कविता : चौतारो

~अकेला यात्री~akela-yatri

गाउँमा भर्खरै बनिएको छ नयाँ चौतारो
मसँग कसैलाई सोध्ने साहस छैन
कि यो चौतारो कसको भनेर ।

किन किन मलाई यस्तै लागिरहेछ
त्यो मेरै दौँतरीको चौतारो हो
भेला भएर साँझमा
जोसँग हामी समानताको कुरा गथ्र्यौँ
त्यो मेरी प्रेयसीको चिहानजस्तो छ
एकान्तमा भेटिएर हामी
नयाँ बिहानीको कुरा गथ्र्यौँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ‘कलेजी ब्लेजर’ कि आईमाई

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

Banquet hall बाट मध्य राती निस्कीएको थिँए । सुनसान भईसकेको थियो । गस्ती गर्दै हिडेका एक दुई प्रहरी र कालो सडकको छाती चिरेर दौडीने royal आकारका कारहरुले मात्र मलाई झस्काउँथे । भुतपुर्ब मेयर र सोसियल सेलीब्रेटी को सानो जमघट बाट म हठात निस्कीएको थिँए । banquet hall बाट केही दुरी बनाईसकेको हुन्छु । ग्रिष्मको मात चडाउने रात । ताराहरु छरिएको natural canvas ‘living canvas’ जस्तो देखीएको थियो । ‘समाजमा नाङ्गो मानीसको अस्तिव हुँदैन’ घरी घरी दिमागमा यही शब्दहरु दोहोरी रहेको थियो । ‘कलेजी ब्लेजरमा’ ढाकीएकी त्यस आईमाईले Banquet hall मा मलाई सामाजिक रुपमा नाङ्गो बनाईदिएकी थिई । त्यस आईमाईले गरेको ब्यक्क्तिगत लुटपाट पछी म अचानक Banquet hall छोडेर निस्कीएको थिँए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : पिरतीको हिसाब-किताब

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

कुन्नि कहाँ बिग्र्यो हाम्रो, पिरतीको हिसाब-किताब
न त भयो वारपार, न त मिल्यो न्याय निसाफ

भुल्यौ कि त जोड्नलाई केही गुणहरु मेरा
बिर्सियौ कि त घटाउन केही दोषहरु तिम्रा ?
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अब मोड्न सक्दिन

~सन्तोष लामिछाने~Santosh Lamichhane

आँखा तिमीमा परिहाल्यो अब मोड्न सक्दिन
तिमी बाहेक अरुसँग माया जोड्न सक्दिन

मस्तिष्कभरी तिम्रै दृश्य घुमिरहन्छ आजकल
आफ्नो टाउको आफैले ठोकेर फोड्न सक्दिन Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मैले चिनेन कि

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

हरि हरि मैले चिनेन कि – ठेट नेपाली होइनौ कि – —–
पैसा पाय देसै बेच्ने – नेता भए जनतै भुल्ने

हरि हरि मैले चिनेन कि देशका नेता होइनौ कि——-

कसो गर्दा के हुने हो केही थाहा छैन
राजनीतिमै बुढा भयौ देशमा शान्ति छैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : गण्डकी अञ्चलका महाकविहरू

~प्रा.डा. नारायणप्रसाद खनाल~dr-narayan-prasad-khanal

नेपाली काव्य(महाकाव्य रचनाका दृष्टिले आदि महाकाव्य जन्माउन सक्षम भूमि गण्डकी अञ्चल हो । आदिकवि भानुभक्त आचार्यको कालजयी कृति रामायण महाकाव्य यसै धर्तीको उपज हो । यो अञ्चल साहित्य सिर्जनाका दृष्टिले मात्र होइन, महाकाव्य जन्माउनका लागि पनि उर्वर भूमि बन्न सफल रहेको छ । यहाँका कविहरूमध्ये एउटौले ६–७ वटा सम्म महाकाव्य लेखेर यस युगका पाठकलाई चकित बनाएका छन् । यस क्षेत्रका यस्ता केही महाकवि, महाकाव्य र महाकाव्य समकक्षी रचना प्रकाशित भएका वा अप्रकाशित अवस्थामा रहेका व्यक्तिहरूको सङ्क्षिप्त कालक्रमिक दिर्ग्दर्शन गराउनु यस लेखको उद्देश्य रहेको छ । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

बाल कविता : बालअधिकार

~खुश्बु जयसवाल~

सबै भन्छन् बालअधिकार आयो
खै त्यो अधिकार कसले पायो ?

म जस्तै बालक मागिरहेछन् सडकको माझ
खुल्ला आकाशमा बिताउँछन् उनीहरु रात

हाम्रो आवाज यहाँ कसले सुन्ने ? Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : किन…?

~कुन्दन काफ्ले~

म रुँदा खेरी तिमी हाँस्ने गर्छौ ।
अपुरो प्रिती किन गाँस्ने गर्छौ ।
कमजोर मन यो किन भाँच्ने गर्छौ ।
चबाई कुरा किन ढाँट्ने गर्छौ ।

रसाई आँखा किन ताक्ने गर्छौ ।
खसाई आँशू किन झाँक्ने गर्छौ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : यात्रासाहित्यको पहिलो सैद्धान्तिक ग्रन्थ

~कपिल अज्ञात~book cover - Nirmohi Vyas - Yatra Sahitya ko Siddahanta

निर्मोही व्यासले साहित्यका प्रमुख विधा कविता, निबन्ध र आख्यानका क्षेत्रमा कलम चलाएका भए पनि उनी निबन्ध विधाअन्तर्गत पर्ने नियात्रा र संस्मरणमै बढी सक्रिय र त्यसैमा लोकप्रिय पनि रहेका छन् । आरम्भतिर कविता–काव्यका दुई पुस्तक प्रकाशित गराएका व्यासमा झन्डै तीनदशक लामो अन्तरालपछि जीवनको उत्तराद्र्धतिर आएर पद्य कवितातर्पm फेरि पनि रुचि बढेको तथ्य उनका निकै सुन्दर र मार्मिक गीत–कविताहरूको सङ्ग्रह ‘बोधिवृक्षको छायामा’ (२०६९) बाट प्रमाणित हुन्छ । उनको प्रकाशन यात्रा ‘सम्झना’ शीर्षक यात्रासंस्मरण (इ.१९७०) बाट प्रारम्भ भएको होे ।

व्यासको ‘यात्रासाहित्यको सिद्धान्त’ (२०७०) द्रष्टा व्यक्तित्वको सर्वोत्तम कृति हो । यात्रासाहित्यका सन्दर्भमा नेपाली साहित्यको पहिलो र मूर्धन्य सैद्धान्तिक ग्रन्थ पनि हो । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

छोक : हँ ?

~कृष्ण वस्ती~Krishna Wasti_1

स्वाभिमानी हिमालको झुकेको छ, शिर ।
पानी होइन पँधेरामा बगेको छ ,पीर ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : यो एउटा उजाड थलो

~चुडामणि रेग्मी~Chudamani Regmi

म सुनौला सुन्तला र धान फल्ने तर रुन्चे वेहुली वोक्ने डाली जस्तो यस गाउँमा के सुनिरहेँछु ? विचित्रवाणी गाउँमा नभअ‍ेका कुरा । म के देखिरहेछु ? उसको ढङ्ग नभअ‍ेको वाङ्मुखे लोग्नेले वनाएको वाङ्गो घरको छाना उदाङ्ग भअ‍ेको छ र अकाससित मितेरी लाइरहेको छ । म देख्छु– टाट्नो शून्य छ र दाउराका हार छैनन् । कस्तो शून्य ! पहेँलो चोलो लगाउने विचित्रवाणीको त्यो घर फुस्रो, निन्याउरो, फुङ्ग ! के म सम्झिन्न ? यहाँ लुकी–लुकी आउने ठिटाको धुइरो लाग्दथ्यो, यहाँ गफमण्डली मजाले जम्दथ्यो । ओहो ! यो कसैले अ‍ेक दशक खेलेको थलो पो हो ! उजाड थलो ।

अहिले मेरा आँखा रसाअ‍े–रसाअ‍ेनन् म भन्न सक्तिनँ । यस्ता विरक्तलाग्दा दुई–चार अरू पनि त कुरा छन् नि ! ढुङ्गाना साहूको मृत्यु भयो, अनिकालले चिम्से कमिनीको दुरावस्था भअ‍ेको छ र भारतीय रुपियाँको अवमूल्यनले गाउँलेको घर–घरको मेसो र चालामा फेरफार छ । मलाई लाग्छ– Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नविन आचार्य ‘लेटांगे’का छ मुक्तकहरु

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

सानु सङ्ग कुरा गर्दै , बिताएका केहि पल
मायाका ति सौगातहरु, पठाएका केहि पल
सम्झनामा अझै पनि, ताजा बनि बसेको छ
प्रेमिल कुरा गरी गरी, मुस्काएका केहि पल

पागल सरि भा’छु अचेल,एक्लै जिउन नसकेर
पीडा बढ्दै गा’छ झनै , मुटु सिउन नसकेर
मर्दा पनि दोष तिम्लाई,लाग्छ भन्ने डरले सानु
छटपटिमै बाँची रा’छु , जहर पिउन नसकेर Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

स्रष्टा जीवनी : मैथिलीका कविकोकिल विद्यापति

~वृषेशचन्द्र लाल~Maithili Mahakawi Vidhyapati

मिथिला आफ्ना महान साहित्यकार कविकोकिल विद्यापत्रि्रति श्रद्धासुमन चढाउँदैछ । विद्यापति स्मृति दिवस अब मिथिलाञ्चलमा कविकोकिलको सम्झनामा मात्र सीमित छैन, यसले मैथिली साहित्यको पुनरुउत्थान तथा यसलाई क्षेत्रीय भाषाको रूपमा सम्मानित गराउन सक्रिय यस क्षेत्रको भाषिक आन्दोलनलाई ऊर्जा प्रदान गर्ने मैथिलीभाषीकोे एकता दिवसको रूप लिइसकेको छ ।भारतमा मात्रै होइन, नेपालमा पनि मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो । नेपालमा स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको योे आयोजन आरम्भमा ‘एउटै भाषा एउटै भेष’को पञ्चायती मानसिकताविरुद्ध क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घष तथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो ।

विद्यापतिले सम्पर्ूण्ा जीवन साहित्यलाई अर्पित गर्नुभयो । मृत्युको अन्तिम क्षणसम्म पदको रचना गर्दै Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

कविता : रंग र सभ्यता

~अनिल नेम्बाङ~

पहेँलो सभ्यताः
चुहिने आकाश गर्लम्म ओढ्छ
भोकमा माटो खान्छ
तिर्खामा नदि पिउँछ
दिनमा सुर्य ताप्छ
साँझमा झ्याउँकिरी सुन्छ
अँध्यारोमा जूनको पुल्ठो सल्काएर
हेर्छ तारापुञ्जको चलचित्र
अनि घुर्छ आनन्दको निन्द्रा। Continue reading

Posted in कविता | Tagged | Leave a comment

हुसैन खाँका चार मुक्तकहरु

~हुसैन खाँ~hussain-khan

संगै हाँसौँ हामी मुसुमुसु गरी हास्य रसमा
सधैँ नाचौँ हामी छमछम गरी प्रेमरसमा
सधैं खेलौँ हामी वन -चउरमा जीवनभरी
सधैं बाचौँ हामी यहि धरणिको चिन्तनगरी ।

ईर्ष्या – डाहा कलह सबको दाहको चाहना छ
नौला -नौला प्रग तिपथका क्रान्तिको चाहना छ ।
यै माटोको विमल मनमा कान्तिको कामनामा Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : निसास्सिएर फुलेको प्रेम

~रमेश पाण्डेय~

मैले एक दुई गरेर गनेको भए पनि १२÷१५ जना जति थिए होलान् म त्यो वेटिङ रुमभित्र पस्दा । म छेउको कुर्सीमा गएर थपक्क बसें । चारैतिर नजर पु¥याएँ । धेरैजसो त विवाहित महिलाजस्ता देखिन्थे तर म अविवाहित । सबैले मलाई नै हेरिरहेको जस्तो लागिरह्यो । म बोल्न सकिनँ । टक्क मेरो आँखा आमाले दुध खुवाइरहेको एउटा बच्चामा गएर अडियो । छेउमा उसको श्रीमान् थियो । त्यो देखेर मलाई पनि अचानक शरदको याद आयो । तर किन हो थाहा छैन । उसको मुस्कान याद आयो । अनि त्यो हट कफी पिउँदा मप्रति हेरेको उसको नजरमा म हराएँ । कता हराएँ थाहै भएन । त्यो पल ।

सन्दीपा …

सन्दीपा शर्मा … म झस्किएँ । नर्सले मेरो नाम बोलाइरहेकी थिइन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सबै रमाउने पिएपछि

~केडी रेम्नीसीङ~

रमाउने किन सबै रमाउने पिएपछि,
समाएर लिने हो कि समाउने पिएपछि ।

हराएका होसहरू एकएक फर्के मेरा,
भएको पो रैछ क्यारे हराउने पिएपछि । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : केवल माया देउ

~केवल गंगा गुरुङ~Kewal Ganga Gurung_1

बर्षाद सँगै रुझाएर फक्रिएको जवानी
मलाई किन लोभ्याउँछौ भन ए… मोहीनी

डाँडा भरी गुराँस बनी फुल्छौ कहिले तिमी
मनभरी चाहना बनी झुल्छौ कहिले तिमी Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कुकुरको सपना

~नरनाथ लुईँटेल~

कुकुर महँगो गलैंचा ओछ्याइएको बैठक कोठामा पाउपोस नफुकाली निर्धक्क पस्नुभयो र सबभन्दा बीचको सोफालाई आसन बनाएर गजक्कसँग बस्नुभयो । उहाँको नाकको तीव्र घ्राणशक्तिले बैठक कोठाको सम्पूर्ण वातावरणलाई एकै निमेषमा सुँघिभ्यायो- सब ठीकठाक छ । कोठामा मालिकको उपस्थिति र आदेश नभएसम्म उहाँको कुनै खास काम थिएन । काम नभएको बेला कुकुरहरु मस्तसँग सुत्न मन पारउँछन् । उहाँलाई पनि लचक्दार सोफामा एकैछिन भए पनि सुतुँसुतूँ लागेर आयो । उहाँको मालिकले कोठाभित्र प्रवेश गर्ने समय अझै चौध मिनेट बाँकी थियो । कुकुर सुताइका निम्ति यो चौध मिनेटको अवसर पनि कम महत्वको हुँदैन । उहाँ आफ्ना वर्गीय स्वभाव र प्रचलित आदतअनुसार नै सोफामा एकै डल्लो बन्नुभयो र एकैछिनपछि काइदासँग घुर्न थाल्नुभयो । नाकका फोन्द्राबाट घुराइको पौन जोडले बाहिर- भित्र गरिरहे पनि उहाँको ठूलो मस्तिष्क अत्यन्त क्रियाशील छ । यो क्रियाशीलता Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सुनुवार भाषी कविता : मुबगिल

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~

एको थुँ मेको थँु
नेल आन थुँ,
मुलाअ्त सिनाअ्त
काइयो महाशो बा
ताँ मारदे मे मारदे
आँ थुँ यो मोदन महाअ्शो बा Continue reading

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गीत : खुट्टा तान्दै गर

~बुद्धवीर लामा~buddha-bir-lama

कति जल्छौ आरिसले अँझै जल्दै गर
म त हिंड्छु मेरै बाटो खुट्टा तान्दै गर

काँडेतारको बार लाए नि मेरो यात्रा रोकिन्न
हत्केलाले सूर्यलाई कहिले पनि छेकिन्न
कति गर्छौ उपहास अँझै गर्दै गर Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले झुट बोल्यौ झुट…

~आरती रची कोइँच~Arati Rachi Koinch

रातमा निद्रा छैन दिनमा छैन चैन
तर पनि भन्छौ तिमी ‘मलाई केही भएन’
तिमीले झुट बोल्यौ झुट– २
तिम्रो मुटुमा भा’को हुनुपर्छ लुट
तिमीले झुट बोल्यौ झुट– २

कुरामा कुरा आउँछ साथीभाइको कुरामा Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : डर मलाई ‘कुरो’ को भो

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

भनौं भने बोली पासो, डर मलाई ‘कुरो’ को भो
नबोलौं त कुरा साँचो, मनको आगो ‘जुरो’ पो भो
**
पर्खी बसें मझेरीमा, मौका आउला फुकाउँला यो
रात बिती अभ्रख जस्तो, नामर्द नि सुरो पो भो Continue reading

Posted in गजल | Tagged | Leave a comment

छोक : सङ्कल्प हाम्रो फलोस्

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ,
लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ,
आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अनलाइन लभ

~जनकराज भट्ट~Janak Raj Bhatta

“कसको हो ?”

“कहाँबाट आयो ?”

“कोसँग डेटिङ थियो ?”

एकाबिहानै कोटको देब्रेपट्टी बाहुलामा लामो केश भेटिएपछि चिच्याउँदै थिइन् उनकी श्रीमती। त्यसै पनि बिहानैदेखि उनको मूड खराब थियो। चार दिन लाइन बसेर पनि ग्याँस नपाएको झर्कोलाई यो केशले झन् जटिल ‘केस’ बनाइदिएको थियो। Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : पल्लोघर

~खेमराज गाउँले~Khemraj Gaule

म मध्यरातमा व्युँझिएँ । उनको शरीर चिसो भएको थियो । उनकै चिसोले मलाई व्यँुझाएको हो । छामें उनी मस्त निद्रामा भएझैं थिइन् । उसै त पुसमाघको जाडो । हामीसँग ओढ्ने लुगा कम थियो । उनलाई र मलाई पुग्ने गरी लुगा मिलाएँ । उनलाई अँगालोमा होलें । अनि सुतें ।

बिहानै उठें । उनलाई उठाएँ । काममा त जानै प¥यो । अनि खाना बनाउन लगाएँ । मुख धोई भान्सा छेउमा गएँ ।
‘राति मस्तै जाडो भयो कि क्या हो ।’ मैले भनें ।

‘म ता था पाइनँ । तपैलाई भा हो ?’ रमा बोली । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नागरिकता हराएको मान्छे

~शिरिष पराजुली~Shirish Parajuli

घरको आँगन छोडेर हिडेदेखि मैले बल्ल धेरै चिजको महत्व बुझेको छु र बुझ्दै छु । सायद हराएका चिजको महत्व स्वत: बढ्छ भन्छन् आजकल मेरा अनेक सजिव र निर्जिव चिज हराएका छन्– सजिव मन र निर्जिव सपना । निर्जिव सपना जस्को कुनै सेन्स छैन मात्र त्यो देखिन्छ ।

घरछँदा बाहिरको हावा समेत खान नपाएर ऐंठनमा बसेको मेरो नागरिकताले आजकल म संगै सहर घुम्न थालेको छ किनकी शहरमा मान्छे होइन यस्ता परिचयलाइ ख्याल गरिन्छ तर हिजो मात्रै मेरो नागरिकता हरायो । मैले सधैं मेरो झोलाको बगलमा राख्ने नागरिकता हरायो कता गयो पत्तो भएन । नागरिकता हराएको झोकमा मैले मेरो होस हराएँ अनि सोच्न थाले नानाथरी मूर्खतापूर्ण बकवास । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पहाडीका आख्यान

~आनन्द राई~

अधिकारकर्मी कृष्ण पहाडी कथाकारको परिचय लिएर आएका छन्। लोकतन्त्र र सामेली समाजका प्रवक्ता यी गेरु बस्त्रधारी अविवाहित चिन्तक आख्यानमा पनि सशक्त छन्भन्ने पुष्टि उनको पहिलो कथा-सङ्ग्रह कृष्ण पहाडीका कथा ले गरेको छ। यसअघि उनका यात्रा संस्मरण, नाटक, निबन्ध र गीति सङ्ग्रहहरू आइसकेका थिए।

ठूला कुरा गर्ने रोगबाट जोगिएका कथाकारले छोटो प्राक्कथनमा १०-१५ वर्षअगाडि नै प्लट सोचिएका कथाहरू काँचा-कटमिरा पनि हुनसक्ने भन्दै छ्यानब्यानको जिम्मा पाठकलाई सुम्पेका छन्। प्रसिद्ध कथाकार परशु प्रधानले लामो भूमिकामा पहाडीको व्यक्तित्व र कृतित्वको लेखाजोखा गरेका छन्। सृष्टि देखि शान्तिसम्मका २६ कथा भाषा-शैली दुवै हिसाबले सरल, सरस छन्। पाठकले तिनमा नीतिकथाहरूको संसार चहारेको अनुभूति गर्छन्। जीवनजगत नियालेका पहाडीका Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : जीवनको बाटो

~स्नेह सायमि~Sneha sayami_1

निर्जनको घर कास्की जिल्लाको दूर्गम गाउँमा थियो। त्यहांबाट बसाईं सरेर भरतपुर चितवन आइपुग्दा निर्जन ५ वर्षको थियो। निजर्नका बाले गाउँमा पुर्खौली घर जग्गा बेचेर पाएको पैसाले भरतपुरमा भूँइतल्ले घर र एक कट्ठा जमिन किने। निर्जनका बा सानैदेखि राजनीतिमा सक्रिय थिए। भरतपुर बसाइ सराइपछि पनि निर्जन, निर्जनकी ८ वर्षे दिदी समिता र निर्जनको आमा निर्मलालाई घरमा राखेर भूमिगत राजनीतिमा लागे निर्जनका बा।

निर्जन र समिता भरतपुरको एउटा स्कुलमा भर्ना भए। आमा घरकै काम ग गर्नुहुन्थ्यो, घर खर्च चलाउनका लागि सानोतिनो कामको खोजीमा पनि हुनुहन्थ्यो। बा पार्टीको पूर्णकालीन सदस्य हुनाले परिवारको लागि निकै कम समय मात्र दिन सक्नुहुन्थ्यो। बिहान, बेलुकाको छाक टार्न र स्कुल फिस तिर्नसम्म सक्ने Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुधेको जीवन

~विवेक वाइबा~

बुधे दूरदराजको ग्रामीण इलाकामा बस्ने गर्दछ । उसको दाम्पत्य जीवन यतिबेला उजाड र शुन्य छ । किनकी, उनीहरु आफ्नो जीवनदेखि असन्तुष्ट देखिन्छन् । उनीहरुको जीवन वास्तवमा सुखमय जीवनयापनका हरेक भौतिक आवश्यकताहरु प्राप्तिका लागि संघर्षयुक्त परिश्रम गर्नुपर्ने अवस्था छैन । कुनै कुराको अभाव त्यो दम्पतीले भोग्नु परेको छैन । तर, पनि यो परिवार अत्यन्त दुःखी छ । विवाह गरेको यतिका वर्ष बितिसक्दा पनि बुधेको जीवनरुप सुन्दर वागमा सन्तान रुपी फूल फुल्न सकेको छैन, जसको कारण उनीहरुको जीवन निरश भएको छ ।

उनीहरुले सन्तान प्राप्तिको निम्ति धामी, झाँक्री, ज्योतिष, दान र धर्मलगयतका थुप्रै कामहरु गर्न बाँकी राखेनन् । तर, अन्ततः डाक्टरी ओखती उपचारपछि मात्र बुधे र माइलीको दाम्पत्य जीवनमा केही सम्भावनाका संकेतहरु देखा परेका छन् । बैवाहिक जीवनको तेह्र वसन्तपश्चात उनीहरुको सुन्दर वागमा एउटा सुन्दर फूल Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाटो सोध्दै यतैकतै

~आर.एम्. डंगोल~

बाटो सोध्दै छु
यतैकतै
बाटो पछ्याउँदै पछ्याउँदै
हिँडिएछ यहाँसम्म
यहाँसम्म आइपुग्दा
आफ्नै जस्तो नलाग्ने स्वभावले
पछ्याइरहेको छ मलाई ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बाल अधिकार

~महेन्द्र महक~

उसको लागि यो असंख्य कार्यक्रममध्येको एक कार्यक्रम थियो । यस्ता तालिमहरु उसले थुप्रै दिइसकेको थियो । यस कार्यक्रममा पनि ऊ तालिम दिदै थियो । कार्यक्रममा थुप्रै संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो । यो कार्यक्रम एउटा पाँचतारे होटलमा भइरहेको थियो । उसले सेतो बोर्डमाथि बालअधिकारको बारेमा लेख्न थाल्यो ।

बालअधिकारका विषयवस्तु, बालअधिकारको अवस्था, बालबालिकाका अधिकार, अन्तर्राष्ट्रिय संघ संस्थाहरुले बालअधिकारका लागि खेलेको भूमिकाका बारेमा उसले राम्रै तालिम दियो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment