गजल : गुराँस फुल्ने रहर देखे

~कृष्ण के.सी.~

सपना त्यो कति मिठो जून ताराको शहर देखे
मरुभूमि यो जिन्दगीमा गुराँस फुल्ने रहर देखे

खोज्दै हिडे मेरा रहर बालुवाका थुप्रा भित्र
जताततै यो मरुभूमिमा आँसु बग्ने नहर देखे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जीत

~अनन्त निरौला~

तिम्रो भाषाले
बोलीले
आँखा भरिको तिम्रो
अङ्गीकार र स्विकृतीले,
तिम्रो सल्लाह र छलफल गर्ने
अनि आफ्नालाई तिम्रो
साथ र उपस्थिती को
वोध गराउने बानिले, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निरर्थक उदारता

~आचार्य प्रभा~acharya Prabha

उदार भएर कसैलाई सहानुभूती
पोख्छौ भने पाउनुको अर्थमा मात्र
उदारताको अभिनय नगर
त्यो त केवल स्वार्थको रूप मात्र बन्न सक्छ
हो ,तिमी कसैको पनि सहयोगी
बन्न सक्छौ मानवरूपी नाताले
तर सहयोगको बद्लामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अंकल प्रचण्ड, माईन्ड नगर्नु ल !

~सन्तोष चिमरिया~santosh-chimoriya

अंकल प्रचण्ड !
म पहिला खाडी तिर बस्थे । छुट्टीमा आउँदा घरजम गरियो । सत्ता र स्वास्नी कस्लाई छोड्न मन लाग्छ र अंकल । तर नछोडी हुन्न । तपाईंका भागमा ९ महिना परेको भन्ने सुन्छु । बिहे पछी मेरा भागमा जम्मा २ महिना परेको थियो । रमाइलो र तिर्सना सकिएकै थिएन परिस्थितिले घोक्रेठ्याक लगाई हाल्यो । तपाईंको पनि पात्रोबाट १ महिना घटेर बिदावारी हुने दिन कान्ला नाग्दै सिंहदरबार नजिक आई पुग्नै लागेको छ । सत्ताकै रस्वाद नपाए पनि भंयकर आकर्षणले भरिएको चिज छोडन कस्तो हुन्छ मलाई थाहा छ ,अंकल ! Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : काकी

~महेश पौड्याल~Mahesh Paudyal

आज बिहान म केही ढिलो गरी उठें । घाम झुल्केर आँगनभरि पोख्खिन लागेका थिए, कसैको स्कुटर बडो वेगसित आएर मेरो आँगनछेउ रोक्कियो । काकीका छिमेकी बलरामदाइको छोरो पो रहेछ ।

“दाइ, काकीले लिन पठाउनु भएको, काका सारै भए ।”

मलाई केही आश्चर्य लाग्यो । म त्यस घरमा जान छोडेको चार वर्ष भइसकेको थियो । यस संकटकालमा काकीले मलाई सम्झिन पनि सक्छिन् ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रित्तो शुभकामना

~आचार्य प्रभा~acharya Prabha

खै !उन्मुक्त हाँसो तिम्रो अधरमा छैन शायद
त्यसैले के शुभकामना दिउँ तिमीलाई ?
हृदयमा संतापको दियो बालेर
बांची रहेछौ या छातीभरी सन्त्रास बोकेर
फिक्का हाँसो हाँसी रहेछौ
दशै ,तिहारको रमझम
अब त दन्त्यकथा बनी सक्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेसिएका मनहरु

~ढक बहादुर बस्नेत ‘आकाश’~Dhak Bahadur Basnet - Akaash

प्रतिक्षा गदै बसेकि होलिन
बन पाखा कुरेर…
बिछोडले आसु रित्तिय होलान
दिन रात रोयर…
झझल्को लाग्छ दिनरात मलाइ
मन बुझाउ कसरि…
अतितका दिन कलपिदि होलिन
रोइ होलिन बेसरि…
प्रतिक्षा गरदै बसेकि होलिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : रहस्यमय भोगाइमा डुबुल्की मार्दा

~अरुणबहादुर खत्री “नदी”~book-cover-subisudha-acharya-rahasyamaya-bhogai-katha

नेपाली साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको कथासङ्ग्रह रहस्यमय भोगाइ दोश्रो हो । नेपाली समाजमा भेटिने विभिन्न प्रवृत्ति र चरित्रहरुलाई चित्रण गर्दै सुबिसुधाले कथाहरू बुनेकी छिन् । सामाजिक जीवनमा देखे भोगेको कलात्मक एवम् सिलसिलेवार प्रस्तुती नै कथा हो । नेपाली साहित्यका उर्भरभूमि धादिङको केवलपुरमा जन्मिएर पाल्पालीसँग जीवनको साइनो गाँसेकी उनको यो कृतिभित्र अठारवटा कथाहरूले विविध पक्ष र विषयहरूको उठान मात्रै नगरेर तार्किक निष्कर्ष पनि निकाल्न सक्षम भएको छ । विशेषतः समकालिन राजनीतिक परिदृष्यलाई झल्काउने कथाहरुको बलियो उपस्थिति रहेपनि प्रेमप्रसङ्ग, सामाजिक विभेद, शहरीया प्रवृत्तिहरु जस्ता पक्षहरुका बारेमा समग्रमा कृति बलियो छ । तत्कालीन नेपालको राजनैतिक परिवेशमा केन्द्रित रहेको वेवारिसे डायरी कथाले कृतिको दैलो उघार्ने काम गरेको छ । यो कथा दस वर्षे जनयुद्धको सेरोफेरोमा सिर्जना गरिएको छ । कथाको मुख्य पात्र कसरी जनयुद्ध प्रति सम्मोहित बन्न Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मर्मस्पर्शी, व्यवहारिक र उत्कृष्टताको थोत्रो घुम

~प्रेम प्रसाद पौडेल~book-cover-dr-satyaraj-thapaliya-thotro-ghum-laghukabya

विसं २०५१ सालमा मामाको आग्रहमा हिमवत खण्डको भागवत प्रवचनका क्रममा डा. सत्यराज थपलिया विरामी पर्नुभएको थियो । सिटामोल खाएर ९ दिनसम्म भागवत प्रवचन गरेका थपलिया घर फर्कदा लौरो टेकेर फर्कनुभएको थियो । घरमा पुगेपछि धर्मपत्नीले यस्तो विरामी पर्दा पनि सप्ताह भन्नुपर्ने भनेर गाली गरेपछि उनको मनमा म अब काम नलाग्ने थोत्रो घुम जस्तो भएछु भन्ने सोचेर उनको मनमा त्यस क्षणको साहित्य सिर्जना गर्ने महशुस हुँदा यो थोत्रो घुमको सिर्जना भएको हो । १३ वर्षको उमेरदेखि थपलियाले नेपाली भाषा साहित्यमा निकै योगदान पु¥याउनु भएको छ ।

विसं २०६३ सालमा श्रीमती रमादेवी थपलियाले प्रकाशन गर्नुभएको उक्त थोत्रो घुम लघुकाव्यमा १११ श्लोक रहेका छन् । उमेश पाण्डेले सम्पादन गर्नुभएको उक्त कृतिलाई न्यू कला अफसेट प्रेस, पुतलीसडकले मुद्रण Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : औसत माया र जिबन

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

अनुप्रास नमिलेको
जिन्दगी बाँच्दै छु ।
कहिले काँहि पोखिन्छु
सफेद पनामा ।
यादहरुको चपरा पल्टाएर,
एक त्यान्द्रो खुसि खोज्दैछु ।
बिश्वास छैन?
म त,
बन्द जिबन भित्र दास भएको छु ।

कति समेट्नु भयहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपालको सङ्गीत क्षेत्र र सिर्जन अविरलको पुस्तक

~मदनमणि दीक्षित~madan-mani-dixit_large_1979bs

पुराना सम्झना केलाउँदा सङ्गीत क्षेत्रका मेलवादेवी, मित्रसेन, तथा नेपालका आदि गायक सेतुराम बारे सम्झना हुन्छ । यी तिनै जना प्रसिद्ध गायक गायिकाका कलकत्तामा रेकर्ड गरिएका ग्रामोफोन रेकर्डहरू हाम्रो घर गहिरीधारा र विशालनगरमा बज्ने गर्थे र म आनन्दसाथ सुन्ने गर्थें । नेपाली सङ्गीतका पहिलो गायक भारतको भाक्सुका नेपाली गायक माष्टर मित्रसेनको अवसान भइसकेको थियो । त्यस्तै मेलवादेवी काठमाडौं छोडेर कलकत्तामा बस्ने गरेकी थिइन् । यो अवधिको बीचमा मेरा जेठा पितृव्य श्री राममणि आचार्य दीक्षितले आफ्नो घरमा सङ्गीत र सितार वादन सुन्ने कार्यक्रम आयोजना गर्नुभयो । त्यो आयोजनामा उस्ताद साहिंला भन्ने अष्टमान श्रेष्टलाई बोलाइएको थियो । ३६-३७ वर्षका ती उस्ताद काठमाडौंको देव पाटनमा बस्दथे । म ६ वर्षो थिएँ हुँला, तिनले गाएको ”कालो ठेकी नारन काली काठको” लाई अझै पनि राम्रोसँग सम्झन्छु । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बहसमा उत्तरसिद्धान्त

~शार्दूल भट्टराई~book-cover-krishna-gautam-uttarsidhdhanta

अपरम्परित चिन्तनका गुरु र अस्तित्ववादका अग्रदूत मानिने नित्से सनातन सङ्घर्षका कारण नारी र पुरुष कहिल्यै समान हुन नसक्ने ठोकुवा गर्छन् । उनले नैतिकता कर्ममा होइन मनोविज्ञानमा आधारित मानेका छन् । ईश्वरको मृत्युको घोषणा गर्ने यिनको अतिमानववाद नाजीवादको प्रेरक बनेको मान्नेहरू पनि छन् । तर समालोचक कृष्ण गौतम नाजीवादसँग गाँसेर नित्सेलाई होच्याउनु उनको मुक्त चिन्तनको अवमूल्यन ठान्छन् ।

जु हुनु र अल्जेरियामा जन्मिनु डेरिडाका निम्ति ‘आउटसाइडर’ को पीडा थियो । त्यही पीडालाई उनले ‘डिकन्स्ट्रक्सन’ को सिद्धान्तद्वारा तोड्ने प्रयत्न गरे । फलस्वरूप डेरिडा विश्व चर्चित बन्न पुगे । धेरै प्रशंसा पाएका उनी पाठीय भएको, समाज र राजनीतिको उपेक्षा गरेको, कृत्रिम विवेचनामा आफूलाई अल्मल्याउन खोजेको, जीवनका समस्याहरूको वास्ता नगरेको भनेर Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नव बर्ष २०७४को धेरै शुभकामना ।।

सादा रहोस् जीवन, उच्च रहोस् बिचारहरु
शून्य रहोस् पिर-व्यथा, सुखानन्दमा बितोस दिनहरु

सत्काम निष्छल मनले सेवा गर्दै आफू फूल्न सकियोस्
अन्तरको ईश भेटिएर अनन्त आकाश झै खुल्न सकियोस्

मागूँ के म, के मेरो हो र यहाँ, अज्ञान हटोस् बरु
संसारको दु:ख हटोस्, भोक मेटोस्, शान्ती छरियोस् बरु

नव बर्ष आओस् अनैतीकता, छल, कपट अनी अहम भूलेर
नव बर्ष आओस् हर्सोउल्लस, उमङ्ग, आशा अनी मानवता बोकेर ।।

नव बर्ष २०७४को धेरै शुभकामना ।।

– आविष्कार
साहित्य सङ्ग्रहालय 

Posted in Misc | Leave a comment

नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ

~राममान तृषित~

न धन त्यागेर त्यागी हुन्छ
न जन त्यागेर त्यगी हुन्छ
सच्चा त्यागी त्यही हुन्छ
जो अहम त्यागेर त्यागी हुन्छ ।।

पूजा पाठ को अर्थ हुँदैन
जब सम्म भाव निस्वार्थ हुँदैन Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : नव वर्ष

~राकेश कार्की~Rakesh Karki

एक साल अघि हामी बढ्यौँ
कैयौँ साथी बाटोमा छोड्यौँ
पुरा जीवन बाँच्ने अधिकार पाउन
नवीन कामना बोकी नववर्ष आउन

घर आँगन सुनसान गाउँ
कसोरी भुलुँ जन्मेको ठाउँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : विद्यार्थी शरणम् गच्छामि !

~धनराज गिरी~Dhanraj Giri

“सर, सुर्ती छ ?” जम्काभेटमै प्राध्यापक आदर्शनारायण शर्मासित उनको परमप्रिय शिष्य रणसङ्ग्राम आफ्नो मागपत्र प्रस्तुत गर्दछ । प्रहरीले फेलापरेको अभियुक्तझैँ बन्दछन् प्रोफेसर शर्मा । हडबडमा गडबड होला भन्दै अत्यन्त संयमित हुँदै मसिनो स्वरमा बोल्दछन्– “बाबुलाई कुन ब्राण्ड चल्छ कुन्नि ? मसँग पाँचथरी मात्रै छन् ?”

“हामी जे खाएर भए पनि बलवान बन्नुछ । सङ्केत बुझियो सर ?” आदेशको स्वरमा गर्जिन्छ रणसङ्ग्राम, मानौँ उसको सामुन्ने उसैको घरमा काम गर्ने कुनै हलिया उभिएको छ ।

“किन नबुझ्ने बाबु ? हामीले भनेको पो विद्यार्थीले बुझ्दैनन् त । विद्यार्थीको अभिव्यक्ति त हामी छर्लङ्गै बुझ्छौं क्या” चेपारे पार्छन् । हत्तपत्त झोलाबाट बलवान छाप सुर्ती निकाल्छन् र नरम भाषामा नै सोद्धछन्– “चेला Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

संस्मरण : विमान चढ्नु अघिको मित्रता ओर्लिनासाथ समाप्त

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

हामी आफ्नो गल्ती कमजोरीलाई पत्ता लगाएर सुधार्ने कर्म र आफ्नो गल्ती कमजोरी देख्न योग्य बन्न कहिल्यै पनि सक्दैनौं । आफ्ना सारा दोष कमजोरी अरुको थाप्लोमा थुपारेर सधैं पिरोलिई मात्र रहन्छौं । किनकी फत्फताउने, गनगनाउने अरु माथि दोषारोपण गर्ने हाम्रो मानव स्वभाव हो । यो स्वाभावबाट हामी बाहिर आउन चाहँदैनौं ।  हामी त्यसैमा अभयस्त बनिसकेकाछौं । त्यसैले हामीलाई नियम, कानुन, पाप, धर्म, निति अनिती जस्ता कुरा बेक्कार लाग्नु  स्वाभाविक हो । हामी नियम कानुन निति जस्ता कुरा जान्ने बुझ्ने चेष्टा समेत गर्दैनौं । सधैं लहै लहैमा हिँड्न मनपराउने भएको कारणले हुनुपर्छ । थोरै असावधानीले दु:ख पीडा निम्ताउँछ । थोरै सावधानीले सुख खुसी पाप्त हुन्छ Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : नयाँ वर्ष लागेछ

~दिलिप योन्जन~Dilip Yonjan

मिठा सपनामा डुब्दा डुब्दै
सुख र शान्ति खोज्दा खोज्दै
कुन बाटो कता जाउँ हेर्दा हेर्दै
मन भरिको सवाल र जबाफको युद्धले
एक पना बेदना, बिरह र गीत
लेख्दा लेख्दै गन्तब्य भुलिएछ
न त हिँदेर उदेश्य भेटियो
न त खोजेर केही नै पाइयो
आफ्नै ब्यथा, कथा अनि पीडा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लिवाङको चिसो

~पदम गौतम~

हरेक बिहान उसैगरी
उज्यालो बाँडेजस्तो गर्दै
समय निल्दै हिँड्ने घाम
परै टल्कन्छ सिस्नेमा
र, लिवाङ आङ तन्काउँदै उठ्छ ।

आकाश छ अनन्त
बाँकी विश्वको जस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : हेटौंडा घुम्दा

~शीतल गिरी~Shital Giri

मनै त हो, कहिलेकाहीं डोरो चुँडिएको च·ाझैं हावामा कावा खेल्न चाहन्छ, बाढी भई छताछुल्ल हुन चाहन्छ, महादेवले किराँत रूप धारण गरी वन ज·लमा रमण गरेझैं प्रकृतिलाई नजिकबाट छाम्न चाहन्छ, कोइलीसँग मितेरी लगाउन चाहन्छ । यसो भनौं शहरी र पारिवारिक वातावरणबाट टाढा भई जिम्मेवारीबाट मुक्त भई साथीस·ीबीच हराउन चाहन्छ ।

यसो त म धेरैपटक हेटौंडा गएको छु साहित्यिक कार्यक्रममा, गोष्ठीहरूमा । यस संस्मरणमा म साहित्यिक कार्यक्रम र गोष्ठीको चर्चा नगरेर बरालिंदै, हल्लिंदै हिडेको प्रस· कोटयाउँछु ।

विशुद्ध गैरसाहित्यिक मित्रहरू रवीन्द्रलाल सिंह, शड्ढर थापा, पुष्पराज श्रेष्ठ र ओम अधिकारीसँग रमाइलो गर्न सुन्दर नगरी हेटौंडा पुगेको उल्लेख गर्दैछु । यसपटक हामी भित्री मधेसको शहर हेटौडामा औद्योगिक क्षेत्र घुम्न, Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : शिक्षा

~हुसैन खाँ~hussain-khan

सधैँ बन्छ शिक्षा सुधा जिन्दगीको
सफा स्वच्छ संसार हो जिन्दगीको
यही ज्ञान भण्डार हो जिन्दगीको
कलाकारकै हो कला जिन्दगीको ।।१।।

न चोरी हुने हो न लाग्ने छ अंश
कि ज्ञानै बढेमा सुधर्ने छ वंश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत नयाँ वर्ष

~ठाकुरमान लामा~Thakur Man Lama

फेरि आयो मनमा नयाँ जोस छर्न
खुसी र उमङ्गको उद्घोष गर्न
भोलिका सुनौला दिन अनि बिहान
साँच्दै नयाँ सपना र कल्पना
आयौ तिमी फेरि हर दैलोदैलोमा

हिजोका ती नमिठा तिक्तता मेट्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षको शुभकामना

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

पुराना घाउहरुलाई पुर्ने संकल्प लिएर
आलो पिडाहरुलाई मलम लगाउने सपनाहरु सजाएर
आज फेरि
उज्यालो भविष्यलाई देखेर
एउटा दिन आएको छ
एउटा इतिहासको भारी पिठिउँमा बोकेको छ
अभाबहरुको भोक मेटाउने आशाहरु झुण्डाएर आएको छ
असफलताहरुलाई नयाँ कोशिशहरु पस्किंदै आएको छ
तर दुरुस्तै पोहोर आएको परी जस्तै सजिएर आएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हरेक नयाँ वर्षमा…

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

हर्षैहर्ष वर्षा होस् अनेक नयाँ वर्षमा,
सुख शान्ति समृद्धि फैलियोस् जीवन कर्षमा
सेवा भाव जागृत होस् हरेक पल अंशमा,
अनन्त अमृत बर्षियोस् वशिष्ठ कुल वंशमा ।।

झमक्क झम्के–साँझमा प्रसन्न जून लम्किऊँ,
प्रखर पौरख पसिना समुन्नत सृष्टि चम्किऊँ
हिमाल शैलपुत्री यी नेपाल आमा हँसाऊँ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के दिउँ शुभकामना ?

~गोविन्दप्रसाद आचार्य~

लक्ष्यका लहरा सुक्दा दुःखी छन् मनका भावना
दुःखको ओखती छैन के दिउँ शुभकामना

आशा जम्मै खरानीमा डढेले दन्किएपछि
सपना डरका हुन् कि परका बज्रिएपछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~योगेन्द्र काउछा~

नयाँ वर्ष तिमीलाई
प्यारको स्पर्शले
आस्ते–आस्ते सुमसुम्याउन
तिम्रो नौलो जोशिलो
उत्साहमै रमाउन
सदाबहार झरी झै
रोइरहेका आँखाहरुलाई
हर्षका आवेगहरुमा चम्काउन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “युद्ध एम्बुसमा राइफलको सङ्गीत” नेपाली उपन्यासमा नयाँ विषयवस्तुको प्रवेश

~पूर्ण इन्फादा~

विश्वका अनेकन युद्धमा साम्राज्यवादीको साम्राज्य फैलाउन नेपाली रगत नबगेको कुनै ठाउँ बाँकी छैन । राष्ट्रिय सांस्कृतिक पीडालाई जीवन भोगाइका बीभत्स अनुभूतिसँग साट्दै वर्षौंदेखि उर्वर नेपाली युवाको स्वाभिमानयुक्त शिल्प आफ्नै भूस्वर्गमा खन्याउने उत्कट चाहनालाई सामन्तकृत सत्ताले सीमान्तकृत बनायो । न्यायसङ्गत र सहअस्तित्वपूर्ण अधिकारको आवाजमाथि निर्मम र नग्न बुट बज्रिएको दृश्य हेर्दै र जहान परिवारको आँखाबाट खसेको बलिन्द्र आँसु पुछ्दै युद्धमा धकेलिन विवश भए । पलपलको सकसपूर्ण कहर पिउँदै र थिलथिलाउँदै प्रत्येक दिन दुख्ने इतिहास ममताले सुमसुम्याइरहनुपर्ने के ब्रिटिस गोर्खाको नियति हो ? अनागरिकजस्तो दुर्भाग्यपूर्ण युद्धपीडा युद्धवीर बनेर भोगिरहनुपर्ने असङ्ख्य नेपालीले ! यिनै दुर्दान्त प्रश्नहरूको प्रतिसन्धानका रूपमा प्रस्तुत गरेका छन् स्रष्टा गणेश राईले भर्खरै प्रकाशित उनको तेस्रो कृति “युद्ध एम्बुसमा राइफलको सङ्गीत” कृतिमा । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

Story : Looking Through the Window

~Bikrant Koirala~Bikrant Koirala

I sat to write a story. But nothing was coming in my mind. I scratched my head with my fingers but it didn’t work. Neither did the restless short walk along the length of my room that I usually prefer while I try to concentrate. At last, I sat again. I turned my head right, with my index finger between the gap of my upper lip and nose, and clutching a pen between middle and index finger. I looked out of the window, with only one wooden-pane open. I could see the blue sky with not even a dot of cloud. I couldn’t think of anything I could write of. It was like my brain was jammed and I wasn’t able to move my plot, characters, feelings, sentiments and al Continue reading →

Posted in Story | Tagged | Leave a comment

मनोबिश्लेषणात्मक कथा : भाउजु र मैले नगरेको पाप!

~रजित ओझा~Rajit Ojha

पानी सिमसिम परिरहेको थियो ,कसैको भिज्दै हिड्नु चाहना हुन्छ कसैको बाध्यता,मेरो भने चाहनामय बाध्यता थियो आजको भिजाई ।

“सरि भाउजु ढिला भयो ” मैले भित्र छिर्ने बित्तिकै apologize गरेँ ।

“केहि छैन ,खाना तैयार भइसकेको छैन ।” भाउजुले किचन तिर छिर्दै गर्दा जवाफ फर्काउनु भयो ।म तिर हेर्ने पनि फुर्सद थिएन भाउजुलाई, एउटा पाहुना लाई फच्चे गर्न भाउजुलाई यस्तो धौ धौ हो कि अरु पनि आउने हुन कोहि?बाहिर पढ्ने पत्रिकाहरु पनि थीएनन ,न गफ गर्ने साथि टेलेभिजनको रिमोटसङ्ग कुश्ती त म आफ्नै कोठामाँ गर्दै आएको ,यहाँ पनि त्यहि के दोहोर्याउनु? मैले किचनमै भाउजु सङ्ग गफ गर्नै पर्ने भयो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : सपना हो यो भनेदेखि

~यादव खरेल~yadav-kharel

केटा
सपना हो यो भनेदेखि सपनीमै मरूँ
केटी
अर्को जन्म पाएँ भने तिमीसँगै परूँ

केटा
एउटा जून आकासमा एउटा मेरो काख
केटी
जिन्दगीको पुग्यो धोको दैव दियौ लाख
केटा केटी
हाम्रो माया साँचो भए यसको लाज राख Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सरकार मलाई नुन दिनुस्

~निश्चल काउचा~Nischal Kaucha

सरकारको महल पनि मुगुतिरै हुदो हो त
नुनै घुस खान्थे होला
छोरीको बिहेमा नुनै दाईजो दिन्थे होला
छोराको बिहेमा नुनै दाईजो माग्थे होला
सरकारको महलतिर
तीस रुपैयामा एक किलो नुन पाईन्छ रे
सरकारलाई मुगुमा एक किलो नुनको भाउ थाहा छ ?

सरकारलाई नुनको भाउ हेक्का के हुनु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

नयाँ आशा नयाँ भावना
नयाँ इच्छा लिएर
आयो नयाँ वर्ष
शुभकामना बोकेर ।
गाउँगाउँ वस्तीवस्तीमा
अँध्यारो होइन
उज्यालो छाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment