~गुरु गोपिलाल~
——–
औसीको रात
दियोको प्रकाशमा
मेरो तिहार ।
———
आशाको दियो Continue reading
~शिवहरी श्रेष्ठ~
सुन्तली – तिमी धन्य छौ ।
म सँग शब्द नै छैन तिमीलाई सम्बोधन गर्न,
बाचुन्जेल साहारा दियौ तिमीले मेरा ब र आमा लाई
मरेपछी पनि सम्म को काँध तिमीनै दिदैछौ।
धन्यछौ तिमी।
बाबुको बिछोडमा गहभरी आसुँ पारेर पनि
मेशिन सरी काम गरिरहेकै छु ।
बिदेसिनुको पिडाबोकेर बसेकोछु ।
पुन्टे र भुन्टुलाई राम्रो स्कुलमा पदाउने,
तिमीलाई पेटभरी खुवाउने, यकसरो चोलो फेर्ने अनी ,
आमा को ओखति मुलो राम्रोसँग गर्ने,
यस्तै यस्तै धैरै सपनाहरु बोकेर , बिदेसिनुको पिडा सहेर बसेकोछु । Continue reading
~नोगेन हांग~
झण्डा एकै हो भन्दछौ
देश एकै हो भन्दछौ
सरकार पनि एकै हो भन्दछौ
तर म कणाली बासी
के मा बरबरी देख्दछौ म संग ।
किनेर पाएको
नागरिकता र पासपोर्ट बोकेर Continue reading
~छविलाल कोपिला~
अनिता !
जब तिमी आँशुमा जीवन खोज्छ्यौ
तिमी, तिम्रै आँशुमा बगिरहेकी हुन्छ्यौ
अनि, तिम्रै आँशुमा
तिमी जस्तै हजारौं अनिताहरु बगिरहने छन् ।
यसरी, अनिताहरु बगिरहँदा
यहाँ हजारौं–हजार मनहरु भावविह्वल हुन्छन्
अनि, हजारौं सपनाहरु पनि स्तब्ध हुन्छन्
त्यसैले,
अनिता ! तिमी कहिल्यै नरुनू । Continue reading
~खनाल मेघनाथ बन्धु~
दाइ, खै किन, किन,
तपाई मेरो ईष्र्या मात्र गर्नुहुन्छ,
मेरो घरमा आगो सल्काउन खोज्नुहुन्छ,
बाँदरलाई लिस्नो लगाउँनु हुन्छ,
हो , म सानो छु,
मलाई सहयोग गर्नुको सट्टा
जीवन निर्वाहमा कठिनाई हुँदा,
सहज नबनाएर विषालु र तिखा काडाँहरू,
तिखारी तिखारी तेस्र्याउनु हुन्छ,
के तपाईको सानाप्रतिको ब्यबहार ठिकै हो त ? Continue reading
~लक्की चाैधरी~
छन्द : सवाई
कहाँगिल अगहन, थारुनके रीति ?
हेरागिल हेर्तीहेर्ती, नेन्धरके मिति ??
भुलेलग्ली संसकृति, हेर्तीहेर्ती हम्रे ।
धेरजन्ना होकेहोकी, नैसेकली सम्ह्रे ।।१।।
ढिक्रीबेचे जाइदुल्ही नातनके घर ।
निसफिक्री होकेबैठी नैरहिन डर ।।
सबओर स्वतन्त्रता मनलग्ना दिन । Continue reading
~उद्धव गदुहो कुलुङ~
उ:म निङ्पी तुचाइलो सानिवा फात्नोदो
उनाई आना मोन्तो नत्चय आन नत्नोदो
इमिक्वा इहोप्ङा हायाम चाइया लयचि
उनाइ खाप्चाय आमनिङ्पी खापनोदो Continue reading
~महेश थापा~
न पेट्रोलको गन्ध सुँघ्नु पर्या छ न त बेमौसमी पटाकाले कान पिरोलेको छ। ढुक्क भई माइक्रो, टेम्पोमा सवार हुन पाइया छ। यस्तो हाइसन्चोका बीच संविधानसभामा नयाँ घमासान शुरू भएको छ।
लामो उहापोह पछि संविधानसभा निर्वाचन सम्पन्न भयो। डेढ वर्षदेखि नयाँबानेश्वर चोकले व्यहोरिरहेको शून्यताको भर्पाइ गर्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र गजबको चहलपहल बढेको छ। बाहिर हाते माइकधारीहरू फेरि भेला हुँदैछन्। ‘दलाल… नोकर… राष्ट्रघाती… कठपुतली…’ जस्ता नाराहरूले विरोध तुरिएको हैन, सुरिएको बुझाउँछ।तर, ‘संसारको सर्वाधिक समावेशी सभा’ ब्युँतिएकोमा स्वदेशीभन्दा विदेशी Continue reading
~केडी रेम्नीसीङ~
‘ए सर, घाम ताप्न आउनुस् है…’
हो त नि हामी घाम ताप्नै आउँछौ,
काम गर्न होइन,
सकेसम्म जागिर खान पो त,
जागिर खानलाई हाजिर गरे पुग्छ,
काम होइन ।
‘ए दाई, चिया बनाएर ल्याउनुस् त,
एक फन्का खाम्…’ Continue reading
~कृष्णचन्द्र बञ्जारा~
‘तौल कति छ ?’ चाहिने जति छ साप । घटबढ छैन । ‘त्यसो भे अगाडि पठाइदे ।’
छनोटमा सहभागी भएकाहरुको टिपोट लिइरहेका डिएसपी सापले भने । वास्तवमा थोरै तौल पुगेको थिएन । त्यो हवल्दारले किन यस्तो भन्यो ? अरुको छिस्रिक्क दाग देखे जङ्गिने डिएसपीको आँखामा केले छल्यो ?
दौडमा पनि यस्तै भयो । सँगै दौडेको साथी एक कदम अगाडि बढेको थियो । नाम एक कदम पछाडिकै चढ्यो । बिचरा साथी खिस्रिक्क भयो । फौजीमा ‘जाउँ न यार’ भन्दै उ दिनरात भन्थ्यो । जसको लहैलहैमा लागियो उसकै नाम निस्किएन । Continue reading
~अज्ञात~
एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन। गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो। जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये। तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन। उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो। उनको रुप र घमण्डीपनको दरबारमा पनि चर्चा भएछ। राजाले यूवतीलाई दरबारमा नर्तकीको रुपमा जागिर दिए। राजा साह्रै ज्ञानी र पराक्रमी थिए तर रुपमा भने ठगिएका थिए अर्थात राम्रा थिएनन। एक दिन राजालाई यूवतीको परिक्षा लिन मन लाग्यो र कसैले नचिन्ने गरि साधारण कामदारको भेषमा यूवतीलाई भेटेर उसको रुपको प्रशंसा गर्दै बिवाहको प्रस्ताव राखे। यूवतीले राजालाई चिन्नै सकिनन, उनको घमण्डको पारो चडिहाल्यो र रिसाउदै भनिन; Continue reading
~शान्तिनारायण श्रेष्ठ~
१. क्यार्नु भाइ हो !
अकर्मण्य देशको
मुद्दा भाषा भेषको
झेल्नु पर्या छ
आफूलाई नरुच्ने
खेल खेल्नु पर्या छ ।
२.हाम्रा नेताले
बहुजन हिताय
बहुजन सुखाय
उक्ति बिर्सिए Continue reading
~डा. ध्रुवचन्द्र गौतम~
ऊ पहाडमाथि चढ्यो र आफूलाई पहाडभन्दा केही ठूलो ठान्न थाल्यो । उसले हिसाब लगाएर हेर्यो, Continue reading
~होम सुवेदी~
कन्जुसीकाे पनि हदै थियाे हरिभक्त । अावश्यक परिणाममा सिमेन्ट र रड छड प्रयोग Continue reading
~कुमार काफ्ले~
युगको उर्दी जारी गर्ने काजीदाइ पाहुना झैं कहिलेकाँही जन्मथलो आउँछन् र आफ्नो नाभि गाडिएको माटो सुँघेर फेरि जान्छन् त्यही मरुस्थलतिर।जाँदा उनी कोटको खल्तीमा एकमुठी माटो हाल्छन् र हातमा लागेको शेष माटो आफ्नो निधारमा सुस्तरी दल्छन् कुनै वैष्णवले नाकमाथि चन्दन लगाएझैं।त्यो सुगन्धित माटो निधारबाट नाक,गाला हुदैं ओरालो लाग्छ र सम्पूर्ण शरीरमा पुगेर विलय हुन्छ।बाटो हिड्दा जंगलमै कैयौं रात बिताउँछन् मृग,कस्तुरी र तिनीहरूका शावकहरूसँग।दुबोको नरम विस्तारामा हातको शिरानी हालेर उनले रानीवनको जंगलमा तामाकोशी,सुनकोशी र रोशीको किनारामा केही रात सपना देख्छन् आफूले सिंगो युग बोकेको। Continue reading
~प्रेम प्रसाद पौडेल~
पूर्वीय साहित्य वा काव्य परम्परा अनुसार कविताको निर्धारित लयलाई ‘छन्द’ भनिन्छ । उर्दू-फारसी साहित्यको एक छन्द गजल वा बहर हो । गजलमा आफ्नै खाले विधि, सिद्धान्त र मान्यताहरू रहेका हुन्छन् ।
नेपाली साहित्यमा मोतिराम भट्टको माध्यमबाट भित्रिएको गजल अहिले सबैका सामु लोकप्रीय बनेको छ । गजल कविताको लघु विधाको रूपमा स्थापित भइसकेको छ । ‘गजल’ शब्दको शाब्दिक अर्थ ‘प्रेमपूर्वक वार्तालाप’ भन्ने हुन्छ । त्यसैले गजलहरू प्रेममा आधारित रहेको हुन्छ । प्रेमरस र श्रृङ्गारिक अनुभूतिको भाषिक अभिव्यञ्जनालाई गजलको माध्यमबाट प्रस्तुत गर्ने गरिए तापनि अहिले समसामयिक विषयवस्तुलाई पनि गजलको रूपमा पोख्न थालिएको छ । Continue reading
~श्यामसुन्दर अग्रवाल~
अनाथ केटाको दूधजस्तो उज्यालो कपडातर्पm ध्यान दिंदै जग्गुले सोध्यो– “त“ विद्यालय जान्छस् ?”
“अ“, अनाथालयका सबै बच्चाहरू जान्छन् ।”
“ठूलो भाग्यमानी छस् १” जग्गुले अनाथ केटालाई कृपादृष्टिले हेर्दै भन्यो । Continue reading
~भिम बहादुर थापा~
हँसिलो त्यो मुहारसित, भित्र ब्याथा थुन्छ्यौ के थाहा
भेट्दा मुस्कान ओठभरी, निदमा एक्लै रुन्छ्यौ के थाहा
**
कहिले गाउँमा, कहिले बेसी, मौका सर्दै टर्दै आयो
सौहार्दता बाहिर छरी, दिलमा कालो बुन्छ्यौ के थाहा Continue reading
~आचार्य प्रभा~
आफ्नी श्रीमतीलाई क्रुरकालको पंजाबाट बचाउन उसले हर प्रयत्न गरिरहेको थियो /आफ्ना सारा सम्पति स्वाहा गर्यो /जिवनमा कहिल्यै नगरेका काम हरुमाँ पनी पैसा आर्जनका लागी हात हाल्यो जसले गर्दा उसको इमान्दारिता माँ पनी आंच आयो केवल श्रीमतीलाई बचाउने प्रयासका लागी / Continue reading
~राजेन्द्र खरेल~
माघ महिना, रातिदेखि हावाहुरीसहित परेको पानी मध्यान्नपछि रोकिएको थियो । लामीडाँडाको सिरानतिर एकैछिन घाम झुल्केर बिस्तारै अस्ताउँदो थियो । साहु रामप्रसाद दलिनमा रहेको कुर्सीमा बसेर नजिकै देखिने (दूरीमा भने टाढा !) स्वर्गद्वारी र होलेरी लेकमा हिउँले ढाकिएर सेताम्य भएका सल्ला र बाँझका रुखहरु एकटक हेर्न थाल्यो ।
‘जदौ बर्जु !’
साहुको अगाडि रातो (मयलले कालो भएको) बर्कीले बाँधिएको कुम्लोे बोकेको धने गन्धर्व प्रकट भयो । धने गन्धर्व साहुको आँगनमा आयो र कान्लाको अडेस लगाएर कुम्लो बिसायो । Continue reading
~शर्मिला खड्का दाहाल~
छोरीले आमालाई भन्दै छे – ‘मेरो लागि केही नगरी दिने खै वर्थ डे नमनाइदिने – मेरा साथीहरू क्या स्मार्ट भएर हिँडछन् । न भनेजस्तो ड्रेस छ । नभनेजस्तो सेन्डिल छ । यस्तो टिनयजर्स छोरीको चाहना पनि बुझिदिनुपर्छ नि † अहिलेको जमाना कहा“ पुगिसक्यो थ्रेडिङ्ग गर्न पैसा पनि एक हप्तादेखि माग्नुपर्छ । कपाल कलर गर्नुछ फेरि लेजर गरौँभनेको सपना जस्तो भइसक्यो । कलेजमा फेसेज छ । नयाँ ड्रेस लाउनुपर्ने ! यस्तो पैसाको अभाव हुनेले किन छोराछोरी पाउनु नि!
आमा भन्छे – ‘छोरी काठमाडौ“को महङ्गीमा खान पनि धौधौ छ । यति धेरै फर्माइस पूरा गर्न कि भष्ट्राचार गर्नुपर्यो कि त दुइ नम्बरी धन्धा ! तिम्रो बुवाको सोझो कमाइले कहाँ पुर्याउन सकिन्छ र ? Continue reading
~शशीकला थापा सुब्बा~
पहरामा रोपेको मन, सिरूसंगै काटीएछ
दोभानमा बगाई दिए, किनारा पो साटीएछ
पछयौरी यो लत्रिएर, भुइँ तुसारो छुन खोज्छ
हागां माथि अल्झिएर, रहर गुरासं हुन खोज्छ Continue reading
~वैरागी जेठा~
मयुर लाल सलाम
रातो सलाम
जय नेपाल
प्गारा किसानहरु
सानी मदौ
खैर अम्बाका बोटहरु
पारी जातका मुस्कानहरु
पानी अमला हास्छन्
पशुपंक्षी
सुकेका ढोडहरु
क¥याक कुरुक चपाएर
खरहरु
झ्वाल झ्वाल बल्छन्
खर्कहरु अंगार झैँ Continue reading
~केदार वाशिष्ठ~
जब,
अनिश्वरवादी दर्शन
दृश्य वा अनुभूतिमा पनि
ईश्वरको अस्तित्व मान्दैन
बरु कुनै एउटा आत्मालाई
पूजा गर्न समर्पित हुन्छ
झिकिदिनुपर्छ त्यसबेला
आफ्नो मनबाट आफ्नै मनलाई ।
राख्न सक्नुपर्छ
त्यसको स्थानमा Continue reading
~गणेश खड्का~
कलरफूल लाइटहरुको चमकता सर्वाङ्ग पोतेर
नवीन आभूषणसँगै रमाएका सकल वयहरु
मसक्क मस्किन्छन्, लचक्क लच्किन्छन्
र, फैलिन्छन् सर्वत्र अर्धनग्न बन्दै नूतन मनहरुको कामुक रौनकता
निमेष-निमेषमा उघ्रंदै फेरी हावामा फिँजिंदै स्वच्छन्द उड्न आतुर
प्रत्येक स्याम्पियनका मादक फिँजहरु सेता-सेता वक्षस्थल नुहाउँदै
अनि भूगोलभरिका असंख्य भोका-नाङ्गा बस्तीहरुको बाटो भुलेर
सम्भ्रान्त इलाकाहरुको साँघुरो आकाश छेड्न अविच्छिन्न गर्जिन्छन्
‘फायर वर्क’ भएर
मिलियन/बिलियन डलरहरु/युरोहरु वायुमण्डलभरि l Continue reading
~रामजी बलामी~
यो लाइन भन्ने कुरा कस्तो भने बस्दा पनि नहुने नबस्दा त झनै नहुने । लाइन नबस्दा ढिलो हुने आफ्नो अनुशासनले पनि नदिने, बसँु भने पेटमा मुसा डोडे पनि सहेरै बस्नु पर्ने, एउटा सानो साइन गराउन पनि वाइन खाएको मान्छे जस्तो लरबराउने गरी लाइन बस्नु पर्ने । लोडसेडिङले वाक्क दिक्क बनेका हामी नेपालीकालागि लाइन भन्नासाथ बत्तीको लाइन भन्ने अर्थ लाग्ने गर्छ । बत्तीको लाइनले भरिपुर्ण लाइनमय शहर भै दिएको भे त हुन्थ्यो नि । बेकाराँ ‘‘बत्ती छ लाइन छैन” सिट छ खाली छैन भने जस्तो टुक्का मिलाउँदै फुक्का चिउरा खाएर छाक तार्न परे पछि रिसको पारो नचढ्ने कुरै भे न । पाइतालामूनी राख्नु पर्ने रिस शिरमाथि पुगे पछि के हुन्छ भनेर भनिरहनु पक्कै नपर्ला । यहां कुरा बत्तीको लाइनको होइन । मान्छेको लाइनको कुरा हो । हुन त लाइनमा बस्नु भनेको असल बानीको पर्याय नै मान्नु पर्छ Continue reading
~नविन आचार्य ‘लेटांगे’~
धेरै सवाल हुन्छ होला , तिमी मेरी भएको रात
साँच्चै बबाल हुन्छ होला,तिमी मेरी भएको रात
कहाँ राख्छु तिम्रो माया , कहाँ कहाँ सजाउँछु
कस्तो पो हाल हुन्छ होला,तिमी मेरी भएको रात Continue reading
~सुरेश बखुन्छें~
कार्तिके जवानीका
सुरा–सुन्दरीका पछि लाग्ने
‘विश्वामित्रहरू’
आफ्नो त्याग र तपस्यालाई
तिलाञ्जली दिंदै
तराईका फाँट लुट्छन्,
हिमालको हिउँ थुत्छन्,
पहाडको पाखा काट्छन्।
अझ भनौं
घाम र छायाँ,
वर्षा र इन्द्रेणी चोर्न
तल्लीन हुन्छन् ‘छेपारारङ्गी सर्पहरू’। Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
एकै छिन पछि उ फर्किएर आई हाल्यो । फेरि गयो । फेरि ऐकैछिन मा आयो । यसपालि उसले साईकललाई निकै बेर नियाल्यो। गियर तिर । जन्जीर तिर । ब्रेक तिर । पाउददानि तिर । उसले के के सोच्यो कुन्नि , जनै साँचो निकाल्यो र साईकललाई बाँध्यो । साईकल भर्खर किनेको नयाँ थियो। त्यसैले एकछिन छोड्नपनि माया लागेको थियो । हराउला भन्ने माया । उसले निकै बेर लागाएर घोप्टीएर साईकललाई बाँधेको थियो किनकि साँचो झुन्ड्याउने जनै सानो र छोटो थियो। गधा पच्चिस ननाघेको उसको बुद्दिले जनै साँचो मार्फत साईकल लाई सुरक्षित बनायो ।
ऊ फेरि गयो , तर एकै छिन पछि आइ हाल्यो । साईकललाई फेरि नियाल्यो। ताल्चालाई छाम्यो। घन्टि बजाएर हेर्यो। सबै ठिक ठाक थियो। उसले एक पटक फेरि साईकललाई ह्यान्डिलदेखि पाउदानि सम्म नियाल्यो। Continue reading
~कमल प्रकाश पौडेल ~
सिर्जनाको बारीभित्र, खेती गर्न थालेको छु
यहींबाट केही मिल्ने, सानो इच्छा पालेको छु ।।
मनलाई फराकिलो, गराउँँछु भन्दै–भन्दै
मस्तिष्कको शब्दज्ञान, थोरै–थोरै गालेको छु ।। Continue reading
~भुवन त्रिपाठी~
“ए सर! तपाईँको साथमा के छ?”
“पैसा छ ।”
“पैसा बाहेक अरु केही छ कि?”
“बैङ्कमा आउँदा पैसा बाहेक अरू के हुन्छ र?”
“तपाईँको साथमा केही मेसिनरी सामान भएको सङ्केत दिन्छ त सुरक्षा परीक्षणमा?” Continue reading