कविता : विकासोन्मुख देशको मान्छे

~दिनेश अधिकारी~Dinesh Adhikari

अनुहारमा –
‘क्षय’ को आफ्नै एक्सरे टाँसेर
निरन्तर जिन्दगीसँग युद्ध बोल्दै
पोल्टाभरि ठेसका बालीहरु थापेर
आफैँलाई आफ्नो टाङमुनि छिराएर – चटकेले जस्तो
वा, बोक्न नसकेर भारी
जेब्राक्रसको हाराहारीमा
डङ्ग्रङ्ग बीच सडकमा लडेको कसैलाई देखियो भने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रामदुलारीको प्रश्न

~दिनेश अधिकारी~Dinesh Adhikari

बाबुजी !
म पटक्कै इच्छुक थिइन बिहेको लागि
मेरो उमेर गनेर
आफूखुसी तिमीले नै
मेरो लागि दुलाहा खोज्यौ
तिलक तय गर्यौा
बिहेको निर्णय गर्यौज

सँगी-साथीहरू इतरिनु त थियो नै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे : आस्थाको अभिब्यक्ति

~दिनेश अधिकारी~Dinesh Adhikari

-यो सुन हो
लिन्छौ?
-लिन्नँ।
-खेतमा धान उब्जाउन सकिन्छ
केही नगर्दा-
खेतमा घर बनाउन पनि सकिन्छ
केही नगर्दा-
बेचेरै पनि खेतसँग सम्पन्नता साट्न सकिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भाउजू र सुनका दाँतहरू

~दिनेश अधिकारी~Dinesh Adhikari

अनुहारमा भन्दा तपाई
श्रृङ्गारका प्रसाधनहरुमा आकर्षक देखिनुहन्छ
ब्यवहारमा जस्तोसुकै भए पनि
पहिरनमा तपाई सभ्य नै ठहरिनुहुन्छ
मान्छे हुनुको नाता जोडेर
कसैले बोलेको सायद तपाईलाई सह्य हुँदैन
र, यसरी हेरिरहनु भएको छ मतिर
बोल्दा-
लाग्छ, तपाईको ओठको लाली बिग्रन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~दिनेश अधिकारी~Dinesh Adhikari

फूल-सुन्दर छ
सुकोमल छ
सम्मोहक छ
फूल-सबैका लागि प्रिय छ

फूल-
गाउँमा छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निःशब्द अभिब्यक्ति

~दिनेश अधिकारी~Dinesh Adhikari

पच्चीसबर्षे
लाऊँ-लाऊँ र खाऊँ-खाऊँको उमेरमै
ऊ पनि मरी
ठीक एक वर्षअगाडि
उसको लोग्ने मरेको थियो !

सिरानीमा
उसको निजी भनिने
टिनको एउटा बाकस थियो
खोलेर हेर्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्तीको गीत

~दिनेश अधिकारी~Dinesh Adhikari

जसको गालाबाट
धेरैपल्ट
बतासले गुराँसको लाली चोरेर लगेको छ
जसको छातीमा
याम/बेयाम
बाढीले ताडव-नृत्य नाच्ने गरेको छ
जसको स्यूँदो पुछिदिएर
समय/असमय
बर्सातले उसलाई विरूप प्रस्तुत गर्ने गरेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी को हौ?

~दिनेश अधिकारी~Dinesh Adhikari

उज्यालोमा
फूलहरु फुल्छन्
चरा चिरबिराउँछन्
सुकाउँछन् किसानहरु खेतमा
धानका निहिनहरु
र, भत्केका पुलपुलेसाहरु बनाउँछन्
गृहिणीहरु-
कुनाकाप्चाका कसिङ्गर बढार्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ट्रक ड्राइभर

~दिनेश अधिकारी~Dinesh Adhikari

स्टाफ होटल खोलेर
बाटोमा भात बेच्ने
ठूली, साहिली वा कान्छीलाई जत्ति पनि
समय दिन भ्याएको छैन
आफ्नी स्वास्नीलाई
यो सत्य हो !

बाटैमा नुहाएको छु, बाटैमा खाएको छु
आजको बास कहाँ पर्छ भन्नेसम्मको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जुम्ला

~दिनेश अधिकारी~Dinesh Adhikari

पहाडैपहाडको बीचमा
अर्घौतो आकारको
बिनानिकासको
पोखरी भएर बसेको छ जुम्ला।

दौराको बाहुला र फेरले
बिरामी सिँगान पुछ्दापुछ्दै
नाकभरि कटकटिएर
आफ्नै सासमा गनाएको छ जुम्ला। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतनाको पीडा

~दिनेश अधिकारी~Dinesh Adhikari

१. ए नवजात शिशु !
तिम्रो नाममा
मलाई एउटा शोकगीत गाउन मन लागेको छ

२. भातका सिताहरु बटुल्नुबाहेक
जिन्दगीमा-
अर्थोक केही गर्न नसकेपछि
घाइते भएको छ आफैँबाट आफ्नो मन
र, मस्तिष्कभरि-
चेतनाको पीडा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँमाथि एउटा कविता

~दिनेश अधिकारी~Dinesh Adhikari

सेताम्य कपाल फुलेकी बूढीका थोता दाँतहरु झैँ
टक्रक्क- यता एउटा
टक्रक्क- उता एउटा
र यदाकदा अङ्गुरका झुप्पाहरुकै भाँतिमा
धेरै पराले र थोरै ढुङ्गे छानाको टोपी लगाएर
एकै ठाउँमा गुजमुजिएका केही घरहरु छन्
घरभित्र-
अन्धविश्वासलाई विश्वास मानेर उग्राइरहेका
केही मान्छेहरु छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खुशी

~दिनेश अधिकारी~Dinesh Adhikari

बल्लतल्ल
नौ महिनापछि
बाकसमा बन्द भएर
अरबबाट
उसको लास आइपुगेको छ
र, लास आइपुगेको कुराले
उत्सवजस्तो
उसकी स्वास्नी र छोराछोरीसँगै
आफन्तहरुका बीचमा
खुशीयाली छाएको छ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहास

~दिनेश अधिकारी~Dinesh Adhikari

अर्को विकल्प छैन
र, आफू बसिरहेको ठाउँमा
कसैले हस्तक्षेप जमायो भने
मान्छेले
कि त माटोमै मिल्न राजी हुनुपर्छ
कि त उसकै टाउकोमा आफ्नो खुट्टा राख्नुपर्छ
इतिहासको नाममा
यही एउटा ज्ञान सर्वत्र छाएको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : हातमा चुरा

~दिनेश अधिकारी~Dinesh Adhikari

हातमा चुरा, निधारमा टिको, न पोते गलामा
म कति टिपूँ आँसुको फूल वैँशको बेलामा ?

बोलाए हुन्थ्यो बादलले सँगै म जान्थे उडेर
लगे नि हुन्थ्यो खोलाले सँगै म जान्थेँ बगेर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सधैँ सुन्न पाऊँ

~दिनेश अधिकारी~Dinesh Adhikari

सधैँ सुन्न पाऊँ खबर तिम्रो खुसीको
धोएर जाऊ साथी मनमा भए नमिठो

बिछोड भन्नुहुन्न यो रीति हो सबैको
छेकेर छेकिँदैन सुवास पिरतीको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैले मन दुखाउन छोडेँ

~दिनेश अधिकारी~Dinesh Adhikari

मैले मन दुखाउन छोडेँ
अरूसँग रिसाउन छोडेँ
दुख्ने पनि आफ्नो मन त हो
मैले आफूलाई सताउन छोडेँ

संसार हो यो संसारमा सयौँथरी मान्छे हुन्छन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मै मरिगए

~दिनेश अधिकारी~Dinesh Adhikari

मै मरिगए सम्झना राख्नू— माटो भो नभन्नू
काँडा नै थिएँ भने नि मनको घाउमा सम्झिनू
तर, क्वै बेला सम्झिनू मलाई, क्वै थियो भन्दिनू

व्यर्थैमा चित्त दुखाएँ हुँला
आँखामा उस्तै धुवाँएँ हुँला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो भन्नु ओताउन

~दिनेश अधिकारी~Dinesh Adhikari

मेरो भन्नु ओताउन छानु पनि छैन
पैँचो दिन अन्न छैन, मानु पनि छैन
कसोगरी काट्नु जुनी ? कहाँ राख्नु मन ?
किसान हुँ तर आफ्नो खेतबारी छैन

कतिचोटि प्यास पनि पसिनाले मेटेको छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मलाई नजरको ईशारा नदेऊ

~दिनेश अधिकारी~Dinesh Adhikari

मलाई नजरको ईशारा नदेऊ
मलाई अधरको पुकारा नदेऊ
बरु आँसु देऊ, अँजुली म थापूँ
अँगालो फिँजाई कुनै लोभ नदेऊ

यो तृष्णाको नाता कति टिक्न सक्छ ? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बोझ नहोस् मेरो माया

~दिनेश अधिकारी~Dinesh Adhikari

बोझ नहोस् मेरो माया, बाधा पनि नहोस् भन्छु
जुन दिन मनले पराई देख्छ, हाँसीखुसी छुटौँ भन्छु

माया भन्नु माया नै हो यसलाई सधैँ चोखो राखौँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बैँसजस्तो बादल

~दिनेश अधिकारी~Dinesh Adhikari

बैँसजस्तो बादल हजुर
बादलजस्तो बैँस
आकाश छुन नसके नि
धर्ती छोड्दो रै’छ

खेलजस्तो कतै जोड्ने, कतै छोडिदिने Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पग्लेर जाने हिउँ

~दिनेश अधिकारी~Dinesh Adhikari

पग्लेर जाने हिउँ म होइन
सुकेर जाने शीत म होइन
आफैँ म बाटो, आफैँ नै यात्रा
म अल्पी जाने मधुमास होइन

पर्दैन बाल्नु दीयो कसैले
अँध्यारो आफैँ म रोक्न सक्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : निर्दोष छु आफू

~दिनेश अधिकारी~Dinesh Adhikari

निर्दोष छु आफू भन्ने देखाउन उसै दोष तिमी नदेऊ मलाई
घोची नराख बेहोसीबाट जागा गराई फेरि मलाई

तौलिने वस्तु होइन माया गल्ती भो भन्दै दोहोरो गन्न
छुटेको वस्तु होइन विश्वास खोजेर फेरि भेटिन्छ भन्न Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नाम्लोमा खापी डोकाको भार

~दिनेश अधिकारी~Dinesh Adhikari

नाम्लोमा खापी डोकाको भार
हिँड्नु छ सधैँ उकालो भीर
कहाँ बस्छ कुन्नि मान्छेको द्यौता
देख्दैन क्यारे दुःखीको पीर

खुट्टाले टेक्न नसक्ने ठाउँ
शिरले टेक्तै म पुग्छु गाउँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई यस्तो म माया गरूँ

~दिनेश अधिकारी~Dinesh Adhikari

तिमीलाई यस्तो म माया गरूँ
नघट्दै यो माया म आफैँ मरूँ

खुसीका उज्याला सबै रङ्ग टिप्दै
जति छन् जीवनका दिलासा समेट्नै Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : काँडा हुन्छ, मोड हुन्छ

~दिनेश अधिकारी~Dinesh Adhikari

काँडा हुन्छ, मोड हुन्छ, बाटो हो यो जिन्दगानी
हिँडिरहे पुगिनेछ, नपुगिने ठाउँ पनि

दुःख पनि केही छिन, सुख पनि केही छिन
एउटै हो बुझ्न सके दुःखसँग भाग्नु किन ? Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माटोले छोडे मन हुन्छ बाटो

~दिनेश अधिकारी~Dinesh Adhikari

कत्ति हो कत्ति मायाको बाटो, आँखाले बोल्छ ओठको साटो
मैले त भाकेँ मायामै जुनी, माटोले छोडे मन हुन्छ बाटो

जुर्‍यो कि कतै एकान्त–भेट, नखाए पनि भरिन्छ पेट
लाग्दैन जाडो पुसैमा पनि शीतलु लाग्छ वैशाख–जेठ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बनावटी प्रिया

~कल्पना किरण~kalpana-kiran_jeevan-adhikari

जति आउछ, त्यति मात्रै बोल प्रिय,
नत्र हरेक शब्दहरुका अर्थ म केलाउने छु,
प्रत्येक गलत शब्दमा तिम्रो अबमुल्यन हुनेछ
तर बास्तबिकता, तिम्रो बेबकुफिमा नै मेरो प्रेम अड्केको छ !

मुहारमा लेपन धेरै नलगाउ प्रिय
मेरो नजर केवल फुस्रो तिम्रो मुहारमा नै अल्झिनेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मान्नु पर्छ त्यो पनि

~निर्मला अवस्थी~Nirmala Awasthi_1

सधै साथ कहाँ हुन्छ मान्नु पर्छ त्यो पनि
संसारको रीत यस्तै जान्नु पर्छ त्यो पनि।।

एक्लै आउने एक्लै जाने संगै कोही हुन्न रे
प्रकृतिको नियम यस्तै धान्नु पर्छ त्यो पनि।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : विवश लाज ढाक्दो छ मेरो देश

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

दिन् दुगुना रात् चौगुना, विवश लाज ढाक्दो छ मेरो देश
विश्वास् मरेर जन् माथि, भगवान् भाक्दो छ मेरो देश
**
कलङ्क कैयन् भरेर, आमाको छाती चर्काएपछि
अचाक्ली व्याथा बोकेर, भत्भती पाक्दो छ मेरो देश Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आफूलाई भरिरहें

~नवराज लम्साल~Nabaraj Lamsal

गिलासहरू रित्याएर आफूलाई भरिरहें
त्यै मोरीलाई सम्झिएर आँखाबाट झरिरहें

पाइलैपिच्छे खतरा छ, पाइलैपिच्छे मृत्यु भेट्छु
एकै पल्ट बाँच्नलाई धेरै पल्ट मरिरहें Continue reading →

Posted in गजल | Tagged | Leave a comment