~मुरारीराज मिश्र~
उस्ले अाफ्नाे घर संगै जाेडिएकाे सार्वजनिक जग्गामा काठ गाडेर मान्द्रोकाे भित्ताे र परालको छानाे राखेर ठूलै कटेराे बनायो ।
छिमेकीहरूले कटेराे बनाउनुकाे कारण साेध्दा- यस ठाउँमा गाई नभएकोले गाेबर, गहुँत र दुधकाे अभावमा धार्मिक कार्य गर्न कठिनाइ परेकाे हुनाले अाफूले २ वटा गाई पाल्न लागेकाे बतायो, छिमेकीहरूले केही भनेनन् ।
केही महिनापछि कटेराेमा परालको छानाे हटाएर जस्तापाताकाे छानाे हाल्याे, साेध्दा- पानी चुहिएर गाई भिजेकोले छानाे फेरेको बतायाे, छिमेकीहरू फेरि चुप लागे । Continue reading →