बहरबद्ध गजल : छोडेर जाने पापी

~सजना गुरुङ~Sajana Gurung

छन्द – मनोक्रान्ति

दुखाई मनै यो छोडेर जाने पापी !
हिंडेको पथै त्यो मोडेर जाने पापी !

कहानी अनौठो कोरेर दोबाटोमा
भरोशा सबै यो तोडेर जाने पापी !

नशामा विहोशी खै के म खोजूँ दिल्मा
नछोडी निशानी गोडेर जाने पापी !

दयानै नमानी रोपी छुरा छातीमा
सखीनै नयाँ त्यो रोजेर जाने पापी !

खुशी हौ तिमी त्याँ मेटेर हाम्रो वाचा
विरानो दुनियाँ खोजेर जाने पापी !

ISS ISS SSI SSS S
य य त म गु
( ६ अक्षरमा विश्राम )

कुश्मा , पर्वत
हाल इजरयल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.