गीत : उस्तै हुन्छ माया

~सुरेन्द्र राना~surendra-rana

सबैले दिने उस्तै हुन्छ माया
तर म नौलो प्रीत दिन्छु
तिमीलाई नै सम्झी, सम्झिरहेको
मुटुभरिको चोखो गीत दिन्छु

भन्दिन म तिमीलाई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : Echoes from Sands’ valley

~Ram Prasad Prasain~Ram Prasad Prasain

Thousands and thousands
Unwrought souls under the brim of sands, dales and vales
Where desert snakes are fulfilling
Their solely and wholly vested interests
Displaying tilting dances of theatrical Shiva

Of charismatic
Turning and twisting tantrums
To deepen in self, soul and immortality
In the heart of Sahara and Savanna Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : बजारमा तिमी

~वियोगी बुढाथोकी~biyogi-budhathoki

गाउँमा थिँए म, बजारमा तिमी ।
खोज्दा खोज्दा भेटे हजारमा तिमी ।।

तिमी सित वातहरु धेरै गर्नु छ ।
एकछिन पर्ख पर्ख कति हतारमा तिमी ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : दिलैभरी कपी आएँ

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

चारै दिशा न्यानो रापले, दिलैभरी कपी आएँ
विपनीकै सपनीमा, तिम्रै नाम जपी आएँ
**
अड्को-पड्को थाँती राखी, मोहनीले माया कस्दा
के थ्यो कुन्नी तिमीभित्र, यत्रो हण्डर् खपी आएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : समसेरबहादुर

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

समसेरबहादुर जागिरमा लागेको त्यति धेरै पनि भएको थिएन । तर उसको रोबरवाफ र फुइँफाइँ देखेर उसका टोलछिमेकी र जागिरदार साथीभाइहरु चकित थिए । जागिरमा उसको तरक्की र रोजाइअनुसार ठाउँ सरुवा उसले चाहनेबित्तिकै भइरहेको थियो । तर साथीभाइ र टोलछिमेकीका अगाडि ऊ यति साधु भएर प्रस्तुत हुन्थ्यो कि उसका कुरा सुनिसकेपछि सबलाई लाग्थ्यो,—‘यस्ता सरल मान्छेलाई पनि जागिर कसरी फापिरहेको होला ! जागिर खान त छट्टू मान्छे पो चाहिन्छ त ।’

ऊ साथीभाइका अगाडि मिल्ने भए छाती चिरेर देखाइदिऊँ जस्तो गथ्र्यो । यसो दुईचार जना साथीभाइको जमघट जुट्नेबित्तिकै धाराप्रवाह प्रवचन सुरु गरिहाल्थ्यो,—‘ Continue reading →

Posted in लघुकथा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कवि जी.सी.को “निरीह समयमाथि” हेर्दा

~अरुणबहादुर खत्री “नदी”~book-cover-ujjwal-gc-niriha-samay-mathi-geet

नेपाली साहित्यको भण्डारमा एउटा उत्कृष्ठ, सुन्दर र पठनीय कृति बनेर आएको “निरीह समयमाथि” कवि एवं गजलकार उज्ज्वल जी.सी. द्वारा रचित नवीनतम् कविता सङ्ग्रह हो । यस सङ्ग्रहभित्र खै, के कविता लेखु कविज्यू १, वहुसत्य असत्यहरु, मान्छेहरु चुरोटजस्तै, समय मखमली फूल पनि हो, ज्युँदा मूर्तिहरु लगायत विभिन्न शीर्षकका ३८ वटा कविताहरु समावेश गरिएका छन् । निरीह समयमाथि कविता सङ्ग्रह कवि उज्ज्वलको एघारौं कृति हो । तीन दशक अघिदेखि कविता लेख्न थालनी गरेका उज्ज्वलका कविताहरुले हामी सबैको देश नेपाल हो भन्ने भावनालाई ज्यूँदो राख्दै अतीत र वर्तमानमा हामीहरुले अनुभूत गर्नुपरेका विविध विकृति, विसङ्गति र पीडाहरुलाई सरल शब्दमा अभिव्यक्त गरेको छ ।

शान्तिसुरक्षाका काला आवरणभित्र खुँडा, खुकुरी, तरबार, बम, बारुद र गोलीहरु अझैँ जनाज्ञा सल्काउदै नाच्न छोडेका छैनन् भनेर कवि उज्ज्वलको यस सङ्ग्रहभित्रको पहिलो कविता खै, के कविता लेखूँ कविज्यू १ ले Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मातृभूमि

~टेकबहादुर सुनुवार~

शक्ति कहाँ हुन्छ?
दस्तावेज नै खारिज गरे पछि!
ईन्डिया कहाँ लुक्छ?
चीनले आपूर्ति पदार्थ भरे पछि!
बुद्धिमान कहाँ हुन्छन?
कसलाई दिनु बुद्धि खै मरे पछि!
डराग बन्दैन को यहाँ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मायाले मुलबाटो भुलेछ

~बुद्धवीर लामा~buddha-bir-lama

मायाले मुलबाटो भुलेछ नौरंगी फुलबारी देखेर
दिनदिनै मेरो रोइरन्छ मन तिमीलाई सम्झेर
दिलको चोट झिकिदेऊ भनेर

मनको आशा मानेमा ओइलियो कडा कतै अल्झ्यो कि
दुख्दैछ छाती सम्झेर राति क भयो भनेर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : अभाव

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

छोरो काठमाडौँ उपत्यकामा घरजम गरेर बसेको सुन्दा बुवा खूब खुसी हुनुभएको थियो । उहाँ छोराको घर पनि हेर्नुप¥यो, काठमाडौँ सहर पनि घुम्नु प¥यो भनेर काठमाडौँ आउनुभयो ।

यहाँको उकुसमुकुस वातावरणले गर्दा बुबा छटपटिनु भयो । कहिले पशुपति, कहिले गोकर्ण घुमेर बुबा दिन बिताउँदै हुनुहुन्थ्यो । वागमती नदीको प्रदूषण देख्दा बुबाको मन साह्रै दुखेछ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पाए हुन्थ्यो हजुर

~नाइलु क्याबचा~

समिपमा तिम्रो ढल्न पाए हुन्थ्यो हजुर
जिन्दगीको दियो बाल्न पाए हुन्थ्यो हजुर ।

तिम्रो मन मन्दिरमा बसी अटूट अमर
पिरतीको मियो गद्न पाए हुन्थ्यो हजुर ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : धरहरा चढ्दाको मज्जा

~कार्तिकेय घिमिरे~kartikeya ghimire

आहा ! आज धरहरा घुम्न जान पाइने भो, मनीषा मनमनै दङ्ग पर्दै एक्लै कराइन् । एकछिन पछि उनी फुर्कंदै नाचेझै गर्न थालिन् । उनी दङ्ग परेको देखेर कीर्तिपुर बालगृहका अरू सबै साथीहरू पनि खुसीले गद्गद् भए । एक अर्काको मुख हेरेर मुसुमुसु हास्न थाले । साच्चै धरहरा घुम्न जाने कुराले सबैमा खुसी छाएको थियो ।

खै ! यमुना मिस त अझै आउनु भएन नि । मनीषाले भित्तामा टाङ्गएिको घडी हेर्दै भनिन् । भर्खर दस त बज्यो । साढे दस बजे भन्नुभएको होइन ? बाटोमा आउदै हुनुहुन्छ होला – बिसुले सबैलाई नाइकेको भाषामा सम्झाउदै भन्यो । सबै केटाकेटीहरू यमुना दिदीको बाटो हेर्दै बालगृहको आगनमा आएर टोलाइरहे । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

सुनुवार भाषी कविता : आदर स्याम्दार

~मन प्रसाद सुनुवार~

दरदर लेस्या गाःब पुकि
ठेसे लेस्या बाःब पुकि
मुल्द काःथ बुकिने
निप्सङा पुस्सु रोकिने…….

मिच कृप्स्या बाःब पुकि
नोफा सुस्या बाःब पुकि Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कविता : मृगतृष्णा

~भानु सुनुवार~Bhanu Sunuwar

समयको कुनै विन्दुमा
उष्णताले छोपिएको
सपनाको महलभित्र
सुन्दर भविश्य खोज्न
जिवन संघर्षका पटाङ्गिहरुमा
रहरका बिस्कुन सुकाउँदै
बाँचिरहेको म एउटा यायावर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली मुक्तक : उलझन

~विनीत ठाकुर~Binit Thakur

दहेज सँ खरिदल दुलहा पर भाग कि निक
निशारात्रि मे अनोना दुलारक राग कि निक Continue reading →

