Tag Archives: Deep Haandigaaule

यौन-मनोबिश्लेषणात्मक कथा : घर

~दीप हाँडिगाउँले~ अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो। मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। “घर जान ला?” संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। “अँ” भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी “कस्को घर?” बाउले उ त्रि-चन्द्रमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा दियो हुँ म

~दीप हाँडिगाउँले~ सम्झेर बिर्सेको तिमीले एक सपना हुँ म बिर्सेर सम्झेको तिमीले एक जमाना हुँ म मन्दीरमा बालेको तिमीले एक धुप हुँ म नेपथ्यमा सुनेको तिमीले एक धुन् हुँ म

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लै पर्ने भो

~दीप हाँडिगाउँले~ अब फेरी बाटो मैले हिन्नु एक्लै पर्ने भो उस्तै भएर पनि मैले अब हुनु बेग्लै पर्ने भो नयाँ बाचा अब उस्ले राख्न पर्ने भो रे पुराना बाचा पनि उस्का अब जिम्मा मेरै भो रे

Posted in कविता | Tagged | Leave a comment

हास्य कथा : राशी

~दीप हाँडीगाउँले~ “तिम्रो राशी कुम्भ हो?” आफ्नो सुरमा हिन्दै गरेकी एउटी सुन्दरीलाई झस्किने गरी बाटो छेक्या झैं गरी बाङ्गेले सोध्यो। सूर्य पस्चिम आकाशको खुड्किलो ओर्लिदै गरेको बेला थ्यो, मन्द बतास चलेको–त्यै बतासका केही लहरहरुमा अल्झिएका उस्का केही कपालहरुलाई आफ्नो अनुहारबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य कथा : स्वयमसेवक

~दीप हाँडीगाउँले~ धेरै अगाडीको कुरा हो हाम्रो टोल (हाँडीगाउँ)मा स्वयमसेवकहरुको बिगबिगी थ्यो। स्वयमसेवकहरुको तलब आउने जागिर थिएन तर कामै नभएको चै होईन। जागिर खाएर तलब ल्याउनेहरुले भन्दा चर्को काम गर्थे हाम्रा स्वयमसेवकदाइहरु। बिहानै झिसमिसेमा काम सुरु गर्थे, अनि रातको दुई … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-कथा : गुड एट हार्ट

~दीप हाँडिगाउँले~ चक्रे उदास छ अचेल। दशै आयो, गयो। तिहार आयो, गयो। उ यताको यतै छ। यता भनेको उही अमेरीका। घर जाने मन नभएको हैन, तर मन भएर मात्रै कहाँ हुने रहेछ र। हुन त उ आएको धेरै भएको पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : प्रश्नमा मरेको जबाफ

~दीप हाँडिगाउँले~ एकादेशमा बाङ्गे भन्ने थ्यो अनि दीप भन्ने पनि। त्यो दीप भन्ने चैं मै हो। बाङ्गे चैं मेरो साथी। कुरा जमानाको हो। बेला चङ्गा उडाउनेको थ्यो। समय अपरान्हको २ जति बजेको हुँदो हो। हावा खास चलेको थिएन। हावा नचले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : टीपन

~दीप हाँडिगाउँले~ यस्तै ९/१० बर्खको थिएँ हुँला म। मंसिरको बेला थ्यो, जाँच भरखरै सकिएको। एक दिनको कुरो हो भात खाएर नयाँ सडक हिनें। बाउको फुपुकी छोरीले छोरा पाईछन त्यस्को टीपन दिएर पठाएका थिए मलाई। नयाँ सडकमा हाम्रा एकथरी नातेदार थिए, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : A leaf, a solitary one

~Deep Handigaule~ Rachana is arriving today. Rakesh kept on bouncing in and out of sleep all night long. Fire works by the government center at midnight, and elsewhere all night compounded his excitement even more. Crisp morning of a New … Continue reading →

Posted in Story | Tagged | Leave a comment

गजल : रहरले रहर मारेको त्यो दिन

~दीप हाँडिगाउँले~ रहरले रहर मारेको त्यो दिन जितेर बाजी हारेको त्यो दिन बिर्सीसकें उहिलेई भनेको त हो साँचो भनेर ढाँटेको त ढाँटेकै हो टाउकोले तिरम् भनेको त्यो रिन छातीको नाईँले नतिरेको त्यो रिन

Posted in गजल | Tagged | Leave a comment

दीप हाँडिगाउँलेका मुक्तकहरु

~दीप हाँडिगाउँले~ राती आई सुटुक्क पुष्प-पत्र चुम्दा ती शितहरु लाज माने झै गर्ने फुलका उम्दा ती प्रीतहरु शीत र प्रीतमा समर्पित झ्याउँकिरीका ती गीतहरु सुने सुने झैं लाग्छ प्रेम-गीत का ती मधुर संगीतहरु

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : गन्थन

~दीप हाँडीगाउँले~ परापूर्ब कालमा काष्ठमण्डपको उत्तर पूर्बी खण्डमा हरीग्राम नाम गरेको एउटा बस्ती थियो अरे। कालान्तरमा म पनि त्यही बस्तीमा गस्ती गर्थे साथीहरु सँग। कुरा त्यै बेलाको हो। भन्या हामी गस्तीमा हुँदाको। बिहान ओछ्यानमै चिया आउनु पर्थ्यो नभए घुर्की लाईन्थ्यो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य कथा : बाङ्गे

~दीप हाँडीगाँउले~ “के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?” देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें।बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा अचारको … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

मनोबिश्लेषणात्मक कथा : चुकुल

~दीप हाँडिगाउँले~ झ्याल बाहिर हेरें, सधै झैं घरहरुको उजाड बस्ति देखियो। हुन त बस्तिमा दिन रात देखिने मान्छेहरुको घुईँचो अनि सडकमा अटाई नअटाई भएका गाडीहरु देख्दा बस्ती जिबन्त लाग्नु पर्ने हो। तर मलाई उजाड लाग्छ। यन्त्रबत मान्छेहरुको यन्त्रबत जिन्दगी बाँच्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : एक हात तेस्तै भो

~दीप हाँडिगाउँले~ दिन भर बाङ्गे आएन। शनिबारको दिन ब्यानै आउँथ्यो। के भएछ जस्तो लाग्यो र साँझ तिर उस्को घर पुगें। कुबेरले ढोका खोल्यो। फु गर्दा ढ्ल्छ कि झैं लाग्ने बल बहादुर भने झै त्यो हरी तन्नमको नाम के जुरार हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : भाउजु

~दीप हाँडिगाउँले~ दशैंको बेला मामाघरको सम्झना त आउने नै भो। हाँडीगाँउ कुहीरो दोलईं झैँ ओढेर भर्खरै हुँदो हो बिउझिदै थ्यो क्यारे आमाको अवाज कानमा ठोक्कियो ‘ए उठ –” निन्द्रैको सुरमा सिरक भित्रै बाट सोधेँ “किन?” “काम् पर्यो के एउटा – … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : आमन्त्रण

~दीप हाँडिगाउँले~ कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ। दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो। “दीप्, ल हिन” भन्यो आउना साथ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिब्या

~दीप हाँडिगाउँले~ “सुरेस, यार आज आउन नमिल्ने भो — यहाँ कामका मान्छेहरुले हिजो पनि बेपत्ता भईस आज त यहीँ होटेलमा हुने ग्रुप डिनरमा बस्नै पर्छ भनेर हैरान —” म फोनमा उसलाई भन्दै थिएँ उस्ले “त्यस्तो कुरा नगर न — बोर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मार्मिक-कथा : बिदा

~दीप हाँडिगाउँले~ आज तिन दिन भो क्यारे अस्पताल बाट घर आको — पन्डितले पुजा पाठ सके जस्तो छ — अभिषेकका छिटाहरु गाला र निधारमा अनुभव गरेँ तर आँखाहरु भने मेरा बन्दै रहे — परेलीहरुले घोप्टे अग्ल्याएक थिए तै पनि आँशु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : रेखामा नभएकी रेखा

~दीप हाँडिगाउँले~ “के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?” देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें। बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : निर्दोष र मरेका दोषि

~दीप हाँडिगाउँले~ आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के?

Posted in कविता | Tagged | Leave a comment

हास्य-कथा : भिनाजु

~दीप हाँडिगाउँले~ रुघा र खोकीले ङ्याकेर भनेको धुरुक्कै पार्यो हिंजो देखि। राति खोकी फेरी के औधी चम्केको नी? ठडिए तै बिषेक, तेर्सियोकि त्यो पुरानो ट्याम्पु स्टार्ट गर्नला जसरी खोकी सुरु हुने। एक शो पनि निदाउन पाईएन राती। आँखाँ बालुवा पर्या … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment