~कमल कुमार~
हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला?
फेरी हाम्लाई भेटाउने दोबाटो कुन होला?
न गन्ध छ, न दुर्गन्ध छ, निर्जन यो एकान्तमा
हाम्रो आफ्नै सुगन्ध थ्यो, त्यो माटो कुन होला?
हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? Continue reading
~कमल कुमार~
हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला?
फेरी हाम्लाई भेटाउने दोबाटो कुन होला?
न गन्ध छ, न दुर्गन्ध छ, निर्जन यो एकान्तमा
हाम्रो आफ्नै सुगन्ध थ्यो, त्यो माटो कुन होला?
हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? Continue reading
~कात्यायन~
– हिउँदको याम | ठण्डी-ठण्डी नै थियो | के.के.यू.एल.ले कायल बनाएकी मेरी श्रीमती पानीको सुरसारकोलागि मिर्मिरेभन्दा नै पहिले मिर्मिराएर धारामा झरेकी धेरै-बेर भैसकेको थियो |
– सबेरै सत्तो-सराप सुन्नुभन्दा सहयोग नै गर्नु उचित ठानेर म पनि तल झर्छु | झन्डै ‘मोटर’ किन नचलाएको भनेर भनी नहालेको !… बत्तिको पनि मारले किच्चिएकी उनलाई टर्च बालेर नियाल्छु; मोटरको बदलामा मुखले नै धाराबाट मिक्स-जुस झैं एकोहोरिएर तानिरहेकी थिईन् | तपस्वी झैं पानीको तपस्यामा लिन् थिईन् | Continue reading
~सजना गुरुङ~
एक तोला होइन दश तोला सुन किन्नु आमा,
पाँच लाखको जग्गा होइन पचास लाखको घर किन्नु बाबा,
बिदेशमा छु म,
मैले केही खानु लाउनु पर्दैन,
जति पनि पैसाको माग गरे हुन्छ
मैले तलब पाउनलाई महिना मर्नु पर्दैन
किनकि बिदेशमा छु म
यहा सारा युरो, डलर मै छाप्ने गर्छु ! Continue reading
~माधवलाल कर्माचार्य~
गोविन्दबहादुर मल्ल गोठालेको कुरा गर्दा साहित्यकारको नाताले केही यस्ता कुराहरू पनि छन्- जो आकलझुकल मानसपटलमा आउने गर्छन् ।
धेरै वर्ष अगाडि साल-मिति याद भएन, एक दिन आर्यघाटबाट घाट लगिराखेका उनका बाजेलाई हेरी फर्कंदै थियौँ । कमलपोखरी काटेपछि मानिसको विचित्रताको कुरा कोट्याई उनले भने-सिकिस्त भई मर्न नसकी रहेकोलाई भर-पत्यारको मान्छेले अब तिमी मर्दैनौँ बाच्छौँ भनिदियो भने शीघ्रै मर्ने रहेछ ।
बाटोभरि के सोचेर आएँ, के गुनेर गएँ, त्यो त थाहा भएन, पछि सुनियो उनका वृद्ध बाजे धेरै बाँचेनन् र उनको एउटा मृत्यु भन्ने कथा प्रकाशित भयो । जसमा परिवेश र पात्र भिन्न भए पनि विषय त्यही नै थियो । Continue reading
~राजेन्द्र पराजुली~
इतिहास शिक्षक मानदास सैंजु विद्यार्थीलाई विभिन्न कालखण्डका घटनाहरु कसरी इतिहास बन्छन् भनेर पढाइरहेका थिए । र, त्यो दिनको विषय थियो ‘पञ्चायती व्यवस्थाको उदय र पतन’ । गर्मी महिना, त्यो पनि मध्याह्नको कक्षा, विद्यार्थीहरु झर्को मानेर सैँजु सरलाई सुनिरहेका थिए । उही राणाकाल, उही पञ्चायत, उही बहुदलीय व्यवस्था, संसद् ! नयाँ कुरा केही थिएन कक्षामा ।
त्यसपछि उही डरलाग्दो छवि भएको जङ्गबहादुर, औँला ठडाइरहेका पृथ्वीनारायण शाह, सत्ता हत्याउनका निम्ति भएका कोतपर्व, भन्डारखाल पर्व । प्रजातन्त्र ल्याउन राजा त्रिभुवन भारतको शरणमा गएको ! राजा महेन्द्रको निरङ्कुश शासन शैली । राजा वीरेन्द्रको वंशनासका प्रसङ्ग आदि । सबै थोत्रा, निरस, जीवनहीन, सन्दर्भहीन बन्दै गएका प्रसङ्ग । तीमध्ये वीरेन्द्रको वंशनासको प्रसङ्ग सर्वाधिक नयाँ थियो । र, त्यसलाई Continue reading
~शान्तिनारायण श्रेष्ठ~
खोजेकै छु हितको माया कहाँ भेटिएला ?
सम्झनाको तिर्खा मेरो कहिले मेटिएला ?
कुवा पानी धमिलो छ सङ्ग्लो पानी कलको
कलको पानी खाँदा पनि उन्कै लाग्छ झल्को
झल्को लाग्ने बानीबाट कहिले चेटिएला Continue reading
~भावेश भुमरी~
अप्ठ्याराको खाँचो हुन्न भीरबाट लड्नेलाई
चोटहरूको के कुरा र अचानामै अड्नेलाई ।
बस्दा भुइँले डसेको छ हिँड्दा पाउ फसेको छ
लाभा छर्ने ज्वालामुखी यो छातीमै पसेको छ Continue reading
~सुन्दर मानन्धर~
सूत्रधार : पाठकवृन्द ! तपाईँहरुले गुरुप्रसाद मैनालीको शहीद कथा पढ्नुभएको छ ? यदि पढ्नुभएको छ भने कथाकी पात्र डल्लीलाई बिर्सनुभयो ? वीरबहादुरको मृत्युपछि डल्लीको जीवनको कल्पना गर्नुभएको छ ? विचरी डल्ली ! कसरी बाचीँ होली ? विधवा डल्ली अझैँ जीवितै होलिन् ?
हो पाठकवृन्द ! मैले अस्तिमात्र ती विधवा डल्लीलाई भेटेँ, त्यो पनि विशेष अवसरमा । त्यसपछि म लगातार ती वृद्धा डल्लीलाई पछ्याइरहेँ, शुरुमा उनी केही बोल्नै मानिनन् । जब मैले म पत्रकार भएको र मानिसहरु डल्लीका बारेमा धेरै कुराहरु जान्न इच्छूक रहेको कुरा गरेँ, त्यसपछि उनी अन्तर्वार्ताका लागि तयार भइन् । Continue reading
~लेख कार्की~
“अनिताले त हिजो तेरो गालामै किस गर्दी रे नि त देवीथानमा नाच्दानाच्दै ! हैन ? राजन काकाले मज्जाले ताली पड्काए रे तँ नाच्दा !”
सबै गलल हाँसे । मदनले आँखा तर्दै हेर्यो र भन्यो, “चुप लाग् साले ! केही सुन्न हुन्न है तँलाई ?”
आधा घण्टाको बाटो हिँडेर जानुपर्ने स्कुल । बाटोमा आठ–नौ जनाको समूह भएर जाँदा बडो रमाइलो हुन्थ्यो । हामीमध्ये मदन अलिक भिन्नै थियो । स्कुलमा पनि प्रायः झगडा गर्न, केटी जिस्क्याउन अघि सर्ने । दुई घण्टी पढेपछि प्रायः क्यारेमबोर्डतिरै हुन्थ्यो । पछाडि लामो टुप्पी पाल्थ्यो, अगाडि हल्का कपाल रातो बनाउँथ्यो र सधैं भन्थ्यो, “श्रीकृष्ण बन्ने हो ।” Continue reading
~एनबी इलुंगा~
चकमन्न मध्य रातको सदुपयोग गर्दै राजा सुक्रचन्दले सिपोनको सिमाना पार गरिसकेका छन् | कुनै समयका जनप्रिय राजा आज आफ्नै कुबुद्धिको परिणाम भोग्दैछन् | आफ्नी कान्छी रानी सुप्रिया एवम् दुई राजकुमार र एक राजकुमारीको साथमा ऊनी राजदरवारबाटै पलायन हुन बाध्य भए | विचरा कलिला ती अबोध बाल-बालिकालाई काँधमा र काखीमा च्यापेर राजा-रानी छिमेकी राज्य समीरन तर्फ सुइ कुच्चा ठोके | राजा सुक्रचन्दको आफ्ना सन्तानप्रतिको आघात प्रेमका कारण उनीहरुलाई छाडी जान सकेनन् | कसैले आफु भागेको सुइँको नपाउन् भन्नका खातिर ऊनी पैदल दौडिए | समिरन का नरेश सुलोचनलाई एक संदेश पठाएर आफु दोश्रो रातको मध्य सम्ममा आईपुग्ने वाचा गरेका छन् | ठुलो आशा लिएर ऊनी आफ्नो सम्पूर्ण राज्यभार त्याग गरी छिमेकी राज्यको सीमानाभित्र Continue reading
~बसन्त मोहन अधिकारी~
अध्यारो गुँफा
अन्कन्टार छ ।
छामछुम छामछुममा
कयौं पटक लडे ।
भाषण र नारा
बाचा र कसम
शब्दलाई आधार मान्दा
धेरै बर्षलडे । Continue reading
~आहुति~
किरा विशेषज्ञहरू
भन्छन्-
किस्मती किराहरू
सक्रिय हुन्छन्
पातमा बसे पातै
खान्छन्
डाँठमा बसे डाँठ।
परजीवी किराहरू
अल्छी हुन्छन्
जहाँ झुण्डिन्छन्
त्यही अंग खान्छन्
आन्द्रामा घुसे Continue reading
शनिबार बिहानै खाना खाएर निस्कँदै गर्दा दाइकी छोरी मेलिना कराई, ‘शनिबार पनि बिदा नहुने अफिसमा किन काम गर्नुहुन्छ दिदी ?’ शनिबार घुमाउन लैजाउँला भनेर उसलाई अरू दिन फकाउँथे र होमवर्क गराउँथे, स्कूल पु-याउँथेँ । शनिबार पनि झोला बोकेर म कस्सिएकी देखेर उसको रिस पोखिइहाल्यो । यता मेरो मन भने नेपालको प्राचीन र ऐतिहासिक सहर साँखुमा रिपोर्टिङका लागि जाने योजना बनेबाटै प्रफुल्ल थियो । सञ्चारिका समूहले प्रदान गर्ने ‘अन द जब ट्रेनिङ’को सिलसिलामा साँखुको रिपोर्टिङ ‘असाइन’ भएको थियो । त्यसैले मेलिनालाई अर्को शनिबारको भाका दिएर म निस्किएँ शंखमूलको डेराबाट । बानेश्वर पुगेर चाबहिल जाने माइक्रोमा कोचिएँ । नयाँ ठाउँमा जाने कुराले मलाई अलि बढी उत्साहित बनाउँछ । त्यसैले साँखुको कल्पनाचित्र मनमा खेलाउँदा–खेलाउँदै सह–चालक भाइको आवाजले झस्किएँ, ‘ल, चाबेल झर्नेजति ओर्लिनुस् ।’ Continue reading
म आज यहाँ अब बस्न सक्दिन
रातभृ लामखुट्टेको अटुट आक्रमण
रातभरि गीत
ट्वाँ … ट्वाँ …
तपाइले भन्नुभयो
आज राति मिठा मिठ बातहरु मारौंला Continue reading
~विवशकुमार सेजुवाल~
धेरै लामो समयपछि घर भेटघाटमा जानको लागि बाजुरा जिल्ला डीसीएस क.क्षितिजलाई एउटा सानो पत्र कोरें । मेरो टिमको भाइ गोपाललाई पठाए । त्यो चिठीको उत्तरमा डीसीएस क.क्षितिजले तपाई विदामा जा“दा तपाईको सास्कृतिक टिम बेरोजगार हुन्छ । त्यसैले तपाईको पुरै टिम लगेर जानू र कालीकोटको जिल्ला पार्टीसग सम्पर्क गरी केही कार्यक्रम गरेर आउनु भनी मलाई निर्देशन प्राप्त भयो ।
१८ महिनापछि घर भेटघाटमा जानको लागि मेरो कमाण्डमा रहेको बाजुरा जिल्लामा कार्यरत भूकम्प जनसा“स्कृतिक परिवारसहित २०६१ भदौ ७ गते छतराबाट हामीले कालीकोटको यात्रा तय ग¥यौ । हामी बिहान १० बजेतिर त्यहाबाट हिंड्यौ । हामीस“ग भएका बाद्य–वादनका सामान, हार्माेनियम, मादल, गिटार, बा“सुरीसहित कालीकोटमा केही कार्यक्रम गरेर आउने ध्येयका साथ आफ्नो यात्राको योजना बनाएका थियौ । Continue reading
~श्रेष्ठ समनश्री~
अस्ती उठौ भन्यो ।
हिजो जुटौ भन्यो ।
जनमत लुटेर गयो,
आज लुटौँ? भन्यो ।।
केही लिनु छ ।
केही दिनु छ ।
भाव विनिमयमा,
केही पोखिनु छ ।।
भगवानले यति सुन्दर मुहार बनाईदियो । Continue reading
~रवि प्राञ्जल~
आजभोलि मन मेरो त्यसै-त्यसै दुख्छ
रोऊँ भने आँसु मेरो गह भित्रै सुक्छ
वसन्तमा मधुमास छैन आज भोलि
न्याउली रुन्छे बिरहमा मुटु मेरो पोली Continue reading
~गजेन्द्र बुढाथोकी~
रसुवाघाटमा चिसो बढेको छ । सुनकोशीको सिरेटोले हान्छ । छाना मक्किएछ, जुनले आकासबाट चिहाएपछि ठूलीले खुइय्या सुस्केरा हालेर मनमनै भनि । मंगली र डल्ले जाडोले गुँडुल्की परेका थिए । टुकीको धिपधिपमा ठूलीको घर-कम-हुटेल खण्डहरजस्तै देखिएको थियो । ठूलीले आफ्नो पुरानो मजेत्रो तानी र दुवैलाई ओढाइ दिइ, बाहिर भरखर ब्याएकी काली कुकुर्नी कुइ-कुइ गरिरहेका आफ्ना छाउरा-छाउरीलाई दूध चुसाउँदै थिइ ।
दिउँसोतिर साइला आफ्नी स्वास्नी र छोरा बोकेर ओख्रनीतिर चढेको देखेदेखि ठूलीका मनमा चैन छैन । बाटो पारी सिरान घरेका दोकानमा साइँलाले स्वास्नी र छोरालाई चिया र बिस्कुट ख्वाएको उसले आफ्नो दैलो किनारबाट हेरिरही । Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
म लोभी छु । तपाई पनी लोभ गर्नु हुन्छ । हामी लोभी छैं । राजाले पनी लोभ गर्छन । प्रजाको लोभ झन त्यसमाथी बड्छ । हामी दैनीक लोभ गछौं । दिनभरी किसीम किसीमको लोभ र्गछैं । लोभको यही चक्रमा हामी दिनभरी घुँम्छैं या घुमाईन्छैं र राती निन्द्रा नपर्दा जाँतोको मसेटो हुन्छंैं । पिसीन्छैं, पेलीन्छैं । बिछ्यैनामा लडीबुडी गर्छैं । ओल्टे कोल्टे र्फकीदा रात र्तदैन, बिना निन्द्रा सपना देखीरहन्छैं । निन्द्राले सिंहासन छोडेपछी परमेश्रको पनी लिला चक्र रोकीन्छ । मलाई आजकाल निन्द्रा पर्दनै । म रात भरी बिना निन्द्रा सपना देखीरन्छु, अस्वस्थ सपना । घडीको सुई घुमेकै छैन । त्यो अडीएको घंन्टै भईसक्यो । बिना निन्दा्रको तानाले पनी पृथ्बीको दोहोरो फेरो लगाई सक्यो । म आजकाल निन्द्रा पर्ने सपना देख्छु । मनोचिकीत्सक कहाँ दौडीन खोज्छु । मलाई थाहा छ निन्द्राको माहात्म्य; बिना निन्द्राको सपना देख्नु Continue reading
~दिलिप योन्जन~
धेरै भयो, न लेखेको, देश सम्झि किन
के लेख्नु, मनै रुवाई, नेता देखी किन।
बहुदल आयो, बहुदल खायो, लुटे सबले देश
कोही तराई, कोही पाहाड, नरहने भो भेष। Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
एक बटुक,
पानीले मुख चोक्खाएर
बिटुलो रात पखाल्दै छु,
एक लोटा,
सपना बोकी
खडेरी शहरमा पोखाउदैछु, Continue reading
~मोहनराज शर्मा~
निबन्धको वर्गीकरण ‘साहित्यिक’ र ‘साहित्येतर’ गरी दुई वर्गमा गरिन्छ । साहित्यिक निबन्धको मुख्य पहिचान ‘निजात्मक, अनुभूतिपरक, कल्पनाप्रधान र विशिष्ट भाषिक प्रयोगयुक्त’ हुनु हो भने साहित्येतर निबन्धको प्रमुख पहिचान ‘वस्तुगत, ज्ञानमूलक, न्यून काल्पनिक र मानक/सामान्य भाषिक प्रयोगयुक्त’ हुनु हो । यी दुवै वर्गका निबन्धहरू रचनाका दृष्टिले निम्नलिखित चार प्रकारका हुन्छन् :
१) विवरणात्मक निबन्ध—विवृत्तिका रूपमा लेखिएको निबन्धलाई विवरणात्मक निबन्ध भनिन्छ । कुनै विषयको ज्ञानवर्धक प्रतिपादनलाई विवृत्ति भनिन्छ र यसमा विवरणात्मकताको प्रधानता हुन्छ । यसमा विषयको प्रतिपादन सूचनात्मक, परिचयात्मक, व्याख्यात्मक, स्पष्टीकरणात्मक वा ज्ञानवर्धक ढङ्गमा गरिन्छ । Continue reading
~Pranika Koyu~
A
muse
love
wrath
what am I?
Where should i stand?
on the crossroads
by the side
next to you
behind you Continue reading
~महेन्द्र प्रसाद पोखरेल~
कानै फाट्ने गरी उसले मलाई चिच्याई, ‘के सुनेर बसेको ?, जाने होइन ?’ म झसँग भएँ । हो ल हिँड भन्दै म लागेँ आफ्नो बाटो । साथमा भुन्टी थिई ।
मेरो हर पाइलामा सँगै पाइला बढाएकी भुन्टी मेरी जीवन संगिनी ।
गाँउको हिलो मैलो जीवन मेरी भुन्टीलाई मन परेन रे । अनि काठमाडौँ जान हिँडेका हामी ।
दु:ख चिउलो गरेर हामी बस्न थालियो । Continue reading
~ललिता ‘दोषी’~
नन्दप्रसादले आँखाबाट झरेको आँसुलाई पुछे । लामो श्वास फेरेर मनोवाद गरे, ‘हे प्रभु बूढीलाई जस्तै मलाई चाँडै लैजाऊ । म सबैको बोझ भएँ । जति धामीझाँक्री देखाउँदा पनि केही सीप लागेन । रोग जस्ताको तस्तै छ, घरखेत सिद्धिने बेला भयो । सहरका छोराबुहारीलाई मेरो केही वास्ता छैन । आफैलाई बन्दकी राखेर छोरा पढाएँ, उसले पनि केही गरेन । आफू मर्न लागिरहेको बेला मट्यांग्रे नाति आउँछ भन्ने सुनेको छु, किन आउने हो कुन्नि ? ‘ भित्र कोठामा बसेर उनी सोच्दै थिए, बाहिर आँगनबाट १० वर्षको आदेशले भने, ‘हजुरबा ! म एक्लै आएँ ।’
नन्दप्रसाद सकिनसकी बाहिर निस्के । हजुरबुवाको खुट्टामा ढोग्दै आदेशले भने, ‘म हजुरबुवा जत्रो पो भएछु ।’
नन्दप्रसादले नचाही नचाही हाँस्दै भने, ‘भाग्यमानी भए बाबु, एक्लै आउन सक्यौ ? ‘ Continue reading
मनको रुपरङ्ग देखिदैन
केवल हृदय भित्र
सल्वलाईरहन्छ /छचल्किरहन्छ
त्यसैले मन सधै
के गरु कसो गरु भईरहन्छ
मनको कुनै प्वाख हुदैन
तर उडि रहन्छ जताततै
मनको कुनै पाईला हुदैन Continue reading
~आचार्य प्रभा~
मेरो अर्थमा सबै कुरा सहि नहुन सक्छन
यदी उसो हो भने पनि,
म पक्कै नकारात्मक सोँचहरु त
बाँड्न चाहन्न,
तर —हुन सक्छन
भावनाहरु कसैको पनि
बिचार सँग मेल नखान सक्छ
वा —अर्थको अनर्थ हुन सक्छ
साँचै त्यस्तै तारतम्य मिल्न गएमा Continue reading
~करण घिमिरे~
शुक्रबार बिदा को दिन राजनीति मा अल्लि चासो राख्ने म त्यसै माथी दलिय बहस चलिरहेको थियो सम्सद भबन भित्र २ दिन अगाडी नै कुर्ची हानाहान गरेको खबर बहिरिएको थियो त्यसैले पनि कस्ले के भन्यो के के हुँदै छ उत्सुक हुँदै न्युज हरु नियाल्दै थिए .
टुंग गर्दै म्यासेन्जर म्यासेज आयो केन्द्रिय ध्यान लाई बिथोल्दै म्यासेज हेरे (नाम परिबर्तन ) टिना को रहिछ उन्को घर काठमाडौं सम्बन्ध को सुरुवात फेसबुक देखि नै भएको थियो भेट्ने अबसर भने मिलेको थिएन .. hello k x karan ?
प्रती उत्तर ठिकै छु तिमि .. ? Continue reading
~वैरागी जेठा~
क्रान्ति नरोक
शहर बढारर्नेहरू
नयाँ सडकबाट फुक आगो
हतियारहरू थुप्रैछन्
पेरिस डाँडा र बुद्दनगरहरू
नझम्ट कुर्सी
सहिदका रगते हाँकेको मुलुक
मेरो प्यारो नेपाल
ध्वजापतका लिएर
नयाँ सडक आऊ
आँधिबेरीझैँ
थवाङको कथालिएर Continue reading
~नरेश शाक्य~
म सपनाको रङ च्यातिदिन्छु
रक्तरञ्जित हुदै सपना
भुइमा पछारिन्छ
अथाह बेदनाले कराउदै
म विजयीभावले मुस्कुराउछु
परपीडकजस्तै ।
युगबाहकहरूले आदिमकालदेखि नै
सपनाको रङ कोर्दै आएका छन्
एउटा सुन्दर र सुखद भविष्यको परिकल्पना
र हामी बाध्य छौ Continue reading
~पौल भाट~
भाईले यो फ़ोटो राखेछ, कमेंटहरु पढदा, कटासें बजारका पुराना दिन, पात्रहरु याद आए. बच्चाहरु जन्मिदै मर्दै गर्नथाले पछि अब यसपालीको चाही नमरोस भनेर उनलाई जन्मिने बित्तिकै तराजूमा जोखेको हुनाले उनको नामनै “जोखे” हुनगएको रे ! नभन्दै उनलाई उनिपछि 3 बहिनी र 2 भाईहरुको टुकड़ीले सकुसल पछ्याए !
बास्तबमा उनको नाम अर्कै हो, कटांसे बजार को पहिलो गल्लीमा उनीहरुको खिचिरमिचिर (किराना) को पसल थ्यो | धेरै पछि सम्मपनि उनको पसलमा म केहि किन्न जाँदा मनमा बड़ो कौतहुलता हुन्थ्यो, पसलमा राखिएको तराजूलाई देखेर ! सोचथे ‘यही तराजू होला त, ‘जोखे’लाई जोखेको? Continue reading
~धिरज गिरी “कल्पित”~
श्यामकृष्णको प्रेस भनेपछि सहरमा नचिन्ने मान्छेनै थिएनन् । सानो-सानो कामदेखि लिएर ठूला-ठूला छपाईका कामहरु त्यहाँ हुन्थे । धेरै काम आउने भएकोले तुलनात्मक रुपमा अरु प्रेसभन्दा सस्तोमा छपाई गर्थे, श्यामकृष्णजी ।
श्यामकृष्णको प्रेस राम्रै चलिरहेको थियो । रामै्र चलिरहँदा पनि किन हो कुन्नि उनलाई अझ बढी पैसा कमाउन मन लाग्यो । अब उनी सरकारी कार्यालयहरुको छपाईसम्बन्धी काम गर्न थाले । सरकारी काममा धेरै Continue reading