भन्यो– निर्जन वनमा समथर भूमिमा एउटा अतिविशाल जलाशय रहेको छ, जुन पाताल ग·ाको पानीले सदैव परिपूर्ण रहन्छ । अत: यस समस्याको समाधानको लागि त्यसै जलाशयमा जाऔं । Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : एकान्त

~सुस्मिता नेपाल~

पतिलाई लग्यो अन्धकार समयले
अथाह दुःख छातीमा टाँसेर
तिनी छटपटाइरहिन् एकनासले
छोरातिर हेर्दै
ओर्लिन् आँसुको भर्याङबाट
छामिन् दिनलाई
मौन रह्यो दिन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ऊ कुन् चीज हो

~राजव~Janardan Pudasaini Rajab

हरि सिंह कार्की चालीस वर्षअगाडि जङ्गल फाँडेर बसालेको तराइसँग जोडिएको वस्तीको मानिस हो । अठ्र्ठाईस वर्षअगाडि ऊ यहाँ जन्मिएको थियो । ऊ यहाँ जन्मिँदा उसका बाउआमा भर्खर पहाडबाट यहाँ बर्साईंसरेका थिए । त्यस बेला उसका बाउआमासँग यहाँ तीन बिगहा जग्गा थियो । अहिले उनीहरूसँग सात बिगहा जमीन, दुइ छोरा, एक छोरी, दश-आठ बस्तुभाउ, एउटा टायरगाडा (गोरुले तान्ने), एउटा थोत्रिएको पुरानो गाडा, तेर्‍ह जोर परेबा, केही कुखुरा र हाँस छन् ऊ उनीहरूको जेठो छोरो हो ।

हरि सिंह कार्की एक महिना अगाडिसम्म विद्यार्थी थियो । अब जागीर खोज्न थालेको बेरोजगार भएको छ ।

गाउँ छेउको बजारको हाइस्कूलमा पढ्ने हरि सिंह हाइस्कूलको शिक्षापछि काठमाडौं लागेको थियो । घरबाट ओसारेको दाल, चामल, आलु, मस्याङ, अडहर, प्याज र नगद खर्चले ऊ क्याम्पसको पढाइ पूरा गर्न कस्सिएको थियो । उसको यो कस्सियाई दरो थियो । त्यसकारण केही महिना अगाडि उसले स्नातकोत्तर (तर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : औशत माया र जिबन

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

अनुप्रास नमिलेको
जिन्दगी बाँच्दै छु ।
कहिले काँहि पोखिन्छु
सफेद पनामा ।
यादहरुको चपरा पल्टाएर,
एक त्यान्द्रो खुसि खोज्दैछु ।
बिश्वास छैन?
म त,
बन्द जिबन भित्र दास भएको छु । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : क्रिकेट कोलाज

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

१. हर्षको रङ्ग

“ए उठ केटा हो !”, बोल्यो हरि। जुरुक्क उठे केटाहरू। टेलिभिजनको स्क्रीनमा बज्न थाल्यो नेपालको राष्ट्रिय गान–’सयौं थुङ्गा फूलका हामी, एउटै माला हामी’। यता केटाहरू पनि सँगसँगै गाउन थाले। शान्त भयो वातावरण। यस्तो पनि हुँदोरै’छ सोचिरहेथें म।

“मेरो त आँखाबाट आँसु आयो यार”, भावुक भयो केशव। भन्यो, “हाम्रो देश पनि विश्वकप मैदानमा पुग्यो यार।

“हो यार” केटाहरूले सहमति जनाए। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गाईजात्रे देश

~आषिश श्रेष्ठ~Ashish Shrestha

घटना चरीको होस् या परीको,
विचित्र, विचार थरी थरीको !!

गुन्डा मर्यो लाल झण्डा माथि,
निमुखा मरे, सुनकोसी साथी !! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको शहरतिर

~रुमानी राई~rumani-rai

हिजोअस्ती हो,
थाप्लोभरी साहुको ऋण्
ढाड कुप्रीनेगरी भारी लादेर
गैरीखेतसंगै यो जिन्दगी बन्धकी राखेर
सपनाको शहरतिर
घर छोडेर हिडेको म
उफ्-दुईवर्ष ठाडो उकालो हिंडिसकेछ यो समय!
साहुको मुखमा बुझो हाल्न भ्याए पनि
जोरीपारीहरुको आँखामा छारो हाल्न सके पनि
गैरीखेत उकासेर
अलिकती यो मन ढुक्क भए पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment