कथा : युद्धमा बेचिएको यौवन

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

दाई जाने हो ?

जिवनले मेरो एकोहोरो पना लाई भंग गर्दै भन्यो साँझको खाना खाएर थ्रि नट थ्रि राइफल लाई बेडको कुना तिर राखेर कलकलाउँदो श्रीमती र तोते बोल्ने छोरालाई घरमा छाडेर माओवादी युद्दको उद्गम स्थल रोल्पामा फसेको मेरो जिवनको छुटकाराको लागी अवशरहरू सोच्दै थिँए । बाहिर कतै टाढा पड्किएका बम र बन्दूकका आवाजहरू मेरो कानमा लगातार प्रतिध्वनि भैरहेको थियो ।

काँहा जाने ? उसलाई हेर्दै भने

दाई पनी काँहा रे ?

बाहीर जाऊँ न यसो बरालिएर आँउला

मर्ने मन छ कि क्याहो तिम्लाई , सुनेको छैनौ र बाहिर बम पड्केको आवाज ?

बम त पारी पाखा हरूमा पो पड्किराछन् याँहा काँ पड्किनु तपाई त कस्तो डराएको

म रोल्पामा सरूवा भएर गएको करिव एक महिना हुँदै थियो । उ भने लिवाड्मै बसेको आठ महिना भै सकेको थियो ।

मैले भने यो के बरालिन बाहीर निस्किने समय हो ? भो जाउ तिमी म जाँदीन ।

अरे दाई तपाईले बुझ्नु भएन के , बरालिनुको अर्थ हावा खान जाँउ वा घुम्न जाँऊ भनेको होईन ।

के हो त ?

यो बन्दूक़ लाई च्याँपेर कती सुत्नु हो यसो रमाईलो गर्नु पर्छ र टेन्सन मुक्त भईन्छ नी !

क्लियर भनन के भन्न खोजेको ?

सेक्स ?

काँहा ?

केटी भएको ठाँऊ पुर्याउछु क्यारे !

तिम्रो गर्लफ्रेण्ड होला म चै काँहा जानु ? जाउ न तिमी ।

के को गर्लफ़्रेण्ड हुनु ,याँहा त दिनै पिच्छे फेर्छु भनेपनी मिल्छ ।

कसरी ? त्यस्तो पनी संभव हुन्छ त ?

मेरो प्रश्नको जवाफ उसले यसरी दियो ।

दाई माओवादी युद्धलाई समर्थन नगर्ने हरू लाई माओवादीहरूले कती लाई सफाया गरेका छन् भने कतीको घर बारी कव्जा गरी गाँऊ बाट लखेटेका छन् । लखेटीने हरू मध्य अली धनीहरू नेपालगंज, सुर्खेत, दाड र काठमांडू जस्ता शहरमा गएका छन भने विस्थापित मध्य मध्यम वर्ग र गरिव वर्गका जनताहरू यतै लिवाड्मा कोठा लिएर आफूलाई सुरक्षीत ठानी बसेका छन् । यो सानो ठाँऊ रोजगारीको ख़ास कुनै क्षेत्र छैन ।

जिवनको कुरा सुन्दै हाँ मा हाँ मिलाउदै अझै बढी सुन्न बुझ्न उत्सुक थिए म । यस भन्दा पहिले यावत कुराहरू कसै संग बुझ्ने मौका मिलेको थिएन । मैले त सबै सुरक्षा कर्मीहरू वलिको बोका हुन राज्य र राज्यले घोषणा गरेका आतंककारी माओवादीहरबको युद्दमा मृत्यु वरणको लागी पालो पर्खेको आभाष गरेको थिँए । दैनिक जसो सुरक्षाकर्मीहरू र आतंककारी विच मुठ भेड भै रहदा आतंककारीहरू भन्दा बढी सुरक्षाकर्मीहरू मृत्युवरण गरेका समाचारहरू नेपालका पत्रिका हरूका हेडलाइन बन्ने गर्थे । जनताहरूको पनी अवस्था यती साह्रो कारूणिक रहेको कुरा कही कतै सुनेको थिईन मैले जिवनको कुरा सुनिरहन मन लाग्यो ।

ऊ अगाडी भन्दै गयो , रोजगारी नभए पनी उनीहरूले बाँच्नु पर्यो परिवार पाल्नु पर्यो अनी अरू उपाय नभए पछी विस्थापित धेरै महिलाहरूले सेक्स लाई याँहा रोजगारी बनाएका छन् । मलाई लाग्छ लोग्ने र परिवारका अन्य सदस्यहरू आफ्नो घरमा भएको महिला लाई बाहीर सेक्स गर्न छुट दिएका छन् पेट पाल्नको लागी । त्यती मात्र काँहा हो र कुनै लोग्ने ले त श्रीमतीको लागी आफै ग्राहक खोज्ने सम्म भेटेको छु ।

कती लिन्छन् ?

पचास , सय जती दिए पनी हुन्छ , कहिले काँही त एक प्लेट चाऊमीन वा नास्तामा पनी किन भने उनीहरू हामी संग पनी डराउँछन् कतै माओवादी भनेर गोली हानी मार्न सक्छ भनेर ।

जिवन लाई प्रश्न गरे , होटलमा जान पनी त खतरा हुन्छ होला नी ?

होटलमा त जानु हुँदैन किनकी माओवादी पछी लाग्न सक्छन् उनिहरूको कोठामा जाँदा हुन्छ ।

अनी कोठामा ? पुरै परीवार एउटै कोठा होला त विचरा विस्थापितहरू !

उनीहरू एउटै कोठामा भए पनी ग्राहक आए पछी दिनमा हो भने आफै पुरूषहरू बाहीर निस्किन्छन् , राती हो भने अन्जान, अन्देखा भएर मुख छोपेर सुतीरहन्छन् । यो नै उनीहरूको रोजीरोटीको माध्यम बनाउन बाध्य भएकाहरू ।

जिवनको कुराले मेरो मुटुमा ढ्याड्रो ठोक्यो । मन आक्रोशित भयो । जनताको लागी क्रान्ति गर्दैछौ र आफूलाई जनताको सुरक्षाका ठेकेदार हौ भन्नेहरू बाट निर्दोष जनता लाई एक छाक खानको लागी शरिर बेच्न वाध्य बनाउने ती क्रान्तिकारी भनौदाहरू र विस्थापन नागरिकको यौन शोषण गर्ने सुरक्षाकर्मीहरूमा कतै मानवता देखीन मैले ।

जाने त ? दाई

भाई तिमी ले आफूलाई र आफ्नो परिवार लाई एक छीन तिनै विस्थापित परिवारहरूले भोगेको जिवनमा कल्पना गरेर हेर त , के तिमीले कल्पना गर्न सक्छौ ? त्यस माथी पनी तिमी त झन् सुरक्षाकर्मी हौ । हामीले उनीहरू बाट फाईदा लुट्ने होईन की उनीहरूलाई सकिन्छ भने विना सर्त सहयोग गर्नु पर्छ ।

मेरो कुरा सुने पछी जिवन आफ्नो ब्यारेक तर्फ लाग्यो

तर म भने ति कारूणिक जिवनहरूलाई सुन्नु बाहेक अरू केही गर्न नसक्ने निरिह सुरक्षाकर्मी बनेकोमा आफैलाई धिक्कार लाग्यो ।

बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.