कथा : कमैया

~सोमना थारु~

“यो निबुवा खान अलि कति नुन पाउँथ्यो कि हजुर ? ” राम प्रसाद भण्डारीले निबुवा देखाउँदै थारु गाऊँको एक घरमा आफ्नो टोपी थाप्यो । घाँटीमा हसुलि । पाखुरामा मठ लगाएकी ।  हात पाखुरा, पिडौलामा खोपेकी (टट्टू ) एक जना महिला निस्की भित्रबाट । मौनी (थारु महिलाहरुले बनाउने एक प्रकारको डालो) मा भरिएको नुन लिएर ।

“यत्रो धेरै नुन किन हजुर ? ” राम प्रसादले सोध्यो ।

“लैजा लैजा ।” महिलाको उत्तर आयो

टोपीमा नुन नअटेर राम प्रसादले आफ्नो धोतीमा पोको पार्‍यो । आफ्नो स्याउलाले छाएको झोपडी फर्केर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Papaji

~Shreejana Bhandari~
Translated by Yuyutsu Sharma

An old snayasi is pushed into
the loft of an old haveli
carrying the bulky
weight of a crumbling past
and made hostage to a shattered relationship
like the last remains of a delaying past…

He lies curled up,
his knees thrust into his caved memory of breathlessness. Continue reading

Posted in Translated Poem | Tagged | Leave a comment

पुस्तक समीक्षा : महाकाव्यमा कर्णकथा

~प्रदीप नेपाल~

महाभारतको कथाका बारेमा हामी सबै जानकार छौँ। पाण्डव र कौरवबीच बाँडिएको यो युद्धकथामा धेरै उपकथा जोडिएका छन्। महाभारत कथामा सबैभन्दा ठूलो अन्यायमा परेका दुई पात्र छन्- बर्बरकि र कर्ण। दुवैलाई अन्यायमा पार्ने काम कृष्णबाटै भएको हुनाले मानिसहरू यी महान् पात्रका बारेमा धेरै चासो राख्दैनन्। महाभारतमा कृष्णको छवि भगवान्का रूपमा छ। शिशुपाल, कंस र जरासन्धजस्ता लडाकूहरू कृष्णका शत्रु मानिन्छन्। त्यसैले तिनलाई घृणापात्रका रूपमा परिचित गराइएको छ।

तर, बर्बरकि महाभारतकालका सबैभन्दा विद्वान् र सबैभन्दा बहादुर थिए। तिनी कृष्णका भक्त थिए। तर, तिनी जहिले पनि हरुवाको पक्ष लिन्थे। कौरवको पराजयप्रति आश्वस्त भएका कृष्णले अन्तिम घडीमा बर्बरकिले Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सन्तुलित समालोचना “युगकवि सिद्धिचरण”

~रमेश कुमार~book-cover-gopi-mainali-siddhicharan-shrestha_kriti-ra-prabriti-bishleshan

समालोचनाले कृतिको विधागत जाँचपडताल गर्छ। समालोचक तटस्थ विज्ञ परेछन् भने कृतिको गुणवत्ताको सन्तुलित मूूल्याङ्कन हुन्छ, नत्र कि व्यर्थ प्रशंसाको वर्षा गरिन्छ कि त कृतिकारको सर्वथा अनुचित दोहोलो काढिन्छ। युगकवि सिद्धिचरण श्रेष्ठको कवित्वमाथि कलम चलाएका गोपी मैनाली भने पहिलो कोटिकै समालोचक बनेका छन्। युगकवि सिद्धिचरणः कृति र प्रवृत्ति विश्लेषण नामको पुस्तकमा मैनालीले नेपाली कवितामा स्वच्छन्दतावादी धार भित्र्याउनेमध्येका एक सिद्धिचरणको कवित्व, रचनागर्भ र रचनाको सान्दर्भिकतामाथि विभिन्न आयाममा चर्चा गरेका छन्।

किताबमा नेपाली कवितामा सिद्धिचरणको उपस्थिति, उनीसँग समकालीन र उत्तरवर्ती कविहरूको तुलना तथा उनको समग्र काव्यकर्म सम्बन्धी आठ समालोचना छन्। मैनालीले Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

संस्कृति परिचय : गुंला पर्व र यसको महत्व

~राम प्रधान~

नेपाल धेरै प्रकारका विशिष्टतामा आधारित देश हो । नेपालको पौराणिक परम्परा, धार्मिक संस्कार संस्कृति तथा सयौँ जात जातिहरुको धार्मिक, प्रचलन, मान्यता परम्परा, चलन, रितिरीवाजहरु सजिएको, सिंगारिएको सुन्दर देश हो । नेपाल सामाजिक, धार्मिक सहिष्णुता, सद्भाव, पारस्परिक सहयोग नेपालको वास्तविक पहिचान हो । नेपाललाई धार्मिक दृष्टिकोणले हेर्दा नेपालको आदिवासी जनजातिहरु मध्येका एक जाति नेवार जाति हो । नेवार जाति परम्परा रितिरीवाज, चालचलन, धर्म संंस्कार संस्कृतिमा विशेष चाख र महत्व राख्ने जाति हो । अन्य जनजातिहरुको जस्तै नेवारहरुको पनि सम्वत् अथवा समय वा साल परिवर्तनको गणना गर्ने Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : सम्बोधन

~राम बहादुर तामांग~

जसरी
छोडेर गएका थियौ
खाँदाखाँदैको आधा गाँस
गोड्दागोड्दैको आधा पाखो
रुँदारुँदैको आधा आँसु
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई ।

सायद
मेरो पत्र बोकी जाने विमान
हराई जाला धमिलो आकाशमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निदरी

~राजेश दाहाल~

बन्द परेलीमा बस्न मन पराउँदै आयौँ सब मस्तक गलाउँदै
दुःखका सम्झ्नाहरूमा बिर्सनाको दियो जलाउँदै ।
थकानका अनुभूति भित्र पस्यौ सुस्त सुस्त तनमा
जीवन–मृत्यु बिसाइदियौँ अमूल्य एक क्षणमा ।।

छैन कुनै भोक, प्यास, तृष्णा, सजिलो सब जनको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बेदना र चित्कारका आशुहरु

~राजेन्द्र पाण्डे~

नयाँ नेपाल बनाउछु भन्ने नेताहरु
ठुला ठुला सपनाहरु बादनेहरु
के तिमीहरले पिडा र गरीबीले
छतपतायी रहेको आत्मालाई देखेका छौं
रोजगारीको आस देखाउनेहारु
एुबाहरु देशका शक्तीहुन भन्नेहरु
तिनिहरु खै कता गये
तेस्को करण खोज्ने गरेको छौं
गाउका गाउ रितिनेगरी
योउब शक्तीहरु पलाएनहुँदा पनि
तिनिहरुलाई रोक्ने कुनै
पहल गरेका छौं Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : शूद्र संघर्षको चित्कार

~अज्ञात~book cover - Rajendra Maharjan - Dalit Saundarya-bodh

प्राचीन हिन्दू समाजमा जमीन र पशुधन लुटिएका पौरखी मानिसलाई कालान्तरमा शूद्र बनाइयो। आफ्नो श्रमबाट हिन्दू मालिकहरूको सेवा गर्नु तिनको कर्तव्य तोकियो। तिनलाई कजाउन विभिन्न समयमा धार्मिक साहित्य, राजकीय थिति तथा कानून रचना गरियो। आमोद–प्रमोदको वसन्त ऋतु ब्राह्मण र खेतीपातीको वर्षा शूद्रको भएको मान्यता स्थापित भयो।

स्वजाति शासकको प्रशस्तिमा आफ्नो वृत्ति–विकास देख्ने विद्वानहरूले यस प्रकारको धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिपाटी निर्माणमा प्रभावकारी भूमिका खेले। यसरी कालान्तरमा ‘अछूत’ हुँदै ‘दलित’ भनिएका शूद्रहरूलाई केवल श्रम र चाकरी Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : उ उर्फ ………

~निश्चल काउचा~Nischal Kaucha

खोल्सीहरू रसाउन छोडे पछि
अभावमा पुर्णेको उज्यालोले
गाऊ पोत्न नसके पछि
आफ्नै माटोको स्‍मृति
पेरुङ्गे मनमा सम्हाल्दै
पिरहरूको पहाड उक्लिदै
शहर पस्यो
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : डल्ली,पुड्की जे भए नि आमा भनेकी आमा नै हुन

~आचार्य प्रभा~acharya Prabha

भ्रममा नपरौ कोही
ठुलो देशमा गएर
सानो देशलाई मानसपटलबाट
निकाल्छु भनी
त्यसो —होइन ,
भौगोलिक स्वरूप सानो भएर के भो ?
आखिर —‘हीरा’सानो भएपनी
प्रज्वलित हुन्छ ,
आफ्नी आमा ”डल्ली ”,”पुड्की ”
भएपनी जन्म दिने आमा नै हुन्छिन
आकार भनेको त स्वरूप हो , Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : डण्डिफोर

~रजित ओझा~Rajit Ojha

सन्दिपले आज फेरि आँखा छलेर सरितालाई हेर्यो । दुई बेन्च पछाडि थीइ सरिता ,केटाहरुले जिस्काउँदा जिस्काउँदा आजित भइसकेपछि पनि उसले सरितालाई हेर्नबाट रोक्न सकेन,उ गालामा खसेको रेशमि कपाललाई मिलाइरहेकि थिई उसको कलम कपिमाँ चले पनि ,बिच बिचमा कलम घुमाउने गर्थि जब उ ब्ल्याकबोर्डमा हेर्थी लामा परेलि खोलेर ।बिच बिचमा उ अल्छि लागेझैँ गर्थि ,अनि एकछिन पछि छुटेका कुरा हरु छैवैको साथिबाट सार्थी ।

बिगत दुइ महिनाका प्रत्येक पिरियड झै यसपालि पनि मात्र हेरिरह्यो सन्दिपले अनि आँफैलाई धिक्कार्यो आज पनि उसले सरितालाई बहिर खाजा खान जाउँ सम्म भन्न Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : परदेशीसँग माया नलगाउनू

~दीपेन अधिकारी~

परदेशीसँग माया नलगाउनू
परदेशीलाई आफ्नो नबनाउनू
मरिजानू बरु दिल नलगाउनू
परदेशीसँग माया नलगाउनू

डाँडाहरु पारिपट्टि लाग्ला घमाइलो
वारि दुख देखी लाग्ला परदेश रमाइलो
आएपछि थाहा होला कहाँ पो त आइयो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : चित्र फ्रेम गर्नुपर्दा

~डा. जगत छेत्री~

कलाकारहरू प्रायः नै भावुक हुन्छन्, सारै सेन्टिमेन्टल। त्यसैले उनीहरूसितको हरेक बातचीत वा व्यवहारमा खूब सचेत हुनुपर्छ र सावधानी राख्‍नुपर्छ। हुन पनि कलाकारहरूले समाजबाट अरू के पो पाएका छन् र ! सधैँ आर्थिक कमजोरी औ सामाजिक उपेक्षामा रहेका यी कलाकारहरूले प्रशंसाका दुई शब्द र सद्व्यवहारको अपेक्षा गर्नु स्वाभाविक नै छ।

हाम्रो गाउँमा एक बडे असल चित्रकार दाइ आएर बस्न लागेको केही वर्ष भएको छ। उनले यस कलाको निम्ति धेरै त्याग पनि गरेको तथ्य गाउँमा प्रायः सबैले जानेका छन्। राम्रो नोकरी गर्थे, तर आफ्नो कलाको विकासमा अवरोध बनिदियो भनी उनले नोकरीबाट राजीनामा लिए। त्यस समय उनलाई ठूलाबडा सबैले सम्झाएका हुन्, तर उनी कसैको भनाइमा लागेनन्। उनको त्यस कार्यले सबै अवाक् बनेका हुन्। त्यसैले म आज पनि उनको Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुनको बिहान

~राज महर्शी~

सारी-चोलो र चुराको सौदर्यमा चमक थप्न चेलीको
गास-कपास र दैनिक गर्ज टार्न परिवारको
जीवन- सम्भाबनाको खोजिमा परदेश लागे पुरुषहरु –
सपनाको क्यानभास खोज्दै ओझेल परे गाउँ र बस्तीहरु !

एक चोक्टा जुनले कालरात्रीलाई भगाउन नसकेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : एक यात्रा

~आर. के. सल्यानी~

मन त्यसै आत्तिएको थियो । कहिले यो सामान छुट्यो कि कहिले त्यो ….। कहिले बेलुका होला र बस चढूँला । यो सुदूरपश्चिमका लागि पहिलो यात्रा । जाँगीरमा हाजिर भएको एक हफ्ता नबित्दै यो यात्रातर्फ लाग्नु परेको थियो । मध्यपश्चिमेली किसानको छोरो भए पनि सुदूरपश्चिममा टेकेको थिइनँ । तर यस अघि नै सुदूरपश्चिमका साथीहरू केशव सर र जनक सर सँग भने भेटघाट भैसकेको थियो । अझ जनक सरको कण्ठकोकिलबाट ‘राइ झुमा, झ…ुमा क्या मस्केकी…’ बोलको गीतमा छमछम नाचिसकेको थिएँ । यो ठाउँ कस्तो होला ? दक्षिण Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “विरानो सहर”मा सूर्यका गजल

~दिलिप घिमिरे~book-cover-surya-kuikel-birano-sahar-gajal

अरवीबाट फारसी, हिन्दी, तथा उर्दु भाषा हुँदै नेपालीमा भित्रिन आएको गजल खास प्रकारको संचनामा आबद्ध विधा हो । बराबरी लम्बाइ वा एउटै छन्द भएका दुईदुई पङ्तिका कम्तीमा तीन सेर हुने यस विधामा मूलतः अन्त्यानुप्रासका क्रममा काफियापछि दोहोरिएर आउने रदिफ पनि रहेको हुन्छ । गजलका प्रत्येक सेर आफैँमा पूर्ण हुन्छन् । र यी गजलमा गजलकारले आफ्नो उपनाम ‘तखल्लुस’ राख्ने प्रचलन पनि छ । यस्तो विशेष बनोटका अतिरिक्त गजलमा भाव, कल्पना, लय तथा छन्द, विम्व तथा प्रतीक र भाषाजस्ता तत्वहरू प्रयोग हुने गर्दछन् । गजलमा प्राचीन समयमा प्रेमसम्बन्धी विषय प्रयोग हुने गरेकामा समयक्रममा यसमा अनेक विषय वा प्रयोग हुन थालेको पाइन्छ भने एउटा गजलका सबै सेरमा एउटै विषय वा भिन्न भिन्न विषय प्रयोग हुने प्रचलन पनि देखिन्छ । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : मृत्यु उत्सव मनाऊ

~निश्चल क्षेत्री~

लाज पचाई नामर्द भै आफ्नै मृत्यु उत्सव मनाऊ
के नै दिन सक्थ्यौ तिमी आप्mनै प्यारो स्वर्ग बनाऊ

रातदिन नभनेर जनताले कर तिरे
चर्केको घाउमा तिमी नुन चुक अझै खनाऊ
के नै दिन………. Continue reading

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : म मरेपछी !

~दिवाकर स्वप्नील~Diwakar Swapneel

छन्द : झ्याउरे

म यदि मरे कुनैदिन् भने नरुनु पियारी ।
मनमा धैर्य गरेर तिमी बस्नु है स्याहारी ।।
त्यो बेला तिमी झक्झकाउँदै धड्कन सुन्नेछौ ।
नहुदा सास तनमा हरे धेरै नै रुँदीहौ ।।

माता र पिता पिटेर छाती बेहोस बन्नेछन् ।
निर्दयी इस उल्टो यो किन गरिस् भन्नेछन् ।।
बाल्बच्चा फेरी अनौठो मान्लान साना भएमा ।
घाँक्हाली रोलान् छोरीहरु पराइघर् गएमा ।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : अनर्थ वातावरण

~प्रकाश प्रधान~

आरोप आक्षेप आरिस आघात आशङ्का
एक भयङ्कर अभिशाप
मानव जीवनमा
चाहे व्यक्तिगत, सामाजिक जीव होस्, चाहे राष्ट्रिय जीवन
समायोजन सन्तुलन सुसञ्चालन जीवनयापनमा
विवेक छवि र इमानकै तराजु असन्तुलित गर्ने
यस्ता शब्दहरू शब्दकोशमा भए पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘जीवन एक, संघर्ष अनेक’मा क्यान्सर संघर्ष

~प्रदीप नेपाल~

रोग लुकाउनुपर्छ भन्ने नेपाली मानसको रोग हो । सामान्य जनताको के कुरा, ठूला भनिने नेता, प्रशासकसमेत रोगलाई लुकाउनुपर्छ भन्छन् । रोग लुकाउन हुन्न भन्ने पंक्तिकारजस्तो मान्छेले साथी पाउन सकेन लामो समयसम्म । सबै त्यस्ता छैनन् । आफ्नो पुस्तक जीवन एक संघर्षमा केही बाँकी नराखी नांगेझार पारेकी छन् अहिले अनिता शर्मा काफ्लेले नाम सुन्दै सबैलाई तर्साउने क्यान्सरलाई ।

अनिताको पहिलो युद्ध थियो आफैँसँग । नेपालमा जनसंख्याभन्दा एक जना बढी डाक्टर छन् । मान्छे बिरामी छ भन्ने सुनेपछि जसले पनि बोलिदिन्छ, ए यो त फलानो बिमारी रहेछ । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : बेलुन

~सुषमा मानन्धर~Shushma Manandhar

“मामु मामु ऊ त्यो के हो, म लिउँ-” बाटोमा हिँड्दाहिँड्दै जानकीको पाँच वर्षको छोराले प्रयोगपछि बाटोमा मिल्काइएको कुनै वस्तु टिप्न खोज्यो। “छिः छिः हरे फोहरी। के गरेको त्यो ? छुनु हुँदैन न लि।” जानकीले छोराको हात तान्दै अलि लाज र घिन मानेर चारैतिर पल्याकपुलुक हेरी। तै धन्न झ्यालमा कोही देखिएनन्। …….लाई भन्दा देख्नेलाई लाज। यस्तो चिज पनि जहांतही मिल्काउने हो र – लाज नभएका नकच्चराहरु, कहीँ नपाएर मान्छे हिड्ने ठाउंमै फयांकेका होलान्।

बिहान गल्ली, सडकतिर त हिड्नै हुन्न, मरेका मुसा या त यस्ता वस्तु कम्तीमा पनि दुइ चार वटा त फालिएका भेटिन्छन् नै। मान्नुपर्नेहरु संग हिड्दा पनि लाजैमर्दो। असक्ति, शरमछाडा मोरा मुर्कुटाहरु….। जानकीले मनमनै खुबसंग गाली गर्दै धुलोमा गुजुल्टीएको त्यो रबरको बस्तु जुत्ताले हानेर परसम्म हुत्याई। छोरो चाहिं Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर पर क्षितीजमा

~कमल कुमार~kamal-kumar

पर पर क्षितीजमा
अस्ताउँदो सूर्यको लालीमा
बादलका रङ्गीचङ्गी धर्काहरु
आकाशको छाती नाप्थे,
बादलका अमूर्त ढिक्काहरुमा
रुमानी कथाहरु बुनिन्थे Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सहमति

~जय प्रकाश विवश~

यसपटक हामीले चुनाव हा-यौँ, सा-है नमजा भयो – बैठकमा सहभागी एक नेताले शुरुवात गरे बोल्न। उपस्थित स्थानीय नेताहरु सबैमा दुःखको प्रष्ट संकेत थियो।

“हामीले साम, दाम, दण्ड, भेद सबै विधि अपनाउने निर्णय गरेका थियौं।”—निर्वाचन परिचालन कमिटीका अध्यक्षले भने।

“हो हामी पनि जिउ ज्यानले खटेका थियौं।” सबै स्थानिय नेताले एक स्वर बनाए। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पृथकतावाद

~गोविन्दप्रसाद आचार्य~

पृथकतावादको न देश हुन्छ न हुन्छ संसार
सोचाइ हुन्छ डडेको चित्त भत्काउ बिगार
पृथकतावादी धूर्तको धावा अखन्ड देशमा
मानिसजस्तो देखिन्छ तर सर्पको सोचमा

पृथकतावादी चर्केर थुक्छन् विदेशी नसाका
पृथकतावादी अखन्ड डस्ने देशको दसाका Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : विश्वासको मूल्य

~अर्जुन दाहाल ‘अपवाद’~

फोन कराएपछि निन्द्रा खुल्यो । लाग्यो विहान भईसकेछ । अलार्म बन्द गर्न मोबाईल तानें । अर्लाम हैन, फोन रहेछ ।

“दाई कता हुनुहुन्छ ?”

आवाज चिनेको जस्तो लाग्यो । ठम्याउन सकिन । नम्बर सेभ गरिएको रहेनछ ।

“किन र म त चरिकोट नै हो ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : The Stagnant River

~Jiwan Kshetry~Jiwan Kshetry

It was a not-so-cold day of early December on the southern plain of Terai. The fog had just started descending to the land from the sky but the cold proper was yet to grip the population majority of which lacked the adequate clothes to tolerate it. The day was thus warm and pleasant from the morning. The river which had a dam built downwards was in slow motion as if to share the calm of the surrounding. The small bubbles and other tiny particles of debris were floating glittering bright with the rays of light that fell on them at acute angle. The warm yet cool Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : तिम्रो तस्बिर

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

तिम्रो सुन्दर मुहारको
सजिएका तस्बिरहरू
हरेक साँझ, हरेक बिहान
निहालेकै हुन्छु
हरपल तिम्रो याद बोकेर
मुस्कुराइरहेकै हुन्छु Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : म त आएँ तिम्रो सामु

~दिनेश अधिकारी~Dinesh Adhikari

म त आएँ तिम्रो सामु खुसी बोकी आँखाभरि
यस्तै दिन जिन्दगीमा आए हुन्थ्यो सधैंभरि

आँखा खोल्दा अघिल्तिर खुसी यस्तै देख्न पाए
आफू हारी अरुलाई रमाएको हेर्न पाए Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : छोडपत्र कथा

~अरूण बराल~

“सर, गफ गर्न यसो मेरो कोठातिर पनि छिर्नोस् न †”

छिमेकी कोठावालबाट पटक्कैपिच्छे आइरहने यस आग्रहलाई पूरा गर्न चार्वाक कहिल्यै इच्छुक भएन । ऊ ‘गफ’ भन्ने शब्दप्रति नै वाक्क भइसकेको थियो । अनर्थको गफ गरेर के फाइदा – गफले कुनै आत्मिक शान्ति मिल्दैन । कर्ताको अहम् सुन्नुजस्तो वाक्वाकी अघाएका बेला कोचिएको गा“समा पनि लाग्दैन ।

शनिबार बिहानै ढोकामा टक्टक् आवाज आयो । फेर िउही छिमेकीको दिक्कलाग्दो उपस्थिति । “के हो सर, तपाईं त गफै गर्नुहुन्न” हो, चार्वाक पटक्कै इच्छुक छैन, भन्यो, “होइन म बिजी छु ।” “शनिबार पनि केको बिजी -” मानौ“ यसैस“ग गफिन शनिबार आएजस्तो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : खाउँला पिउँला !

~जगदीश शम्शेर राणा~

‘दशैँ आयो, खाउँला पिउँला !’ यही उमङ्ग लिन्छन् आम नेपालीले आइपुग्दा हाम्रो राष्ट्रिय चाड । ‘भवानीको भयो पूजा, भयो आनन्द वर्षा !’ यो त थरीथरीका, ठाउँठाउँका पूजाआजामा कमी गर्ने÷नगर्नेहरूको भावना हो ।

खाने के त ? भन्दा नेपालीले ‘मिठाई’, ‘केक’, ‘सेवियाँ’, ‘कडाप्रसाद’ भन्दैनन् । ‘मासु’ नै भन्छन् । राँगा, बोका, हाँस, कुखुराको बलि चढायो अनि आफूहरूले खायो । यही हो मुख्य ‘खाउँला’ भनेको । नेपालमा ‘क्लास’ भनाउँदाको गिन्ती मात्र छ, ‘मास’ (आम जनता) भनिनेले सर्वत्र ढाकेको छ । दशैँमा बलि दिएर मासु खाने पर्वै चलेको छ । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

एकाङ्की : जस्तो मति उस्तै गति

~नन्दलाल आचार्य~

पात्रहरू
प्रभु : पति
प्रभा : प्रभुकी पत्नी
प्रमोद : प्रभा र प्रभुको छोरो
प्रमिला : प्रभा र प्रभुकी छोरी
प्रकाश : प्रभा र प्रभुको छिमेकी
प्रणिता : प्रकाशकी पत्नी
प्रपन्नाचार्य : गाउँका जान्नेबुझ्ने मानिस
प्रकृति : प्रपन्नाचार्यकी पत्नी
अन्य : मञ्चमा भौतिक उपस्थिति देखाउने तर अमुक व्यक्तिहरू

स्थान : पीपलको चौतारी
समय : दिनको नौ बजे Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment