~राजेन्द्र पराजुली~
केही वर्षअघिदेखि नेपाली पुस्तकबजारमा निबन्ध टाक्सिंदो र उपन्यास फस्टाउँदो अवस्थामा छ। पठनसंस्कृतिले फड्को मारेको भनिएको समयमा निबन्ध निम्छरो बन्न पुगेको छ। यसको मूल कारण सङ्ख्यात्मक मात्रै होइन गुणात्मक निबन्धको अभाव हो। यस्तो अवस्थामा आएको शेखर खरेलको ‘मैले नदेखेका हिप्पी’ ले नेपाली निबन्धलाई एक तह माथि उकास्ने क्षमता देखाएको छ। १३ वटा निबन्धको यो सङ्ग्रहले लामो खडेरीलाई ओसिलो बनाएको मान्न सकिन्छ।
लेखकले निबन्ध भनेका संस्मरणात्मक शैलीका यी रचना वास्तवमा ‘रम्य रचना’ हुन्। आत्मपरकतामा उनिएका हरेक रचनाले उन्मुक्त उडान भरेका छन्। शेखरले स्व–अनुशासनमा रहेर व्यक्तिगत स्वाधीनताको चिन्ता र Continue reading