बहरबद्ध गजल : प्रेमका आलीहरू

~हुसैन खाँ~hussain-khan

भत्किँदैछन् प्रेमका आलीहरू
खेत खाए खेतका बालीहरू ।

यो जमाना पारि आफ्नो हातमा
मख्ख पार्दैछन् यहाँ झयालीहरू ।

तर्सिएछन् फूल सङ्गै कोपिला
वागलुट्छन् वागकै मालीहरू ।

निष्ठुरीले बिर्सिएछन् चाहना
सुक्न थाले आँठका लालीहरू ।

तिर्सनामा लिप्तछन् पालेसबै
दुःख पाए आज नेपालीहरू ।

बहरे रमल मुसद्दस महजूफ
s।ss s।ss ।ss सूत्रमा आधारित ।

हूसैन खाँ
भरतपुर–४, गणेशमार्ग, नारायणगढ चितवन ।
psp195@yahoo.com

(स्रोत : पल्लव साहित्य प्रतिष्ठान – पल्लव डट कम )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.