गजल : यो वर्ष नि घर्केर गो

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

सप्रेला केही गम्दागम्दै, यो वर्ष नि घर्केर गो
सालभरी सम्भावना, फुल्नै नपाई फर्केर गो
**
अभागीमै दर्ता भा’को, छ कि क्या हो मेरो देश त
खुल्ला, फुल्ला भन्दाभन्दै, लाउने दिन लर्केर गो
**
गणतन्त्र, प्रजातन्त्र, ऐजन भैगो आए के त
अग्रगामी फड्को हेर्ने, आशा सबै सर्केर गो
**
कालो मनका विगतधारी, धेरै छन् यहाँ शासक भेष त
बस्न, खान दिन्थे किन, श्रद्धा-भाव नैं भर्केर गो।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.