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

गीत : तिमी बिना

~दिलिप योन्जन~Dilip Yonjan

दिलिप योन्जनतिमी बिना उराठ-उराठ भो जिन्दगी
तिमी बिना खल्लो-खल्लो भो जिन्दगी
न हेरेर प्यास मेटिन्छ, न कल्पेर याद भेटिन्छ
तिमी बिना एक्लो-एक्लो भो जिन्दगी।

तिमी बिना फुल पनि काँडा भयो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : पारे दिउँसै यीनले राती

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

ढाँट्नु, छल्नु, इलम भैगो पारे दिउँसै यीनले राती
देश थोत्र्याउने बेइमान नेता बाँच्नु भन्दा मर्नै जाती
**
लाजको लर्को पचेपछि, ईज्जत भए पो बेईज्जत हुन्थ्यो
खोली शाखा, छली आँखा, लुच्छन् यीनले देशको छाती Continue reading →

Posted in गजल | Tagged | Leave a comment

श्रीहरि फुयाँलका दुई मुक्तकहरु

~श्रीहरि फुयाँल~

1. मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन
दुःख आईपरेको छ मायालुको साथ छैन
अब त संसारै बिरानो लागी सक्यो मलाई
बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : एउटा दियो हुँ म

~दीप हाँडिगाउँले~

सम्झेर बिर्सेको तिमीले एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले एक जमाना हुँ म

मन्दीरमा बालेको तिमीले एक धुप हुँ म
नेपथ्यमा सुनेको तिमीले एक धुन् हुँ म
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नाटक : जागित्राहरु

~गणेश खड्का~Ganesh Khadka

स्थान : 
( एउटा बिशाल भवनको भव्य कोठा l तर जिर्ण, भित्ताहरु चर्किएका l )

समय :
( मध्यरातको आसपास )

दृश्य / वातावरण :

( नेपथ्यमा रात्री किटपतङ्ग कराएको आवाज सँगै मंचको पर्दा उघ्रिन्छ l अँध्यारो मंचको   पछिल्लो भागमा निलो प्रकाशको गोलाकार किरण बिस्तारै प्रसारित हुन्छ,- जहाँ एउटा अग्लो बैठक निर्माण गरिएकोछ, त्यसको बिचमा एउटा भव्य घुम्ने कुर्सी छ र त्यो कुर्सीमा एक जना मोटो,खाइलाग्दो, भुँडे मान्छे – खम्बसिंह गजधुम्म परेर कुनै गम्भीर सोचमा डुबे जस्तो गरेर अगाडिको टेबलमा खुट्टा तेर्साएर बसेकोछ l पृष्ठभूमिमा नेपालको बिशाल नक्शा अनि छेउमा नेपालको राष्ट्रिय झण्डा पनि देखिन्छ l Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

गीत : झिरमा ऊनिनु

~राजेन्द्र थापा~Rajendra Thapa

झिरमा ऊनिनु त्यो एउटा कुरा
पिरमा ऊनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र
तर झर्नु नझर्नु त्यो अर्कै कुरा

मैले कहाँ भनेँ र पिरै पिर भो भनेर
तल तल खस्दा भिरै भिर भो भनेर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी बिनाको जीवन

~आनन्द अधिकारी~ananda-adhikari

तिमीबिनाको जीवन सोच्न पनि म सक्तिन
फूलबिनाको बासना सोच्न पनि म सक्तिन
बरू जाओस् मेरो जीवन माया मार्न म सक्तिन

कसले देख्यो र देउतालाई देउता भन्नु तिमी हौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिमी र म

~सोम खनाल~som-khanal

मैले भने आकासबाट जुन टिपी ल्याइदिन्छु
तिम्ले भन्यौ मन छुने एउटा गीत् गाइदिन्छु
मैले भने रगतले तिम्रै नाम लेखिदिउकी
तिम्ले भन्यौ नयनमा पर्ने घाम छेकिदिउकी ।

मैले भने तिम्रो नीम्ति मर्न पनि तयार हुन्छु
तिम्ले भन्यौ बचाउन जे गर्न नि तयार हुन्छु
मैले भने तिमीलाई सन्सार कै खुशी दिन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “सीमान्त सपना”को उदए

~अरुणबहादुर खत्री “नदी”~book-cover-dinesh-adhikari-seemanta-sapana-kabita

दिनेश अधिकारी नेपाली कविता काव्य क्षेत्रमा चर्चित नाम गरेका व्यक्ति हुन् । २०३७ सालमा अन्तरका छिटाहरु –कविता सङ्ग्रह) पहिलो कृति लिएर साहित्याकाशमा उदाएका अधिकारीको निरन्तर सक्रियताले सीमान्त सपना नामक कविता सङ्ग्रह २०६७ सालमा साझा प्रकाशनले प्रकाशित गरेको छ । यस कृतिभित्र भोक, निलो बह, तिमी को हौ ? लिजा म असाध्यै डरपोक छु, खै के भएको हो यो समयलाई ? लगायत विभिन्न शीर्षकका ५१ वटा कविताहरु राखिएका छन् । यस सङ्ग्रहभित्रको भोक शीर्षकको पहिला कवितामा म त भोक खप्न नसकेपछि आफ्नै शरीरको मासु लुछेर आफ्नो भोक मार्ने भैरवलाई पूजा गर्ने मान्छे भनिएको छ । नीलो बह शीर्षकको कवितामा देश, झण्डा, कानुन र सरकार एउटै हो भन्नुहुन्छ तर हामी आकाश–पाताल जस्तै फरक छौं भनिएको छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

उज्ज्वल जी.सी.का १५ हाइकुहरू

~उज्ज्वल जी.सी.~ujjwol-gc

१.
बनियो दाश
भोको पेट रोएर
शुन्य उपाय ।

२.
बनेछ देश
बाठाका ऑंगनीमा
गाउँ दुर्गम ।

३.
सपना रोप्न
पसिना झर्दाझर्दै
सुक्छ रगत । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

निबन्ध : जीवनको विनिर्माण

~सङ्गीत आयाम~Sangeet Aayam

जीवन विर्निमित अवस्थामा सँधै अस्थिर नै चल्दोरहेछ । यसका आयतनहरु र यसभित्रका सम्भावनाहरुले समय अनि परिस्थिति अनुसार क्रमशः परिवर्तित हुने नियतिको कारण लयको कुनै विशिष्ट रुपको निर्धारण गर्दै अगाडि बढ्दा रहेछन् । हिजो म जे थिएँ त्यो आज पक्कै पनि हुन्न । आज म जे छु अवश्य पनि म भोलि त्यही रुपमा रहिरहन्न । नदीमा पानी कति बग्यो कति ! के त्यसको लेखाजोखा आजसम्म कसैले गर्न सकेको छ पानी बग्ने सन्दर्भ र प्रकि्रया त शताब्दियौंदेखि त्यस्तै नै छ तर त्यही पुरानो पानी फेरि त्यहाँ जति खोजे पनि भेटिदैन नयाँ पानीको जन्म भैसकेको हुन्छ । भनौं न मान्छे भने पहिलाकै छ तर उमेर भने निरन्तर ढलिरहेछ ।

अब हेर्नुहोस् न म हिजो आफ्नो बाको नाममा रहेको जग्गामा आश्रित थिएँ आज भने परम्परा अनुसार भागबण्डा अन्तर्गत पाएको जग्गामा विकेन्द्रीत हुन पुगेको छु । हजुरबाको पालामा जति जग्गा थियो त्यो बाको Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : तीर्थयात्रा

~डा. दीनबन्धु शर्मा~dr-dinbandhu-sharma

महिला- ‘मलाई अर्को नजरले हेर्नुहोस् ।’

पुरुष- ‘म मेरै नजरले हेर्दछु ।’

महिला- ‘सक्कली होस् त्यो नजर ।’

पुरुष- ‘म तिमीलाई घृणा गर्दिनँ ।’ Continue reading →

Posted in लघुकथा | Tagged | 1 Comment

कार्यपत्र :  नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास

~डा.प्रा. गोपिन्द्र पौडेल~

१. विषयारम्भ

नेपाली कथामा समाजवादी यथार्थवादी सिर्जन विधिको प्रयोग २००७ सालको राजनीतिक घटना पश्चात् भएको हो । नेपाली कथामा समाजवादी यथार्थवादी चिन्तन सिर्जनको प्रयोग तथा यसको विकास क्रममा देखिएका मोडहरुको बारेमा विवादित विषय प्रसङगहरु पनि हुनाले आवश्यक छलफल र बहस चलाइनु सान्दर्भिक नै देखिन्छ । नेपाली कथामा २००७ सालपछि मात्र समाजवादी यथार्थवादी लेखनको प्रभाव पर्नुका पछाडि पनि केही वस्तुगत कारणहरु रहेका छन् । आरम्भदेखि आजसम्म आइ पुग्दा समाजवादी यथार्थवादी नेपाली कथा निकै समृद्ध बनेको छ र उत्तरोत्तर यो गतिशील एवम् उर्जाशील रहेको छ । शीर्षकले सङ्केत गरे अनुसार प्रस्तु Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गीत : डाली डाली फूल फुल्यो

~तुलसी घिमिरे~Tulsi Ghimire

डाली डाली फूल फुल्यो पात पात म फुलें
फूल भूल्यो भँमरामा कुन्नि केमा म भुलें

किन होला हिजोआज बरालिन्छ मन यो
जति बाँधिराखुँ भन्छु उति उँड्छ मन यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : विवशता

~वासुदेव पाण्डेय~basudev-pandey-prabhakar

छन्द : शार्दूलविक्रीडित

मान्छे मङ्गलमा पुगेर जलको सम्भाव्यता खोज्दछ
हाम्रोमा अझ जातभात चुलिँदो यो तथ्यले घोच्दछ ।
पैले दास,सती प्रथा पनि थिए यो बुद्धको देशमा
उस्तै मानिस जातले दलित छन् अद्यापि यो देशमा ।।

ज्यामी भै जसले ठुला महलको निर्माण पैले ग-यो
पालेले अहिले भने गरिब हो ठानेर आँखा त-यो ।
खट्थ्यो यन्त्र कि गोरुझैॅ जुन उही खाना नपाई म-यो
जोती गोरु, सिई लुगा गरिब भै हर्के दमाई म-यो ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

वियोगी बुढाथोकीको केही मुक्तक

~वियोगी बुढाथोकी~biyogi-budhathoki

पत्रिकाको डोको बोक्दै गर्छु वारपार
कति फाल्नु कति राख्नु असाहित्यिक झार
गाली गलौज मीठो लाग्छ प्रेमपूर्ण भएपछि
स्वागत गर्छु पठउनु है रचना लगातार ।

एउटा पत्र लेखेको थें पठाऊँ कसोगरी
सम्झनाले ऐंठन गर्दा रुन्छु धरधरी
खा’को विष लाग्नु पर्ने नखाँदा नि लाग्यो
वाचा तोड्दै गइहालिन् रूपकी ती परी । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

बाल कविता : मृगका कुरा

~ललिता दोषी~lalita-doshi

जङ्गलमा बस्छौँ हामी
त्यही हाम्रो घर
दुःख नदेऊ हामीलाई
लाग्छ धेरै डर

बाघ, भालु, सिंहका छन्
ठूला–ठूला दारा
शिकार खेली मार्न खोज्छन् Continue reading →

Posted in बाल कविता | Tagged | 1 Comment

कथा : थवाङ्को आकाशमुनि

~हरिहर खनाल~Harihar Khanal

मिमिर्मे उज्यालो धरतीमा खस्न नपाउँदै कुखुराका भालेको ‘कुखुरी …. काँ ….!’ को युगान्तकारी आवाजसँगै गाउँ बिउँझ्यो । पूर्वको आकाशमा बिस्तारै अबिर पोतियो । तल बेंसीमा लागेको कुहिराको पातलो पर्दा पनि सर्लक्कै हट्यो । एकै छिनपछि डाँडाको कापबाट भर्भराउँदो आगाको भकुन्डोजस्तो सुर्जे फुत्त बाहिर निस्कियो र त्यसका अनन्त किरणहरू धरतीभरि छरिए । जगत् पूरै उज्यालो भयो । जगत्सँगै थवाङ् पनि उज्यालो भयो । मनसिरीले घर – आँगन बढारकुडार गरी, गाई गोरुलाई घाँस हाली र ढोका ढप्क्याएर पानी लिनका लागि पँधेरातिर हिँडी । त्यसले कोखामा गाग्री अड्याएकी थिई, त्यसका पाइताला वर्षौं अघिदेखि हिँडिरहेको बाटोलाई पछ्याउँदै स्वाभाविक रूपमा चलिरहेका थिए, त्यसको मन भने पिरैपिरको भुमरीमा मँडारिएर पिल्सिइरहेको थियो । त्यसले पँधेरामा पुगेपछि हातमुख धोई र धोतीको फेरले पुछी, त्यसपछि धारामा पानी थापी ।

एक्कैछिनमा गाग्री भरियो । त्यसले गाग्री तानेपछि त्यसको मुखसम्म भरिएको पानीलाई दाहिने हातले हुत्तहुत्त Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment