~उर्मिला पन्त पाण्डे~
बाबा आमा नै तिम्रा पहिला गुरु हुन्
लड्ला पड्ला भनी चिन्तित भएका
कसरी हुर्काउँ, बढाउँ र पढाउँ भनी
लात्ताले तिमीले नजानेर उनलाई हाने पनि Continue reading
~उर्मिला पन्त पाण्डे~
बाबा आमा नै तिम्रा पहिला गुरु हुन्
लड्ला पड्ला भनी चिन्तित भएका
कसरी हुर्काउँ, बढाउँ र पढाउँ भनी
लात्ताले तिमीले नजानेर उनलाई हाने पनि Continue reading
बिहानै उठ्छ्यौ मिलाउँदै कपाल
हामी बस्ने यो देश हो नेपाल
पँधेरा जान्छ्यौ गाग्री बोकि
दुखिको दिन फिर्ने छ भोलि Continue reading
~भुवनहरि सिग्देल~
खकालोको कालो नधुन धुन हे राम ! झगडा
सिकारीको दारी नछुन छुन बेकार झगडा
किसानीकी सानी अति चुलबुले पो छ झगडा
कुनेता नेताको विदल दलका बीच झगडा !
उरन्ठ्यौली ब्यौली खसम सम मानेर झगडा Continue reading
~हरि अधिकारी~
राजधानीको साधनसम्पन्न वातावरणबाट धेरै टाढा गण्डकी अञ्चल स्याङ्जाको एउटा सानो गाउँमा बसेर पनि बीसौँ वर्षदेखि अनवरत साहित्यको आराधना गरिरहेका मौन साधक हुन्- देवीप्रसाद वनबासी। साहित्य-साधनाको प्रारम्भिक काल क्षेत्रीय व्यावसायिक-प्रशासनिक केन्द्र, पोखरामा बिताएका वनबासीले कविता र बालकथा लेखनबाट नेपाली भाषा-साहित्यको सेवामा आफूलाई समर्पित गरेका हुन्। तर, वनबासीको विशेषज्ञता भने निबन्ध र यात्रा-संस्मरणमा स्थापित भएको पाइन्छ। साथसाथै, उनले लोकसाहित्यको अध्ययन-अन्वेषणमा आधारित प्रबन्धहरू पनि लेखेका छन्। स्याङ्जा जिल्लाको आँधीखोला जलप्रवाह क्षेत्रमा विकसित उन्नत लोकसंस्कृतिका बारेमा पनि बडो रुचि र आधिकारिकताका साथ उनले कलम चलाएका छन् । आँधीखोले लोकसंस्कृति नामक उनको पुस्तकले गण्डक क्षेत्रको विशिष्ट लोकसांस्कृतिक परम्पराका बारेमा रोचक जानकारी उपलब्ध गराएको छ। Continue reading
~उमाशङ्कर द्विवेदी~
कद्रूका नाग पुत्रहरूमध्ये शेषनाग नाम गरेका एउटा नाग थिए । उनले भाइहरूको दुष्टता तथा किचलोको कारण आमा र अन्य दाइभाइसित विरक्त भएर कठिन तपस्या गर्न थाले । उनी केवल हावा पिएर तपस्याको पूर्ण पालना गर्दथे । उनी आफ्नो समस्त इन्द्रियहरूलाई वशमा राखेर गन्धमादन, बद्रीकाश्रम, गोकर्ण तथा हिमालय आदि ठाउँहरूमा एकान्त बास तथा पवित्र तीर्थाटन पनि गर्दथे ।
कठोर तपस्याका कारण शेषनागको जीउको मासु, छाला तथा नाडीहरू सुकिसकेको देखेर ब्रह्माजी उनको धैर्य र तपस्याले अत्यन्त खुशी भई उनको छेउमा आएर भने,“हे शेषनाग, Continue reading
~कृष्ण के.सी.~
मेरो जिन्दगी तिमीलाई कहानी हुन्छ
देख्नेआँट गर एकदिन बिहानी हुन्छ
सूर्य अस्ताए पनि कहिल्लै हार खादैन
किनकि प्रभातमा ऊ फेरि जवानी हुन्छ Continue reading
~अनन्त निरौला~
एक दिन
सानो यात्रामा
संगै हिंडियो
भला कुसारी गरियो
दालमा नुन कम लागेको कुरा भो
अस्ति भुटेको करेला
मिठो भा’को चर्चा भो।
अलिकति देवकी दिदीको कुरा भो Continue reading
~अनिल नेम्बाङ~
बाटोमा फोहोरको थुप्रो छ
हाक्किमले चिल्लो कारमा चढेर छल्छन्
साहेबले बाइकमा हुइकिएर छल्छन्
महाजनले नाक थुनेर बाटो काट्छन्
उसले त्यहि फोहोर पन्छाएर बेलुकिको छाक जुटाउनु पर्छ
अहँ उसलाई त फोहोर गन्हाउदैन
किनकि उ मान्छे होइन। Continue reading
~दिनेश अधिकारी~
कहाँनेर खुकुलिन्छ
र, कहाँनेर कसिन्छ भनेर
हेर्नेले छुट्याउनै नसक्ने
पानीको गाँठोजस्तै एउटा सम्बन्ध छ हाम्रा बीचमा
मैले त्यसलाई
मात लागेको रातमा पनि भोगेको छु
घात प्रतिघातका माझमा पनि भोगेको छु Continue reading
~आचार्य प्रभा~
किन चाडै माया मार्यौ स्वार्थी बनेर
म भने सम्झी बस्छु आफ्नो भनेर
निष्ठुरी त होइनौ तिमी के पर्यो त्यस्तो
लाको माया बिर्सिदिने भयौ तिमी कस्तो Continue reading
~विमल निभा~
म तिम्रा बाख्रालाई खुवाउँछु
नरम–नरम घाँस
म तिम्रा आँखाबाट हटाउँछु
गम्छाले आँसु
म तिम्रा लागि मेलाबाट ल्याउँछु
रातो रंगको चुनरी
म तिम्रा बाटाका काँडाहरु पन्छाउँछु Continue reading
~बिस्नु प्रवा सापकोटा~
टेकेको धर्ती जति छ,नटेकेको झन कती कती
देखेको कुरा जती छ,नदेखेको झन कती कती
जती चिट्ठी लेख्दै गयो,उती यस्तो लाग्दो रै छ –
लेखेको कथा जती छ,नलेखेको झन कती कती ।।
पराइको चुरी फुरी बढेको छ
जताततै हावा हुरी बढेको छ
जब तौल घट्दै गयो खल्तीको- Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
राजा, केवल एक कलम देऊ !
सावनमा !
क¥याङकुरुङको प्वाँखको डन्डी,
हिमाली बादल छोएको,
मानसरोवर सलिल उछाली,
धोएको !
निर्जन–बासा, एकलासी,
प्रेमको बिन्दु रोएको,
जीवनमा !
राजा, केवल एक कलम देऊ ! Continue reading
~कमल कुमार~
हेटौंडा बजार सुरु हुनै लाग्दा दक्षिणतिर कर्रा नाम गरेको खोलो बगेको छ । त्यो खोलापारि औद्योगिक क्षेत्र छ, खोला वारि मेरो स्कुल । सन् १९९२ तिर पहिलो पटक त्यो स्कुलमा दुई कक्षामा पढ्न गएको थिएँ । अघिल्लो बर्खामा कर्रा खोलाले झण्डै स्कुल नै लगेको रहेछ । स्कुलको चौर भनेको खोलाको बगर थियो । होचो ठाउँमा भएकाले बगरमा ढुङ्गा चाहिँ थिएनन्, खोलाले बगाएर ल्याएको बालुवा थुप्रेर त्यो बलौटे बगर बनेको थियो; मरुभूमि जस्तो मेरो स्कुलको चौर । पछिसम्म खोलाले बाटो फेरेन र त्यो बालुवाको मैदानमा घाँस पलाउन थाल्यो, गाइबस्तु चर्न थाले, हामी खेल्न थाल्यौं, स्कुलको वार्षिक दिवसमा दौड हुन थाल्यो, र सरस्वती पुजामा भोज हुन थाल्यो, हलुवा र पुरीको । Continue reading
~रामचन्द्र कार्की~
बोकाले दाई हुदैन बुझ,
आँशुमा खाइ हुदैन बुझ ।
पिडाको तिर नहान बरु,
दौरामा टाइ हुदैन बुझ । Continue reading
~आचार्य प्रभा~
सयपत्री मखमली ,गोदावरी अनी चमेलिसँगै
मेरो आगन रमायो शायद
दुबो अनी अक्षतामा दशै तिहार
जग्मगायो शायद,
म भने —झ झल्को आँखाभरी सजाएर
परदेशी हुनुको पीडाबोध सहिरहेछु
साँझको नभलाई चिहाएर Continue reading
~चंकी श्रेष्ठ ‘अभय’~
झूठभन्दा पनि खतरनाक हुन्छ अर्धसत्य ।
द्रोणाचार्यको मृत्युबिना पाण्डवहरूले महाभारत युद्ध जित्नु सम्भव थिएन । पुत्रशोक नभई मृत्यु नहुने वरदान द्रोणले पाएका थिए । उनका छोरा अश्वत्थामा अमर थिए । पाण्डवहरूले अश्वत्थामा नामको हात्तीलाई मारे र द्रोणलाई विह्वल पार्न सत्यवादी युधिष्ठिरलाई प्रयोग गरे । युधिष्ठिरले चतुरतापूर्वक सत्य बोले, ‘मान्छे हो कि हात्ती हो, अश्वत्थामा मारियो ।’ द्रोणलाई छोरा अमर छ भन्ने जति विश्वास थियो, त्यति नै युधिष्ठिर झूठो बोल्दैनन् भन्ने । द्रोणले पत्याए र पुत्रशोकले विह्वल भए । त्यही मौका छोपेर द्रुपद पुत्रले उनको टाउको छिनाले ।
सत्यमा असत्य छिराउने अनुपम शैली थियो युधिष्ठिरको । चतुरहरू हत्तपति सत्य बोल्दैनन्, बोल्नै परे यसैगरी बोल्छन् । अंगे्रजी पढ्ने, लेख्ने तर नेपाली साहित्यबारे अल्पज्ञान राख्ने, अखबारी पहुँच भएका केही लेखक हामीकहाँ यही गरिरहेछन् । उनीहरू जोयस क्यारोल, नर्मन मेलर, भीएस नयपाल, उम्बर्टो इकोदेखि सलमान Continue reading
~दिल साहनी~
नन्दलाल आचार्यले मलाई ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को भूमिका कोरिदिनका लागि यस्तै एक वर्षअघि पाण्डुलिपि पठाएका हुन् । उनको भनाइ थियो, मैले पनि नाटक लेख्ने हुनाले उनका नाटकको मर्म बुझ्न सक्छु होला । तर आचार्यले पुस्तक प्रकाशित गर्न केही ढिलो हुने हुनाले मलाई हतार गरेर भूमिका लेख्न पर्दैन भनेका थिए । यसैले पनि मैले नाटकहरू पढेर भूमिका कोर्ने कुरामा जाँगर चलाएको थिइनँ । नाटकहरू मेरा कम्युटरमा सुरक्षित थिए । तर उनले झन्डै तीनचार महिनाअघि देखि मलाई भूमिका लेखिदिन ताकिता लगाएकाले मैले त्यसको थालनी गरेँ । यसैबीच अरू पनि लेखनको जिम्मेवारी पूरा नगरी नभएको हुनाले मलाई ती काममा अल्मलिन पर्यो । यसैले मैले निकै ढिलो यो भूमिका तयार पारेँ । भूमिका लेखिसकेपछि मलाई लाग्यो, कतै यस्तो पनि भूमिका हुन्छ र ? म यो लेखनलाई भूमिका भन्न तयार छैनँ । मैले भूमिका भने पनि अरूले त्यस रूपमा स्वीकार गर्ने छैनन् । यसैले मैले यस लेखनलाई भूमिका नभनेर ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययन भन्न रुचाएँ । वास्तवमा यो भूमिका नभएर आर्चायको ‘युग उचाल्ने Continue reading
~दिलिप योन्जन~
सात समुन्द्र पारि
पोल्टोभरि भरि माया
आँखाभरि भरि छायाँ
रिदयभरि तस्बिर साँचेर
छोटो समयमा
लामो अतीत र बर्तमान बिर्साउन
मुटुभरि जिबनसाथीको प्यार बोकेर
पल पलको सम्झना साट्न Continue reading
~Jiwan Kshetry~
The cloud in the horizon, before dusk
Changing color every other minute
Soothing a crying child
With the magic of her ever-changing shape:
Once a horse that he so direly wished to ride
Again his father
Who has gone missing for years in foreign land
Then like a monkey holding a hill atop his head.
With increasing darkness Continue reading
~भिम बहादुर थापा~
सप्रेला केही गम्दागम्दै, यो वर्ष नि घर्केर गो
सालभरी सम्भावना, फुल्नै नपाई फर्केर गो
**
अभागीमै दर्ता भा’को, छ कि क्या हो मेरो देश त
खुल्ला, फुल्ला भन्दाभन्दै, लाउने दिन लर्केर गो Continue reading
~केवल गंगा गुरुङ~
आज तिमीलाई सम्झीएर फुल्न मन लाग्यो
तिम्रो प्रेमको लहरामा झुल्न मन लाग्यो
एक थुगाँ भए पनि मेरै लागी फुली देउ Continue reading
~कुमार काफ्ले~
-आम्ने साम्ने दुईवटा घर ठडिएका थिए।
-मध्येरातसम्म दुईटै घरका कोठामा बत्ती बलिरहेका थिए।
-एउटा घरको कोठामा मान्छेको सिर्जना गर्ने कर्म चल्दै थियोे। Continue reading
~कुमार काफ्ले~
-एउटा यस्तो सुन्दर देश थियो जसको बयान गरी साध्य थिएन।
-हीरा झैं टल्कने हिमालको निर्मलताको बयान गरी साध्य थिएन।
-गुराँस फूल्ने पाखाको सुन्दरताको बयान गरी साध्य थिएन। Continue reading
~कात्यायन~
– कस्तो अनौठो नाम कमलको फूल! हो, फूलको हैन मान्छेको नाम हो यो|
– एक्कासि श्री हराएको अनुभूति गर्छ! मनस्तापले पोले झैं मसुसुस गर्छ! सुगन्ध-विहिन् सम्झन्छ आफैंलाई !
– सत्ता, सुन्दरी र शराबको अनुभव प्रसस्तै नगरेको पनि हैन उसले| मान्छेहरूलाई, समाजलाई र अझ देशलाई नै आफ्नो कब्जामा राख्नसक्ने शक्ति आर्जन नगरेको पनि हैन उसले|
– एकै आदेशमा बलिरहेको आगोमा मान्छेहरूलाई होम्न सक्ने क्षमता थियो उसको! माई-स्थानमा पशुलाई झैं Continue reading
~पुष्कल श्रेष्ठ~
”यसपाली त तैंले बिहे गर्नुपर्छ है छोरा।”
”गर्दिन म बिहे-सिहे।”
”अनि जिन्दगी यसरी नै काट्छस् त?”
”समय आएपछि गरौँला नि।”
”तेरो त्यो समय कहिले आउँछ हँ?”
”एक दिन त पक्कै आउला नि बुवा” Continue reading
~ईश्वरी जि.सी.~
मुठ्ठी कसी
लाल अभिवादन
प्राण आहुति दिने शहीद,
आकासका
तारा, जुन, सूर्य झैं
अटल बनी
देशभक्ति साहसी योद्धा
कर्तव्यनिष्ठ बनी
लम्की राख Continue reading
~मोदनाथ प्रश्रित~
कसैमाथि रीसले, ईख(इष्र्या)ले वा कसैलाई हेपेर, घृणा गरेर, उसका दुर्गुण र कमजोरीहरूको भन्डाफोर गर्दै या उसको कुभलो चिताउँदै भावावेशमा व्यक्त गरिने बोली बचनहरूलाई गाली वा सराप भनिन्छ । अरूका कमजोरी र दुर्गुणहरूलाई सभ्य भाषामा औल्याउनुलाई आलोचना या टिकाटिप्पणी भनिन्छ । जुनसुकै समाजमा पनि असल र खराब स्वभावका र अरूको भलो र कुभलो चिताउने दुवै खालका मानिस हुने हुनाले मानिसले स्थिति अनुसार एक अर्काप्रति माया र प्रशंसा प्रकट गर्ने र रीस तथा गाली व्यक्त गर्ने अवस्था हुन् पनि स्वाभाविक हो । मानिस अनेकौं प्रकारका भावनाहरूले भरिएको प्राणी हो । त्यसैले ऊ कहिले खुशी हुन्छ, हाँस्छ र अरूलाई प्रेम र प्रशंसा गर्छ, कहिले रिसाउँछ, रून्छ र अरूलाई रीस, घृणा गरी गाली र सराप दिन्छ ।
हामी कहाँ पनि प्रशंसा र गालीको भाव व्यक्त गर्ने हजारौं शब्दहरू चलनचल्तीमा रहेका छन् । हरेक कुराको Continue reading
~भूधरा उपाध्याय~
गाउँको प्रतिष्ठित अगुवाले सरकारबाट आएको सबै कम्बलहरु आफूलाई नराखी गरीब गाउँलेलाई बाँडिदियो।
नेता होस् त यस्तो भन्दै सबैले जय जयकार गरे। Continue reading
~बि. बि. थापा~
थाहै थिएन दिल आगो विना नै जल्दो रहेछ
थाहै थिएन मायाले पनि पोल्दो रहेछ
थाहै थिएन दिल आगो विना नै जल्दो रहेछ
ऐना एउटै भए पनि तस्वीर बदलिदो रहेछ
माया एउटै भए नि मायालु बदलिदो रहेछ Continue reading
~ कृष्ण प्रसाई~
समय तिम्रो कित्तामा फर्केको ठान्दैमा-
वा तिमीले एकलौटी इच्छा गर्यौ भन्दैमा,
भाषाको कुराले-
धर्मको कुराले-
र जातको कुराले –
तिमी कदापि विभाजित हुन सक्दैनौ नेम्वाङ दाई !
मैले पनि तिमीसँग-
रात-रातभरि च्याब्रुङ नाचेकै हो ।
हामीले साझा सम्झेका- Continue reading
~लक्की चाैधरी~
सवनियाँ गदरवा वर्खाबुन्दी बर्सल ।
कजरिया थर्कल बद्री जीउ माेर तर्सल ।।
बर्का पानी बरसल अइसिन जाेर ।
मच्छीमारे गैलीगाेही खवइली झाेर ।। Continue reading