कविता : अन्तर

~डा. आनन्द जोशी~

फ्रेम
तिमीलाई मात्र कहाँ हो र
मलाईलाई पनि दिएका थिए तिनीहरुले ।
सम्पूर्ण रुपमा आफुलाई कैद गरि हे-यौ तिमीले फ्रेमभित्र
हत्केलाहरु फ्रेमबाट बाहिर निस्केकाले काटिदियौ ति हत्केलाहरु
पैतालाहरु फ्रेमबाट बाहिर निस्केकाले काटिदियौ ति पैतालाहरु
टाउकोको अंश फ्रेमबाट बाहिर निस्केकाले काटिदियौ टाउकोको अंश
अनि, अन्त्यमा झुण्ड्याई दियौ फ्रेम भितामा !
तर, तिमी मौन
विरोधका एक शब्द पनि निस्केन तिम्रो मुखबाट
सम्पन्न हुने लोभमा !
त्यसैले अहिले तिमी फगत निकासहिन मंगालको पानी भै दियौ !
हो, तिमीलाई जस्तै
मलाई पनि फ्रेम दिएका थिए तिनीहरुले
तर मैंले अस्वीकार गरें
फ्रेमभित्र आफूलाई कैद गर्न
त्यसैले अहिले
म नदीको पानी भएको छु
चेतना जगाउँदै हिंड्ने यात्री भएको छु ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.