कविता : फुलेको जवानी !

~प्रभा भट्टराई~prabha-bhattarai

अहा ! जिन्दगीमा सुनौला पला ती
सधैँ हुर्कंदा, स्वादिला शृङ्खला ती
छँदा कोपिला, फक्रँदाका कहानी
छुटे, शेष भो लौ, फुलेको जवानी !

अनेकौँ कडा ग्रीष्मका तप्त राप
सही, शुष्क हेमन्तको दृष्टिपात
शरद्को उज्यालो, बसन्ती बिहानी Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : कसरी म बाँचु ?

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

मझेरीमा बस्छिन उनी पिई गहको आसुँ
आउने जानेलाई भन्छिन ,कसरी म बाँचु ?

सखारैमा गाग्री च्यापी ढुङगेधारो झर्छिन
छाँया केही देखिन भने टोलाएर हेर्छिन Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

निबन्ध : प्यारो जिवन

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

प्यारो जिवन !

संसारमा सबै भन्दा प्यारो जिवन ! प्यारो हुँदा हुँदै पनी विभिन्न परिभाषाहरूमा परिभाषित हुनु पर्ने प्यारो जिवन ।

कोही भन्छन् अहो धन्य जिवन !

कोही भन्छन् थुक्क … यो जिवन पनी के जिवन ?

हामी आफ्नै जिवनको बारेमा के सोच्दछौ ? जिवन माथी ठुला ठुला प्रश्नवाचक चिन्हहरू किन लगाउँछौ ? के Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

बाल एकाङ्की : कैद आवाज

~महेश पौड्याल~Mahesh Paudyal

पात्रहरू
प्रिन्सिपल
विप्लव कक्षा ५ को एक विद्यार्थी
विष्णु नेपाली भाषा शिक्षक
शशी उनका आठ वार्षे छोरो
आकाश शशिको सुसारे केटो

स्थान : प्रिन्सिपलको कोठा

स्कुल लागेको बेला हो । त्यस स्कुलमा भर्खरै मात्र कक्षा ५ मा भर्ना भएको नयाँ विद्यार्थी विप्लव प्रिन्सिपलको Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

यौन-मनोविश्लेषणात्मक कथा : फेरी ?

~ज्योति के~

फेरी पनि उ बोझिलो मन लिएर घर पुगेको थियो आज। अचेल कुनै कुनै दिन उस्को मन यस्तै गर्हों हुने गरेको थियो। बिद्रोह आँधि बनेर मडारिन्थ्यो अनि तिनै कुनै कुनै दिन उ ति आँधिहरुलाई शान्त पार्थ्यो। तर, जब ति आँधि थामिए झै हुन्थे उस्को मन बोझिलो हुन्थ्यो। आज जस्तै। फेरी चल्थ्यो आँधि, फेरी उही क्रम। उ एउटा लडाई लडदै थियो, जस्मा उस्को हार त निश्चित नै थियो तै पनि उ अरु कसैलाई पराजित गर्नेमा तल्लिन। उस्लाई आफुले नजितेको थाह भए पनि जस्लाइ उस्ले हराएँ ठानेको थ्यो, त्यो हारको उ उत्सब मनाउन चाहन्थ्यो। र मनाउँथ्यो पनि। केही पलहरु मात्रैको लागि भए पनि किन नहोस।

घरमा उ पुग्दा पुग्दै उस्की श्रीमतीले उही मन्द मुस्कानले स्वागत गरी। सधै झै उ आज पनि आफ्नी स्वास्नीको सुन्दरताले प्रभाबित भयो। एउटा आँधि कतै मन भित्र उठन खोज्यो तर उस्ले त्यो आँधिलाई मुस्किलले तितर बितर पार्यो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

थुम्का मुन्तिर-
सुरुङभित्र सानो
तामाको टुसो ।

किशोरीबोट
छातीमा मीठो चोट
काचो बेलौती ।

कुरैकुरामा
तामा खाने तिर्सना
ओइलाएछ ।

सालीको भट्टी –
तातेको तिनपाने Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

गीत : गैरी खेतको शीरै हान्यो

~यादव खरेल~yadav-kharel

गैरी खेतको शीरै हान्यो
वर्षायामको दरौंदीले
नौनी जस्तो मेरो मन चिरा पार्यो
उसको रुपको करौंतीले

मर्स्याङ्दीमा जालै हान्यो
माझी दाइले आज Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तगारोमा रुमाल राखी

~बिनोद गौचन~

(तगारोमा रुमाल राखी
बाटो छेक्यौ तिमीले)—२
(त्यही रुमालमा पन्चासेको
त्यही रुमालमा पन्चासेको
फुल राखे मैले)—२

तगारोमा रुमाल राखी
बाटो छेक्यौ तिमीले

(भिर थियो पाखा थियो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आज किन साथी मलाई रुँ रुँ लाग्छ

~पुष्प नेपाली~

आज किन साथी मलाई रुँ रुँ लाग्छ
आज किन साथी मलाई रुँ रुँ लाग्छ

जीवन हाम्रो बित्ने हो कि बिदेशैमा बसी
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
आज किन साथी मलाई रुँ रुँ लाग्छ

शिउपुरीको झरना छेउ घर हाम्रो छाप्रो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ट्युब स्टेशनमा एक साँझ  

~रवि प्राञ्जल~Ravi Pranjal

एउटा अधुनातन गाइने
विरहको धूनमा
आफ्ना निपूण चलायमान औंला हरुले
छेड्दैछ गितारका तारहरु
यो खुल्ला आकाश विहीन
भूमिगत स्थलमा
यो के हुदैछ मलाइ ?
उड्दैछु म आकाशमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : तपाईँ आमा हो ?

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

जिन्दगीका कति पाटा यस्ता हुन्छन् जसलाई सुषुप्त राख्न खोज्नु ऐनालाई पिठ्यूँ फर्काउनुजस्तै हुन्छ। यो कथाको केन्द्रमा मेरो बाल्यकाल, आमाको दुःखान्त र क्रुरताहरूको प्रतिक्रियामा उब्जेका तीखा अनुभूतिहरू छन्। यस्तो नोस्टाल्जिया जसमा आमालाई बारम्बार म बधशालाको संघारमा उभिएको देख्छु।

(पुनश्चः तपाईँले यदि नोवेल पुरस्कार विजेता विलियम गोल्डिङ्सको उपन्यास ‘लर्ड अफ द फ्लाइज’ पढ्नुभएको छ भने त्यसको बालपात्र राल्फको नियति अवश्य सम्झनुभएको हुनुपर्छ जो सत्य र असलको पक्षमा काम गर्छ, तर त्यसकै कारण एक दिन साथीहरू उसलाई मार्न चाहन्छन्। त्यो उपन्यासको साइनो यो कथासँग यसकारण छ कि यसमा बिरालाका टुहुरो बच्चालाई दूध चुसाउने एउटी कुकुर्नी छे जसको हत्या हुने खतरा प्रत्यक्ष छ। म कसैगरी यसलाई बचाउन चाहन्छु तर, चारैतिर हतियारधारी सिकारीहरू छन्।)

पूर्वपीठिका Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म जुद्धे चिडियाखानाको बूढो काकातुवा बाँचिरहेछु

~डा. दुबसु क्षेत्री~dubasu-chhetri

मान्छेलाई सबैभन्दा प्यारो सायद
उसको स्वतन्त्रता हो
स्वतन्त्रता नहुनु भनेको निश्चास हो,
उनीहरूलाई मैले भनेको थिएँ
मलाई तिमीहरू जुहारत दिन्छौ
र मेरो अस्तित्व माग्छौ भने म मान्दिन
मलाई तिमीहरू सम्पत्तिहरू दिन्छौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : घनचक्करमा एकचक्कर

~शार्दूल भट्टराई~book-cover-sanjib-upreti-ghanachakkar

कुनै घटना वा परिस्थितिले मान्छे पागल हुनसक्छ। तर एउटा सद्दे मान्छेलाई पागल घोषित गरियो भने त्यो मान्छेको मनोदशा कस्तो होला? पागल बनेका भन्दा जबर्जस्ती पागल बनाइएका व्यक्तिको मनोदशा बढी पीडादायी हुन्छ। ‘घनचक्कर’ देशको राजनीतिक द्वन्द्व र विसङ्गतिबाट प्रभावित भएर विचलित अवस्थामा पुगेको त्यस्तै एउटा तथाकथित पागलको मनोदशालाई केन्द्रबिन्दुमा राखेर बुनिएको उपन्यास हो।

चिन्ता र छटपटीमा रहेको उपन्यासको नायक विश्वविद्यालयमा पढाइरहेको र न्यू काठमाडौं पोष्ट मा स्तम्भ पनि लेखिरहेको हुन्छ। तर आफन्तहरूकै समाजले उसलाई पागल ठान्छ। ऊ आफूमा रहेको चिन्ता, छटपटी, गडबडी सबैको समग्र समाधानको Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

संस्मरण : रुसी केटीद्वारा बलात्कार चेष्टा

~मदनमणि दीक्षित~madan-mani-dixit_large_1979bs

‘ स्वेता! ‘ भूमध्यसागरका किनारै•किनार अल्जियर्सदेखि एथेन्स अनि कालासागर तटमा अवस्थित बुल्गेरियाको राजधानी सोफिया, तत्कालीन सोभियत संघका रमणीय शहर कन्स्टान्सा, ढडेस्सा हुँदै सुखुमी जहाजघाटमा उत्रिएको ‘ लित्भा ‘ नामक विशाल रूसी पानीजहाजकी परिचारिकाको नाउँ थियो त्यो। २० वर्ष जतिकी ती केटीले एथेन्सपछिको यात्रामा पानीजहाजको तेस्रो तल्लाको मेरो कोठामा आएर राति एक बजे मसित रतिविलास गर्न मौन अनुरोध गरिन् र मैले इन्कार गरेँ।

म थिएँ सोभियत संघको पत्रकार सङ्गठनको निम्तामा यात्रामा सम्मिलित एउटा नेपाली कम्युनिष्ट पत्रकार। त्यतिबेला भर्खरै पानीजहाजको माथिल्लो तलामा भएको रसिलो सामूहिक नाच हेरेर थकित भएपछि तल १७ Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : माया

~कात्यायन~dhanwantari-mishra-katyayan

– र, अन्त्यमा, – तिमी त साह्रै दुब्लाएछौ नि ! – उनले भनिन् |

*** *** ***

– समयको विराट अन्तराल पछि म आज उनकोमा गएको थिएँ | व्यस्तताले भनौं वा समयको अभाव वा स्पष्टिकरणका अन्य कारणहरू जे तेर्साए पनि, सिर्फ आत्मछलहरू हुन् यी कुराहरू | र, थाहा थियो मलाई कि, मैले त्यस्ता कुनै कारणहरू मनमा गढ़िरहनु आवस्यक पर्ने छैन |

– बस्, कुरा के भने – उनलाई मैले भेट्नुको माझमा समयको विशाल वृक्ष झांगिसकेको थियो र म आफैं नै आत्म-दाहले राख भैसकेको थिएँ | Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दीप

~अनुकूल प्रकाश~Anukul Prakash

म मा पाप छैन ,म निस्पाप,
जलिरहेछु,बलिरहेछु !
म मा कलंक छैन, म निस्कलंक,
जलिरहेछु,बलिरहेछु !
म मा स्वार्थ छैन,म निस्वार्थ,
जलिरहेछु,बलिरहेछु !
म मा डाहा छैन, इर्श्या छैन,
न घामसित ,न जुनसित
न घामको प्रचण्ड कीरणसित,
न जुनको शीतल आलोकसित,
म त तिम्रा हर सुख र दु:ख का पलहरुमा, Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मलामी

~शोभा आधिकारि~

छन्द : झ्याउरे

के देखनु पर्‍यो आज यो मैले ,सुनसान ठौँउमा
देख्दिन कोही दाजु र भाइ ,यो हाम्रो गाउँमा
घरको स्थिती सुधार्न भनी ,मुग्लान पसेका
नारीले पनि आफ्नो काम् गर्न ,कम्मर कसेका

देशको स्थिती जर्जर हुँदा ,रोज्गारी खोज्नलाई
दक्षिण तर्फ पालायन् भए ,जागिर खानलाई Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : ए कर्णाली

~अनु~

म आफु दख्खिन बगेकै बेला,
कर्णाली,
तिमी पनि दख्खीन बगेको सुन्दा,
बिलखमन्द भएको छु,
तिमीले मलाई भनेका थियौ,
पसिना चुहाये, यहाँ धान फल्छ,
पाखुरा बजारे, यहाँ सुन फल्छ,
तर के भयो आज यस्तो?

तिम्रो त रहर थियो, Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Face of the city

~Kim Aryal~

My capital city Kathmandu breathes endlessly
Thousands of people are living life carelessly
I would like to get myself out of this city
I think living here will be a pity

I’m used to breathe clean village air
In this city they ain’t have fresh air Continue reading

Posted in Poem | Tagged | Leave a comment

समीक्षा : कथा सन्दर्भ र नित्यानन्दको ‘बाँच्ने रहर’

~उत्तमकृष्ण मजगैंयाँ~

Uttam Krishna Majgaiyan

१९ औं शताब्दीदेखि एउटा छुट्टै विधाको रुपमा विकसित हुँदै गएको आधुनिक नेपाली कथाले एउटा निश्चित सिद्धान्त र गोरेटोबाट हिंड्दै प्रयोग र शिल्पका दृष्टिले आज निकै विस्तृत स्वरुप पाइसकेको छ । वर्तमान समयमा जीवन जति–जति जटिल र व्यस्त हुँदै गइरहेको छ त्यति नै कथा, लघु कथा (तथा सूत्र कथा पनि) निकै लोकप्रिय विधाका रुपमा स्थापित भइरहेको छ । नेपालको सन्दर्भमा हेर्दा कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ (विसं. १९९२) बाट थालनी भएको नेपालको आधुनिक कथा–यात्रा पुष्कर शमशेर, रुपनारायण सिंह, तारिणीप्रसाद कोइराला, दौलतविक्रम विष्ट, विपि कोइराला, गोविन्दबहादुर मल्ल ‘गोठाले’, मदनमणि दीक्षित, भवानी भिक्षु, रमेश विकल, इन्द्रबहादुर राई, डा. ध्रुवचन्द्र गौतम, पोषण पाण्डे हुँदै पारिजात, परशु प्रधान, Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

संस्मरण : छुट्दै गरेका भक्कानाहरू

~उर्मिला श्रेष्ठ ‘भोजपुरे’~urmila-shrestha-bhojpure

आज २०६० साल भदौको २ गते कृष्णाष्टमी । अड्डा बिदा छ । यो अड्डाको सिलसिलाले ६१ वर्षो जन्मदिन मनाइसकेपछि पनि छोडेन । जागिर खानुपर्ने अवधि अझ पाँच वर्षपूरा छ । कति खाने जागिर पनि ! कहिलेकाहीँ त दिक्क लाग्छ तर दिक्क मानेर के गर्नु ! के खाने जागिर नखाएर – एक्लै बसेर सधैँ ‘दिक्क’ खाएर बसिरहने – त्यसै पनि त ‘ड्रि्रेसन’ ले आजभोलि मलाई राक्षसले गाँजेजस्तो गाँज्न थालेको छ । मलाई अचम्म लाग्छ । आफूलाई म निकै ‘बोल्ड’ छु जस्तो लाग्थ्यो तर यो पापी रोगले के गर्‍यो के ! यसले मलाई न बाँच्न दियो, न मर्न । यसले मलाई हाँस्न त दिएन-दिएन, रुन पनि एकान्त चाहिने । मेरो ‘रुन्चे’ उहाँलाई र अरू आफन्तलाई र्सला भन्ने डर ! आज म कोठामा एक्लै छु ।

भोजपुरेजी माथि छतको कोठामा गितारको तार कस्तै हुनुहुन्छ । उहाँले गितार नछुनुभएको पनि कम्तीमा पाँच Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : नेपाली यात्रा साहित्यको एक अनमोल पुष्प “एथेन्सको झरी”

~डा. गोविन्दराज भट्टराई~book-cover-kedar-sunuwar-sanket-athens-ko-jhari

धेरै बर्ष बिते काठमाडौं उपत्यकामा झरी बर्षा नभएको, असार साउनमा पनि धूलो उडेको,कृषकले धानका वियाड सिङ्गै माया मारेको । यसपाली मात्र राम्रो मनसून चल्यो— तर लेटमनसुन । साउन पन्ध्रदेखि राम्रो बर्षा भो । पछुवा खेती लागाए । अझ भदौं लागेदेखिआजसम्मै आँखा उघारेको छैन । आकाश सधैँ डम्म छ, बादलले ढाकेको । बाटाहरू हिलाम्मे,अझ ट्याङ्लाफाँटको भट्टराई निवासदेखि बजार जानु, अथवा विश्वविद्यालय पुग्नु असम्भवभएको छ । जीवन यस्तै छ ।

विद्युतीय माध्यममा परोक्ष परिचय भएका केदारले मलाई निकै अघि एकहार यात्रा निवन्धतयार भएको सुनाएका थिए । त्यसले मलाई विशेष प्रसन्नता दियो । नभन्दै एकदिन पुस्पराईले एथेन्सको झरी मेरोमा ल्याई छोडेका थिए । आज झरीवादलले आकाश ढाकेको छ ।कीर्तिपुरमा केही लेख्न बसेको छु । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नैतिक कथा : जस्तो लाई तेस्तै

~अज्ञात~

एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको सबै सम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र खानलाई दिनको ४ मुठी पीठो खटाएछन्।

छोरा जन्मँदा हर्षको आँसु खसालेको उनको आँखाबाट त्यही छोराको निष्ठुरपनले अहिले दु:ख र पीडाका आँसु बगिरहेको थियो। एकदिन दयासिंह रीस र शोकले आफ्ना सामुन्नेका भाँडाहरु एकातिर मिल्काई थोत्रो Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : अमिगा

~रजित ओझा~Rajit Ojha

संसारमा सवैभन्दा वुझ्न सरल के हुन्छ ? केटिमान्छे । किनकी उ जव खुल्छे पत्र पत्र खुल्छे ।वुझ्न वाँकी केहि छैन जस्तो लाग्छ । अनी सवैभन्दा वुझ्न जटिल ? केटीमान्छे ! किनकी खुल्नु नखुल्नु उसको अधिकारमा पर्छ हाम्रो भागमा त मात्र उ खुल्ने प्रतिक्षा पर्छ।

“केरेस फुमार?” उसले आफ्नो ल्यावकोट फुकाल्दै सँधै जस्तै मलाई सोधी!

“नो केरो! तिमी सँधै मलाई चुरोट खाँदा मलाई किन लैजान्छौ, मलाई स्मोकिंग रुममा अफ्ठ्यारो लाग्छ !” मैले उसलाई नियाल्दै जवाफ फर्काएँ।ल्यावकोट जस्तोसुकै रंगिन मान्छेलाई पनि साधा,श्वेतश्याम देखाउँछ।उ नत्र त रंगिन छे।

“हिँड न, तिमी कफि पिउनु नि त !” उसले मेरो हात समातेर तानी ! Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिराम !

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

म निद्रामा छु
गहीरो निन्द्रामा
तिमी निन्द्रामा छौ
अबचेतन अबस्थामा ।

चेष्टा गरे ब्यूँझाउन
सजग होउ,
बोधपुर्ण बन ।
तिमी बिना पटरीमा कुद्धै छौ ।
बनिबनाउ संरचना छोड्दैछौ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बहिनी

~अनिल नेम्बाङ~

बहिनी!
म अस्ती झैँ सिसा भएको भए
हजार टुक्रा हुन्थें आज।
या त पत्थर भएको भए
कता कता उच्छिटिन्थेँ शायद।
धन्न परार सालको तिहारमा
तिमीले उनेको मखमलीको माला Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन–
दाना तिलको,
यति छु मसिनो ! सक्छ को सम्झन ?
दिल झिल्को ?
अलग सचेतन सागर चेतन
कण जलको !
जति जति गिर्दछु उति उति उठ्दछु ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिंडे म त बिदेश

~रामचन्द्र कार्की~Ram  Chadra Karki

आफ्नै देशमा केही गरौ भन्ने जोश थियो,
सुन्दर शान्त हराभरा राख्ने सोच थियो ।
यहि माटोमा पसिना पोखी पोखि हासौ,
भन्थेँ हामी एकै घरका मिलिजुली बाचौँ ।

तँ यो पाटी म यो पाटी घरमै हानाथाप,
पदको लागि तछाड मछाड भाछ काटाकाट ।
एउटाको काम राम्रो देखे अर्को खुट्टा तान्छ, Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बिचरा ईश्वर!

~टिका भाई ~tika-bhai

(पात्र अनि घटना सबै काल्पनिक छन्। यदि कोही कसैसीत मिले त्यो संयोग मात्र हुनेछ।)

भक्त: तपाईं ईश्वर हो।

बुद्ध: होइन म ईश्वर हुँदै होइन।

अर्को भक्त: होइन तपाईं ईश्वर नै हो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पखालिदेऊ उसको सिउँदोको सिन्दुर

~जीवन क्षेत्री~Jiwan Kshetry

पखालिदेऊ उसको सिउँदोको सिन्दुर
छोट्याइदेऊ उसको लामो कपाल
पुछिदेऊ उसको ओठको लाली
मेटाइदेऊ उसको नङको पालिस
पोखिदेऊ उसको हातमा
युगौंदेखि जमेको दही
थमाइदेऊ उसको हातमा यौटा मशाल
सत्य र न्यायको जीतका लागि
बढिरहेको चेतनासँगै
छिनाइदेऊ उसका पाउजुहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रताको लागि आवाजहरु

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस
वालक देखि वृध्दासम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागि आवाजहरु
वस्ति वस्ति,गाउँ गाउँ
गाउवस्तिवाट शहरतिर
वढ्दैछन् , सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिले/अहिले

~प्रणिका कोयु~pranika-koyu

हाँसो उठ्दैछ सरकार
म हाँसौ है हजूर?
सानो स्वरमा?
हुन्छ हजूर, म खुसुक्क ङि्च्च हाँस्नेछु

प्रभू, आँखा पिरो भयो
मन गाँठो पर्यो हजूर
रूने आज्ञा पाउँ Continue reading

Posted in कविता | Tagged | Leave a comment