कथा : सडक र मेरो युद्ध

~सगुन श्रेष्ठ~

झल्यास्स बिउँझिन्छु । मैनबत्तीको मधुरो प्रकाशमा कुनाबाट दृष्टि फ्याँक्छु । केहि पाउँदिनँ । खाली नीरव शून्य छ । प्रयासका क्रममा निरन्तरताको मरूभूमि निर्माण गरी केही पाउने आशा गर्छु । अहँ ! शून्यशून्यको गोलाद्र्ध छ त्यहाँ । अतीतका तितामीठा क्षणहरु सम्झिन्छु । कहिले मधुर मुस्कान आउँछन् भने कहिले युद्धको खड्ग देखा पर्छ । हुनत म पनि खुब स्वागत गर्थें मुस्कानलाई । चपाउथेँ, म्वाईं खान्थँे र पिउथँे उसका मादकताहरु । र त आउँदै छन् रङ्मङिएर यी क्षणहरु …. ।

मनमा कताकता घृणा जागृत हुन्थ्यो, अट्टहास फिँजिन्थ्यो आमाको मुहार आफ्ना अगाडि पाउँदा । जीवनका रथमा सारथीको कमी महसुस हुन्थ्यो । गुलाबको फूलमा सुगन्ध अनुपस्थित हुन्थ्यो । गगनका ताराहरु ओइलिन्थे । उनको मुहार आफ्ना सामु उपस्थित हुँदा । कहिलेकाहीँ सोच्थेँ आखिर उनको देन नै के बाँकी रह्यो मेरा लागि ? यही नाङ्गो सडकको बास ? अहँ, त्यस्ता पापीबाट संसार टेक्नुको कुनै अर्थ बाँकी छैन । आखिर सडक सडक नै हो । खाते खाते नै हो । मैले सडकलाई जतिसुकै सुगम भने पनि खातेसँग सडकको सरल Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : घृतान्ध ब्राह्मण

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा यज्ञदत्त नामक ब्राह्मण बस्दथिए । उनकी स्त्री नक्कचरी तथा परपुरुषासक्त स्वभावकी थिई । आफ्नो पतिको आँखा छली उसले घिउमा पुरी पकाएर जारपतिलाई दिने गर्दथिई । एक दिन उसको पतिले घिउमा पुरी पकाएको देख्यो । उसले आफ्नी स्त्रीसित सोध्यो– प्रिये, यो के पकाएकी ? यो कसलाइ दिने गरेकी छयौ ? मलाई साँचो कुरा भन ।

प्रत्युत्पन्नमति उनकी स्त्रीले भनी–यहाँबाट अलि पर देवीको एउटा मन्दिर छ । मैले देवीको व्रत लिएकी हुनाले विशेष प्रकारको पक्वान्न बनाएर देवीलाई अर्पण गर्नको निम्ति लैजाने गरेकी छु । यति भनेर ब्राह्मणी आफ्ना पतिको अगाडि घिउको पुरी पकाएर मन्दिरमा जान भनेर घरबाट हिंडी । उसले यस प्रकार Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

छन्द कविता : को दोषी ?

~डा. लेख निरौला~Dr Lekh Niraula

छन्द : शार्दूलविक्रीडित

को दोषी भन हे सुधी भुवनका नेपालका खातिर
के पुग्दैन यहाँ सदैव किचलो दोषी छ को आखिर
के धर्ती वसुधा धरा भुवन यी छैनन् कि वा ऊर्वरा…
के आभा रविचन्द्रको दिनदिनै पर्दैन बाँझा गरा ! ।।

बग्दैनन् कि त मूल निर्झर नदी फोरी पहाडी गुफा
पानी सिञ्चन योग्य छैन अथवा पीयूषझैँ झन् सफा
लागे रोग महौषधी कि त यहाँ पाइन्न सञ्जीवनी
को दोषी किन छैन उन्नति यहाँ के हो रहस्यै अनि ! ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : खल्लिवल्लि

