कथा : अपहरण

~टेकु ओली~teku-oli

सरी !

विशालबजार अगाडी पुग्नै लाग्दा अचानक पछाडिबाट कसैले मेरो आँखा च्याप्प छोपेपछि मान्छे ठम्याउन पछाडी बढेका मेरा हात कसैको छाति सम्म पुग्दा नारी आवाज सुनियो ।

होलीको दिन करीब ४ बजे होली खेल्ने क्रम सकिएपनि न्यूरोडतिर चहलपहल भने बाक्लै थियो । दाँयाँबायाँ मान्छेहरु मलाई ठक्कर दिँदै हिड्थे । शरीरमा ठोक्किदा पुलुक्क हेरेपनि नदेखे झै गरि सरासर अघि बढ्ने उनीहरु, सायद सरी भन्न जरुर ठान्थेनन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कामको मूल्याङ्कन

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

कवि प्रेमप्रसादले काम गर्दै आएको कार्यालयको वार्षिकोत्सवको दिन नजिकै आइरहँदा सहकर्मी साथीहरूले उनले गरेको कामको प्रशंसा गर्दै भने, “यसपाली वार्षिकोत्सवको अवसरमा कविजीले पुरस्कार पाउनै पर्छ ।”

कवि प्रेमप्रसाद इमान्दारीताका साथ काम गर्न कहिल्यै पछि पर्दैनन् । उनको कामको प्रशंसा सबैले सधैंँ गर्छन् । हरेक वर्ष उनले काम गरेको कार्यालयको वार्षिकोत्सवका अवसरमा तीनजना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कार दिने चलन छ । तर उसको मनमा भने आफूले पुरस्कार पाउँछु जस्तो लाग्दैन । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : दार्जीलिङको दौरा-सुरुवाल

~प्रदीप नेपाल~

तपाईं दार्जीलिङ जानु भा’छ – भनेर कसैले सोध्दा म न गा’छु भनेर जवाफ फर्काउन सक्थे”, न त गा’छैन भनेर नै जवाफ दिन सक्थे” । दार्जीलिङ गा’छैन भनु” भने दर्ुइ-तीनपटक त्यो बाटो म हि”डेको छु । गा’छु भनौ” भने दार्जीलिङमा कहा” के छ भनेर कसैले सोध्यो भने खै त्यो त थाहा छैन भनेर भाग्नुपर्ने अवस्थाको मान्छे भा’को छु म ।

त्यसैले एकपल्ट मन लागेजति हर्ेर्ने गरी दार्जीलिङ जाने मन बनाएको थिए” । वषर्ापछि जाने योजना थियो । असोजसम्म झरी पर्लाजस्तो पनि लागेको थिएन । त्यसैले २०६५ असोजको दोस्रो सातामा मैले दार्जीलिङ जाने सोच बनाएको थिए” ।

नभन्दै म लागे” असोज ११ गते बिहानै पशुपतिनगरबाट दार्जीलिङतिर । हाम्रो गुरुजीको नाम थियो, सञ्जीव र्राई Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

समीक्षा : रत्यौली

~शीतल गिरी~Shital Giri

नेपाल सानो देश भए पनि यहाँ थुप्रै विविधतापूर्ण संस्कृति पाइन्छन् । विभिन्न किसिमको स्वादमा यहाँको संस्कृतिमा झुम्न सकिन्छ । नेपालको लोकसंस्कृतिमा धान नाच, रोदीघर, असारे गीत, डेउडा, बाह्रमासा, बिरहनी, समाचकेवा, जट जटीन, घाटुनाचको आफ्नै रस, सुगन्ध, रङ र स्वाद छ ।

आफ्नो आफ्नो सांस्कृतिक सम्पदामा रम्दा यस्तो लाग्दछ, वास्तवमा नेपालको संस्कृतिमा हिमालको चीसोपन, पहाडको परिश्रम र तराईको हरियाली पाइन्छ । यहाँका संस्कृतिहरू लोकपरम्पराको रूपमा चल्दै आएको छ ।

यहाँको लोकसंस्कृतिमा मिठास छ । यहाँ एउटा यस्तो नाट्य परम्परा विद्यमान छ, जसको हर्ता-कर्ता र दर्शक सबै महिला नै हुन्छन् । महिलाले महिलाकै लागि मात्र मञ्चन गर्ने गरेको नाट्य नेपालकै मगर, गुरूङ, नेवार, राई, लिम्बू, मैथिल आदि समाजमा भने पाइँदैन तर पनि ती जातिका महिलाहरू पनि यदाकदा सहभागी हुने Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : कट्टुसका स्याउला

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

त्यो हाम्रो ठाउँको
त्यो रनबनको
त्यो परिवेशको
समग्र त्यो भूमिको
कोही किन गराओस्
पुनर्ताजगी मलाई?
अघोर
अभिन्न जस्तै
प्रकृतिको साथी
प्रकृतिको प्रसंशक,
म आफै प्रमाण
म आफै साक्षी
म आफै भुक्तभोगी
कोही, खै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : … र, यसपालि पनि

~हरिहर तिमिल्सिना~

धेरै वर्ष दशैँका नाममा
समयले घोडा बनाएर मान्छेहरूलाई
चढेछ बेसरी र पुरानै ठाउँमा ल्याएर छोडेछ
केटाकेटीले गोल्टिनमा
लङ्गुरबुर्जाका गट्टीहरू हल्लाएझै
कहिले पछार्दै र कहिले उठाउँदै ।

…र, यसपालि पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरानो मान्छे

~श्रवण मुकारुङ~

यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ ।
तिमीसित अब के छ त्यस्तो कुरा… ?
सुधारिएको प्रजातन्त्र ? गणतन्त्र ?
अत्याधुनिक बन्दुक
ट्याङ्क, मिसाइल, रकेट लञ्चर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिकर्मी–मन

~भूपाल राई~

यी यो आलमारी
श्रृङ्गारका ‘हरेक माल’
प्रेमको वार्निसले पोतेर
सिकर्मी–हातले खोपेको ।

रंगहरू छन्
रंगकै भट्टीमा रंगीन मुटु गालेको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन विरुद्धको सङ्गीत

~विमला तुम्खेवा~Bimala Tumkhewa

कसले बजायो मान्छेको बस्तीमा
दुःखको बाँसुरी एकोहोरो ?
मैले पनि थुप्रै सपनाहरू लिएर
तिमीसँगै दाँजिँदै
क्षितिज नियालेकी थिएँ
घामको यात्रामा
समयको बैँशलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

मैथिली मुक्तक : किएक नहि डरत

~गजेन्द्र गजुर~Gajendra Gajur

मेहनत-बलसँ केहनो पत्थर फूटाए जाइछै ।
अन्हारो घरमे रोटी मुहँमे घोटाए जाइछै ,
किएक नहि डरत Continue reading

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

कविता : अन्तर

~डा. आनन्द जोशी~

फ्रेम
तिमीलाई मात्र कहाँ हो र
मलाईलाई पनि दिएका थिए तिनीहरुले ।
सम्पूर्ण रुपमा आफुलाई कैद गरि हे-यौ तिमीले फ्रेमभित्र
हत्केलाहरु फ्रेमबाट बाहिर निस्केकाले काटिदियौ ति हत्केलाहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के नेपाल भ्रष्ट छ ?

~निरज भट्टराई ‘मनोरोगी’ ~Niraj Bhattarai

मेरो देश नेपाल भ्रष्ट छ
यो मेरो । हाम्रो देश नेपाल प्रकृतीको अनुकम्प प्रदत छ
खै किन फेरी यो देश भ्रष्ट छ ।

६ हजार साना ठुला नदीनाला बग्दछन्
हरियाली अनुकम्प छ
खै किन फेरी यो देश भ्रष्ट छ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान

~प्रतिमान सिवा~

टुप्पामा,
झुप्पामा,
फकृएको फुलगुच्छा,
तिम्रो शिरको सिरबन्दि
श्रीपेच उसको ढाकामा
नेपाली सारा जगतका,
आकाशमा फुलेको सुर्य झैं, Continue reading

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : निक विचार नञि देखलाैं

~हृदय नारायण यादव ‘मैथिल सुमन’~

अहाँ भितर निक विचार नञि देखलाैँ कहियाे,
विश्वास कsसकी अाे विचार नञि देखलाैँ कहियाे,

अहाँ भितर निक विचार नञि देखलाैँ कहियाे,
विश्वास कsसकी अाे विचार नञि देखलाैँ कहियाे,
अहाँ भितर निक विचार नञि देखलाैँ कहियाे… Continue reading

Posted in मैथिली गजल | Tagged | Leave a comment

कविता : रिट दायर

~कुमार काफ्ले~kumar-kafle

न्यायमूर्ति!
प्रेम विश्वास हो कि घृणा
शक्ति भौतिक हो कि आध्यात्मिक
नारी श्रेष्ठ हो कि पुरुष
छोरा ठीक कि छोरी
देह शाश्वत हो कि आत्मा Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : ती चारा जलेपछि

~बुद्धिसागर~Buddhisagar

भोकै मरे बचेरा ती चारा जलेपछि
आगो पिई बाँचे कति धारा जलेपछि

निलोनिलो आकाश पनि भइदिन्छ कालो
टिलपिले यौटा सानो तारा जलेपछि Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : मर्ने कसैलाई रहर हुँदैन

~कृष्णहरि बराल~Krishnahari Baral

मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन

भागेर जाऊँ कुन ठाउँ जाऊँ
मान्छे नमर्ने शहर हुँदैन Continue reading

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : सेतो धरती उपन्यास पढेपछि

~अरुणबहादुर खत्री ‘नदी’~book-cover-seto-dharti

अमर न्यौपानेद्वारा लेखिएको सेतो धरती नामक उपन्यास २०६८ सालमा पहिलोपटक निस्किएको छ । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर भागवण्डा गरिएका छन् । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर लेखिएको हुँदा मलाई कथासङ्ग्रह जस्तो लाग्यो तर शुरुदेखि अन्त्यसम्म एउटै पात्रलाई उल्लेख गरेको हुँदा उपन्यास भनिएको हो कि जस्तो मलाई लाग्यो ।

यस उपन्यासभित्रको पहिलो भाग आमाको आकाशबाट धरतीमा झरेको तारा शीर्षकभित्र न्यौपानेले म जन्मिएको जूनले देखेको भए सायद मेरो नाम आमाले राखिदिनु हुन्थ्यो होला– इन्दू या पूर्णिमा र सधैँ जूनको उज्यालोले छुने थियो मलाई भनेका छन् । मलाई Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

निबन्ध : बिँडो थाम्ने हतार

~युवराज नयाँघरे~

निधारका मुजामा बितेका वर्षहरूको खित्का।

त्यो अनुहारमा धेरै-धेरै कुराको तह। आँखाले अटेसमटेस हेरेका दृश्यहरू। कानले सुनेका अथाह शब्दहरू। छातीले धड्किएका अपार अनुभूतिहरू।

यो बूढो मान्छे।

निधारमा, गालामा, कञ्चटमा खुम्चेको मासु। नाकमा मोटो चस्मा छ। उसले खेलेको आँगनमा हरेक कुरा बदलिएका छन्। फेरिएको मौसममा फुलेका पोथ्रा र इन्द्रेणीको छाया छ।

कुनै बेलाको यो गाउँ अब शहरको केन्द्रमा आसिन छ। Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

नियात्रा : सिन्धुलीगढीको किल्लामाथि

~विमल पोखरेल~

सिन्धुली बजारमा रहेको बसपार्क त्यति गतिलो छैन । ग्वाड्डखोलाको छेउमा धुले र हिले बसपार्क बनाइएको छ । दर्जन जति बस पार्किङ गर्न मिल्ने भए पनि त्यसलाई व्यवस्थित नगर्दा यात्रुहरूले सहज सेवा पाउन सकेका छैनन् । नरपालिकाभित्रैको सार्वजनिक संरचना बनाउनतिर कसको ध्यान जाओस् घ् सिन्धुली बजार सम्म परेको ठाउँमा अवस्थित छ । बजारको पारीपट्टी खेतका फाँटहरू छन् । अब त खेतहरूमा पनि घडेरीको प्लटिङ शुरू भएको छ । कैयौं घरहरू बनाइएका छन् । बनाइँदै पनि छन् । माथिबाट हेर्दा बजार राम्रै देखिन्छ । शहरीकरणको योजना अनुसार घरहरू बनाइएका छैनन् । जथाभावी बनाइएका छन् । घरहरू बन्दै जाँदा Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जीवन, सपना र मृत्यु..

~नरेश सुनुवार~

प्रकृतिद्वारा प्रतिपादित
यो ब्रम्हाण्ड
यो जगत
यो जीवन
प्राणी जीवनका दुई अस्तित्व
पशु
मान्छे,
पशु
जो यस्तो प्राणी
ऊ न चेतनशील छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Ruksana’s letter

~Buddhi Sagar Chapagain~
Translated by Yuyutsu Sharma

Perhaps moonlight
died in the gloom of your burka—
Eid’s full Moon.
Ruksana, at this moment
what could I send you except these words?
While placing
the morsel of bread in your mouth
or reading words
of Koran, the fire may drop
from the sky
and your dream— Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

गजल : हजुर जुहारी भन्नुहुन्छ

~सुशीलराज रेग्मी~

तर्क, वितर्क गर्दा आमै, हजुर जुहारी भन्नुहुन्छ
मुखाले परी बाबै हेर, मेरी त बुहारी भन्नुहुन्छ

केही गर्नु अगावै सर–सल्लाह गरेको त राम्रो
आफन्ती डाक्दा, बेर्थ दुनिया गुहारी भन्नुहुन्छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : बिरही गीत नेपाल

~पशुपति कर्माचार्य~

हावा चल्यो कि
पातहरू हल्लिन पुग्छन
ती त प्रकृतिका रीत हुन् ।

उनीलाई सम्झ्यो कि
केही रागहरू सम्झना आउछन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : नेपाली साहित्यका बटवृक्ष : भवानी भिक्षु

~नरेन्द्रराज प्रसाई~

भवानी भिक्षु पश्चिम नेपालको कपिलवस्तुमा जन्मेका थिए । उनी सानामा रोगी थिए । घरको कहालीलाग्दो आर्थिक अवस्थाका कारण उनी वाल्यकालमा झोक्राएर नै बामे सरे । त्यसैताका उनलाई माईले आक्रान्त पार्‍यो । त्यसै विमारले उनी थला परे । त्यसपछि उनकी आमा उनकै गाउँ तौलिहवाको कालीमन्दिरमा पुगेर चिच्याईन्, ‘हे साक्षात देवी ! मेरो छोरोलाई केही नहोस्, ऊ चिरञ्जीवी होस ।’ अनेक बिलौना गरेर भिक्षुकी आमा घर फर्किन् । उनी देवीथानबाट घर पुग्दा उनको छोरा टुकुटुकु हिंडेर उनको स्वागतमा उभिएका थिए । आफ्नो थलापरेको छोरोको सप्रँदो अवस्था देखेर उनकी आमाका आँखामा हर्षा आँसु छछल्किन थाले । उनले अङ्गालोमा छोरो च्यापेर भनिन् ‘मेरो बाबू ! तिमी देवीका कृपाले निको भयौ ।’ तर भिक्षुको मुखैभरि विफरका दागले ढाकिदियो ।

भवानी भिक्षुको जन्म १९७१ साल जेठ २१ गते भएको थियो । बुबा इन्द्रप्रसाद गुप्ता र आमा यशोदा कलाबारका उनी माइलो छोरा थिए । जन्मदै उनी तीक्ष्ण बुद्धिका थिए । तर उनको बौद्धिकताको सदुपयोग आफ्नै घरमा चाहिं हुन सकेन । त्यसैले माओलीले यिनलाई काखी चेपे । यिनको मामा घर कपिलबस्तुपारी भरतमा थियो । Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

लेख : नेपाली कवितामा लय विधान प्रकाशित समय

~वंशीधर कट्टेल~

नेपाली कवितामा लयात्मकता चार प्रकारको देखिएका छन् । विक्रमको २० औं शताब्दीदेखि पद्यको प्रबलता पाइन्छ । २१ औं शताब्दीदेखि गद्य कविताको प्रारम्भ भएको पाइन्छ । शताब्दीको सङ्क्रमण कालमा गद्य कविताका प्रथम प्रयोक्ताका रूपमा गोपाल प्रसाद रिमाल देखापर्छन् । यद्यपि चेष्टा भने यसभन्दा पहिले नै भैसकेको छ । मुख्यतया गद्य कविता लयात्मकतामा समृद्ध भएको हुन्छ । लयमा पनि दुई भेद देखिन्छन् :-

क) अनुशासित लय (ख) मुक्त लय ।

क) अनुशासित लय Continue reading

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : नेपाली उपन्यासमा शीर्षकको पुनरावृत्ति

~लीला लुइटेल~

१. विषयप्रवेश

कुनै विषयवस्तुको माथिल्लो भाग भन्ने अर्थबोध गराउने ‘शीर्ष’ शब्दमा ‘अक’ प्रत्यय लागेर ‘शीर्षक’ शब्दको निर्माण भएको छ । यसले कुनै पनि साहित्यिक कृतिको नामलाई बुझाउँछ । शीर्षक जुनुसुकै साहित्यिक कृतिको पहिलो परिचायक हो । शीर्षक कृतिको नामकरण मात्र नभई कृतिको मूल भाव विचारको सङ्केतक पनि हो । शीर्षकबाटै कृतिमा वर्णित विषयवस्तुको अनुमान गर्न सकिन्छ । शीर्षक अभिधात्मक सङ्केतात्मक, प्रतीकात्मक आदि विभिन्न ढङ्गले राख्न सकिन्छ । अभिधात्मक शीर्षकले सोझो वा शाब्दिक अर्थ बुझाउँछ भने सङ्केतात्मक एवं प्रतीकात्मक शीर्षकले सोझो वा शाब्दिक अर्थ नभएर घुमाउरो वा अन्यार्थ बोध गराउँछ । शीर्षक अभिधात्मक, संकेतात्मक वा प्रतीकात्मक जुनसुकै ढङ्गबाट राखिए पनि त्यो कृतिको पहिलो सर्वप्रमुख परिचायक अभिलक्षण भएकाले सामञ्जस्यमूलक, औचित्यपूर्ण र सार्थक हुनुपर्छ अर्थात् कृतिको मूल भाव र शीर्षकका बीच आन्तरिक वा वा≈य सङ्गतिचाहि हुनै पर्छ । यसलाई कसैकसैले साहित्यको विधागत Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : गाह्रो भा’छ मलाई

~सुषमा घिमिरे~

तिमी छैनौ एक्लै यहाँ बाच्नै गाह्रो भा’छ मलाई
जीन्दगीको कठीन यात्रा काट्नै गाह्रो भा’छ मलाई।

तिमी गयौं,परदेशीयौं,घरबार एक्लै सम्हाल्दैछु
अति कठिन निर्णय छन् आट्नै गाह्रो भा’छ मलाई। Continue reading

Posted in गजल | Tagged | Leave a comment

सुको साइबरका तीन छोटा कविताहरु

~सुको साइबर~

मुद्दा

तिम्रो आँखाको अदालतमा
विचाराधीन छ
मेरो
मायाको मुद्दा !

नयाँ वर्ष


वि.सं. २०६६ मा मरें Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा मलाइ गाली नदेउ

~शिबराज इटनी~

तिम्रो काखवाट टाढीनुपर्दा
यो मुटु पोलिरहेको छ
तर सेवाबाट भागेको होइन
आमा मलाइ गली नदेउ ।

सेबा गर्ने इच्छा भएपनि टाढीनुपर्दा
मेरो यो मन जलिरहेको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : निस्पृहता

~लाल श्रेष्ठ~ Lal Shrestha

‘‘दिदी, बाहुला माथि सार्नोस् त।’’

चट्ट सिँगारिएकी दिदीले मेरो आदेशको पालना गरी।

‘‘इन्जेक्सनले दुख्यो?’’ मैले सोधे।

‘‘अहँ, दुखेन’’ एउटा सहज उत्तर। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कृष्ण केसी ‘छल’का दुइ मुक्तकहरु

~कृष्ण केसी ‘छल’~

मुक्तक – १

जुन पनि लुकी गयो तिमीलाई देख्दा खेरी
शब्द हरु हराई सके तिम्रो बखान लेख्दा खेरी
देवताहरु पनि हार मानी गए Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment