समीक्षा : नेपाली लोकगीत र मानवीय संवेदना

~तुलसी प्रवास~Tulasi Prawas

लोक साहित्यका विभिन्न विधाउपविधा मध्ये लोकगीत एउटा महत्वपूर्ण विधा हो । अंग्रेजीमा “फोक लिटरेचर” (folk literature) को समानार्थी रुपमा नेपालीमा लोकसाहित्य शब्दको प्रचलन हुने गरेको छ । यसको अर्थ हुन्छ जन साधारणले मौखिक परम्पराबाट रच्दै र हुर्काउँदै ल्याएको साहित्य । लोकजीवनका तीता-मीठा अनुभूतिहरुको त्यो सहज अभिव्यक्ति जहाँ शास्त्रीय बन्धन र कलात्मक सचेतता हुँदैन त्यो नै लोकसाहित्य हो । श्रुति परम्परामा बाँच्ने अलिखित विधा भएकोले लोकसाहित्यमा रचयिताको कुनै अस्तित्व हुँदैन । लय वा भाका प्रधान भएर वाणीका रुपमा अभिव्यक्त भएको हार्दिक अनुभूति नै गीत हो । जब लोकले आफ्ना विरह वेदना सौन्दर्य तथा श्रृङ्गार भावलाई सहज र स्वाभाविक पाराले उन्मुक्त स्वर लहरीमा पोख्दछ त्यसले लोकगीतको संज्ञा पाउँछ । ‘शिक्षा लोकगीतको शत्रु हो’ भन्ने Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

नैतिक कथा : लोभको साँध

~अज्ञात~

एकादेशमा एउटा गाउँमा 90 वर्ष काटिसकेका दुई बूढाबूढी थिए।

उनीहरू सार्है गरीब थिए। एक दिन बूढालाई सेल खान मन लाग्यो र बूढीलाई भन्यो- “हेर बूढी !

मलाई सार्है सेल खान मन लाग्यो। तँ गाउँमा गएर चामल मागेर लेरा। म बजारमा गएर तेल मागेर ल्याउँछु। अनि हामी सेल पकाएर खाउँला।” यति भनी बूढीलाई उसले चामल माग्न पठायो र आफू तेल माग्न बजारतिर गयो। दुबैले अलि-अलि तेल र चामल मागेर ल्याए। सेल खान पाइने भयो भनेर बूढीले खुब खुशी हुँदै सेल पकाउन थाली। जम्मा पाँच वटा सेल पाकेछ। त्यसपछि बूढोले भन्यो-”हेर बूढी तैंले मलाई मान्नैपर्छ। तँ दुइटा सेल खा, मचाहिं तीन वटा खान्छु।” Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

बिबेक दुलाल क्षेत्रीका आठ सेदोकाहरु

~बिबेक दुलाल क्षेत्री~Bibek Dulal Chhetri Damak

जोश, जाँगर
र तातो मरुभूमि
मानौ पर्याय

बिचार शुन्य
निर्मम कारागार
इर्ष्यालु प्रेम

गीत, गजल Continue reading

Posted in सेदोका | Tagged , | Leave a comment

सूत्रकथा : आश्वासन

~राम अप्रिय~ram-apriya

– सरकारबाट देशका सम्पूर्ण शिक्षित बेरोजगारी युवाहरूलाई आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन पाउने विषयमा तत्काल कार्यन्वयन हुने मिडिया र पत्रपत्रिकाभरि छ्यापछ्याप्ति हल्ला चलेपछि ।

– सम्पूर्ण बेरोजगारी युवाहरूको शिथिल मनमा नयाँ उमंग, जोस् जाँगर, हौसला बढ्न थाल्यो ।

– युवाहरूले रोजगारीको माग राख्दै देशभरि चर्काएका आन्दोलनहरू स्थगित गर्दै गए । Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

गजल : हतास लाग्थ्यो

~ज्ञानुवाकर पौडेल~Gyanuwakar Paudel

देख्नमा ऊ साह्रै हतास लाग्थ्यो
जिन्दगीसित थियो कि ऊ निरास लाग्थ्यो

ओठमा खेल्थ्यो मुस्कान कहिलेकाहीं
आँखा तर किन हो उदास लाग्थ्यो Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : यहाँ कुनै हाता छैन

~बुद्धिसागर~Buddhisagar

जिन्दगीको फूल रोप्ने यहाँ कुनै हाता छैन
आस्थालाई बचत गर्ने यहाँ कुनै खाता छैन

धनी गरीब उँच‍नीच यही हाम्रो रीत भयो
सबै अट्ने समानताको यहाँ कुनै छाता छैन Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : कति उनौं माला

~सुबिसुधा आचार्य~SubiSudha Acharya

सम्झनाको फूल टिपी कति उनौं माला
तिमीलाई कुर्दाकुर्दै लाग्छ बैँस जाला

उर्लिएको यो जवानी थाम्न साह्रै गाह्रो
पोखिएला जस्तो भयो बैँसको यो प्याला Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : वेश्या ?

~नवराज लम्साल~Nabaraj Lamsal

‘कस्ले भन्छ म राम्री छैन
कस्ले भन्छ ममा रङ, यौवन र जवानी छैन
भो छोड अनुहार, रुप र शरीरका कुरा
अलिकति मासु, हड्डी र रगतको त्रिकोण हुँ म
सजीवता फालेर एकछिन
र बिर्सेर जीवनका सारा बोझहरू
डुब चरम आनन्द र अन्तरमोक्षको रसातलमा
आखिर पानी फोहोर भए पछि कुन टुकुचा, कुन वागमती र कुन गङ्गा ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : जति चोट दिन्छौ देऊ मायालु

~सुवासचन्द्र ढुङ्गेल~subash-chandra-dhungel

जति चोट दिन्छौ देऊ मायालु मुटुभित्र साँचेर राख्नेछु
जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु

मुटुमा फुलेको विश्वासको फूल विवसताको हुरीले झारिदिएछ
तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागीलाई मिलेछ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : ३६ र ६३

~धनराज गिरी~Dhanraj Giri

पूर्वबाट बिहानीको कलिलो घाम उदाउनै लागेको छ । आज हिमाल स्वच्छ छ । आकाशमा एक-दुई बादलहरू मात्र छन् । उषाको लालिमाले पूर्वीय क्षितिज भर्खर अन्माउन सिँगारिएकी नवदुलहीजस्ती भएको छ । बिहानीको आभास दिन चराचुरुङ्गीहरू आफ्नो नित्यकर्ममा जुटेका छन् । आजको मौसम हर्ेदा हिजो यही गाउँमा डरलाग्दो आँधीहुरी र पानी आएको थियो भनेर कसैले कल्पना नै गर्न सक्दैन । हो, हिजो मात्र यस सुन्दरपुर गाउँमा अनायस मौसममा परिवर्तन आयो थाहा नै नपाईकन यति बेजोडको आँधी आएको थियो कि बगैँचाका आँपका बूढा रूखहरू ढले । झुपडीहरू उडे । कच्ची घरको त के कुरा एक-दुई पक्की घरहरूलाई पनि सातो उडायो । त्यस्तो प्रलय आएको थियो । तर, आज सबै परिवर्तन भएको छ । यस्तो लाग्छ, मानौँ हिजो यहाँ केही भएकै थिएन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : के भुल भयो प्रिया

~कृष्णहरि बराल~Krishnahari Baral

के भुल भयो प्रिया मसँग बोल्दिनौ
उज्यालो घाम पर्दा रात मुख खोल्दिनौ

अध्यारो देख्छु मुहार तिम्रो बादल छाए झै
सुस्केरा सुन्छु चैतमा आँधी बेहेरी आए झैँ
एकान्त रोज्छौ मनमा कतै तुवाँलो छायो कि Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : भगवान् ! के यही हो त बालअधिकार ?

~प्रतिभा केसी~pratibha-kc

‘ए ! राम (राम झल्यास्स व्युझियो ) उठ बाबु घाम आँखामा पर्ने बेलासम्म सुत्नुहुन्छ ?’

निधार सुमसुम्याउदै मालिक्नीले भनिन् । राम तर्सियो, सपना नै पो हो कि भनेर उसले आफूलाई चिमोट्यो ।

उठ है बाबु, म तिमीलाई दूध तताउछु भनेर मालिक्नी भान्सा कोठामा गइन् ।

राम एकैछिन त वाल्ल प¥यो अनि सोच्यो– हैन आज मालिक्नीलाई के भएछ ? सधै चार बजे आएर छालै Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : विभ्रम

~प्रतिमान सिवा~

एकदिन,
उसले जिन्दगीलाई नियाल्यो ।
सुन्दर देख्यो,…
राम्रो देख्यो,
आकर्शक देख्यो ।
अनि,
उत्तेजित भयो,
कामुक भयो,
प्राप्तिको आकाङ्क्षा चुलियो । Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : केही कमजोर र केही दह्रा निबन्धहरू

~हरि अधिकारी~book-cover-khagendra-sangraula-afnai-aankhako-layama-nibandha

साहित्यकार खगेन्द्र संग्रौला आफ्नो विशिष्ट शैली, भाषालाई रोचक ढंगले खेलाउने कला अनि दिल र दिमागमा जमठ भएर बसेका केही कठोर आग्रहका कारण अरू हजारौँ नेपाली लेखकका भीडमा पनि सर्लक्कै चिनिने अग्ला कदका सर्जक हुन्। साहित्य सिर्जना उनका लागि स्वान्त: सुखाय गरनिे मनोविलासको एउटा प्रक्रिया होइन, त्यो त समाजमा बलियाहरूले निर्धाहरूमाथि गर्ने अर्घेल्याइँलाई दुनियाँका सामुन्ने उदांग पारेर ती निमुखाहरूको विदीर्ण हृदयमा थोरै मात्रामा भए पनि ढाढसको मल्हम लगाउने उनको चाहनाको प्रकटीकरण हो। संग्रौलाले लेखेका आख्यानका पुस्तकहरूको अध्ययन गर्ने अवसर अहिलेसम्म पाउन नसकेको यी पंक्तिका लेखकको यो धारणा उनका, मुख्यत: आत्मवृत्तान्तका रूपमा लेखिएका निबन्ध/प्रबन्धहरूमा आधारति छ। Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : माेहित छु म

~रुमानी राई~rumani-rai

तिमी नबाेल्दा त यति माेहित छु म
बाेल्याै भने सायद पागल हुन्छु म ।

मनपरेकाे मान्छेकाे हेराई निकाे
अाेंठकाे मुस्कान अनि हिंडाई मिठाे
बिना सृंगार त यति अासक्त छु म Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : दुबसुको अश्वमेध यज्ञका घोडाहरू

~कुमार सिंखडा~book-cover-dr-dubasu-chettri-ashwamegh-yagyaka-ghodaharu-kabita

अश्वमेध यज्ञका घोडाहरू भाग (क) – युद्धविरूद्धको युद्ध र अश्वमेध यज्ञका घोडाहरू

साहित्यकार दुबसु (दुर्गाबहादुर सुवेदी) क्षेत्रीको साझा पुरस्कार प्राप्त कविता-संग्रह अश्वमेध यज्ञका घोडाहरू हातमा छ । लेखक २००७ देखि २०११सम्म जापान अवस्थित नेपाली दूतावासको उप-नियोगप्रमूख थिए । त्यस बेला प्रतक्ष्य रुपमा लेखक र पुस्तकको बारेमा बुझ्ने मौका मिलेको थियो । हुन त यो पुस्तक लेखक स्वयंबाट पाउने योजना थियो । तर एक-अर्काको कार्यव्यस्तताले गर्दा त्यो सफल हुन सकेन । पढ्ने मौका मिलाइदिनुभयो मित्र आलोक चालिसेले ।

नढाँटिकन भन्नु पर्दा – अन्य विधाको तुलनामा कविताहरू म त्यति बुज्छु जस्तो लाग्दैन, एक-दुई मिनेटमे Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : भिक्षुको ‘हारजित’ कथामा भाषिकप्रयोग र शब्दस्रोत प्रकाशित समय

~कृष्णप्रसाद कोइराला~

१.१. कथाकार भवानी भिक्षु

आधुनिक नेपाली कथाका समुज्ज्वल नक्षत्र कथाकार भवानी भिक्षुको जन्म वि.सं. १९६६ मा नेपालको हालको कपिलवस्तु जिल्लाको गोटिहवा भन्ने ठाउँमा भएको हो । शारदा पत्रिकामा वि.सं. १९९५ मा प्रकाशित भएको ‘मानव कथा उनको प्रकाशित पहिलो नेपाली कथा हो । उपन्यास, निबन्ध र कवितामा पनि भिक्षुको कलम नकुदेको त होइन तर यिनको प्रसिद्धिको क्षेत्र भने कथाकारिता नै रèो । पुस्तकाकार रूपमा उनका चार वटा कथासङ्ग्र्रहहरू प्रकाशित छन्, ती हुन् – गुनकेशरी (२०१७), मैयाँ साहेब (२०१७), आवर्त (२००४) र अवान्तर (२०३४) । नेपाली भाषासाहित्यका साधनाका अतिरिक्त विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा सेवा पु¥याएका भिक्षुले आफ्नो भौतिक शरीरको अवसानपर्यन्त (२०३८) आफ्नो सिर्जनशीलतालाई जारी राखे । उनी आधुनिक नेपाली कथाक्षेत्रमा कथाकलाका एक अमर प्रतिभा हुन् ।

१.२. भिक्षुका कथाका मूल प्रवृत्ति Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : डोमो जीन्दगी 


~प्रज्ज्वल चापागाईं~Prajjwal Chapagain

गुगल, याहु, एप्पल, सामसुङ र नासामा काम गर्नेहरु अघिल्लो पंक्तिमा लहरै बसेका थिए । नामी मानवशास्त्री, समाजशास्त्री र संसारका प्रसिद्ध मानिसहरु जन्माईसकेको काभ्रेपलान्चोक, नेपालको मानेडाँडा विश्वविद्यालयका सयौं विद्यार्थीहरुबीच जिवन शर्मा उभिएको थियो । हजारौं मानिसले भरिएको अडिटोरीयमको पोडियमबाट उ आफूले भोगेको अनुभव साट्न थाल्नुअघि नै सभाकक्षका सबै बत्ती निभिसकेका थिए । सभाकक्षको त्यस्तो सन्नाटाबीच जिवन धाराप्रवाह बोल्दै थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाख्रा

~विमल निभा~Bimal Niva

बाख्राको थुन
दूधले भरिएको छ
निहुरिएकी छे माता पृथ्वीतलमा
हावा एउटा लयमा
बहिरहेछ
बाहिर प्रचण्ड गर्मी छ
रुखहरु ट्वाल्ल परेर उभिएका छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जे पनि जन्ताकै लागि

~राजेन्द्र थापा~Rajendra Thapa

जे पनि जन्ताकै लागि नै गरियाको भनियो
जन्ताको सूचीमा चैँ खै कोको परियो

नौलो बाली नयाँ धान गफ्फा चुटियो
मौसम बित्दा नि हलो अड्काकै देखियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध

~पशुपति कर्माचार्य~

बुद्ध एउटा आस्था हो
ढल्दैन्
एउटा ज्योति पनि हो
त्यो निभ्दैन !
ए मुर्ख!
बुद्ध स्तुप भित्र
कुरान रोएको
तिमिले देखेनौ ?

बुद्ध मुस्लुम हो Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : नेपालीका प्रथम मौलिक उपन्यासकार गिरीशबल्लभ जोशी

~प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल~

गिरीशबल्लभ जोशीको जन्म राजवैद्य गङ्गानाथ जोशीका कान्छा छोराका रुपमा वि.सं. १९२४ मा काठमाडौंको वटु टोलमा सम्पन्न परिवारमा भएको हो । पुख्र्यौली पेसालाई निरन्तरता दिन वनारसमा वैद्यक विषयको उच्च शिक्षा हासिल गरेका गरीशबल्लभलाई आयुर्वेदको राम्रो ज्ञान थियो ।

मोतीराम भट्टका समकालीन गिरीशबल्लभ जोशीको भेटघाट वनारसमा मोतीराम भट्टसग नभए पनि यिनको साहित्य सिर्जनाका थालनी त्यही भएको देखिन्छ । सम्पन्न परिवारमा जन्मी हुर्किएका गिरीशबल्लभ जोशीको जिउडाल निकै भीमकाय रहेको जानकारी पाइन्छ । उनी आनो अतिशय स्थूल देहका कारण हिंडडुल गर्न नसक्ने हु“दा उलिनकाठमा बसेर टोल, सहर घुम्थे । उनले कविराजको पैत्रिक पेसा अ“गाले पनि वैद्यखानाको जागिर भने निकै पछि मात्र खाएको बुझिन्छ । यिनको निधन ५६ वर्षको उमेरमा वि.सं. १९८० मा भएको हो । Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

बहरबद्ध गजल : नियालिन्छ छाला

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- भुजङ्गप्रयात

यहाँ कामभन्दा नियालिन्छ छाला
निजी भक्तको नै मुसारिन्छ गाला

उचाल्ने-थचार्ने कला सिक्छ मान्छे
छुरा धस्छ बाँच्दा ! मरे पुष्प-माला Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : पिउँदा पिउँदै जिन्दगी यो

~यादव खरेल~yadav-kharel

पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म
आज सारा व्यथाहरुलाई सिध्याउन चाहन्छु म

आफ्ना भन्ने सारालाई आज भुल्न चाहन्छु म
मनका सारा कुरा पोखी आज खुल्न चाहन्छु म Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कमिलाको बाटो

~गणेश खड्का~Ganesh Khadka

कहिले मेरो घरमुनिको बाटो तिमी हिँड्यौ
हिँड्यौ कहिले फेरि मेरो घरमाथिको बाटो
म पनि हिडेकै हुँ बाटो त तिम्रो घरमाथि–मुनिकै
कहिले दिएँ घरको पेटी, बलेसी, आँगन र करेसा
दिएकै थियौ तिमीले पनि अलिकति घुर्यानको छेउ
बाटो चाहिएको थियो हामीलाई यता आउन र उता जान
अर्मपर्म, पालोपैंचो
भरअभर, खरखाँचो
दुःख–बिमार, साह्रो–गाह्रो
दैविप्रकोप, भवितव्य
सबै–सबैमा भरथेग साटेकै थियौं आपसमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चोमोलुङ्गमाको छाती

~निश्चल काउचा~Nischal Kaucha

बुद्ध हराएको मुलुकमा सित युद्ध चलिरहदा
प्रोथाहरुमा तुषारापात भैरहनेछ
देवढुङ्गा / चोमोलुङ्गमाको छातीमा फक्रेको
हिउ फुल ओईलिरहनेछन

यो कस्तो चक्रब्युह हो
स्वाभिमान तिलाञ्जली दिएर
दक्षिणी हावासँग परेड खेल्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ऐतिहासिकतामा आधारित कथा

~सन्त गाहा मगर~book-cover-tarani-prasad-koirala-taranaka-katha-katha

वि.सं. २००३ मा स्थापित प्रजातन्त्र रेडियोका संस्थापक तथा साहित्यकार र राजनीतिकर्मीको समेत चिनारी बनाएका तारिणीप्रसाद कोइरालाका कथाहरूको संग्रह हो, तारिणीका कथा। यसमा १९९६ देखि २०२९ बीचमा शारदा, झंकार, रूपरेखा, बिहान, प्रगति, रहर, मुकुट, मधुपर्क मा प्रकाशित तथा केही अप्रकाशित कथाहरू संग्रहित छन्। अपवादका रूपमा यसमा ‘कथा विमर्श’ जस्तो उनको गैरआख्यानिक रचना पनि समावेश छ।

कोइरालाको निधन भएको झण्डै चार दशकपछि ओरिएन्टल प्रकाशन गृहले पाठकमाझ्ा ल्याएका कथाहरू अहिले पनि सान्दर्भिक लाग्छन्। ‘आमाको हृदय’ कथामा एउटी विवश आमाको ममता र सन्ततिको सुरक्षित भविष्यका लागि उनले गरेको त्यागबीचको द्वन्द्वात्मक मनोविज्ञान केलाइएको छ। ‘नाङ्गो खुकुरी’ कथाले भूपि शेरचनको ‘हल्लै हल्लाको देश’ कविता Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : पदचिन्ह

~भीष्म उप्रेती~Bhishma Upreti_1

बादलका झुप्पाहरूजस्तो
सेतो हिउँमा
मैले आफ्ना पाइतलाका
छापहरू बनाएँ ।

जान्दाजान्दै पनि कि
मायाजस्तो अलिकति न्यानो पाउने बित्तिकै Continue reading

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : जासुसी उपन्यास लेखन टेक्निकल कुरा हो

~शरद निरोला~

१९५१ जुन २२ मा शान्तिनगर झापामा जन्मेका शरद निरोला नेपाली जासुसी उपन्यासका स्तम्भ हुन् । वि.सं. २०२६ देखि २०२९ सम्मको अवधिमा निरोलाले सुलसुले पस्दा, नर्कदूत विदेशी गुप्तचर, कलकत्ता कलिङ, ब्याल्क सेप्टेम्बर, पुछ्रेतारालगायत एघारवटा जासुसी उपन्यास लेखे । शरदले एमए (अङ्ग्रेजी साहित्य), एमए (समाजशास्त्र) र अङ्ग्रेजी भाषा शिक्षणमा पोस्ट ग्य्राजुएट डिप्लोमा गरेका छन् । एउटा कवितासङ्ग्रह ‘लगाएका परेलीहरू’ (२०७०) प्रकाशित छ र जासुसी उपन्यास लेखनमा झन्डै चार दशक विश्राम लिएका निरोला फेरि एकपटक एउटा जासुसी उपन्यास, सामाजिक उपन्यास चैतको बतास र एउटा नियात्रा सङ्ग्रह लिएर आउनेवाला छन् ।

लगभग पच्चीस वर्षदेखि अमेरिकामा बस्तै आएका निरोला स्थापित साहित्यकार मात्र नभएर पत्रकारसमेत हुन् Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

नेपाली लघु-उपन्यास :भड्किरहेका मान्छेहरू

~लक्ष्मण श्रेष्ठ ~Laxman Shrestha

सहरमा बर्खा लागेको छ। रोपाइँ त हुन्न तर सहर गाउँ र गाउँलेहरूले नै भरिएको छ। मेरा क्यान्टिन गफी मित्रहरू पनि अहिले आ–आफ्ना गाउँ गएका छन्। मुना पहाडकी हो। पहाडको बेसीमा उसको सानो टुक्रा खेत छ। त्यही खेत रोप्न प्रत्येक वर्ष नछुटाई जान्छे ऊ। तुफान बुटवल बजारको नजिकको गाउँको केटो हो। ऊ नगई घरमा रोपाइँ त झन् हुँदै हुन्न। सुगत पनि पहाडकै हो। खासै खेतीपाती छैन उसको। तर ‘बर्खामा त पहाड नै राम्रो’ भन्छ ऊ। नस्मा बुटवलकी नै हो। तर ऊसँग मेरो खासै भेटघाट हुँदैन। क्यान्टिन चर्या त मलाई सुगत नै सुनाउँछ। त्यसैले उसकै भाषामा पस्किन्छु म। सुगत छैन त्यसैले क्यान्टिन चर्याका नयाँ ताजा जानकारी छैनन् मसँग। यो मेसोमा म पाठक मित्रहरूसमक्ष मैले भेट्ने गरेका, कतै देखेका र कतै भोगेका मान्छेहरूबारे लेख्ने प्रयास गर्दैछु। तिनका जीवन अनुभव, तिनका अनिश्चित भविष्य सबैलाई विचारेर मैले शृङ्खला छुट्टाएको छु र नाम दिएको छु– ‘भड्किरहेका मान्छेहरू’।

श्यामश्वेत जिन्दगी

“बुझ्नुभो सर” Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कथा : सुहाग रातको संकेत

~एनबी इलुंगा~nabin-bhandari-elunga_nbelunga

हाम्रो विवाहको रात अर्थात् सुहाग रात मै उसले त्यो दिनको संकेत दिएकी थिई | विवाह गरेर ल्याइएकी नया दुलही लाज हुनु पर्ने, डर हुनुपर्ने, धैर्यता हुनुपर्ने, तर त्यस्तो थिएन | पहिलो रात म कोठाभित्र जानासाथ उसले नै मलाई अँगालो हाली | म छक्क परें | उ मेरो छातीमुनि लुकी | म थाकेको थिएँ | मलाई सुहागरातको केहि परबाह थिएन | म खाटमा पल्टिएँ | उसले टेरिन | मेरो शरीर माथि पल्टिई | म अर्कोतिर कोल्टीएं |

उसले मुख फोरी, “आज हाम्रो सुहाग रात !” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बर्सातमा

~सुदिप पाख्रीङ~Sudeep Pakhrin

बर्सातमा….
आफ्नो धार छाडी किनारबाट
उक्लन्छन
र, कुद्छन
छानाहरुमाथि बाट
गल्लीहरुमा,
चौकहरुमा अफ्ठ्यारै नमानी

बर्सातमा…. Continue reading

Posted in कविता | Tagged | Leave a comment