~थरि कयाबा~

जिवनकेा नयाँ विहानि ल्याउन भनि डुल्छु सानु रियाधकेा गल्लिगल्लि,
तिम्रेा याद साँचि छाति भरि गर्दै सानु दुख कष्ट खल्लिवल्लि ।।१।।

कहिले तारिक मल्लिक फाहाद ,कहिले तारिक मल्लिक अब्दुल अजिज
इन्जिन संगै दैाडिन्छु म थकाइ मार्न कुर्छु सानु जुमा , खमिस,
तिम्रै माया प्रिति अनि तिम्रै सानेा न्यानेा काखकेा लाग्छ सधैं तलतलि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : गोठीकाँडा डाँडादेखि काँक्रेबिहारसम्म

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

‘उः त्यो माथि देखिने गोठीकाँडा हो ।’ पूर्णमानजीले मेरो ध्यान आकर्षित गर्दै चोरी औँला ठड्याएर पहाडका शिरतिर सङ्केत गर्नु भयो ।

गोठीकाँडाका विषयमा कहिल्यै कहीँ केही नसुनेको मान्छेलाई गोठीकाँडा चराचुरुङ्गीको नाउँ हो कि मान्छेको नाउँ ! के थाहा ? थाहा हुने कुरो पनि भएन ।

‘के हो गोठीकाँडा भनेको ?’ पूर्णमानजीसँग मेरो जिज्ञासा थियो ।

‘सुर्खेत जिल्लाको पुरानो सदरमुकाम त्यही त हो नि ?’ मेरो जिज्ञासा मेटाउने सजिलो उत्तर थियो उहाँको । Continue reading →

Posted in नियात्रा | Tagged , | Leave a comment

लघुकथा : अठारौँ बाख्रो

~केदार शर्मा~

एउटा किसानका तीन जना छोराछोरी थिए। जेठी छोरीको बिहे सानैमा भएको रहेछ। किसानलाई छोरीलाई नपढाइ बिहे गरिदिएकोमा पछुतो रहेछ।

दोस्रो सन्तान छोरो रहेछ। अलिअलि पढेछ र विदेशतिर काम गरेर गएर फर्किएर राम्रै बन्दोबस्त गरेर बसेको रहेछ। कान्छी छोरीले धेरै पढिछ र सरकारी अधिकृत भइछ।

किसानको अचानक मृत्यु भएपछि उनका सन्तानले बाबुको एउटा इच्छापत्र फेला पारेछन्। त्यसमा उनले आफ्नो सबै सिरिसम्पत्ति छोराछोरीका नाममा भाग मिलाएर छुट्याइदिएका रहेछन्। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जेलातो

~रजित ओझा~Rajit Ojha

मन त्यसै–त्यसै उदास छ । एउटा चुरोट सकाइसकेपछि दोस्रो सल्काउन मन छैन । घुम्नै भनेर आएको मान्छे, त्यो धूवाँमा किन हराऊँ ? यो भीडमा रातो, पहेँलो र नीलो सबै रंगका पोसाकमा मान्छेहरू क्यामेराको रिल घुमेझैं मेरा आँखाअगाडि घुम्दै छन् । ठाउँ नै त्यस्तै– रोम सहर । आँखामा अटाउन्जेल भीड अनि ट्रेभी फाउन्टेन ।

एकजना वृद्धालाई केही समयदेखि नियालेर बसेको छु । वृद्ध भएकैले नियालिराखेँ । युवती भएको भए त क्वारक्वार्ती हेरिरहन गाह्रो हुन्थ्यो । उनीहरूलाई हामी मन नपर्नुको एउटा कारण त्यो पनि हो । राम्रो देख्नेबित्तिकै घुरिदिन्छौँ । असहजै हुने गरी । तिनलाई भने नियालेर बसेको छु । फाउन्टेन पछिल्तिर फर्किएर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

चित्र ‘लक्ष्मी’का थारू भाषी दुई हाइकुहरु

~चित्र ‘लक्ष्मी’~chitra-bahadur-chaudhari-laxmi

झिङ्नी बेल्भार
जोन्ह्याँ ओ अज्जरार
दूर त नि हो ?

औंसी ना पुन्नी Continue reading →

Posted in थारू हाइकु | Tagged | Leave a comment

कथा : लिभिङ टुगेदर

~केडी रेम्नीसीङ~

गाउँमा माध्यमिक विद्यालय स्तरको मात्र पढाई हुने हुनाले उच्च माध्यमिक र क्याम्पस स्तरको पढाईको लागि सदरमुकाम जानु नौलो कुरा होइन, यो रहरको कुरा पनि होइन । राम, श्याम, सीता, गीता, हरि, कृष्ण, रीता, नीता जो पनि पढ्नलाई खर्चले पुग्दो वा कोही आफन्त भएको खण्डमा काठमाण्डौ जाने नत्र सदरमुकाम जाने चलन नै हो । सदरमुकाम आउने पात्र मध्ये कविता पनि एक हो । उनको वाल्यकालको नाम लालजति भएपनि कक्षा पाँचतिर उनकै नेपाली शिक्षकले ‘शार्दुल विक्रिदित छन्द जस्तै राम्री देखिने मान्छेको नाम पनि लालजति रे, भएन यो त’ भनेर नयाँ न्वारान गरिदिए ‘कविता’ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गोठाले दिनको संझनामा

~रामचन्द्र कार्की~Ram  Chadra Karki

गाईबाख्राको पछिपछि, ढाडखोलाको पानी पिउदै,
ऐसेलु र कटुस खान्थ्यौ. च्यातिएको भोटो सिउदै ।
पल्लो घरकी गंगा बैनि, गोठालाकी असल साथी,
छिइन् अचेल कुन संसारमा, आज सपनीमा आथी ।

माथिल्ला घरको कृष्णे पनि, अरव तिर पसेपछि,
तल्लो घर नि शुन्य भयो, हजुर आमा खसेपछि ।
भोर्ले खोलो उर्लि आउदा, सुसाईसगै पौडि खेल्थ्यौं,
काउले पानी चौरमा, कोल हाली उखु पेल्थ्यौं । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : हिडेर कहिले

~दिलिप योन्जन~Dilip Yonjan

हिडेर कहिले, छुइएन छितिज, यात्रा भो अधुरो
आसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो।
भाग्यमा नभै, खोजेर मात्रै, पाइएन केही पनी
आखाको सामु, पराए भयो, चाहेको माया नि

च्यातिन्दै गयो,बिस्वासको पाना,जिबन भो
धुरोआसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो। Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : जुनकिरीहरु

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

एकहुल जुनकिरीहरु
आगो वोकेर
निभ्न लागेका बस्तीहरुलाई उज्यालो वनाउन
एक झोला रातो किताबहरु वोकेर
बोक्सीको आरोपमा जिउंदै जलाइएका
पिडादायी कथाहरु च्यात्ने हिम्मतहरु बोकेर
पहाडहरुमा पुगे
स्कुलहरु खोले
धिब्री जुनकिरीहरु स्कुल आए÷ पढे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कार्लो रोसी

~राजव~Janardan Pudasaini Rajab

कार्लो रोसीलाई मैले अमेरिका आएपछि मात्र चिनेको हुँ। र, ऊ अमेरिका आएपछि नै ‘कार्लो रोसी’ भएको रहेछ। ऊ र म अमेरिका लगभग एकै समयमा आएका रहेछौँ। कार्लो रोसी हुनुपूर्व ऊ ‘काशीनाथ जोशी’ थियो रे। मैले उसलाई कार्लो रोसी भएको दुई वर्ष तीन महिनापछि चिनेको थिएँ। त्यसपछि मात्र ऊ कुनै बेला काशीनाथ जोशी थियो भन्ने कुरा थाहा पाएको हुँ।

वास्तवमा मैले कार्लो रोसीलाई मध्यरातसम्म चलेको एउटा रात्रिकालीन पार्टीमा चिनेको हुँ। मैले त्यहाँ भेट्दा ऊ पनि मैँ वाइनको नसामा ुण्डिन थालिसकेको थियो। र, मसँगैको अर्को पियक्कडले उसलाई देखाउँदै मलाई भनेको थियोः

“तपाईं उहाँलाई चिन्नुहुन्न कि क्या हो… .?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल गीत : चुँ चुँ गर्दै कुनोतिर मुसो करायो

~रञ्जुश्री पराजुली ~Ranjushree Parajuli

चुँ चुँ गर्दै कुनोतिर मुसो करायो
बिरालोको म्याउँले कता लघार्यो
आँगनीमा हाऊ हाऊ गर्दै पाङ्ग्रे भुक्यो
चर्को घाममा सुकाएको टोपी सुक्यो ।।

प्रातः काले सिरसिर बतास मनै रमाइलो
भित्र बाहिर चारैतिर धेरै घमाइलो Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment

अनूदित कविता : ढुङ्गाको पनि मन हुन्छ

~विष्णु नागर~bishnu-nagar
अनु : मनोज न्यौपाने

कसले भन्छ,
ढुङ्गाको मन हुँदैन ?
हुन्छ,
मैले त यस्तो मन पनि देखेको छु
जसको हार्ट सर्जरीसमेत गरिएको छ ।

घाम र छाया Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : बेरोजगारि व्यथा

~सुरेस खनाल~

मनमा कुरा खेलाउँदै हिड्दा ऊ, कुमारीपाटी तिर जानु पर्ने एकान्तकुना तिर लागेछ!

निकै पर पीपलबोटमा पुगेपछि मात्रै ऊसले चाल पायो।

नमिठो मुख बनायो, हात झड्कार्र्यो र आफैँलाई एउटा फोहोर गालि गर्दै ऊ फरक्क फरक्यो।

बिहान उठे देखि नै मन ठिक थिएन उसको।

हुनत उसलाई बिहान अबेर सम्म सुत्न मन् लाग्छ तर बिगत केहि दिनदेखि ऊ बिहान ४ बजे नैउठेर डेरा बाट बाहिर निस्कन्छ र राति अबेर फर्कन्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : पर लैजाऊ फूलहरु

~राजेन्द्र थापा~Rajendra Thapa

पर लैजाऊ फूलहरु छोपिदेऊ तारा जून
बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु

शहरको भीडमा म एक्लो हल्लाले छुँदैन
रानीवनको एकान्तमा पनि मन चुप हुँदैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माइती घर तिम्रो हैन

~केसरी खरेल~

माइती घर तिम्रो हैन पराइघर जाउ
बिदा लिइ कहिलेकाहीं जन्म घर आउ ।

कस्तो हुन्छ वरको घर कस्तो हुन्छ पर
तिमिलाई जिन्दगिमा लाग्दो होला डर ।। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : स-साना पृथक् धारका रचना

~हरि अधिकारी~book-cover-toya-gurung-kusum-katha

मुक्तछन्द लामा-कविताको क्षेत्रमा नाम कमाइसकेकी स्रष्टा तोया गुरुङ यसपटक एउटा गद्य-रचनासंग्रह लिएर पाठकका बीच आएकी छन् । “कुसुम” नाम दिइएको २६ थान स-साना गद्यको संग्रहलाई लेखकले कथासंग्रह भने पनि यीमध्ये झन्डै सबै रचना आत्मपरक निबन्धजस्ता लाग्छन् । संग्रहको नाम रोजिएको रचना ‘कुसुम’, ‘चिरीकाजी’, ‘जाइपुरी’ र ‘पराई’ आदिमा भने कथामा हुनुपर्ने केही तत्त्वको संयोजन गरएिको पाइन्छ । यिनका आधारमा यसलाई कथासंग्रह भनेको हो भने मिल्छ ।

नेपाली साहित्यमा लामा गद्य कविताहरूको रचना सुरु गर्ने कवि मोहन कोइरालालाई गुरुङले लगातार Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

स्वदेश गीत : हे आमा नेपाल तिमीलाई

~डि.बि. महेश पाल्पाली~

हे आमा नेपाल तिमीलाई संसार कै राम्री बनाउँला
तीन कोटी जन मिलेर सुसार गर्दै जाउँला ।।

सुपुत्र जन मिलेर देशको सेवा गरौँला
उन्नतीपथमा लम्केर प्रगती बिउ छरौँला
हे आमा नेपाल तिमीलाई संसार कै राम्री बनाउँला । Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कथा : यमी

~कञ्चन लिम्बु~

“त्यसो भए तिमी जाने नै भयौ..”

मैले अघिजस्तै आफ्नो कुरालाइ दोहोर्‍याएँ । मलाई ज्यादै नरमाइलो लागिरहेको थियो। पहिलेको कुराहरु सम्झिँदै गएँ । मन अमिलो भयो।

“तिमी अबुझ जस्तो नबन न प्लिज । तिमीसँग छुट्न मलाई कति गाह्रो भएको छ । ममा के बितिरहेको होला महशुस गर न…मेरो यो बाध्यता हो । प्रेममा सँधै प्राप्तिमात्र हुँदैन त्यसमा समर्पण पनि हुन्छ । त्याग पनि हुन्छ । प्लिज मेरो कुरा बुझ्ने कोशिश गर । म तिमी खुसी भएको हेर्न चाहन्छु। म तिमीबाट यसरी दुःखी भएर विदा हुन सक्दिनँ।”

उनी कम्पित स्वरमा बोलिन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : डाक्टर

~कुमार काफ्ले~kumar-kafle

-रोगको उपचार गर्ने डाक्टर श्यामलाललाई भगवानभन्दा कम लाग्दैनथ्यो।

-परिवारमा कोही बिरामी भए कि डाक्टरकोमा पुर्याइहाल्थ्यो।

-यसपटक पनि आमाको आँखा दुख्न थालेपछि उसले विना विलम्ब अस्पताल पुर्यायो। Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : कतारमा देविकाका सपनाहरू

~पेशल आचार्य~Peshal Acharya

देविकालाई दोस्रो पटकको विदेश यात्रामा पटक्कै रूचि थिएन । तर विदेश नगई भएको थिएन । घरबाट साइतको टीका लगाएर हिँड्दा उनका गोडा भारीभारी भएका थिए । उनी त्यस दिन उदासउदास थिइन् । लोग्नेको कमाइको भर छैन । गाउँबाट सदरमुकाम आउँदा सानो आफ्नो घर होस् भन्ने चाहनालाई बास्तविकतामा परिवर्तन गर्न दुवैले केही समय सानो पसल पनि थालेका हुन् । समयले साथ दिएन । पहिलो पटक विदेशबाट फर्केपछि उनले यतै नेपाल बस्ने इच्छा पनि गरेकी हुन् । आखिरमा विदेश नगई भएन ।

दुई वर्षकी छुनुमुनु गर्ने सानी छोरीलाई यहीँ सासूका भरमा छोड्दा दस मनमा एक मनले पनि मानेको होइन उनको । गर्ने के बाध्यता भएपछि । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बैरी नठान आमा

~आचार्य प्रभा~acharya Prabha

बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि
छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि —

जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी ,
सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी— Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नकाे पिरामिड

~मसान उपासक~masan-upasak

अत्यासकाे सत्याग्रह सकिएकाे साझ
मलामि बाेलाउन हिडे जसरि
यी कागहरु छतमा किन कराउछन् हँ ??

प्रेमिले दिएकाे रुमाल हराएपछि
सल्लाघारिमा एक्लै रुने
भन हाै लुङ्बा
मान्छे हाे कि छायाकाे अाकृति ??
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माघको खुलेको बिहानको जप

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
क्या खुल्यो बिहान आज !
नीलिमाले फाली
सकल घुम्टो जाली !

ख.
वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो !
अभिराम क्या यो !
रात प्रातः आयो !
क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो !
दिविमा जन्म ली दयाले !
करुण छन्द भै सुवर्ण ज्योति–लहर आयो ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : समनपुरको प्रश्न

~शीतल गिरी~Shital Giri

समनपुरको इतिहास कोट्याउने कुरा फेरि उठ्यो । समनपुरको जरो इतिहास कहाँसम्म छ भन्ने कुराले म रन्थनिएँ । समनपुर, जुन अहिलेको नाम छ, के पहिले पनि यही नाम थियो ? जङ्गबहादुर सिकार खेल्न आउँदा यो थियो, थिएन ? प्रमाण मौन छ । बागमतीपारि अर्थात् सुवर्णग्राम (हालको मूर्तिया) ध्वस्त गरिँदा यहाँ गाउँ थियो, थिएन ? प्रमाण शान्त छ तर के गरुँ ? यसको पूर्वनाम मधुवन बागमतीको गर्भमा विलीन भइसकेको हुँदा स्थापनाकालको भूमि यही हो भनी किटान गरेर भन्न सकिन्न ।

वास्तवमा मधुवन जङ्गल बीचमा सानो तर रमणीय गाउँ थियो । सुवर्णग्राम धनधान्य र तिरहुत कलाले सम्पन्न थियो भने अतिथि सम्मान गर्न मधुवनले उछिनेको थियो । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : नाम सर्वहारा

~निश्चल काउचा~Nischal Kaucha

वास सयल महलको , सयर पजेरोको ,नाम सर्वहारा
जुन जोगी आएनी कानै चिरेका , सबै दल हुन जन्ता मारा

निर्वाचन सकियो ,लाग्नु पर्ने संबिधान लेख्न , फेरी पुरानै
सत्ता लिप्साको नौटङकी रच्दै छौ रे, के हो नेता ज्यु यस्तो पारा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : चकलेटको परिणाम

~मीना बज्राचार्य~mina-bajracharya

रामदेवी र रामदासको विवाह भएको पाँच वर्षपछि बल्ल एउटा छोराको जन्म भयो । त्यसकारण, उनीहरू साह्रै खुसी भए । आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई उनीहरू दुवैले अति माया गरी हुर्काउन थाले । उनीहरूले आफ्नो छोराको नाम राज राखे । राज साह्रै हृष्टपुष्ट थियो । नहोस् पनि किन राजलाई मीठोमीठो भने जति खान दिन्थे । उसले जे मागे पनि पु¥याइदिन्थे । त्यसैले होला, राज बिस्तारै जिद्दी स्वभावको हुँदै गइरहेको थियो ।

आमाबाबाले उसको हरेक इच्छा पु¥याइदिने भएर पनि ऊ त्यसरी जिद्दी हुन पुगेको हो । राज अति नै राम्रो Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : सानो ट्याक्टर

~निर्मल आचार्य~

हिजो एक ट्रिप मात्र काम पाएको थियो, उसले ।

आज काम पाउने नपाउने निश्चित छैन । काम कुरेर चोकमा उँघिरहन काम पट्यारलाग्दो हुँदैन ।

दिनदिनै काम पाए पो सजिलो । किस्ता तिर्न सजिलो । छाक टार्न सजिलो । दुःख बिरामी पर्दा सजिलो । यसो आफन्तलाई दुई चार पैसा सहयोग गरौं भन्दा पनि सजिलो ।

दिनभरि रुँघ्यो बेलुकासम्म एक ट्रिप पनि काम नपाउँदा उसलाई असाध्यै सास्ती हुन्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बत्ति

~कात्यायन~dhanwantari-mishra-katyayan

– साँझ परिसकेको थियो | श्रीमतीले लोडशेडिंगको तालिका सोध्नुभन्दा पहिले नै भान्सामा गएर मैन-बत्ति बाल्छु |

– छोराहरू नया-पुराना पत्रिकाका पानाहरू हेर्दै हाँस्दै थिए|

– यसो नियालें | कतै लेखिएका थिए – जलश्रोतको अपार धनि देश … त कतै लेखिएका थिए – हावाबाट Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

थारू भाषी कविता : डहरचन्डीक बन्क

~सुशील चौधरी~

जन्नीह चिमचाम डेख्क
जिन झंख्रहो ठर्वा,
पटोहिया मौन बा कैक
जिन डँक्रहो छावा,
डाइ निब्वालठो कैक
जिन ठौकहो बाबा ।

छाई मु सिलबाटिस् कैक
जिन ढम्क्यइहो डमन्ड्वा, Continue reading →

Posted in थारू कविता | Tagged | Leave a comment