कथा : पीडा नायक

~अनमोलमणि~Anmolmani

खुँडे जुन आकाशमा विस्तारै देखियो।

मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ। आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु। सत्य राम राम यसपछि म कसैलाई पनि यस विषयमा चिम्टी पनि बताउने छैन।’

मध्ययम स्तरको शहरीया रेष्टुरेन्टमा ऊसाग मेरो यो तेश्रो भेट थियो। रेष्टुरेन्टको माथिल्लो तलामा हामी थियौँ। टेबुलमा केही नेपकिन पेपर थियो। अँग्रेजीमा लेखिएको मेनु हामीलाई हेरिरहेको थियो। र सँगै नुन र चिनीका छुट्टा छुट्टै डब्बा थिए। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : साले त्रिभुवन

~त्रिभुवनचन्द्र वाग्ले~

साले त्रिभुवन खुच्चिङखाइस्
चौथो अङ्ग भएको धाक खोक्थिस्
देखेको लेख्ने र लेखेको बोल्ने गर्व बोल्थिस्
हाल के छ ? बेहाल छ, हाल !
खुच्चिङखाइस्
बेलैमा तलाई भनेकै हो–
“भन्सार जाऊ संसार कमाऊ” Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : दुर्गा,काली, नारी स्वरूप

~हरी गौतम~Hari Gautam

दुर्गा,काली, नारी स्वरूप, हाम्रै श्रिमती हुन..!!
माने हाम्रो प्रगती हुन्, नत्र दुर्गती हुन..!!

छोरी भनी,हेला गरी, कोख मै मार्छौ जस्लाई,
उ,नै घरको सुख सान्ती, लक्ष्मी सरस्वती हुन..!! Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : सबै मरिसक्यो सम्झ

~घनश्याम प्याकुरेल~

तिमी आउने आशा सबै मरिसक्यो सम्झ।
मायाँ प्रेममा हूरि बतास परिसक्यो सम्झ

ढकमक्क फुलेको मायाँको बगैंचा त्यो
शिषिरमा झैँ फूलपात सबै झरिसक्यो सम्झ। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : सधैभरी दंग

~आचार्य प्रभा~acharya Prabha

तिमी थियौ आफ्नै शूरमा सधैभरी दंग
तब झस्क्यौ अनायासै जब उडयो रंग

सबैले नै शिरोपर राखेकै थियो तिम्लाई
आफ्नो पनी हुनुपरयो मान पाउने ढंग Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : यस्तो पिरती

~रामचन्द्र कार्की~Ram  Chadra Karki

पिरतीको के कुरा भो ज्यानै गलाउने,
माछो माछो भ्यागुतो सरी छलाउने ।
चल्न गाह्रो यो संसार पिरतीको खातिर,
स्वर्ग नर्क घामपानी देखाइ छाड्यो आखिर ।

हाम्रो सानो संसार थियो पिरतीको आडमा,
भबिस्यका कुरा हुन्थे सिट हुन्थ्यो काखमा ।
दरौदीको पानी भन्दा सङ्लो हाम्रो माया, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ए युवाहरू

~जीवन क्षेत्री~Jiwan Kshetry

ए युवाहरू
मध्य दिनसम्म घुर्दै कति सुत्छौ ?
अब त उठ ।

आकाशमा बादल मडारिरहेछ
भ्यागुताहरू कराइरहेछन्
घिस्रिँदै आउँदै गरेको अजिङ्गर देखेर
नानीहरू आत्तिँदै कराउँदैछन्
आँखा र मुखमा पट्टी बाँधिएका
विवश आमाहरू
अस्पट–अस्पट बर्बराइरहेछन्– Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रानी बन

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
यिन गिरिमा, हो
सभ्यताका नीला, गाढा, प्रकृत गढमा,
फरफर पताका, शाखा !
बल्लीहरुको दरबाजामा,
फूल छन् पहरा लाखाँ !

ख.
शीतलताको दरवार बनाई
वन–रानी,
वायु–पङ्खी अख–परीसँग, Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मोल

~सिमियोन रोक्का~Simiyon Rokka

धेरै दिन भयो छोराको फोन, चिठ्ठी केही नआएको । आमा निरास बन्दै गईरहेकी थिईन । बाटो हेरेर बस्ने, कसैले बोलाँउदा पनि छोराको झझल्को लाग्ने आमालाई राती निन्द्रा पनि लाग्न छाडेको थियो ।

बिरामी बुढालाई उनले भनिन,”छोराले त फोन चिठ्ठी केही गरेन त ! के गर्ने हो ? ” बुढाले चिन्तित नहुन र शान्त रहनलाई अनुरोध गरे तर उनी पनि भित्र भित्र छोराको चिन्ता गर्दै थिए ।

धेरै दिन पछी छोराको फोन आयो । खुशी हुँदै आमाले आसुहरुलाई थाम्दै कुरा गर्न लागिन । तर छोराले भन्यो, “आमा मलाई पैसा चाहियो । तल घरे काकालाई भन र आई एम ई गरेर मलाई पैसा पठाइ देउ ।” अामाले Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एक्लोपन

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

मधुर सूर्यको प्रकाशको आगमनले
जन्म लिने प्रत्यक सुन्दर बिहानी संगै शुरू हुने
प्राकृतिक चिर्विर आवाजहरू
सुनौलो किरण संगै
बैश फक्रिएका बगैचाका सुन्दर फूलका
बगैचाहरू कतै रमाउँदैन आजकल
मेरो एक्लोपन

दोपहरको चर्को किरणबाट तर्किदै
शितल ताप्ने ति छाहारीमा पनी
शितलता भेट्दैन आजकल Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : असल बानी चाहिन्छ

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

मानिसमा असल बानी चाहिन्छ
जीउनलाई पनि त पानी चाहिन्छ ।

तपाई राख्नु सम्पुर्ण धनसम्पती
मलाई केवल मेरी सानी चाहिन्छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : भाई टिका

~आचार्य प्रभा~acharya Prabha

मनको फुल्बारिमा मक्खमली र सयपत्री फूलाएर
म कल्पनाको चोखो धागोमा आशिषको माला
उनेर उपहार तिमीलाई पठाउनेछु
मेरो भाई ,
धैर्य गर तिमी दिदीको आशिष
सदा अटल रहनेछ
भौगोलिक दुरी टाढा भएर के भो ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नेपाल बन्द

~सुषमा मानन्धर~Shushma Manandhar

जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । आज उसको पार्टीले बन्दको आयोजना गरेको छ, सरकारलाई आफ्ना मागहरु पूरा गराउन दबाब दिन । सरकार पनि खै, टायरको तातोले सडक नतताई जायज मागहरु समेत सुनि नदिने ।

जीवन घरबाट एकाबिहानै निस्केको छ आज । पार्टीका अन्य साथीहरुसंग ऊ पनि सडकमै छ धर्ना दिंदै । पसलहरु बन्द गराउन र सडकमा सवारी साधन गुडाउन नदिन लागीपरेको छ ऊ । सडकतिर आधा खुलेका केही पसलका सटरहरु पनि झण्डा बोकेका र नाराजुलुस गर्दै हिंडेका कार्यकर्ताहरुलाई देखेर पूरै बन्द भए । जुलुस भन्दा अलिकति पर लाठी बोकेका प्रहरीहरु पनि तैनाथ थिए, त्यहां स्थिति तनावपूर्ण नै थियो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पर्न आएँ

~भोला सिवाकोटी ‘पुरानाघरे’~bhola-siwakoti-puranaghare

हुत्तिएर काँडासामु ठान्छाै पर्न आएँ
सँगै जिउने बाचा गरी सँगै मर्न आएँ

किनारहरू सँगै लिर्इ बग्नु पर्छ खोलो
भागेकी थ्याै हियो चोरी त्यही हर्न आएँ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : फेसबुकमा द्रोपतिहरू

~दिपेन घिसिङ्~deepen-ghising

फेसबुक भन्छ
तर फेसको रङ्ग नै देखिँदैन।

नक्कली फेसको रङ्गमा झुम्छन्
तर मनबुकसम्म पस्छन्।

मित्रताको खाँट्टी सिपाही हुँ भन्छन्
युद्ध गर्नै जाँदैनन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘आदर्श’ को आदर्श

~शिव रेग्मी~

सन् १९३० जनवरी महिनादेखि कालिम्पोङबाट शेषमणि प्रधानको सम्पादनमा ‘आदर्श’ मासिक पत्रिकाको प्रकाशनको थालनी भएको थियो । भनिन्छ ‘आदर्श’ कालिम्पोङबाट प्रकाशित पहिलो पत्रिका हो !”यसमा साहित्य, कला, खेती, व्यापार, धन्धा, शिक्षा, कोअपरेटिभ, बैङ्क आदि विषयसँग सम्बन्ध राख्ने व्यावहारिक र सामयिक लेख औ समाचारहरू रहनेछन् ” भन्ने आदर्शको नियममा उल्लेख भएको छ ! अतः यो पत्रिका साहित्यिक मात्र नभइकन सबै विषयसँग सम्बन्धित थियो ! यसको उद्देश्य नै समाजलाई हरक्षेत्रबाट आदर्शमय बनाउनु रहेको थियो ।

उत्तम रुचि उत्पन्न गराउनलाई यस पत्रको ‘आदर्श’ नाउँ राखेका हौँ । अङ्ग्रेजीमा ‘IDEAL’ शब्दले जुन अर्थ Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : समय

~मसान उपासक~masan-upasak

यी फाटहरुमा फलाउनुछ अन्न
टार्नुछ भाेक र चढ्नु छ उकालाे
याे सुन्दर हिमाल काेतरेर मैले
निकाल्नु छ जिवनका अनगिन्ति खुसि
याे गुरासकाे फेद खनेर
खाेज्नु छ सुखका रङहरु ।
भाेटबाटै लानु छ सुन र नुन
जाेर्नु घरका चुलाचम्का ।

बिर्सनु छ मज्जाले बिर्सनु छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होर्डिङ बोर्ड

~निराजन राजालिम ‘बतास’~nirajan-rajalim-batas

निलो गगनमा
सुर्यसँग लुकामारी खेल्ने
ति बादलहरुलाइ सोध
कतै ति ठिङ उभिएका
होर्डिङका खम्बाहरुले
जिस्काइ रहेका त छैनन्?
ति बुट्यानहरुलाई,
ति बिरुवाहरुलाइ त सोध Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनौलो बिहानी

~के आर शर्मा~

भालेको डाको घडीको सुई कामको थालनि ।
नगए मेला पेटमा माण खै के हो हालनी ।।
जाडोले होला सिरेठो चल्यो बिहानी पाखामा ।
चरिको गीत आनन्द आयो सुरिलो भाकामा ।।

फलामे किल्ला हातमा टर्च वेल्डिङ गरेर ।
अरुको कर्म चम्काइ दिन्छौ पौरख भरेर ।।
श्रमिक हामी श्रम नै रोटी श्रमको कमाई । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तरे

~बिन्दु प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

सैलुङ्ग डाँडाको काखमा यौवना विधवाको झाँक्रो झैँ फिजिएको छ मदनकुडारी गाउँ। प्राकृतिक रुपमा सुन्दर छ मदनकुडारी गाउँ तर त्यो सौन्दर्यको उपभोग गर्नेहरु कम छन् त्यो गाउँमा। त्यसैले कोरीबाटी चिटिक्क नपरेकी उजाड विधवा झैँ देखिन्छ मदनकुडारी गाउँ।

~~~~

मुलुकमा राजनीतिक परिवर्तन शुरु हुन थालेदेखि र ठाउँ-ठाउँमा गृहयुद्ध भएदेखि त्यस गाउँका धेरै युवायुवती गाउँ छोडेर कोही काठमाडौँ, कोही भारतका विभिन्न सहर, कोही जग्गा बेचेर या धितो राखेरै भए पनि खाडी मुलुकतिर पसेका छन्। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : काखमा रमाएको

~अनुकुल प्रकाश~Anukul Prakash

सपनीबिच निदरीको काखमा रमाएको,
सानी नानी लाग्यो ज्ञानी हेर्दा नीदाएको!!

निधारमा गाजलटीका रै’छ लगाएको,
चिटिक्कको नाना हेर झनै सुहाएको!! Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : गर्वेको आमा

~निश्चल काउचा~Nischal Kaucha

हलिया नारायण रेगिस्तान भासियो
जमिनदारको घरमा २० बर्ष हलिया बसेर
उही साहुसँग
सय कडा पाँचमा ब्याज लिएर

गर्थ्यो काम शेखको पचास तले भवन बनाउने
निष्ठुरी दैव
एक साझ निदाएको उ
कहिल्यै नब्युझने गरि निदायो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भित्र र बाहिर

~कृष्ण प्रसाई~krishna prasai_1

पुलिसले फेरि पनि अर्को खागी मार्का बिँडी सल्कायो। राइफलको रंगीन आकाशतिर फर्काएर रातको पहरा ब्यूँझाउने काम ऊ आफ्ना बूटहरुको चुरुम्चुरुम् आवाजसँगै समस्त कैदीहरुको मनमा भय र र्सतर्कताको आभास ढुक्ढुकीहरुसम्म पुर्याएर खबरदारका ध्वनीहरुमा छरिइरहेको छ। उभित्रको कठोरतम् मान्छेको मूक अभिव्यक्ति उसले छोडेका बाहिरी हाउभाउहरुले बोलिरहेका छन्। खागी कपडाको वर्दीमा उभिएको त्यो पुलिसको मन र मष्तिष्क त्यस बेला त्यति नै खस्रो र खागी रंगको लाग्ने गर्दछ-जति खेर ऊ धेरै बेरसम्म सुँघिसकेर बास्ना निख्रिसकेको फूलको थुँगालाई भूँइमा फ्याँकिसकेपछि पनि मिनेटौँसम्म आफ्नो कालो र कठोर जुत्ताले किचेर कच्याक्कुचुक् पार्ने गर्दछ।

मानवीयताका प्राथमिक बाह्रखरीहरुलाई ऊ जस्ता धेरै सहधर्मीहरुले आफ्नो पेशागत तालीम अवधिभित्र नै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : संघर्ष

~धुस्वां सायमि~dhuswan-sayami

कस्तो संघर्ष हो यो हाम्रो
जहाँ जीत पनि
शंकाको सुविधामा मुर्झाउँछ ।

सम्झौता भएर पनि
कहलिन्न सम्झौता यो
सम्झौता नै होइन यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो

~डा. दुबसु क्षेत्री~dubasu-chhetri

आगो अचेल आफ्नै पीरले रुन्छ
आगो अचेल आफ्नै डरले हुन्छ

तिमी कोइला कोट्ट्याएर हेर
समिधा पल्ट्याएर हेर, डढेलो उचालेर हेर
आगो आँसु खसाली-खसाली रुन्छ
जति आँसु खसालेर रुन्छ आगो
आगोमा उति ज्वाला दन्कन्छ

मानवता Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभाबको जिन्दगी

~दिलिप योन्जन~Dilip Yonjan

मिरमिरेमा जब किरण छरिन्छ
भोकको रापले खडेरीले झै पोल्छ
अलास तलास पसिना सरि ब्युझन्छु
दिन भरिको घामले डढेर कक्रे झै
दोबाटो चोक गल्लि गल्लिमा भौतारिन्छु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पुनरावृत्ति

~मन्दिरा मधुश्री~

आज बाह्र बर्षपछि अडिटको सिलसिलामा पुनः यो ठाउँ आइपुगें । शहरदेखि टाढा, सुविधारहित यो गाउँ । पैदल हिड्नुपर्ने । खुल्ला धुले बाटो । चर्को घाम । गर्मी र थकाइले मलाई लखतरान पारेको थियो । अफिसको क्वार्टरमा पुगेर झोला थन्काएँ अनि एकछिन पल्टिएँ ।

चैतको गर्मी चौपट्ट चर्केको थियो । पंखाले झन् तातो हावा ओकल्थ्यो । म झन उकुसमुकुस भएँ । बरु बाहिरको हावा नै अझ ताजा हुन्छ भनेर म बरण्डामा निस्किएँ । अफिस र क्वार्टर परिसर वरिपरि आँप र लिचीका बोटहरू बढेर ठूला भइसकेछन् । ढकमक्क फुलेको आँपको बास्ना मगमग आइरहेको थियो । म पहिले र अहिलेको परिवर्तन तुलना गर्न थालें । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : विजय कुमारको खुसी पढेपछि

~राजेन्द्रप्रसाद अर्याल~

विजय कुमारको खुसी पढिसकेको धेरै नै भयो । यस पुस्तक हेरेपछि केही कुरा नलेखि हँुदैन है भन्ने हुटहुटी मेरो ब्रम्हदेखि बारंबार उठीरहेछ ।

पत्रकारिता पेशामा कार्यरत वा संलग्न ब्यक्तिहरुबाट सृजित कतिपय पुस्तकहरु बास्तविक तौलभन्दा भरपुर प्रचार प्रशाारको अधिक अनुकुलताले पुस्तक बजारमा हो हल्ला मच्चाउन समर्थ भएका उदाहरणहरु प्रसस्त पाउँछौँ हामी । गर्भाधान नै नभएको विजय कुमारको पुस्तकको सन्दर्भमा त झन् यस्तै होहल्लाले सगरमाथा नै छोएको थियो । पुस्तक लेखनको अनुभव नै नभएका ब्यक्तिलाई अग्रीम दिईने एकमुष्ट मोटो पारिश्रमिकको चर्चा पनि यस्तै उदाहरणको निरन्तरता मात्रै हो भन्नेको सङ्ख्या कम थिएन । किन कि विजय कुमार त झन् पत्रकारिता पेशाको तावामा निबेकको रोटी पेल्ने कलाका पारखी हुन् । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : नाम ? उमेर ?

~सिमियोन रोक्का~Simiyon Rokka

आमा बिरामी हुनु भएछ, मलाई घरबाट फोन आयो । मैले सामान्य बिरामी होला भन्ने सोचेर सिटामोल खाएर आराम गर्नलाई भने र आफ्नो काममा नै लागि परे ।

कामको प्रेसर ज्यादा थियो । बिहान बेलुका खाना खाने समेत फुर्सद हुने थिएन ।

राती अबेर सम्म काम गर्नु पर्थ्यो । मेहनत पछाडिको निद्रामा लागेको सपनाले जीवनलाई पूर्णता तर्फ धकेल्छ रे ।

अफिसबाट काम सकाएर कोठामा जादै थिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो छ याद

~घनश्याम प्याकुरेल~

सुनसान रात तिम्रो छ याद
जीवन भरिनै आउनेछ याद

तिमी बिना अधुरो छ जिन्दगीको यात्रा मेरो
हाँसो आँसु बिसाउने बिसौनीमा को छ मेरो?? Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : रेञ्जर साइकल

~दीपक घिमिरे~

‘जात्तेरी, नैया साइकिल पो किनिस बड्डा !’

बाले दूध बजार पु¥याउनका लागि सजिलो होस् भनेर हिजो मात्र बजारबाट किनेर ल्याउनु भा’को एटलस कम्पनीको बडेमानको साइकल लगेर चौरमा सिक्न गा’को बेला थम्मने बडो चकित पर्दै मलाई सोध्यो ।

‘देखिस्, हाम्रा बाले मलाई स्कुल जान सजिलो होस् भनेर किन्देका हुन् ! तेरा बाजस्ता कञ्जुस हुन् र हाम्रा बा !’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ईर्ष्या

~कात्यायन~dhanwantari-mishra-katyayan

– जसरि म कोमामा गएको थिएँ दश वर्ष अगाडि हो त्यसरि नै ब्युँतिए एक्कासि |

– सुने र भेटें पनि मेरो साथीलाई, जो त्यहि संस्थाको सर्बोच्च पदमा विराजमान भैसकेको रहेछ, औपचारिक बधाई पनि दिएँ | जहाँ हामी दुबैले एकैसाथ एकै पदमा नियुक्ति पाएका थियौं | बाह्र-वर्षेसेवाकाल पछि म एक्कासि कोमामा गएको थिएँ, र पश्चात म सेवा विहिन थिएँ |

– उसको मुस्कानले मेरो ओंठमा हाँसो ल्याएन | मेरो कुटिल मुस्कानलाई उसले बुझेन, धन्यवाद पाएँ | Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment