श्रीहरि फुयाँलका दुई मुक्तकहरु

~श्रीहरि फुयाँल~

1. मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन
दुःख आईपरेको छ मायालुको साथ छैन
अब त संसारै बिरानो लागी सक्यो मलाई
बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥

2. तार टुकि्रएर बिलाएको संगीत हुं म
संगीत नपाएर जकडिएको गीत हुं म
के भनौ खै आफुले आफैंलाई
घात र बात पचाएको प्रीत हुं म |

(स्रोत : युवामञ्च )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.